असारेमासको गजगजे हिलो…

असारको दबदबे हिलोमा बाउसे वा रोपाहार भएर कहिल्यै हिलाम्मे यो धर्तिसंग खेल्नु भएको छ ? कि शब्द विसिसक्नु भयो ? धान रोप्ने खेत कोदालीले सम्याउनेलाइ बाउसे भनिन्छ भने धानको विउ रोप्नेलाइ रोपाहार भनिन्छ । याद आयो ?यदी आएको भए असारको मासमा सिमसिम पानीमा भिज्दै धान रोप्दाका ति रमाइला दिनहरु पनि चलचित्र झै आए होलान नी स्मृतिमा हैन ?

 
हो असार शुरु भयो । बर्खा लाग्यो । बर्खासंगै अहिले किसानहरु असारे धान रोप्नमा मस्त छन । संविधान सभा सकिएको छ । कुसीका लागि केन्द्रको लफडा अझै सकिएको छैन । तर किसानहरु यो विवादमा अल्झीएका छैनन । अन्न उब्जाउनुछ भोलिका लागि । हिलाम्मे माटोमा लडिबुडि खेलेको त्यत्ति लामो स्मरण त म संग पनि छैनन । तर जत्ति छ कहिल्यै नमिेटिने गरी बसेको छ । गजगज हिजोमा चोपिलंदै रोपाहार र बाउसेले गाएका असारे गीत सुन्नुको मज्जै बेग्लैछ ।
भन्नलाइ नेपाल कृषि प्रधान देश भनिन्छ ।
तर, यहां कृषिको मुख्य मौसम आवोस या सुक्खा लागोस कसैलाइ मतलवको विषय हैन । शहरमा बसेर ठालु पल्टनेहरुले हिलोमा लत्पतीको किशानलाइ देख्दा छि भन्ने परम्परा अझै कायमै छ । तर त्यही किसानले मेहनत गरेर पलाएको अन्न खांदा आहा भन्दा ति किसानको मुहार र उनीहरुले गरेको दुख न राष्ट्रले सम्झन्छ न खाने ठालुहरुले नै ।

अन्न आकासवाट खस्दैन । मिहेनती किसानको पाखुराको बलमा फल्छ । जसको आधारमा देशको अर्थतन्त्रको राम्रो हिस्सा ओगटेको छ । तर उनीहरुको हालखवर के छ न शहरका ठालुका चासोका विषय हुन न सरकारको नै । यदी त्यस्तो हुंदो हो त असारको प्रारम्भमै धान महोत्सवको आयोजना गरेर राज्यले कृषकहरुलाई धान उत्पादनमा उत्साहित बनाइहाल्थ्यो नी हैन र तर, यसप्रति सोच्ने फुस्रद कसलाइ ?
तस्विर : रासस

4 responses to "असारेमासको गजगजे हिलो…"

  1. BADAL says:

    sarai ramro la ..
    telecomunication reaches in reach of farmers…

    AGRO-IT fusion haha

    herda ekdam ramilo lagyo
    dhanyabad jhyapley bhai…

  2. Democrats says:

    This is very good that we atleast getting information about farmer. In my openion, farmer are the most important in Nepal but we never thought about them, we never respect them, we never give them reward. I love the farmer of Nepal. They are very hard worker, they are very silence, they just work and work. Farmer are a very big part of your country. Respect them, trust them, give opportunity them.

  3. Bk says:

    so nice!!!

    i wish i were there! :roll: :oops: :razz:

  4. shiva hari tiwari says:

    malai taa ghara aauna man lagayako chha halo maa khalana kati mazza huncha aaha kahilo aauna hola hai

प्रतिकृया लेख्नुहोस्

(अनिवार्य)

अभिलेख

ताजा ब्लगहरू

मेरो सिफारिस

ताजा प्रतिकृयाहरू

सर्वाधिकार हाम्रो ब्लग डट कममा सुरक्षित
eXTReMe Tracker