सबैको प्रतिक्षा निष्कर्ष

साच्चिकै राजनीतिक गतिरोध अन्त्य भएको हो कि अझ बल्झदै गईरहेको हो ? दलहरु मिलेका हुन कि थप विभाजीत भएका हुन ? तोकिएकै समयमा संविधान जारी हुने कि हैन ? के माओवादीले नयां संविधान जारी नभएसम्मका लागि आन्दोलन छोडेकै हो ?

समय बेगवान दौडिरहेको छ तर,बढो सुस्त छ राजनीति । केवल चिया गफमा समय विताईरहेका छन नेताहरुले । संविधान बनाउने समय गणना गर्नेहो भने ढोकैमा आइपुगेको छ समय । तर कुन दलको नेतृत्वको सरकारको हातवाट संविधान जारी गराउने हो अझैसम्म टुंगो लाग्न सकेको छैन । माओवादीले आफ्ना उग्र राजनीतिक गतिविधी रोकेको छ तत्कालका लागि । जसका कारण राजनीतिक गतिरोध सडकमा छाताछुल्ल हुन पाएको छैन । गतिरोध केवल कोठामा मात्र सिमित छ । तर कति समय रोक्नसक्ला त्यो कोठाको पर्खालले राजनीतिक गतिरोध ?
एमालेभित्रका पनि माधव नेपाल समुह आफ्नै नेतृत्वको सरकारले नयां संविधान जारी गर्न पाउने हो या हैन अन्यौलमै छन । एमालेभित्रकै झलनाथ खनाल समुह माधव नेपाललाई हुत्याउन सकिने हो या हैन अन्यौलमै छन । माधव नेपाललाई प्रधानमन्त्रीको कुर्सीवाट हुत्याउन फालिएका हरेक पासा असफल भईरहेको छ । न एमालेभित्रको अशन्तुष्ट पासाले काम गरेको न कांग्रेसको सत्तामोहलाइ बढी हावा दिन नै सकेको छ अहिले माओवादीले । फेरी कठपुतली सरकार मान्दैनौ, राष्ट्रपतिको कदम सच्याउ भन्दै सडकमा जाने कि अर्को कुनै राजनीतिक कदम चाल्ने ? यही सरकारमा जाने कि आफ्नै नेतृत्वमा सरकार गठनको अभियानलाइ तिव्रता दिने ? माओवादी अन्यौलमै छ ।

सरकार बाहिर रहेका क्षेत्रियवादी मधेसी जनअधिकार फोरमको अलमल अझै टुंगोमा पुगेको छैन । फाट्टफुट्ट तराइमा आन्दोलन चर्काउने प्रयास पनि असफल भयो । थारुहरुसंग सहकार्य गरेर एक मधेस एक प्रदेशको पक्षमा तराइमा नागरिक सडकमा उतारेर अराजकता फैलाउने योजनाले पनि तिब्रता पाउन सकेको छैन । अब सत्तामा जाने कि बाहिरै बसेर केही राजनीतिक गतिविधी अगाडि बढाउने ? उपेन्द्र यादवको दिमागमा कुनै आइडिया फुरे जस्तो लागेको छैन । सरकारमा रहेका तराईवादीदलहरु यही सरकार टिक्ब्छ कि अर्को बन्छ भन्ने जोडघटाउमै अल्मलीएका छन । सरकार टिके के गर्ने ? अर्को बने कति भाग खोज्ने र कसलाई साथ दिने ? कुनै निष्कर्षमा पुगेजस्ता छैनन उनीहरु ।

