गोलचक्करमा जमीमको हत्या

छोटा राजनलाई घटनाको दोष दिएर उम्कने प्रहरीको रणनीति त हैन ? प्रहरीको अनुशन्धान पद्धती र उनीहरुले गरिरहेको दावी हेर्दा प्रश्नै प्रश्न उब्जीन्छ । चित्तबुझ्दो जवाफ दिने कोही छैनन ।

तीन दिन वित्यो जमीम शाहको हत्या भएको । तर हत्या कसले किन गर्यो ? अन्यौलको पर्दा अझै च्यातिएको छैन । मंगलवार हत्यामा प्रयोग गरिएको मोटरसाइकल फेला पार्न प्रहरी सफल त भएको छ । तर मोटरसाइकल त्यही हो कि अर्को ? आशंका कायम छ । घटनाको प्रारम्भमा मोटरसाइकलको नम्बर बा १५ प ८७३३ रहेको बताउने प्रहरी मंगलवारवाट मोटरसाइकल बा १७ प ८७३३ रहेको दावी गर्न थालेको छ । औपचारिक रुपमा घटनामा को संलग्न छ भनेर बताउन नचाहने प्रहरी अधिकारीहरु अनौपचारिक कुराकानीमा बब्लुको नाम लिन्छन । तर, बब्लु साच्चिकैका पात्र हुन कि प्रहरीको चलाखी त्यो पनि खुल्न सकेको छैन । सायद यत्तिको रहस्यमय हत्याको समाचार संकलनको अनुभव नभएर होला समाचार लेख्दा आफैं हो कि हैन भन्ने अन्यौलमा बसेर लेख्न बाध्य भईएको छ ।

ताल तालका अनुशन्धान समिति छ । अनी हरेक अनुशन्धान समितिपिच्छेका आ–आफ्नै दावी छ । एउटा समिति हो त्यही हो भन्छ । अर्को हैन अहिले केही खुलेको छैन भन्छ । एउटा हत्याको अनुशन्धान सफलताको निकट छ भन्छ अर्को भेउ नै पाउन सकिएको छैन । अहिलेसम्म अन्धाले हात्ती छामे बराबर हो भन्छ । हरे हो चै के ? साच्चिकै निक्कै रनभुल्लताकाविच समाचार संकलन गर्न परिरहेको छ जमीम हत्याको । जुन कुनावाट हिडेपनि केवल खाली मैदानमा पुगिने ।

अन्तराष्ट्रिय अपराधीक समुहले करिव ११ वर्ष अगाडि मिर्जा दिलसाद वेगको हत्या गरेपछि यो रुपमा कसैको हत्या भएको थिएन । काठमाडौं र तराईमा मारिएका केही ब्यक्तिको हत्यामा दाउदको डि कम्पनी र छोटा राजनको नाम मुछिने गरेको थियो । तर, कहिल्यै रहस्य खुलेन ति हत्याको । पूर्व मन्त्रीको हत्याको अनी दाउद समुहको सहयोगका कारण मिर्जाको हत्याको एक पाटो खुलाउन प्रहरी सफल  भएको थियो । तर तीन वर्ष अगाडि भएको एउटा हत्या अझै रहस्यमै रहेछ । कुरा २०६३ को हो । कलम नेपाली उपनामका कमल सिंह मध्यबानेश्वरको खरीबोटमा मारिएका थिए । भारतिय संचारमाध्यमहरुले उनी दाउदको बडिगार्ड रहेको दावी गर्दै छोटा राजन समुहले गोली हानेर हत्या गरेको प्रचारवाजी गरेका थिए । तर, प्रहरीले सो हत्याको रहस्य खोल्न भने सकेको छैन ।

कमलको प्रोफाइल जमीम बराबरको नभएका कारण राज्य सक्रिय भएन उनको पक्षमा । अनी संचारकर्मीले पनि त्यत्ति वास्ता गरेनन । जसका कारण कमलको हत्या कसले किन गर्यो त्यो रहस्य खुल्न सकेन । कतै जमीमको हत्याको निचोडपनि कमलझै हुने त हैन ? छोटा राजनलाई घटनाको दोष दिएर उम्कने प्रहरीको रणनीति त हैन ? प्रहरीको अनुशन्धान पद्धती र उनीहरुले गरिरहेको दावी हेर्दा प्रश्नै प्रश्न उब्जीन्छ । चित्तबुझ्दो जवाफ दिने कोही छैनन ।

© 2010, हाम्रो ब्लग. All rights reserved.

Share This Post

3 Comments so far »

  1. bikram said

    am February 10 2010 @ 11:45 AM

    KP ji we should not let this case go so that govt and police will keep continue doing something(or at least pretending) so that no other Nepali should have same fate like Jamin Shah . RIP mr Shah

  2. Gemmi said

    am February 10 2010 @ 1:30 PM

    KP ji, yo home minister sabai security agency chief haru lai liyera china janu ra tyeskai bholi palta yo incident hunu ma kunai tadha ko bhaye pani sambandha bhayeko jasto lagdaina??

