एक्कासी कसैको आवाजले झस्कायो

मेरो प्रेम शारीरकि आकर्षण होइन, अन्तर आत्मादेखी उब्जीएको भावनात्मक उपज हो । मेरो प्रेम भौतिक प्रमाणबाट दूर तर आत्मासँग नजिक छ ।  म तिमीलाई सच्चा र निस्वार्थ हृदृय देखी नै माया गर्छु ।

छोटो जीवनको लामो सम्झना,
उजार र उराठ यो मरुभीको अनकन्टार ठाउँबाट ,

सर्वप्रथम तिम्रो दिर्घायुको कामना गर्दछु । जिन्दगीको आरोह अवरोहहरुमा धेरैसँग परचिय भयो,धेरै संग मित्रता गाँसियो, कसैलाई असल मित्र भन्दा वडि उपमा दिन सकिन । जब तिमीलाई देखेँ, तिमीसँग भेट भयो । अचम्म लाग्छ,  पहिलो नजरमै आकर्षणको हावा यसरी फैलियो कि मेरो प्रत्येक सासभित्र तिमै् सुगन्धको आभास गरे, मेरा यी निश्चल आँखाको लेन्सले तिम्रै अनुहारको अवलोकन गरे अनि तिमीसंगको साथको कल्पना गरेको थाहा  नै भएन । एक्कासी कसैको आवाजले झस्कायो ।  यस्तो किन हुन्छ रु मन मन नै आफूले आफैलाई प्रश्न गरे  । मेरो मनले भन्छ, माया भयो । मेरो मस्तिष्क बोल्छ,तिमीलाई प्रेमले छोयो । न त मेरो मन,मस्तिष्क र ढुक्ढुकीलाई नै नकार्न सके न त मेरा यि आँखाहरुलाई  नै बन्द गर्न सके । त्यसैले भन्छु मलाई साँच्चै माया भयो । म तिमीलाई माया गर्छु । यद्यपि चोखो अनि निःस्वार्थ प्रेम गर्छु भनेर तिमीसंग भन्न सक्दिनँ वा भनौ म मा त्यो सामथ्य नै छैन ।

हुन त  मेरो प्रेममा पनि केही स्वार्थ पक्कै होला  । मलाई लाग्छ, तिमीलाई चाहनु नै मेरो ठूलो स्वार्थ हो किनकी एउटा स्वतन्त्र रूपमा वगैचामा फुलिरहेको फूलमा भमराले छड्के आँखा लगाउनु र उनको स्पर्शमा रमाउन खोज्नु पक्कै स्वार्थ भन्दापरको कुरा त नहोला १ तिम्रो स्वतन्त्रतालाई लत्याएर तिमीसंग ज्यून  चाहने रहर राख्नु,तिम्रो  एक्लो जीवनमा आफ्नो दुःख सुख बाँड्न खोज्नु मेरो इच्छालाई स्वार्थ होइन भनेर म भन्न सक्दिनँ, तर मेरो स्वार्थ अरू प्रेमरोगीहरूको जस्तो  हैन उनिहरुको भन्दा पृथक छ, अनौठो छ र उच्च छ जस्तो लाग्छ । हुन त प्रत्यक प्रेमीहरु यस्तै भन्लान तर मैले अगिनै भनि सकेकी म अरु प्रेमि भन्दा पृथक छु भनेर । किनकि, मेरो प्रेम शारीरकि आकर्षण होइन, अन्तर आत्मादेखी उब्जीएको भावनात्मक उपज हो ।

हुन  त सायद तिमीले प्रमाण खोजेऊ भने मैले तिमीसंग शीर झुकाउनु वाहेक अरु विकल्प छैन मसंग छैन । किनकी मेरो प्रेमका ठोस प्रमाणहरू छैनन् । नाडी रेटेर रगत वगाउने क्षमता अनी प्रत्यक पाईला पाईलामा पैसाको वर्ष गराउने औकात त मसंग छैन । त्यसैले तिमी मलाई माया गछ्र्यौ  या मेरो प्रेममा विश्वास गछ्र्यौ भने बिन्ती मेरो प्रेमको प्रमाण नखोज किनकि मेरो प्रेम भौतिक प्रमाणबाट दूर तर आत्मासँग नजिक छ ।  म तिमीलाई सच्चा र निस्वार्थ हृदृय देखी नै माया गर्छु । यसको मतलव यो हैन की तिमी पनि मलाई नै माया गर्नु पर्छ  भन्ने ।

यदि तिमीमा म प्रति माया छ भने अपनाउन सक्छौ यदि छैन भने मेरो भन्नु केही छैन । तर मलाइ आशा छ तिमीले स्विकार छौ भन्ने । यदि मेरो मायालाई घृणा र तिरस्कारका वाणरुपी शब्दले प्रहार गरे पनि मेरो कुनै गुनासो रहने छैन । किनकी म तिमीलाई निस्वार्थ प्रेम गर्छु ,तिमी प्रतिको मेरो चाहना र प्रेम जबसम्म म यो धर्तीमा रहन्छु तवसम्म कहिल्यै अस्ताउने वा बिलाउने छैन । किनकी म तिमीलाई सच्चा हृदृय देखीनै प्रेम गर्छु । तिमी मेरो जीवनमा आईनौ भने तिम्रै प्रेममा तड्पीने पागलप्रेम चाहि म पक्कै पनि होइन तर तिमी जस्को भएपनि मेरो हृदयमा बास बसेकी ले वा भनौ मेरो पहिलो प्रेम तिमी संग भएकोले मेरो माया तिमी प्रती कहिल्यै घट्ने छैन । त्यसैले कृपया यो पत्र तिमीले पढने वित्तीकै  मलाई मेल गर्ने छौ भन्ने आशा गदै तिमीबाट आजलाई ओझेल हुनेछु ।
उहि तिमीलाई माया गर्ने
राजेश्वर

© 2010, हाम्रो ब्लग. All rights reserved.

Share This Post

Most Commented Posts

1 Comment so far »

  1. Narendra Raj Magar said

    am February 26 2010 @ 2:50 PM

    Wa waaaaaaaaaaaaaa !
    i realy like it

Comment RSS · TrackBack URI

Leave a comment

Name: (Required)

eMail: (Required)

Website:

Comment:

प्रतिकृया नीति

प्रतिकृया दिनु अगाडि ध्यान दिनुहोस

  • ब्लग मार्फत उठान गरिएका विषय केन्द्रित प्रतिकृया दिएर सार्थक बहसको अभ्यास गरौं ।
  • प्रतिकृया राख्दा आफ्नो वास्तविक नाम र इमेल राख्नुहोला । इमेल गोप्य रहने छ ।
  • सबैको विचारको सम्मान गर्दै प्रतिकृया खुल्ला गरिएको छ । तर, अश्लिल,असभ्य र विषय केन्द्रित नभएका प्रतिकृया हटाइने छ ।

प्रत्यक्ष अन्तर्कियानै ब्लगको शौन्दर्य हो । तर त्यसलाइ कायम राख्न रचनात्मक प्रतिकृयाले महत्वपुर्ण भुमिका खेल्छ । त्यसैले हाम्रोब्लग तपाईवाट रचनात्मक विषयकेन्द्रित र शभ्य भाषा प्रयोग गरेको प्रतिकृयाको आशा गर्दछ ।

 

Anti-Spam Protection by WP-SpamFree