माओवादीलाई सरकार चलाउने चावी दिने कि माधव नेपाललाई नै कांध थापिरहने कि आफ्नै नेतृत्वमा सरकार गठन गर्ने ? कांग्रेसको अलमल अझै टुंगोमा पुगेको छैन । कुनै कांग्रेसी नेता माधवकै पक्षमा कुर्लिरहेका छन । कोही सरकार परिर्वतनको पक्षमा गफ गर्दै हिडेका सुनिन्छ । अनी कोही कोही कहिले यता कहिले उता गरेर बसिरहेका छन । कांग्रेसी अन्यौल घट्नुको साटो बढी रहेको छ ।
राजनीतिक गतिरोधको अन्त्य गरी संविधान सभा मार्फत नयां संविधान जारी गर्ने बाटोमा सबै दललाइ एकाकार गर्न गिरिजाप्रसाद कोइराालाको नेतृत्वमा बनेको उच्चस्तरिय राजनीतिक संयन्त्र पनि अलमलमै देखिन्छ । सरकार परिर्वतन, संकल्प प्रस्ताव लगायतका विषयमा संयन्त्रले सहमती बनाउन सकेको छैन । दलहरुविच सहमती निर्माण गर्नका लागि उच्चस्तरिय संयन्त्रको निर्माण भएको हो कि सरकार फाल्न ? त्यो समेत स्पष्ट हुन सकेको छैन ।

अनी यही वतावरणकावीच आम नागरिक कसरी निष्कर्षमा पुग्नु ? साच्चिकै राजनीतिक गतिरोध अन्त्य भएको हो कि अझ बल्झदै गईरहेको हो ? दलहरु मिलेका हुन कि थप विभाजीत भएका हुन ? तोकिएकै समयमा संविधान जारी हुने कि हैन ? के माओवादीले नयां संविधान जारी नभएसम्मका लागि आन्दोलन छोडेकै हो ? आम नागरिक पुरै अन्यौलमै छन । प्रतिक्षा सबैको एकै विषयको छ–निष्कर्ष ।

© 2010, हाम्रो ब्लग. All rights reserved.

Share This Post

14 Comments so far »

  1. Eklavya Sharma, said

    am March 1 2010 @ 6:39 PM

    For common Nepalese ; “Kag lie bel pakyo harsha Ka Bismat” jasto bhayako cha. Hamro Nepali ma bhanchan ni “Hatti ayo Hatti ayo phusa”.The same people are in the power, corrupt Gachadar, Gupta , Bhohara, Bhandari etc.