  3. radicalDemocrat said

    am February 11 2010 @ 12:33 AM

    ——- Nemesis of Freedom of Speech———-

    जामिम शाहको ह्त्याको dynamics चाख लाग्दो छ ! जमीमको हत्यारा खुलम-खुल्ला भन्छ नेपालमा भारत बिरोधी कार्य गर्नेको हविगत यस्तै हुन्छ ! बर्तमान नेपाली सरकार भारतको अति सक्रीय स्वार्थमा निर्मित भएको हो ! हत्यारालाइ पत्ता लगाउने काममा नेपाली सुरक्षा एजेंसीको देखिएको apathy को कारण स्पष्ट छ ! भारत एउटा प्रजातांत्रिक देश हो जसले मिडियालाई राज्यको चौथो अंग मान्छ ! तथापि छिमिकी देशको मीडिया tycoon लाइ आफ्नै देश भित्रका माफियाले निर्मम ह्त्या गरेको सार्वजनिक भई सक्दापनि चु बोल्दैन !
    नेपाली संचार ब्यवसायमा भू-उपग्रह प्रबिधिको शुरुवातकार जामिम शाह हुन, जुन भारती शासकहरुलाई शुरुदेखी नै हजम भएको थिएंन किनकी यस्तो प्रबिधियुक्त संचार माध्यमको प्रभावले भारतको नेपाल माथिको सिमाना मिच्ने देखि अन्य थिचो-मिचोको खबर अंत-राष्ट्रीय जगतमा पुर्याउने डर थियो ! यदि यो घटनाको (हत्याको) चुरो सम्म निष्पक्ष रुपमा अनुसंधान गर्ने हो भने यो कुरा भेटिने संभावना छ की — जामिम शाहले कुनै अंत-राष्ट्रीय संचार कंपनी (शायेद अल्जाजीरा ) संग मिलेर नेपालमा भू-उपग्रहयुक्त advance प्रबिधिसहितको ब्यवसाय बढाउने योजना गरेको हुन सक्छ ! जुन भारतीये शासकहरुकोलागी पच्ने कुरा नै भएन !

    ——
    भनिन्छ हरेक घटनाको पछाड़ी निश्च्यित रुपमा अर्को घटना घटी सकेको हुन्छ ! जस्तो:- मुशलमान धर्ममा बहु-बिबाह वा चार श्रीमती राखन बर्जित छैन ! के त्यसको पछाड़ी कुनै कारण छ ? वा त्यस्तो के घटना घटेको थियो जसले गर्दा मुशलमानहरुले त्यों प्रथा बसाल्न थाले ? अवश्य घटना घटेको थियो ! मुशलमान धर्मका प्रवर्तक पैगम्बर महोमद एक tribe थिए र खूखार लड़ाकूपनि ! पैगम्बरको बारेमा भनिन्छ राती सुत्दापनि तरवार कम्मरमा राखेर सुत्थे रे र जिंदगी भरी मरनु अघि सम्म पनि लड़ी नै राखेका थिए रे ! पैगम्बरको जमानामा एक tribal समूहले अर्को tribal समूहलाइ युद्ध गरेर परास्त गरेर अरुको भूमि कब्जामा लिनु र आफ्नो प्रभुत्व बधाउनु प्रचलित थियो ! लगातार लड़ने र मरने क्रममा समाजमा पुरूषहरुको सख्या कम हुन थाल्यो जसको अर्थ पैगम्बरलाइ लड़ने लड़ाकूहरुकोपनि कमी हुन थाल्यो ! उता स्त्रीहरुले बिवाहकोलागी पुरूष भेटाउन सकेंन किनकी पुरूषहरु लड़ाईमा मारींन्थे ! पैगम्बरले समाज नै एक किसिमले नष्ट हुने देखेपछि समस्याबाट पार पाऊंन बहु-बिवाह अथवा एक मुशलमान पुरूषले धेरै श्रीमती राखन पाउने ब्यवस्था शुरू गरे ! जसबाट पैगम्बरको कमी लडाकुहरुको समस्यापनि हल भयो भने भने, समाजमा बिवाह गर्न बंचित स्त्रीहरुलेपनि पुरूष पाऊंन थाले ! मुशलमान धर्मको यो बहु-बिहाको संस्कार आज धेरै बर्षपछि असभ्य लाग्न सक्छ तर यो मुशलमान समाजको बहु-बिवाहको घटना कुनै अर्को घटनाको उपज थियो !

