धन्य माघ १९
एकाएक अन्यौलको भुमरीमा फसेको थियो नेपाल । हैन हुन चै के लागेको हो ? के चै हुने हो अब, राजाले के गर्न लागेका हुन् ? सबैको मनमा उही प्रश्न । तर उत्तर दिने कोही थिएन ।

संचारमाध्यममा लादिएको सेन्सरसीपको विरोधमा सडकमा उत्रिएको क्षण । तस्वीर : उमेश
घुम्दै फिर्दै फेरी ति कहालीलाग्दा दिनका स्मरण बोकेर माघ १९ हाम्रा अगाडि आइपुगेको छ । वर्ष गणनाको हिसावले पांच वर्ष टेक्यो । तर ति स्मरणहरु हिजोका झै लाग्छन । सायद जीवनको एक फरक अनुभवका कारण हुनसक्छ । तत्कालीन राजा ज्ञानेन्द्रको सम्बोधन, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकार पुन अपदस्थ, सञ्चार गृहमा टाटेपाटे पोशाकधारी सेनाको हतियार सहितको प्रवेश, सैनिक नियन्त्रणमा राजनीतिक दलका नेता । मोबाइल फोन अवरुद्ध,घण्टैपिच्छे यस्तैयस्तै समाचार सम्प्रशण भईरहेका थिए ।
एकाएक अन्यौलको भुमरीमा फसेको थियो नेपाल । हैन हुन चै के लागेको हो ? के चै हुने हो अब, राजाले के गर्न लागेका हुन् ? सबैको मनमा उही प्रश्न । तर उत्तर दिने कोही थिएन । लौ जा अब के हुने होला ? अत्यास लागेको थियो ।
तर, अहिले आउँदा त त्यो बेलामा राजाले जे गरेका थिए त्यो नयाँ नेपाल निर्माणका लागि उत्पादक काम नै गरेका रहेछन् भत्रे लाग्यो मलाई । कारण, यदि राजाले त्यित्तको निरंकुशता नलादेको भए दुई वर्षमा नै नेपाल पुनः प्रजातान्त्रिक परिपाटीमा कसरी फर्कन सक्थ्यो होला र ? यसका लागि पक्कै १०–१२ वर्ष त लाग्थ्यो होला नै । किनकी राणाहरुले एक सय ५ वर्ष खाए अनि ज्ञानेन्द्रकै बाउ महेन्द्रले रोपेको पञ्चायतलाई डांडा कटाउन ३० वर्ष लागेको थियो । राजालाई तह लगाउन कम्मर कसेकाहरु उही राणा फाल्ने अनी पंचायत विरुद्ध उत्रिनेहरु नै थिए माओवादी बाहेक । त्यो बेलामा राजनीतिक शक्तिहरु एकै थलोमा थिए त यत्रो समय लाग्यो । माघ १९ को बेलामा एक शक्ति सडकमा थिए अर्को शक्ति जंगलमा थिए हतियार सहित । त्यसैले पनि अन्यौल बढ्दो थियो । तर। सोचे भन्दा चांडै ढल्यो निरंकुशता । अप्रत्याशित रुपमा प्रजातान्त्रीक शासन व्यवस्था मात्र हैन, गणतान्त्रीक शासन व्यवस्थाको समेत शुरुवात भयो । राजतन्त्र एकादेश बन्यो ।
माघ १९, ३० वर्ष उमेर पुगेकासम्मका नेपालीका लागि राम्रो भयो जस्तो लाग्छ मलाई। राम्रो यसकारण कि हिजो ३० वर्षसम्मका नेपालीलाई निरंकुशता भनेको के हो, इतिहास बनेको थियो। उनीहरुले पञ्चायति व्यवस्था किताबमा पढेका थिए कि कथाका रुपमा कसैले सुनाएको स्मरणबाट कल्पना गर्ने पञ्चायती व्यवस्था । अनि पञ्चायतमा राजा गाउँगाउँ डुलेर भाषण गरेको पनि हाम्रा उमेर समूहका लागि त कल्पना नै थियो बुढापाकाले सुनाउने किवदन्ती सरह ।