  2. Eklavya Sharma, said

    am March 1 2010 @ 8:13 PM

    जनकपुरको पियरीयामाईस्थान छेउछाउको बस्ती धेरै पुरानो होइन। सरकारी कर्मचारीले जग्गा जोडेर घर बनाउन सुरु गरेकाले स्वभावतः यो टोल मिश्रित आवास क्षेत्रको रूपमा विकसित हुन पुगेको थियो। पहाडी एवं मधेशी परिवारहरूबीच ‘तलबजीवी ऐक्यबद्धता’ थियो। सीमित आय भएका व्यक्तिका समस्या मूलतः एकै प्रकृतिका हुन्छन्: आय स्थिर रहन्छ तर खर्च बढेको बढेकै गर्छ। स्कुलको चर्को शुल्क, अकासिँदो बेसाहा र चाहेजस्तो कमाउ ठाउँमा सरुवा गराउन नपाएको गुनासो प्रायशः सबैजसो कर्मचारीको मुखमा हुन्छ। र, अर्को समानता तिनको विरक्तिएको मनस्थितिमा देख्न पाइन्छ। कुराकानी सन्चोबिसन्चोबाट अगाडि बढ्नासाथ सिकायतको पर्रा छुट्न थाल्छ। नेताहरू सबै चोरैचोर।
    यो मुलुकको भविष्य छैन। जनताका लागि कसैले केही गरेन। कोही काठमाडौँबाट आएको छ भने टाउको निहुराएर चुपचाप सबै आक्षेप सुन्नुको विकल्प छैन। सत्ताबाट हेपिएको मोफसलमा राजधानीवासी हुनु सरकारका सबै कमजोरी एवं असफलताको दोषभागी हुनु हो। हालसालै यस्तै एउटा साक्षात्कारले हिंसाको राजनीतिका बारेमा सोच्न बाध्य बनायो।
    उनी एक अवकाश प्राप्तमधेशी कर्मचारीकि निरक्षर गृहणी हुन्। मधेश आन्दोलनमा उनको पूर्णसमर्थन थियो। माओवादी हिंसा आतंकबाट प्रभावित एउटा पहाडी परिवारसँग उनको घनिष्ठ आत्मीयता थियो। आफ्ना अगाडि राजधानीबाट आएको एउटा परिचित अनुहार देखेर उनको भावाभिव्यक्ति अलि अनियन्त्रित भएजस्तो हुन्छ। तर ती प्रौढ महिलाका व्यथा पटक्कै अस्वाभाविक लाग्दैनन्। उनको छरछिमेकमा जम्मा दुई पहाडी परिवार बाँकी छन् रे। अरू कोही हेटौडा बसाइँ सरे त कोही काठमाडौँतिर लागे। जानेबेलामा एक वृद्ध बाहुनले भनेका थिए रे उनलाई, ‘अहिले हामीलाई भाग्न बाध्य पार्नेले भोलि तपाइँहरूलाई पनि बाँकी राख्ने छैनन्।’ ब्राह्मणको श्राप लागेजस्तो छ हामीलाई, भन्छिन् उनी। सशस्त्र समूहद्वारा होस् वा सरकारद्वारा, अपहरणमा पर्ने, प्रताडित हुने वा मारिनेमा आजकल अधिकांश मधेशी नै हुन्छन्। हिंसाप्रतिहिंसा खरको घरमा लागेको आगोजस्तै होः अन्नपात सँगसँगै अर्को बालीका लागि जतनसँग जोगाएर राखेको बीउ पनि खरानी हुन्छ। यी महिलाको चिन्ता पहाडी परिवार पलायन भए भन्नेमात्र होइन। उनी थप्छिन्, ‘यही ताल हो भने हामीमात्र यहाँ कति दिन टिक्न सकौँला? तर, हामी जाने पनि कहाँ? हाम्रो पुर्ख्यौली थलो त यहाँ छेउछाउको गाउँतिर छ। सिन्धुली, रामेछाप त होइन।’ बस्नु परेपछि सुधारको चिन्ता हुनु स्वाभाविक हो।

    भ्रान्तिभंगः
    नेपाली समाजमा खुला हिंसाले माओवादी सशस्त्र विद्रोहपछि व्यापकता पाएको भए पनि हिंसक सामाजिक प्रवृत्ति भने नयाँ होइन। ‘त्यस्तालाई रुखमा लगेर झुण्ड्याउनुपर्छ, गोली ठोक्नुपर्छ, त्यस्ताको हातखुट्टा भाँचिदिए पनि पाप लाग्दैन। काटेर नुनचुक दल्नुपर्ने त्यस्तोलाई त। घुँडा फुस्काइदिनुपर्ने।’ माओवादीले यही भाषिक हिंसालाई समातेर ‘क्रान्ति’ गर्न सुरु गरे। र, क्रान्तिकारी हिंसाको सिकार सामान्य व्यक्ति भइरहँदासम्म कसैले केही बोलेन। राज्यले हिंसक राजनीतिको विरोध गर्ने नीति अख्तियार गर्दा भने सरकारी ‘दमन’को व्यापक विरोध भयो। मान्छे मार्ने र मार्न लगाउनेहरू सम्मानित राजनीतिकर्मी भएपछि हिन्दू धर्मको एउटा पुरातन मान्यता पुनर्स्थापित भयो, ‘अहिंसा परमो धर्म, धर्म हिंसा तथैव च।’ तर धर्म हिंसा स्वीकार्य भएपछि पुष्पकमल दाहाल स्वयंलाई कृष्ण र अरुलाई कंशका वंशज भन्न पाउँछन्। झन् जयकृष्ण गोइत त कृष्ण-कुलकै परे, उनको हिंसक गतिविधिलाई अध्यक्ष दाहालले क्रान्तिविरोधी भन्नसक्ने कुनै आधार छैन। हिंसाले समाजिक स्वीकृति पाएपछि दण्डहीनता मौलाउँछ। हिजो माओवादी लडाकु पीडक थिए, आज तीमध्ये केही पीडित बन्न पुगेका छन्। त्यस्तै अवस्था मधेशका सशस्त्र समूहमा लागेकाको भोलि हँुदैन भने कुनै ग्यारेन्टी छैन। त्यसैले उद्देश्यको पवित्रताका नाउँमा पतीत तरिका अपनाउने संस्कार स्वीकार गर्ने समाजले अन्ततः महाभारतको नियति भोग्नैपर्ने हुन्छ।

