वाह गृहमन्त्री वाह
दिनदहाडै एक नेपाली विच सडकमा गोली खाएर मारिएका छन । तर,प्रहरी मौन छ । उ केही बोल्नै चाहंदैन । काठमाडौंका एसपी त मोवाइलै आफ गरेर बसेका छन ।
काठमाडौंको उच्च शुरक्षा सर्तकता रहेको स्थानमा एक व्यापारीको दिउसै गोली हानेर हत्या भयो । तर, हाम्रा गृहमन्त्री चै चीनको शुरक्षाप्रति नेपाल बढो चिन्तीत छ भन्ने शन्देस दिन तीनवटै शुरक्षा निकाय नेपाल प्रहरी ,शसस्त्र प्रहरी र राष्ट्रीय अनुशन्धान विभागका प्रमुख लिएर चीन भ्रमणमा छन । उनी यस अगाडि यसैगरी भारतलाई रिझाउन जांदा पनि काठमाडौंमा ठुलै घटना भएको थियो ।
यसले पुष्टी गर्छ हाम्रा गृहमन्त्री र शुरक्षा निकायका प्रमुखहरुको प्रमुख चासोको विषय आफ्ना नागरिकको शुरक्षा हैन । उनीहरुको पहिलो प्राथमिकता भनेको भारत र चीनको शुरक्षा हो । भारतविरुद्ध नेपालमा हुने गतिविधी जति नियन्त्रण गर्न सकियो अनी चीन विरुद्ध तिब्बतीहरुले नेपालमा गर्ने गतिविधी जति नियन्त्रण गर्न सक्यो उनीहरुको नजरमा त्यत्ति शुरक्षा बलियो भयो । काठमाडौंको विच सडकमा आफ्ना नागरिक दिउसै अपराधीको गोलीका सिकार हुंदा शुरक्षा व्यवस्था कमजोर हुन्न । यदी नेपालमा कुनै पाकिस्तानी एजेन्ट देखियो वा एक जना तिब्बतीले फ्रि तिब्बत भनेर नारा लगायो भने पुरै नेपाल अशुरक्षित हुन्छ । के गृहमन्त्रीको चीन भ्रमण अनी काठमाडौमा घटेका अपराधिक घटनाले यसको पुष्टी गर्दैन र ?
घर हिड्नेक्रममा फिल्मी शैलीमा स्पेशटाइमका अध्यक्ष जमिम मारिए । दिउसै । त्यो पनि सडकभरी पुलिसै पुलिस भएको बेला । करिव पांच सय मिटर पर राष्ट्रपति निवासमा नेपालीमा सपथ खान्न भनेर कुर्लिएका उपराष्ट्रपति परमानन्द झालाई मैथीली भाषामा सपथ खुवाउने कार्याक्रमको तामझाम थियो । अनी झाको दोस्रो नाटक हेर्न आउने विशिष्टहरुको शुरक्षाका लागि सडकभरी पुलिस थिए । बटुवा भए हल्लन पनि दिने थिएनन ति पुलिसले । सायल बाइकमा आएकाले होकी जमिमलाई गोलीहान्नेहरु त्यही राष्ट्रपति निवासतिरैवाट गए । सायद सडकमा उभिएको प्रहरीले सलाम पनि ग¥यो कि उनीहरुलाई ।
अचम्म त प्रहरीले ग¥यो । दिनदहाडै एक नेपाली विच सडकमा गोली खाएर मारिएका छन । तर,प्रहरी मौन छ । उ केही बोल्नै चाहंदैन । काठमाडौंका एसपी त मोवाइलै आफ गरेर बसेका छन । अनी काठमाडौंको शुरक्षाको जिम्मा बोकेका एआइजी मदन खड्काले गजवको जवाफ दिए । उनलाई त्यत्रो शुरक्षाकर्मीकोविचवाट अपराधी उम्कीए नी भनेर के सोधेको थिए मुड आफ भइहाल्यो । उनले भने‘आज मेरो मुड अफ छ भोली कुरा गरौंला ।’ यो भन्दा गैर जिम्मेवारीपनको उदाहरण के हुनसक्छ । शुरक्षाकर्मीको यो भन्दा ठुलो नालायकी र असक्षमता अरु के हुनसक्छ ?
© 2010, हाम्रो ब्लग. All rights reserved.
























sagar said
am February 8 2010 @ 2:32 AM
राजधानीको सडकमा सुरक्षा कर्मीहरुको जताततै उपस्थितिमा यत्रो गोलीकाण्ड अनि बीच सहरबाट अपराधि फरार ! हैन यो फिल्मको सुटिंग हो कि साँची हत्याकाण्ड? गृहमन्त्रीले राजिनामा दिएर उतै खासामा भरिया काम गरि खाउ किन नभन्ने अब अरु काम गर्न त सिप पनि हुनुपर्छा त्यसैले भरिया भनेको हो / नेपालमा पो हल्ला गरेर खुरापाती एवं बिदेसी दलाली, गुण्डागर्दी गरेर मात्रै पनि मन्त्रि हुन पाउँछन अन्त त कहा पाउनु र !
Rambhakta said
am February 8 2010 @ 5:51 AM
Sagar ji, I agree with what you said tara bhariya ko udaharan chain ali milena. Bhariya haru ta sojho ani mehanati ra lagansil hunchhan. Garho sarho kam garera afno pasina le pariwar palchhan. Sip nachahine bhandai ma ke tapain le bhariya kam garna saknu hunchha? Tesko lagi ni sip chahinchha, bal chahinchha – saririk ra mansik bal. Bhairya dai haru jati imandar ra mehanati ti mantri haru huna sake ta desh ko yo halat hune nai thiyena.
Tapain le ramrai niyat le comment garnu bhaeko ho tara pani yesto kura haru ni bichar garda ramro hola.
sagar said
am February 8 2010 @ 10:05 AM
Thanks Rambhakta jee for suggestion. I respect those who are carrying weight for their living . Real weight carriers are not meant by my comment. I am sorry if anybody has been hurt by my comment. But I can not excuse those rascals like Homeminister and coutless others.
sadayantra said
am February 9 2010 @ 3:01 AM
what if someone comes and shoots you right now? or what if someone stops you at the ratnapark street and shoots you to death?? do you still blame it to the government? how do you imagine that government can provide security to each individual walking on the road?
now a days, carrying a gun is very simple in Nepal. anyone can shoot other anytime at any circumstances and elope. so if you really want to raise finger, then raise against those who made this country so easy to walk in the street with a loaded gun in pocket.
Hamim was also a general individual like other people commuting in the street. the only difference is, he was a big hero on black market once upon a time!
RIP his soul.
www.alrehmatknits.com said
am February 9 2010 @ 3:28 AM
Спасибо вам за сайт, очень полезный ресурс, мне ВСЁ-ВСЁ-ВСЁ здесь очень нравится…
jwala (hk) said
am February 12 2010 @ 6:19 AM
भिम रावल नै एस घट्नाका प्रमुख हिस्सेदार हुन ? घट्ना पूर्व प्रभुले उन्लाई भारत्भुमिबाट निमन्ट्रना आउनु र जमिमको हत्या हुनु स्व्भाविक नै हुन आउछ। भिम रावल्लाई नै पाता फर्काएपछी सबै जवाफ आउछ।