    ——-
    त्यस्तै घटना हिन्दू समाजमापनि घट्यो ! हिन्दू समाजको अथवा पुर्विये दर्शनको शुरुवात आजभन्दा ५ हजार बर्ष अघि भारतबाट शुरू भएको थियो ! भारतको खजुराह मंदिरको टुडालमा सबै भन्दा पहिले कोक-शास्त्रको (sex posture) बुट्टाहरु कुंदिएको थियो ! हिन्दूहरुले सेक्सको बिभिन्न आसन चित्रहरु मंदिर जस्तो परमात्माको बॉस हुने मानिने ठाउमा किन कुंदे ? के हिन्दूहरु असभ्य हुन ? वा कुनै घटना घटेपछिको परिणामको स्वरुप यो मंदिरमा सेक्स आसनहरुको चित्र कोर्ने घटना घट्यो ? यसको पृष्ठभूमिमा भारतमा ठुलो घटना घटकों थियो ! आज भन्दा २६०० सय बर्ष अघि जब हिन्दू समाजमा नैतिक, र सामाजिक मूल्यमा ब्यापक गिरावट आएको थियो (जस्तो चोरी, डांका, फटाई, corruption, हिन्दू पंडितहरुले धर्मको नाममा शोसन र अत्याचार, रोग, ब्याधि) त्यों पृष्ठभूमिमा समाजलाइ सही दिशामा ल्याऊंने शिल्शिलामा दुःखको कारण पत्ता लगाउने खोजमा राज कुमार सिद्धार्थ गौतमले निर्वाण प्राप्त गरे र ८ आर्य सत्यहरुको घोसणा सहित त्यों अस्त-ब्यस्त समाजमा बुद्धले उपदेश बाडन थाले ! त्येतिबेलाको रुग्ण हिन्दू समाजमा बुद्धको दर्शन र उपदेशहरुले यस्तो प्रभावित पार्यो की मान्छेहरुले बिवाह बंधनबाट भाग्न थाले र ब्रम्हचारी जीवन बिताऊंन थाले ! फल्स्वोरूप, हिन्दू समाज यस्तो अवस्थामा पुग्यो की समाजमा मान्छेहरु ब्रह्मचारी जीबन बिताऊंन थालेपछि, समाज नै चल्न नसक्ने अवस्थाको सिर्जना हुने देखियो ! परिणामत: हिन्दूहरुले ब्रह्मचारी जीबन यापन गर्न उद्धत मान्छेहरुलाइ काम वासनाको प्रति मोह जगाऊंनको निम्ति मंदिरको टुडाँलहरुमा कोक-शास्त्रको चित्रहरु कुदन थाले ! किन मंदिर नै रोजे त ? त्यों समयको धार्मिक समाजमा धेरै मान्छेहरुको भेलाहुने ठाऊ मंदिर भन्दा अरु के हुन सक्यो र ??

    ————
    यूरोपमापनि यस्तै घटना घटेको छ – यदि Adam Smith नजन्मिएको भये John Manyard Keyens जन्मिने थिएंन !
    ब्रिटिशले भारतमा राज नगरेको भये, महात्मा गांधी जन्मिने थिएंन ! बिरेन्द्रले चिनबाट हतियार नल्याएको भये २०४६ सालमा राजनितिक परिवर्तन त्यति सजीले हुने थिएंन ! ज्ञानेंद्रले चिनलाई सार्कको परिवेक्षेकको भुमिकमा प्रस्ताव नगरेको भये १२ बुँदे समझौता दिल्लीमा हुने थिएंन !

    ———-
    जमींम शाहले त्यस्तो के गरे, जसले एक स्थापित मीडिया मालिक सडकमा धुक्कुर जस्तै ढालियो ? Freedom of Speech मा बाचनेहरुलाई झन ठुलो खतरा कोबाट छ – स्पष्ट छ !

Comment RSS · TrackBack URI

Leave a comment

Name: (Required)

eMail: (Required)

Website:

Comment:

प्रतिकृया नीति

प्रतिकृया दिनु अगाडि ध्यान दिनुहोस

  • ब्लग मार्फत उठान गरिएका विषय केन्द्रित प्रतिकृया दिएर सार्थक बहसको अभ्यास गरौं ।
  • प्रतिकृया राख्दा आफ्नो वास्तविक नाम र इमेल राख्नुहोला । इमेल गोप्य रहने छ ।
  • सबैको विचारको सम्मान गर्दै प्रतिकृया खुल्ला गरिएको छ । तर, अश्लिल,असभ्य र विषय केन्द्रित नभएका प्रतिकृया हटाइने छ ।

प्रत्यक्ष अन्तर्कियानै ब्लगको शौन्दर्य हो । तर त्यसलाइ कायम राख्न रचनात्मक प्रतिकृयाले महत्वपुर्ण भुमिका खेल्छ । त्यसैले हाम्रोब्लग तपाईवाट रचनात्मक विषयकेन्द्रित र शभ्य भाषा प्रयोग गरेको प्रतिकृयाको आशा गर्दछ ।

 

Anti-Spam Protection by WP-SpamFree