    हिंसक गतिविधि बढ्नुमा आर्थिक बाध्यताको भूमिका पनि महत्वपूर्ण हुनसक्छ भन्ने मान्यता पनि माओवादीले नै स्थापित गरेका हुन्। जोसँग पाउनलाई सारा संसार जित्ने सपना छ, तर गुमाउने केही छैन, उसलाई हतियार उठाउन क्रान्तिको जोसिलो नारा भए पुग्छ। मधेशका सशस्त्र समूहले जातीय अस्मितारूपी नाराका अगाडि वर्गीय संघर्षका सिद्धान्त खोक्रा हुन्छन् भन्ने साबित गरिसकेका छन्। माओवादीबाट फुटेका एवं सुरक्षाबलद्वारा निर्मित प्रतिकार समितिमा काम गरी सकेका बन्दुकेहरू कहिलेकाँही एउटै समूहमा देखिनु संयोगमात्र होइन। हतियारको आम्दानीबाट जीवन धान्ने बानी परिसकेकाहरू हलो जोत्न र गाईभैँसीको भकारो सोहर्न गाउँ फर्किदैनन्। तिनको मोटरसाइकल र मोबाइलको खर्च पानबिँडी वा चियानास्ताको पसलबाट उठ्न सक्तैन। हिंसक राजनीतिका पछाडि युवा बेरोजगारी एउटा प्रमुख कारण पक्कै हुँदो हो त सशस्त्र समूहको आकार र प्रभाव अहिलेभन्दा धेरै ठूलो हुन्थ्यो। समाचार ठूलो बने पनि ती अझै सानै छन्।

    हत्या हिंसाको अहिलेजस्तो व्यापकता प्रहरी एवं प्रशासनको मिलोमतोबेगर सम्भव हुने थिएन। अहिले उच्च पहाडिया अधिकारी मधेश जान चाहँदैनन्। कुनै बेला प्रभावशाली अधिकृतहरू माओवादी प्रभावित जिल्लाबाट मधेशमा सरुवा गराउन मोटै रकम खर्च गर्ने गर्थे। त्यस्तो लगानी आपराधिक क्रियाकलाप बेगर उठ्न सत्तै्कनथियो। फलतः प्रशासनको अपराधीकरण सुरु भयो। यस खेलमा पछि ठूलै मानिएका राजनीतिक दल पनि सहभागी हुन थाले। आजकल त सामान्य रिक्सावालाले पनि भन्न सक्छ, कुन समूह कुन राजनीतिक नेताद्वारा संरक्षित छ वा कुन सरकारी अधिकारीले अनधिकृत व्यापारको हिस्सा पाउँछ। प्रशासन, प्रहरी एवं राजनीतिकर्मीको गति र मति देखेका जोसिला युवालाई हतियार उठाउन उत्प्रेरित गर्न श्रीकृष्णजस्तो वाक्पटु हुनुपर्दैन, स्वःस्फूर्त अर्जुन बन्न तयार जमातहरू जताततै भेटिन्छन्।

