नामको खोजीमा

प्रारम्भमा शुभकामना दिने सबै मित्रलाई धन्यवाद । आज सातौ दिन भयो । हल्का हास्न थालेकी छिन साथी । बेलुका अली दुख दिन्छीन । तर त्यो दुखभित्रको असिम सुखको वयान गर्नै सकिन्न । घरका सदस्यहरु पनि मक्ख छन । सबैको ध्यान उसैतिर छ । उनी कोमल औलाहरु चलाईरहेकी छिन अनी घरका सबै सदस्य उनको औलाको इशारामा नाचिरहेका छन । बढो मजाको क्षण स्वर्णिम क्षण । उनी दिनप्रतिदिन जति हुर्किदैछिन् अब के के गर्ने योजनाका खाकाहरुले मनका पानाहरु भिरंदै छन । नाम चै के राख्ने होला अहिले बहस चै यसैमा केन्द्रित छ । हुन त नाममा के छ र भन्ने पनि नसुनिने हैन । तर जे छ त्यो नाममै त छ कि कसो ।
सानी साथीको जन्म अगाडिदेखीनै बहस जारी भएपनि अहिलेसम्म नाम चै फेला परेको छैन । घरका सदस्य आफन्तमित्र शुभेच्छुक फोन गरी गरी नाम सुझाईरहेछन । नामको अर्थ पनि हुनुपर् यो । भोली मेरो नामको अर्थ के हो भन्दा बताउन त सक्नुपर् यो नै । नामाकरणका लागि ५ दिन मात्र बांकी छ । थेरै विचार गरियो तर अहिलेसम्म चित्तबुझ्दो नाम फेला परेको छैन । साच्चिकै गार्हो काम रहेछ नाम जुराउनु ।
यसो सोच्दा जे नाम राखेपनि भइहाल्यो नी भन्ने पनि लाग्छ । तर हैन । नामले जीवनभर ब्यक्तिको परिचय बोक्ने भएकाले अली विचारै गरेर नाम राख्नुपर्छ । हैन त त्यसमा पनि आफ्नै नामले पारेका अप्ठ्याराहरुले नाम चै युनिकै राख्नुपर्छ भन्ने लाग्यो । मेरो नाम कृष्ण । त्यसमा परिवारीक पहिचान प्रसाद ढुंगाना जोडेर कृष्णप्रसाद ढुंगाना भयो । अब नाम मिल्ने कृष्णहरु त कति छन कति । कृष्ण दल खोल्ने हो भने कुनै राजनीतिक दलको सदस्य भन्दा कम नहोला । मेरै आफन्तहरुको नाम हेर्दै जांदा एक दर्जनभन्दा बढी छन कृष्णप्रसाद ढुंगाना मात्र । काकाका छोरा,ठुलाबाका छोरा कति छन कति कृष्णप्रसाद ढुंगाना । परिवारमा नाम मिलेर त केही फरक परेको थिएन । तर जव पत्रकारीता पेशामा आए अर्का मितज्यु भेटिए कृष्णप्रसाद ढुंगाना जो म भन्दा धेरै अगाडिदेखी पत्रकारीतामा सकि्रय थिए । अब कृष्णप्रसाद ढुंगाना लेख्दा कुन चै हो भनेर अन्यौल हुने भएपनि नाम छोट्याएर केपी बनाए । लाग्यो मेरी सानी साथि भोली मेरो जसरी नाम छोट्याउनु नपरोस ।
११ दिन न्वारनमा पन्डीतले नाम जुराउंदा प्राय भगवानकै नामवाट नाम जुराउने गर्छन । तर न्वारनको नाम र बोलाउने नाम फरक फरक हुनुपर्ने धारणाका कारण अर्को नाम जुराउनुपरिहाल्यो । धार्मिक परम्परा अनुसार हेर्ने हो भने भगवानको नामसंग मिल्ने गरी राख्ने प्रचलन छ । बालीका भए सीता गीता अर्चना बन्दना लक्ष्मी,सरस्वती यस्तै । बालक भए राम, श्याम, कृष्ण, हरी,शिव,विष्णु यस्तै यस्तै । तर अहिले आएर यस्ता नामहरु त्यत्ति रुचाउन छोडिसकेका छन । सकेसम्म युनिक नाम खोज्छन घरपरिवार पनि ।
दुबै जनाको नामको अगाडिको अक्षर मिलाएर कृषा राख्ने कि भन्ने पनि सोचेको हो । तर यदी अन्य कुनै चित्तबुझ्दो नाम फेला नपरेका यो राख्न सकिन्छ भनेर परिवारले यसलाई बैकल्पीक नामको सूचीमा राखेका छन । अहिले घरका सबै सदस्य नाम चै राख्ने भन्ने बहसमै केन्द्रित छन ।
नामको खोजीमा केही साइटहरुतिर पनि दगुरे । आर्दशनी अभिलासा चन्चलाह अमुल्या नामहरु केही आर्कशक लागे । शुभकामना दिनेक्रममा ब्लगमित्ररेडिकलडेमोक्र्याटवाट २ वटा नाम अर्थ सहित प्रस्ताव आएको छ रेचन र मिनल । रेचन चै मनपर् यो । तर मिनल बोलाउन अलि अप्ठ्यारो नाम पर् यो । जिव्रो केही अड्किने रहेछ अनी मिलन भन्न पुगिने रहेछ । साच्चिकै रमाइलो अनुभव भईरहेको छ नामको खोजीमा । तपाई पनि सहयोग गर्नुहुन्छ की
© 2010, हाम्रो ब्लग. All rights reserved.
























