बब्लु श्रीवास्तवले गराए जमिमको हत्या

–प्रहरीले भगाए जमिमका हत्यारा

–लाजीम्पाटमा गोली हानी लैनचौर फर्किएर मोटरसाईकलमा भागे अपराधी

–कात्र्तिकदेखी ६ भारतिय आक्रमणकारीहरु काठमाडौंमै

आक्रमणकारी चिनीए, तर पक्राउ पर्ने कहिले ?

अमेरिकी एम्बेसीमा खटिएका नेपाल प्रहरीका सई प्रकाश क्षेत्रीले जमिम हत्यामा संलग्न भारतिय अन्डरवल्डका कुख्यात अपराधीहरुसंगै हत्याको योजनामा संलग्न भएर प्रहरीको शुरक्षा सम्बन्धी सूचना चुहाउनुका साथै हत्याराहरुलाई मोटरसाइकलमा राखेर कलंकी पु¥याएर भगाएको खुलेपछि प्रहरीभित्रै खैलाबैला शुरु भएको छ । अमेरिकी एम्बेसी जस्तो शुरक्षाका लागि हाईहर्लट हुने स्थानमा खटिएका प्रहरी भारतिय अपराधीसंग मिलेको विवरण सार्वजनिक भएपनि प्रहरी नहल्लीयोस पनि कसरी ?
प्रहरीले जमिम शाहको हत्याको बारेमा प्रारम्भीक अनुशन्धान विवरण सार्वजनिक गर्दा केवल उनी योजनाका सहयोगि रहेको मात्र दावी गरेको थियो । तर, पछि बुझ्दै जांदा त उ एम्बेसीमा खटिएको प्रहरी अधिकारी नै रहेको खुल्यो । यसवाट जमिमको हत्यामा भारतिय अपराधी मात्र हैन नेपाल प्रहरीका अधिकारीपनि संलग्न रहेको तथ्य खुल्यो । चर्चा छ जमिमको हत्यामा संलग्न रहेका प्रहरी अधिकतहरुको लिष्ट लामै छ । तर, अन्यको नाम भने सार्वजनिक भएको छैन । तर, प्रहरीले चाहेर उनीहरुको नाम लुक्ने सम्भावना छैन । आज नभए भोली उनीहरुको नाम खुल्छ पक्कै ।

प्रहरीले लखनउ कारागारमा आजीबन कारावासको सजाय भोगिरहेका भारतिय अन्डरवल्डका कुख्यात अपराधी बब्लु श्रीवास्तवको निर्देशनमा नेपाली मुलका भारतिय बब्बु भनिने दिपक शाहीले जमिम शाहको हत्या गरेको दावी गरेको छ । प्रहरीका अनुसार दिपकले मोहम्मद बकार सैयद सहितका ६ जना भारतिय र ६ जना नेपाली सहयोगी परिचालन गरेर जमिमको हत्या गरेको प्रारम्भीक प्रतिवेदन सार्वजनिक गरेपनि के कारण उनको हत्या गरिएको हो भन्ने तथ्य भने खुलाएको छैन ।

प्रहरीले आफ्नै संगठनका सई प्रकाश क्षेत्रिले एक महिना अगाडि घटनाको बारेमा जानकारी भएर पनि संगठनलाई खवर नगरी उल्टै अपराधीहरुलाई सहयोग गरेको अभियोगमा पक्राउ गरी कार्वाही शुरु गरेको छ । प्रहरीले जमिमको हत्यामा संलग्न अपराधीहरु लाजीम्पाटवाट मोटरसाइकलमा कलंकी पुगेर भागेको जानकारीदिंदै लाजै पचाएर प्रहरी भने तत्काल परिचालन भएको दावी गर्न समेत चुकेन । प्रहरीले सई खत्रि बाहेक अरु कसैलाई पक्राउ गर्न सकेको छैन । आखिर के के गरेछन त आक्रमणकारीहरुले ?

जमिम हत्या सम्बन्धी प्रतिवेदनका लागि क्लीक गर्नुस

विहानको ब्लग

के भन्ला पुलिसले ?

जमिम शाह हत्याको आठौ दिन प्रहरीले हत्याभित्रका रहस्य खोल्ने भएको छ । मध्यान्ह ४ वजे पत्रकार सम्मेलन गरेर अनुशन्धानकाक्रममा आएको जानकारी सार्वजनिक गर्ने तयारी गरेको प्रहरीले आखिर शाहको हत्या कसले कसरी ग¥यो भन्ने सार्वजनिक गर्ला ? चासो यही छ । सुने अनुसार प्रहरीले अहिलेसम्म हत्यामा संलग्न भएका र मुख्य रणनीतिकारमध्ये कसैलाई पक्राउ गरेको छैन । हत्यामा संलग्न ब्यक्तिहरुको केही फोटो र अनुमानको भरमा केही स्केचहरु बनाएको छ रे । अनी उसले को को काठमाडौं आए ? कसले निर्देशन दिएर हत्या भएको हो अनी जमिमको हत्याको मुख्य कारण के हो भन्ने सबै पत्ता लगायो रे यो आठ दिनभित्रमा । आज पत्रकारहरुलाई जम्मा पारेर त्यही विवरण सार्वजनिक गर्ने तयारी गरिएको हो रे ।

जमिमको हत्याको मुख्य रणनीतिकारको रुपमा अहिले अन्डरवल्डका तीन हस्ती छोटा राजन, बब्लु श्रीवास्तव र दाउदको नाम आईरहेको छ । दाउद जमिमको व्यवसायिक पार्टनर रहेको र उनीहरुविच आपसि लेनदेनका विषयमा लामो समयदेखी विवाद भएकाले उनले नै जमिमलाई टप्काईदिएको भन्ने हल्ला छ । अर्कोतिर दाउदका सबै मान्छेलाई खसाल गर्ने लक्ष लिएर हिडेका छोटा राजनले आफ्नो त्यही लक्ष अनुसार जमिमको हत्या गराएको भन्ने चर्चा पनि छ बजारमा ।

