न्वारनको नाम जु-यो

पिपलको पातमा लेखिएको न्वारनको नाम दमन
११ औं दिन शुक्रवारको दिन ब्राम्हणले जन्ममिति,समय र ग्रह स्थानको आधारमा छोरीको नाम द वाट शुरु हुने उद्घोष गर्दै न्वारनको नाम जुराईदिए दमनकुमारी । नामको पहिलो अक्षरको आधारमा छोरीको राशी मिन प-यो । अनी उनको बोलाउने नाम चै स वाट राख्न सुझाव दिए पण्डीतले ।

न्वारनका लागि नुहाएर चिटिक्क परेकी सानी साथि

न्वारनको नाम जुराउनु अगडि पुजा गर्दै

न्वारनको धार्मिक विधी संयुक्त रुपमा समापन गर्दै ।
न्वारनको लागि चाहिने सबै पुजा सामाग्रि जुटाएर १० वजेतिर शुरु गर्दा त्यस्तै एक वजेको थियो सकिंदा । त्यो विचमा पण्डीत अर्हाउंदै जान्थे अनी आफु त्यही अनुसार गर्दै जाने । कहिले मम भन भन्थे, कहिले विष्णु, विष्णु, विष्णु भन्न लगाउंथे । गणेश पुजा, कलश पुजा, होम आदी आदी ।
© 2010, हाम्रो ब्लग. All rights reserved.
























sagar said
am February 27 2010 @ 9:49 PM
शशी (चन्द्रमा ?), सम्झना ,सरिता , सबिता, सरस्वति ,शर्मिला, सबला ,सरला … यस्तै कति कति | भरसक पूर्ण दुइ वा चार अक्षरको नाम राम्रो भन्ने गरिन्छ | सुजाता चै नराखू है के ठेगान बालिका ले भोलि राजनीति गरिन भने त उसै त “दमन कुमारी” त्यहा माथि सुजाता थपिएपछि परिणाम के होला | एउटी सुजाताको जात्रा देशलाई अभिशाप भैराखेको छ | हुन त के. पी . जी लाइ गिरिजा हुने रहर भए आफ्नै निर्णय |
मेरो छनौटमा स बाट नै भए “शशी” नभए “उषा “(बिहानी )| अर्थ प्रस्ट हुन सब्दकोश हेर्न सकिन्छ | मेरो बिचार हो अन्यथा नलिनु होला | अरुको सुझाब अनि आफु र आफ्नाहरुको बिचकोछलफल पछिको निर्णय उत्तम | सर्बाधिकार तपैमा नै सुरक्षित |
radicalDemocrat said
am February 28 2010 @ 2:34 AM
Happy Naming Ceremony !!
Ekalavya Sharma said
am February 28 2010 @ 4:11 AM
Hare nawran ko bela pani kha ko politics , kha ko sujata.
Your philosophical comments are far much better than political and social ones so are they deeply read and research oriented. The follies lie only in conclusion especially in political and social matters.
पदम गुरुङ said
am February 28 2010 @ 4:00 PM
के पी जी
मेरो पनि छोरिको आज नामकरण भयो /पण्डितले द दि दु बाट नाम राख्न भनेको छ /तेसैले मैले त दीपिका राखे /अनि मीन राशी पर्यो /न त तपैले राख्न खोजेको कृषा नै भयो न त मैले राख्न खोजेको परि नै /सिधान्त जस्तोसुकै बोकेपनि समाज र संस्कार अनुशार चल्नु पर्दो रहेछ हैन त के पी जी ????बधाई छ नामकरण भएकोमा/
snam said
am March 1 2010 @ 11:26 PM
hatteri wakkai lagisakyo, yo pariwarik blog dekhera………
madanAD said
am March 4 2010 @ 12:18 PM
दमयन्ती पनि राम्रो नाम हुन सक्छ ।
नल दमयन्तीको कथाकी नारी पात्र
sam said
am March 4 2010 @ 9:23 PM
La ab chahi timi jimmewar bawu hune bhayo jasto chha..