Deepak said
am February 22 2010 @ 9:13 PM
अहिले को जमाना मा ठेत नेपाली भन्दा पनि विश्वको अरु देशका मान्छे ले पनि उचारण गर्न मिल्ने राखे राम्रो। चन्चलाह सितापल्लबी are very difficult to pronounce. If you think your daughter is never going to step out of Nepal then those names are good otherwise i would not recommend such long and difficult to pronounce name to your daughter. Make it short, sweet and easy to pronounce by foreigners. Think from global prospective while selecting name for your daughter.
hussu said
am February 22 2010 @ 11:24 PM
संविधान बनाउन लाग्या बेला जन्मिएको भएर
संवि नाम राख्ने कि।
आमाको नामसँग पनि मिल्ने
पदम गुरुङ said
am February 23 2010 @ 1:01 AM
के पी जी
तपाइको र मेरो समस्या एकै खालको पर्यो/ म पनि मेरो सानी नानीको नामको जोहो गर्दैछु / म पनि मेरो र श्रीमतीको अगाडिको अछर बाट राख्ने विचार गर्दै छु / तपाइको कृषा नाम राम्रो लाग्यो / जस्तै मेरो परि गुरुङ /मेरो पनि येही फाल्गुन ६ गते जन्मिएको हो /नामकरण अझै बाँकि छ /
aasish,switzerland said
am February 23 2010 @ 2:38 AM
aru pani name hernus tara mathika tapai le bhanekaa name madhya chai KRISHA nai uttam lagyo hai malai ta.natra aru nam ta ali unique chai chan tara teti jamne khal ka bhayanan ki jasto lagyo.any way pachi yeso thaha dinu hola kun chai nam juryo bhanera.
Ram said
am February 23 2010 @ 4:03 AM
Asara (meaning shelter) Rakhda kaso hola.
Prajwol said
am February 23 2010 @ 9:35 AM
Badhai cha KP Ji……i am sure it must be a really great feeling
Binod Neupane said
am February 23 2010 @ 10:47 AM
सबा, सुरेखा, रुचिता, रुपाली, मन्जरी, शिलावंती, कुमकुम, अक्छिता, काब्यानी, शकुन्तला, सन्जना, माण्डवी, शिखा, चेताली, कृषाली, कृशानी, श्वेता, स्वरन, पन्जाबी, शायाना
Binod Neupane said
am February 23 2010 @ 10:49 AM
मलाई मन परेको मन्जरी, सन्जना, काब्यानी र माण्डवी
Santosh Dhakal said
am February 23 2010 @ 10:55 AM
fool-kumari dhungana
Nepaliko Aawaz said
am February 23 2010 @ 2:24 PM
what about keeping AAPTI [Fulfilment] Or KHUSI[Happy] coz she had fulfilled happiness in your family.
Nepaliko Aawaz said
am February 23 2010 @ 2:26 PM
i think AAPTI is better coz it is some unique
बनबासी said
am February 23 2010 @ 5:42 PM
प्रिज्मा , प्रिमा , कृपा , कृति , क्रितिशा , कुन्ती , मिन्जुला ,…..
Ujjwal Acharya said
am February 23 2010 @ 6:31 PM
गजप के पी ! यो छोरीको नाम मात्र होइन, बिहे सम्मका सबै कुरा ब्लग मार्फ़त जुराउनु पर्छ ! नाम पानी ब्लग कुमारी या ब्लगिता या ब्लगुना राख्ने हो की ?
Umesh said
am February 23 2010 @ 6:46 PM
उज्ज्वलको ब्लगिता नाम गज्जब लाग्यो
DEEP said
am February 23 2010 @ 8:41 PM
ALINA ANJILA ANTANEE ALIJA BINITA BLAGITA CHADANI CHARLEE ANJALI AKRITI AKRITTA AYUSHA YI NAME BATA KUNAI FIT HUNCHHA KI HERAU TA
SONAM said
am February 26 2010 @ 12:21 AM
Princess will be nice and good. …. what eva she is your princess…. You are king and you madam is Queen..