अर्को राप्रपाका नेता तथा र्पुव मन्त्री मिर्जा दिलसाद वेगको हत्यामा संलग्न रहेका बब्लु श्रीवास्तवले जेलभित्रैवाट योजना बनाएर जमिमलाई मारेको भन्ने पनि सुनिएकै हो । तर, आखिर हो चै के ? सायद आज प्रहरीले बताउंला । प्रहरीले छोटा राजनको निर्देशनमा जमिमको हत्या भएको विवरण सार्वजनिक गर्ने सम्भावना बढी छ ।

अहिलेसम्मको अनुशन्धानवाट हत्यामा संलग्न रहेका बब्बु नाम गरेका भारतिय मात्र खुलेका छन । प्रहरी पशुपतिनगर पुगेर बब्लुका साथिवाट उसको फोटो बोकेर ल्याएको छ रे । आज त्यो पनि देखाउने होला । बब्बु त भारततिर छिरिसकेकाले उ पक्राउ परेका छैनन ।
सुने अनुसार हत्याराहरु कहिलेदेखी काठमाडौंमा थिए ? उनीहरु कहां कहां कसरी बसेका थिए ? हत्यामा कुन कुन भारतिय अपराधी संलग्न थिए र उनीहरुको नेपाली सहयोगी को को हुन भन्ने समेत खुलेको छ रे । आज त्यो विवरण पनि सार्वजनिक गर्ने तयारी गरिएको सुनिएको छ ।

प्रहरीले हत्यामा सहयोग गर्ने आफ्नै संगठनका सईलाई समेत आइतवार पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयको शुरक्षा महाशाखामा कार्यरत रहेका ति सईले जमिमका हत्याराहरुलाई प्रहरीको शुरक्षाका बारेमा महत्वपुर्ण जानकारीहरु दिएको अनुशन्धानवाट खुलेको केही प्रहरीहरु दावी गर्छन । आज उसको विवरण पनि सार्वजनिक हुने सम्भावना छ ।

निष्कर्षमा आज प्रहरीले सार्वजनिक गर्ने भनेको प्रारम्भीक प्रतिवेदन मात्र हो । जसमा अनुमानको स्थान बढी हुने पक्का छ । यो अनुशन्धानको पहिलो पाटो हो । हत्यारा पक्राउ नपरेकाले हो चै के अझै खुल्ने कुरा भएन । हेरौं प्रहरीले कुनै काल्पनिक उपन्यासवाट साभार गरिएको कुनै कथा सार्वजनिक गर्छ कि गहिरो अनुशन्धानवाट निस्किएको प्रारम्भीक निचोड । यसका बारेमा बेलुका अर्को ब्लगमार्फत सामाग्रि पस्किनेछु ।

© 2010, हाम्रो ब्लग. All rights reserved.

Share This Post

3 Comments so far »

  1. SONAM said

    am February 15 2010 @ 10:16 PM

    थुक्क नेपाल प्रहरी र नेपाल सरकार, येत्रो दिन भै सक्यो दिन दहाडै तेस्तो संबेदनसिल ठाउमा एक जना को हत्या भएको र आज सम्म हत्यारा पत्त लगुना नसकेको ….यहि हो त नया नेपाल ? माकुने को सरकार इतिहास मा नै लाचार .
    तर मुख योजनाकार को तस्बिर चै सार्बजनिक नगरेको रैछा यहाँ हेर्नुस होस् साथी हो .
    http://i49.tinypic.com/o50zms.jpg

    चांडो भन्द चाडो हत्यारा को पत्त लागेर हत्यारा लै कडा भन्दा कडा कारबाही होस्…..

    सोनाम
    दि नेपाली बाबु

  2. आकार said

    am February 16 2010 @ 12:40 AM

    खै, सबै गोलमाल छ यार ! कसलाई विश्वास गर्ने ?
    अनि अर्को ठूलो चुनौती, ती अपराधीहरुलाई कहिले पक्राउ गर्ला त प्रहरीले !

  3. chandra panthi said

    am February 17 2010 @ 4:19 AM

    sala chor gadha haru

Comment RSS · TrackBack URI

Leave a comment

Name: (Required)

eMail: (Required)

Website:

Comment:

प्रतिकृया नीति

प्रतिकृया दिनु अगाडि ध्यान दिनुहोस

  • ब्लग मार्फत उठान गरिएका विषय केन्द्रित प्रतिकृया दिएर सार्थक बहसको अभ्यास गरौं ।
  • प्रतिकृया राख्दा आफ्नो वास्तविक नाम र इमेल राख्नुहोला । इमेल गोप्य रहने छ ।
  • सबैको विचारको सम्मान गर्दै प्रतिकृया खुल्ला गरिएको छ । तर, अश्लिल,असभ्य र विषय केन्द्रित नभएका प्रतिकृया हटाइने छ ।

प्रत्यक्ष अन्तर्कियानै ब्लगको शौन्दर्य हो । तर त्यसलाइ कायम राख्न रचनात्मक प्रतिकृयाले महत्वपुर्ण भुमिका खेल्छ । त्यसैले हाम्रोब्लग तपाईवाट रचनात्मक विषयकेन्द्रित र शभ्य भाषा प्रयोग गरेको प्रतिकृयाको आशा गर्दछ ।

 

Anti-Spam Protection by WP-SpamFree