    समाजिक, आर्थिक, राजनीतिक एवं प्रशासनिक कारण सँगसँगै मधेशमा बढ्दो हिंसाका पछाडि केही मनोवैज्ञानिक कारण पनि हुनुपर्छ। प्रवृत्तिजन्य यस्ता उत्प्रेरकका बारेमा खासै बहस अहिलेसम्म भएको छैन। खास उमेरका एकथरी युवा बन्दुक उठाउन अलि छिट्टै जोसिन्छन्। तिनको प्रकृतिक जोसज्वालालाई सुरक्षित निकास दिन सकिएन भने अहिले सुरक्षा योजनाका नाउँमा सरकारले सुरु गरेको अघोषित ‘बेपत्ता पार र मार’ नीतिले शान्तिपूर्ण राजनीतिलाई अझ टाढा पुर्‍याउन सक्छ।

    होस हराउने वयः
    अमेरिका-नेपाल क्रिकेट प्रतियोगिता हेर्न कीर्तिपुर झुम्मिएका दर्शकले एउटा कुरामा पक्कै अनौठो मानेका हुनुपर्छ। पाहुना टिमका खेलाडीहरू अधिकांश काला जातिका वा दक्षिण एसियाली मूलकाजस्ता देखिन्थे। सबैजसो वर्णशङ्कर थिए। अमेरिकी चित्रकला प्रदर्शनी वा नृवंशशास्त्रीको सम्मेलनमा त्यस्तो अवस्था हुँदैन। मिसेल र बाराक ओबामा दुवैको पृष्ठभूमि कानुन व्यवसायीको भएतापनि न्यायक्षेत्रमा धेरै अफ्रिकी-अमेरिकी छैनन्। वंचित, बहिष्कृत, तिरष्कृत एवं उत्पीडित समुदायमा स्थापित पेसामा संलग्न हुन आवश्यक पर्ने पृष्ठभूमि, स्रोत एवं धैर्य हुँदैन। त्यसैले तिनका युवा खेलकुद, चर्को संगीत एवं ट्याक्सी चलाउनेजस्ता व्यवसायतिर आकर्षित हुन्छन्।

    दर्शक प्रधान खेल (स्पेक्टेटर स्पोर्टस) एक प्रकारको युद्ध हो। त्यसमा खेलाडीको जोस सार्वजनिकरूपमै प्रदर्शित भइरहेको हुन्छ। चर्को संगीतले प्रस्तोता एवं दर्शक दुवैको काँचो शक्तिलाई सुस्तरी पगालेर बाहिर निकाल्छ। तर, होस गुमाउने केही युवामा हिंसाप्रतिको स्वाभाविक आकर्षण हुन्छ। ती परेड खेल्न चाहन्छन्, झन्डा बोक्ने इच्छा राख्छन्। र, बन्दुक बोक्ने तिनको अन्तिम आकांक्षा हुन्छ। व्यवस्थित समाजले त्यस्ता उत्पीडित समुदायका व्यक्तिलाई प्रहरी एवं सेनामा समाहित गरेर तालिमद्वारा तिनको आक्रोशलाई मत्थर पार्ने संयन्त्र विकसित गरेका हुन्छन्। युद्धमा त्यो ऊर्जा चाहिन्छ, अरू बेला परेड र खेल मैदानमा होस गुमाउनसक्ने प्रवृत्तिका युवा आफ्नो जोस खर्चिन्छन्।

    मधेशीहरू लड्न सक्दैनन् भन्ने भ्रम कम्तीमा भारतमा मुगल सम्राज्य रहेकै बेला सुरु भएको हुनुपर्छ। तर, अंग्रेजले लडाकु जातिको सिद्धान्त सिपाही विद्रोह, १८५७ पछि ल्याएका हुन्। सिख र गोरखाले तिनलाई मद्दत गरे, त्यसैले बहादुर र लडाकु। गंगा मैदानका हिन्दू एवं मुसलमान सिपाही जसका पाखुराका बलमा त्यसभन्दा अगाडि सिख र गोरखा सम्राज्यलाई घुँडा टेकाएर सुगौली सन्धिजस्तो दस्तावेजमा सही गर्न बाध्य बनाइएको थियो ती भने सैनिक सेवाका लागि अक्षम। झन्डै १ सय ५० वर्षपछि पनि त्यस षड्यन्त्रकारी मान्यताका अवशेष बाँकी छन्। यद्यपि, पहाडी बाहुनले अब सेनामा प्रवेश पाउन थर फेर्न वा लुकाउनु पर्दैन। दुर्भाग्यवश, त्यस्तो सहुलियत उत्पीडित समुदायका मधेशी युवालाई भने अझै प्राप्त हुन सकेको छैन।

