प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु–३

प्रधानमन्त्रीका विकल्पको खोजीमा जुन राजनीतिक जोडघटाउ शुरु भएको छ त्यसमा नेपालको विकल्पमा गिरिजाप्रसाद बलिया देखिएका छन मतको आधारमा । तर,बाधक छ त उनको स्वास्थ्य ।

अस्वस्थताका कारण उच्चस्तरिय संयन्त्रको बैठक समेत बस्न नसकिरहेको अवस्था भएपनि माधव नेपाल प्रधानमन्त्रीवाट अपदस्त गरिएभने प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला बन्ने चर्चा समेत सुनिन्छ राजनीतिक बजारमा । एकथरी विष्लेशकहरु ठोकुवा गरेरै भन्छन–यदी तोकिएको समयभित्र नयां संविधान जारी हुने हो भने प्रधानमन्त्री गिरिजाप्रसाद हुनेछन । कांग्रेसी नेताहरु शान्ती प्रकृयाको प्रारम्भदेखी नै नेतृत्वकर्ताको रुपमा कांग्रेसले महत्वपुर्ण भुमिका निर्वाह गरेकाले संविधान सभावाट जारी गरिने संविधानको सिफारिस कांग्रेस प्रधानमन्त्रीले गर्नुपर्ने तर्कमा अडिग रहेको चर्चा सुनिन थालिएको छ । राष्ट्रपति कांग्रेसका तर्फवाट भएकाले प्रधामन्त्रीपनि कांग्रेसवाट हुनेपर्नेमा अडान ब्यक्त गर्दै केही कांग्रेसी नेताहरु यसलाई अगाडि बढाउन समेत सक्रिय देखिएका छन ।

प्रथम राष्ट्रपति बन्ने गिरिजाप्रसादको सपना राजनीतिक समिकरण विग्रदा पुरा हुन सकेन । कोइराला निकट केही नेताहरु कोइरालाले संविधान सभावाट जारी हुने संविधानमा प्रधानमन्त्रीको रुपमा हस्ताक्षर गर्ने इच्छा ब्यक्त गरिरहेका छन । उनको इच्छाप्रति माओवादीका नेताहरु समेत सकारात्मक छन भन्ने तथ्य माओवादीले पटक पटक कोइरालालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्नुवाट समेत पुष्ट्याईहुन्छ ।

तर, अहिले कोइरालाको स्वस्थ्य प्रधानमन्त्रीको रुपमा सक्रिय हुने अवस्थाको छैन । लामो समय भयो उनी महाराजगंजमा रहेको निवासवाट बाहिर ननिस्कीएका । पटक पटक उनको स्वास्थ्य नकारात्मक बन्दा राजनीतिक छलफलका लागि बोलाउने बैठकहरु समेत हुन सकेका छैनन । त्यसैले एकथरी नेताहरु कोइराला प्रधानमन्त्री भएभने पनि उनी निकट कांग्रेसका कुनै नेता छायां प्रधानमन्त्रीको रुपमा सक्रिय हुने आशंका गरिरहेका छन । हिजोका दिनमा गिरिजाप्रसाद प्रधानमन्त्री हुंदा विना विभागिय मन्त्री भएर पनि सुजाता प्रधानमन्त्री सरह प्रभावशाली बनेको विगतका कारण अन्य दलका नेताहरु पनि पुन त्यही नियती दोहोरिने त हैन भन्ने आशंकामा छन ।

माधव नेपाल नेतृत्वको सरकार गिराएर कांग्रेस नेतृत्वको सरकार निर्माण गर्ने विषयमा माओावदी बाहेकका अन्य दलहरुले त्यत्ति सकारात्मक रुपमा लिइरहेका छैनन । लामो समय कांग्रेस बसेर राजनीतिक गरेर अहिले क्षेत्रिय र जातिय राजनीतिमा हाम फालेका मधेसी जनअधिकार फोरम लोकतान्त्रीकका अध्यक्ष विजयकुमार गच्छदारले सार्वजनिक कार्यक्रमवाटै कांग्रेसको नेतृत्वमा सरकार बने आफुले तत्काल सरकार ढालेर देखाउने चुनौतीसम्म दिएका छन । फोरमको अर्को घटकले पनि कांग्रेस नेतृत्वको सरकारप्रति त्यत्ति चासो देखाएको छैन । एमालेभित्र माधव नेपालको नेतृत्वको बारेमा विभाजन रहेपनि आफ्नो पार्टीको नेतृत्वको सरकार गिराएर अर्को पार्टीको नेतृत्वमा सरकार बनाउने विषयमा सहमत देखिएका छैनन ।
 
