हाम्री सानी साथी

जीवनमा नयां सदस्यको आगमन साच्चिकै नौलो र आनन्ददायि क्षण हुने रहेछ । झुट्टै आनन्द । कस्तो कस्तो । नौलो , विल्कुल नौलो अनुभुतीको । जीवनको मोड नै अन्तै कतै मोडिए जस्तो । मन मष्तिष्क सबैतिर एकप्रकारको नयां तरंगको संचार । थेरै पाए जस्तो । उद्धेश्यविहिन यात्रामा लक्ष भेटिए झै ।
सानी साथिको आगमनवाट यस्तै नयां तरगंसंग साक्षात्कार भयो चार दिन अगाडि । भिन्दै जीवनको अनुभुतीको सागरमा यसरी तैरिरहेको छु म त्यो शब्दमा कसरी ब्यक्त गरु । घरमा नयां नयां सदस्यहरुको आगमन नभएका हैनन । तर,खै यस्तो अनुभुती कहिल्यै भएको थिएन । अचम्मै भईरहेको छ अहिलेका दिनहरु ।
उनको आगमनसंगै दैनिकी एकाएक परिर्वतन भयो । आफु खुसी आफ्ना नियमित दैनिकीको समय तालीका निर्धारण गरिनथ्यो । तर अब आफ्नो अनुकुल भन्दा पनि ति साथिको अनुकुलताका आधारमा दैनिक समयतालीका निर्धारण हुन थाले । कति खेर सुत्ने अनी कतिखेर उठ्ने ? ति सबै तालीका आफ्नो हातमा रहेन । ति साथिले जस्तो चाह्यो त्यस्तै हुन थाले तालीका । केही असहज पनि लागिरहेको छ । सायद २९ वर्षसम्म निरन्तर हिडेको बाटो परिर्वतनको संघारमा भएरपनि होला । आफुले चाहे अनुसारको जीवनयापन गर्न नपाउंदाको असहजताका विचमा पनि भिन्नै मजा चै आउने रहेछ । अहिले त्यही भिन्दै जीवनको भोगाईमा रमिरहेको छु म अनी उनी । साच्चिकै अचम्म लाग्दो, नौलो जीवनको भोगाई ।
© 2010, हाम्रो ब्लग. All rights reserved.
























आकार said
am February 21 2010 @ 9:16 PM
लौ, बधाइ छ !
दिपक said
am February 21 2010 @ 9:47 PM
धेरै धेरै बधाई छ दम्पति लाई . बकुला जस्ता मुर्ख commentator को तर्फा बाट म माफी माग्छु .
-ददि said
am February 21 2010 @ 9:59 PM
बधाई छ केपी, शुभकामना !! नानीलाई शुभ आशिर्वाद !! नानेकि आमालाई स्वास्थ्य लाभको कामना !!
Ujjwal Acharya said
am February 21 2010 @ 10:02 PM
बधाई
rajug said
am February 21 2010 @ 11:40 PM
बाधाइ छ के पि जी,
हिज मात्र मैले तपैलाई फ़ोन गर्दा कुरै भयेन, हुन त बिना प्रसंग भन्ने कुरा पनी भयेन होला तर मैले पनी त कसरी सोध्ने, के आधार माँ सोध्ने की तपैको बच्चा भाको छ भनेर. जे होस तपैलाई र भाउजूलाइ धेरै धेरै बधाई.
Finally welcome to the Dad’s Zone!!!
Raju Gautam
Ekalavya Sharma said
am February 21 2010 @ 11:43 PM
Congratulations KP jee. I was wondering what happened to KP jee – why he is not uploading the blog for almost a week. Now I knew the sweet and surprising reason.
Once again, Congratulation KP jee. “Sano Kani” looks so cute and healthy.
nabinkm.com said
am February 22 2010 @ 12:54 AM
KP G,
Badhai Chha!!!
Naya Laure said
am February 22 2010 @ 1:12 AM
Congratulations KP jee and family.
Welcome new member to this World.
बनबासी said
am February 22 2010 @ 1:22 AM
लौ के पी सर , बधाई छ ।।
sagar said
am February 22 2010 @ 2:37 AM
Congratulation ! May God bless you all in your family for better future (especially the newest & lovely member)
aasish,switzerland said
am February 22 2010 @ 6:13 AM
lau BADHAI CHA hai K.P jee
aasish
swiss
madanAD said
am February 22 2010 @ 12:19 PM
ल बधाई छ है
…………………….मेरे घर आइ एक नन्ही परी……गीत गाउनुस्
Binod Neupane said
am February 22 2010 @ 1:05 PM
CONGRATULATION, KPG !!!
radicalDemocrat said
am February 22 2010 @ 1:07 PM
बधाई छ केपी जीलाइ !
दार्शनिकहरु भन्छन बिहे २४ क्यारेटको सुनको पिंजडा हो भने बच्चा पिंजडाको ढोकाको चुकुल ! २४ क्यारेटको mouth-watering सुनको आकाक्षामाँ
पखेटाहरु एक पछि अर्को काटिदै जान्छ ! अब झन अवचेतनमा स्वतंत्र आकाशमा उड़ने चाहना झनै घनीभूत भएर आउछ – अर्थशास्त्रको सीमान्त उपयोगिताको उलटो अवस्था जस्तो !
Late night टकीला पार्टीको त के कुरा, खाजा खाने समयपनि मोबाइलले फुर्सत पाउने छैन !
तथापि बच्चाको innocentness संग खेल्न पाउदा हरेक बाबुले सबै बिर्संछंन !
तपाईको छोरीकोलागी संस्कृतमा आधारित prospective दुई नामहरु:
१) रेचन -> अथवा purgative or tending to cleanse
२) मिनल -> अथवा a precious jems
sanjaya said
am February 22 2010 @ 2:34 PM
Welcome to the world of imagination, I can see ur writing style r changing fictionious after the arrival of little one, congratulations Dear…
umesh said
am February 23 2010 @ 4:12 AM
badhai chha kp jee!
Nepaliko Aawaz said
am February 23 2010 @ 2:14 PM
Congratulation although its late
Anbika said
am February 25 2010 @ 1:08 AM
Badhai chha!
basu said
am February 25 2010 @ 4:20 AM
Congratulations!!!!!!!! झुट्टै आनन्द। ki Chuuttai anand??????
Rabindra Neupane said
am February 25 2010 @ 2:24 PM
Congratulation KP Jee. Maile ta Blog nahereko dherai vayachha. Congratulation Alithough it is late
SONAM said
am February 26 2010 @ 12:16 AM
CONGRATULATION KP ji,,,,,,
so Sweet…SANI SATHI,
LOVE, BLESS AND REGARDS…
Motilal Rana Magar said
am February 27 2010 @ 8:21 PM
Oh……… Mr. KP,
Congratulations in TONNNNNS.
Tajim said
am March 1 2010 @ 3:40 AM
Congrats Bro !!!
Shailesh Limbu said
am March 1 2010 @ 7:51 AM
Congrats KP jee,,,,have a nice life ahead.