धन्य माघ १९, जस्ले हिजोको पञ्चायतको प्रत्यक्ष साक्षात्कार गर्ने अवसर दियो युवा पुस्तालाई । राजा सक्रिय भएका बेला कस्तो शासन हुने रहेछ भन्ने प्रत्यक्ष अनुभव गर्न पायो यो उमेर समुहले पनि । निरंकुशता भनेको के हो ? राजाले कसरी भाषण गर्ने रहेछन्, दरवारनिकट कोको रहेछन् आदि सबैको प्रत्यक्षदर्शी बत्रे अवसर दियो यसले ।
दुई वर्षको दौरान नेपाल आर्थिक सामाजिक सबै क्षेत्रमा पछाडि पर्न गएको भए पनि चेतनाको हिसाबले भने निक्कै अब्बल बनेको मेरो अनुमान छ । युवाहरुमाझ विद्रोहको बीउ रोप्न सक्यो यो माघ १९ ले। अनि शान्तिपूर्ण आन्दोलनमा कित्तको बल हुँदो रहेछ भनेर देखाइदियो। यी सबैको कारक हो माघ १९ । यदि ज्ञानेन्द्रले यसरी सत्ता नहत्याएको भए कहाँ गणतन्त्रको कुरो आउँथ्यो ? कहाँ संविधान सभाको निर्वाचनमा आठ दल सहमत हुन्थे ? कहां हुन्थ्यो संविधान सभा अनी कसरी लखेटिथ्ने शाहबंश नारायणहिटीवाट । कतावाट आउंथे राष्ट्रपति । यी सबै सम्भव हुनुको कारक त्यही थियो माघ १९ ।
ज्ञानेन्द्र शाहको मगजमा यत्तिको सोच घुसेको कहाँ माघ १९ को घटना घटाउँथे र । तर उनी र उनका सल्लाहकारको अल्पसोचले नेपाल र नेपालीलाई त फाइदा नै पुग्यो, हैन र ? हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ भने झै राजाको त्यो कालो मनसायले नयाँ नेपाल निर्माणको भविष्यको रेखा कोरियो । यसको लागि पनि माघ १९ धन्य छ । हरेक कार्यको पछाडि सम्भावनाका रेखाहरु हुन्छन् नै । हो, नेपाली जनताले त्यो सम्भावनाको रेखा देख्न सके । त्यसैलाइ उपयोग गर्दै माघ १९ को राजाका निरंकुश कदमलाई नयाँ नेपालको निर्माणमा बदल्नुपर्छ भत्रे अठोट गर्दै शान्तिपूर्ण अभूतपूर्व आन्दोलनमार्फत् बंशगत निरंकुशतालाई चारघेरामा बन्द हुन पुग्यो ।
यति मात्र कहाँ हो र भन्या, यो ब्लग भत्रे कुरा नेपाल भित्रिनुमा पनि त्यही माघ १९ को योगदान दिएको छ । निर्वाध समाचार प्रकाशनरप्रसारण गर्न पाएको भए कस्ले यो ब्लग खोल्थ्यो होला र अनि कस्ले यो ब्लग पढ्थ्यो होला र। यसको लागि पनि माघ १९ धन्य छ । धन्य, छ त्यो शाही सोच जस्ले सञ्चारलाई नियन्त्रण गर्न भरमग्दुर प्रयास गर्यो। सञ्चार माध्ययमा हतियारधारी सेना पठायो। टंक ढकाल र श्रीष शमशेर राणा जस्ता सञ्चार मन्त्री बनायो। यिनिहरुको मूर्खताले गर्दा अहिलेको नव पत्रकारहरुले निरंकुश सत्ता भएको बेलामा कसरी पत्रकारिता गर्नुपर्ने रहेछ भत्रे सिक्ने मौका पाइयो । पञ्चायतकालमा हाम्रा अग्रज पत्रकारहरुले कसरी पत्रकारिता गरेका रहेछन् भत्रे प्रत्यक्ष अनुभव गरायो। अनि निरंकुशताका पूजारीहरु समाचारसित कतिको डराउँदा रहेछन् भत्रे बोध पनि गरायो । यसको लागि पनि माघ १९ धन्य छ । अन्तमा, धन्यवाद छ माघ १९, जसले मलाई ब्लगर बनायो ।