SO PRINCESS will be nice name for her. or Princess Krisha
-ददि said
am February 26 2010 @ 4:25 AM
नाम दुई अक्षर भन्दा लामो र आधा अक्षर भएकोपनि नराख्नुस्। सकेसम्म दुई अक्षर भएको नाम राम्रो, छिटो र सरल मानिन्छ ।
radicalDemocrat said
am February 27 2010 @ 4:14 AM
Jiva (जीभा) —- एक एतिहासिक नाम !
——————————–
पश्चिमी सभ्येताको जननी यूनान वा ग्रीक हो भने, पुर्वीय सभ्येता वा दर्शन जसको उदभव आजको भारतमा भएको थियो- हजारौ बर्ष पहिले आजको भारत पुरा दक्षिण एशियाली उप-महादीपमा फैलिएको थियो ! मेरो ख़ास कौतुहल चाहीं के थियो भने हिन्दूहरुले कुन परिस्थितिको दबाब वा पृष्ठभूमिमा अंक-गणितको १ देखि ९ सम्मको अंकहरु आबिस्कार गर्न पुगे भन्ने जान्नु थियो ! खोताल्दै जांदा त के भेटियो भने Trignometric (अप्सनल म्याथ) को “Sine” function पनि हिन्दूहरुले नै आबिष्कार गरेको पाइयो ! हिन्दूहरुले ज्योतिषी गणना निम्ति माथिको १ देखि ९ अंक र Sine function को आबिष्कार गरेका रहेछन ! (Astrology) ज्योतिष शास्त्रले ग्रह-नक्षेत्रको (constellation) अध्येंन गर्दछ !
——-
कुनै कोणको Sine(जस्तै: Sine(90degree)
), त्यों कोणलाइ दोब्बर बनाएर ठीक बिचमा “Half Chord ” बनायेपछि प्राप्त गरिन्छ ! संस्कृतमा “Half Chord” लाइ “अर्ध ज्या” भनिन्छ ! यही “अर्ध ज्या” अपभ्रंस हुँदै छोटकरीमा (जीभा) “Jiva” बन्न पुग्यो ! जब भारतमा बाहिरबाट मुशलमान सम्राटहरुले आक्रमण शुरू गरे, भारतको प्रबिधि र आबिस्कारहरु मध्यपूर्व तिर जान थाल्यो र अरबी भाषामा हिन्दू “Jiva” लाइ “Jiba” भनियो ! अरबीहरुले लिखतमा “Jiba” लाइ छोटकरीमा “jb” मात्र लेखन शुरू गरे ! पछि फेरी भारतबाट झिकायिएको प्रबिधि र आविष्कार अरबबाट पश्चिम यूरोप पुग्दा ल्याटिन भाषी अनुबादकहरुले अरबी शब्द “jb” अर्को अरबी शब्द “Jaib” (जसको अरबी अर्थ “छाती” भन्ने हुन्छ) बाट आएको हुन सकने मानेर “jb” लाइ ल्याटिन शब्द Sinus (जसको ल्याटिन अर्थ पनि छाती वा खाड़ी भन्ने हुन्छ) मा अनुबाद गरे ! अन्तत्वगोता ल्याटिन भाषाको Sinus अग्रेजिमा Sine मा अनुबाद भयो ! Sine को आत्मा हिन्दू “Jiva” नै हो !
———-
मान्छेका इतिहासकारहरु भन्छन मान्छेको हरेक इतिहासको इतिहास “सुमेर” (Sumer) बाट प्रारंभ भएको छ ! पश्चिम जगतलाइ Astrology (ज्योतिष शास्त्र) को परिचय गराउने कामपनि सुमेरियेंनहरुले गरेको मानिन्छ ! ईसा पूर्व (जीसस जन्मनु अघि ) करीब ५००० हजार बर्ष अघि सुमेरियनहरुले ७०० फिट लामो “मिनार” बनाएका थिए र सुमेरियन पुरोहितहरु २४ घंटा मिनारको टुप्पोमा बसेर आकाशको अध्येंन गर्दथे ! आकाशमा नक्षेत्रहरुको अध्येंनबाट सुमेरियनहरुले पहिलो पटक पृथ्वीमा हुने ठुला ठुला उथल-पुथल, रोग-ब्याधि, महामारी, र प्राकृतिक प्रकोप पछाड़ी सूर्य भित्र हुने बिश्फोटन र ग्रह नक्षेत्रहरुको अवस्थाको हो भन्ने पत्ता लगाए !