तर, यदी कांग्रेस र माओवादीविच सहमती भयो भने सरकार बन्न कसैले रोक्न सक्दैन । माओवादी र माधव नेपालविच प्रतिष्ठाको लडाई चलिरहेकाले माओवादी नेपाल नेतृत्वको सरकार स्विकार्ने पक्षमा पनि देखिएको छैन । त्यही इगोको लडाईका कारण यदी नयां संविधान जारी गर्ने हो भने अहिलेको सरकार परिर्वतन गर्नुपर्छ भनेर माओवादी अगाडि बढिरहेको छ । त्यसको मतलव सकेसम्म आफ्नै नेतृत्वमा नभए कांग्रेसको नेतृत्वमा भन्ने नै देखिन्छ । एमालेभित्रवाट नेपाललाई प्रधानमन्त्री पदवाट गलहत्याएर अर्को नेताको नेतृत्वमा सरकार बनाउने सम्भावना सुन्य प्राय नै हो । यदी यस्तो भयो भने त्यसको निचोड भनेको एमाले विभाजन हुनु नै हो । माओवादीको नेतृत्वमा सरकार गठन गर्ने कुरा कांग्रेसले स्विकार गर्ने सम्भावना देखिएको छैन ।

त्यसैले अहिलेको प्रधानमन्त्रीका विकल्पको खोजीमा जुन राजनीतिक जोडघटाउ शुरु भएको छ त्यसमा नेपालको विकल्पमा गिरिजाप्रसाद बलिया देखिएका छन मतको आधारमा । तर,बाधक छ त उनको स्वास्थ्य ।

प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु 

प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु –२

© 2010, हाम्रो ब्लग. All rights reserved.

Share This Post

2 Comments so far »

  1. Sojho Nepali said

    am February 10 2010 @ 9:49 PM

    For God’s sake, please let Girija take a rest. He has done his duty and, due to his advance age and illness, he does not have the requisite physical and mental ability to be in active politics. He is sick, senile and one focus on his daughter. We don’t need a sick PM at this critical juncture. He can’t even hold his own party meeting much less the meeting of any other national importance. We don’t want the shadow of Sujata hovering around in critical decision making.

    Madhav Nepal neither has the mandate nor the good sense of governing the country. He has imitated Girija in giving jobs to his own family clan. On the other hand, it is not proper to get someone from the NC to be in the PM’s job when the President is already from the NC. UML and Madhes party each have their VICE President and Speaker. That leaves Maowaadee. If Maowaadee were to claim PMship, then they should go someone else other than Prachanda and Baburam. How about Ram Bahadur, Dev Gurung or Krishan Bahadur Mahara? I do not subscribe to the Maoist policy nor do I believe in their style of power hungry politics, but it will be difficult, if not impossible, to pass the new constituion without full participation of the Maoists in the government whom the people have elected as the largest single party to the CA.

  2. Eklavya Sharma, said

    am February 17 2010 @ 1:13 AM

    I completely agree with Sojho Nepali’s comment.

Comment RSS · TrackBack URI

Leave a comment

Name: (Required)

eMail: (Required)

Website:

Comment:

प्रतिकृया नीति

प्रतिकृया दिनु अगाडि ध्यान दिनुहोस

  • ब्लग मार्फत उठान गरिएका विषय केन्द्रित प्रतिकृया दिएर सार्थक बहसको अभ्यास गरौं ।
  • प्रतिकृया राख्दा आफ्नो वास्तविक नाम र इमेल राख्नुहोला । इमेल गोप्य रहने छ ।
  • सबैको विचारको सम्मान गर्दै प्रतिकृया खुल्ला गरिएको छ । तर, अश्लिल,असभ्य र विषय केन्द्रित नभएका प्रतिकृया हटाइने छ ।

प्रत्यक्ष अन्तर्कियानै ब्लगको शौन्दर्य हो । तर त्यसलाइ कायम राख्न रचनात्मक प्रतिकृयाले महत्वपुर्ण भुमिका खेल्छ । त्यसैले हाम्रोब्लग तपाईवाट रचनात्मक विषयकेन्द्रित र शभ्य भाषा प्रयोग गरेको प्रतिकृयाको आशा गर्दछ ।

 

Anti-Spam Protection by WP-SpamFree