एउटा निरंकुशताको अन्त्यको कारक बन्यो माघ १९ । तर, समस्या अझै ज्युदै छ । बंशवादमा आधारीत निरंकुशता तह लागेपनि पार्टीगत निरंकुशताको उदय पो हुने हो कि भन्ने आशंकाहरु अझै अन्त्य हुन सकेका छैनन । विभिन्न रुपमा निरंकुशता उदय हुने अभ्यासमा छ । कुनै दलको रुपमा त कुनै ब्यक्तिको रुपमा । नेपाल नयां गन्तव्यमा प्रवेश गर्न अभ्यासरत छ । तर शड्यन्त्रहरु पनि जारी छ । कहिलेकांही शंका लाग्छ फेरी त्यो माघ १९ अर्को रुप, स्वरुप र पात्रको रुपमा उदय हुने त हैन ? भाइरल इन्फ्लुएन्जा झै त्यसले स्वरुप परिर्वत गरेर पुन आक्रमण गर्ने त हैन ? तर, यही आशंकाहरुका माझमा पनि अर्को आशाको दिप देख्छु म । दल निमित्त कारणहरु मात्र हुन । निरंकुशता ढाल्ने नागरिक हुन । हिजो राणा ढाल्न कांग्रेस कारक बन्यो । पंचायत ढाल्न कांग्रेस, नेकपा माले लगायतका कम्युनिष्टहरु कारक बने । माघ १९ ढाल्न कांग्रेस, एमाले, माले लगायत बन्दुक बोकेर जंगल पसेको शक्ति माओवादी कारक बन्यो । यदी पुन त्यही नियती दोहोरियो भने पुन अर्को कुनै नयां शक्तिको उदय हो छ जसमा नागरिक गोलवद्ध बनेर जुनसुकै रुप र आकारमा आएको निरंकुशतालाई धुलो चटाउने छ ।
( यो सामाग्रि २०६३ माघ १९ गते मेरो संसारमा प्रकाशित सामाग्रिमा थपथाप गरी पून प्रकाशित गरिएको हो ।
© 2010, हाम्रो ब्लग. All rights reserved.

























yogi said
am February 2 2010 @ 11:58 PM
नेपाल र नेपाली लाई त फ़ाइदनै भयोनी उल्टोबाट, सुल्तोबात चाही इंडिया लाई फाइदा भयो नि ,फेरी पनि राजा सक्रिय भएर तेस्तै कदम चालोस भन्ने जनताको चाहना भैसक्यो अबत ………
Eklavya Sharma, said
am February 3 2010 @ 1:19 AM
Yogijee,
I agree with you. Now the power has shift from Narayanhiti Durbar to Lazimpat Durbar. Psychologists say a person as well as society is always taking some institution as their father-figure/mother figure . In Nepal, irrespective of Gyanendra being a bad king constitutional monarchy as an institution was serving that figure. Now India is trying to take that place. Monarchy as an institution was for its own interest patriotic in nature. India interest is directed more towards its own people and its own soil not Nepalese people. Gyanendra’s unchecked greed, ambition and his bad advisors deserve the most credit for today’s “new Nepal” than any other parties, India or west interests.
When they declared republic, we a small group of friends celebrated the day with a couple cans of Heineken, momos and sukuti at Yak Restaurant Jackson Height NYC. Now we all are wondering- was that celebration worth having considering what’s going on in Nepal?