——–
तर भारतमा (Astrology) ज्योतिष शास्त्रको प्रारंभ सुमेरियनहरु भन्दापनि धेरै अघि ईशा पूर्व (जीसस जन्मनु भन्दा अघि ) करीब ८००० बर्ष अघि नै भइसकेको थियो भन्ने कुरा ऋग बेदका केही Hymns हरु जसमा जीसस जन्मनु ८००० बर्ष अघिको ग्रह-नक्षत्रहरुको अवस्थितिलाइ संकेत (refer) गरेकोबाट पुष्टि हुन्छ भन्ने कुरा भारतीय गणितग्य र दार्शनिक लोकमान्य तिलकको मान्यता छ !
rabbin said
am February 27 2010 @ 4:01 PM
goru haru aru news khojna saktaineu thukka bhat mara ho
euta nam ko klhoji ma lageka sugur ka bachcha haru
radicalDemocrat said
am February 28 2010 @ 2:23 AM
गाली-गलोज दर्शन (Philosophy) .
—————————
Burton Russell २० औ शताब्दिको एक महान गणितग्य र बिचारक हुन ! पहिलो र दोस्रो बिश्व युद्धहरुको बिभिषीकाले र सोभियेत रसियामा स्टालिनको हिंसाले धुजा-धुजा भएको यूरोपको आत्मामा शान्तिबादी Berton Russell एक्लो शान्तिको आह्वान गर्दै हिड़ेका थिए ! अंहिंसाबादी र शान्तिबादी Berton Russell लाइ एक पटक पत्रकारहरुले प्रश्न गर्छन- “तपाई जस्तो शान्तिबादी र असल मान्छे मृत्युपछि पकै “स्वर्ग” (Heaven) जानु हुन्छ होला होइन ?” Russel ले जवाफ भन्छन -” जुन स्वर्गको नजिक नर्क (Hell) हुँदैन, त्यों स्वर्ग नै स्वर्ग(Heaven) हुदैन, त्यस्तो स्वर्गमा म जान चाहन्न” ! स्वर्ग राम्रो चीज़ वा अवस्थाको परिचायेक हो भने नर्क नराम्रो चीज़ वा अवस्थाको ! जब नर्कको अस्तित्व रहन्छ तब मात्र स्वर्गको उपस्थिति हुन्छ ! स्वर्ग र नर्क बाहिरी हेराईमा एक-अर्का बिपरीत (polar opposite) देखियेपनि अस्तित्वगत (existentially) रुपमा एक अर्काको परिपूरक अवस्था हो ! स्वर्गको चाहा गर्नेले नर्कलाइपनि embrace गर्न सक्नु पर्छ ! त्यसैले सबै किसिमको गाली-गलोजहरुपनि स्वागतयोग्य हुनु पर्दछ !
———
यदि फ्रायेदबादीहरुलाई अगाडी ल्याउने हो भने, उनीहरु गाली-गलोज सतह आउनुलाइ राम्रो मान्दछंन – किनकी उनिहरु यसलाई मनोबिज्ञानको Laborotary मा जांचने बस्तु फेला पारेको मान्द्छंन ! फ्रायेदबादीहरुको मान्यता के छ भने गाली-गलोजहरुपनि मान्छेको दबाइएको अतृप्त इच्छाहरुबाट सृजना हुन्छन र त्यस्ता गाली-गलोज बाहिर नआईकन भित्र बन्द भईरहे त्यसले मानसिक रोग सृजना गर्दछ !
Ekalavya Sharma said
am February 28 2010 @ 4:04 AM
Your philosophical comments are far much better than political and social ones.
radicalDemocrat said
am March 1 2010 @ 5:44 AM
धन्यबाद ! त्यों स्वाभाविक नै हो ! मेरो बिचारमा हामी जति अस्तित्वलाइ टुक्रा-टुक्रा गरेर बहस गर्न बस्छौ त्यति नै बेमेल वा फरक मतहरु बढ्दै जान्छ !
धर्म, राजनीति र सामाजिक बिचारहरुको मुद्दामा मान्छेलाइ (वा Mind लाइ) reference बनाइन्छ र त्यों Mind सभ्येता र भोगाईको संग्रालय हुन्छ, तर Philosophical बिचारको मुद्दाहरुमा सिधै अस्तित्वलाइ reference बनाइंछ ! अस्तित्वको हक़मा हामी-हामी बिच सहमति हुने संभावना बढ़ी हुन्छ किनकी अस्तित्व सबैकोलागी सामान हुन्छ !
रमेश मान said
am March 1 2010 @ 12:18 PM
First of all Congratulation !!!!
के पि जी को छोरिकोनाम त ‘कृत्तिका’ राम्रो होला । “स” बाट नै चाहिने भए ” शिद्धिका” “शिताष्मा” , सितु , सुलेखा ,।