    शस्त्र धारण गर्न इच्छुक मधेशी युवामा संसार जित्न सकिन्छ भन्ने आत्मविश्वास मूलतः माओवादीले जगाएका हुन्। जयकृष्ण गोइत वा ज्वाला सिंहमात्र होइन, शान्तिपूर्ण राजनीतिमा प्रभाव जमाउन सफल उपेन्द्र यादव एवं रामकुमार शर्माजस्ता पनि माओवादी व्यायामशालाबाटै पाखुरा सुर्काउँदै बाहिर निस्किएका हुन्। तिनको सफलताले एकथरी युवाको शस्त्रमोहलाई मलजल गरेको छ। तर बन्दुक बोक्ने वैद्यानिक बाटा भने मधेशी युवाका लागि अहिले पनि बन्द प्रायः छ।

    स्वाभाविक हो, हतियार उठाउन चाहनेको पहिलो ध्येय सेनामा प्रवेश पाउनु हुन्छ। तलब, रासन र निवृत्ति भरणको आकर्षण बलियो हुन्छ, मृत्यु वरण गर्नुपर्ने भयका अगाडि, दोस्रो प्राथमिकतामा प्रहरी सेवा हुन्छ, गाली खानु परे पनि पोसाकको धाक सशस्त्र प्रहरी त के सामान्य सिठी र लाठी बोक्ने जवानको पनि कम छैन। माओवादी बर्दीले पनि आफ्नो स्वीकृति स्थापित गरी सकेको छ। तर मधेशी युवामा यस्ता स्वीकार्य बर्दी बल (युनिर्फम फोर्सेज) अझै खोलापारीका आकर्षणजस्ता छन् : देखिन्छ तर त्यहाँसम्म पुग्ने सामर्थ्य, सुविधा वा साहस छैन। ससाना सशस्त्र समूहहरू उत्पीडित समुदायका युवाको नक्कली बर्दी बल हुन् जहाँ बन्दुक समाउने दुस्साहस भए पुग्छ, अरू कुनै योग्यता वा क्षमता चाहिँदैन। मिलिटरी, धनीहरूको मिलिसिया वा माफियामा सामेल हुनुभन्दा माओवादीमा लाग्नु बेस भन्थे कुनै बेला वामपन्थी प्रचारकहरू। मिलिटेन्सीलाई अस्मिताको राजनीतिरूपी जामा पहिराएपछि त्योमात्रै आकर्षक विकल्प बन्न पुगेको छ। डर के हो भने भारतको उत्तरपूर्व वा काश्मिरमा जस्तो उग्रवादलाई प्रहरी बल वा सेनाको भरमा मात्र नियन्त्रण गर्न खोज्ने हो भने समस्याले निरन्तरतामात्र पाउँदै जान्छ।

    कम्तीमा मिथिला क्षेत्रमा सशस्त्र समूहप्रतिको सहिष्णुता घट्दै गइरहेको छ। उग्रवाद नियन्त्रणका सुविचारित एवं योजनावद्ध उपाय अपनाइने हो भने प्रहरी दमन अनावश्यक बन्दै जानेछ। तर उखानै छ, ‘हातमा धन हुनेले चारैतिर किलैकिला देख्छ, ऐना र भित्तामा फरक छुटाउन सक्दैन। दातृराष्ट्र एवं संस्थाको ‘उदार’ सहयोगमा लागू गरिएको मधेश सुरक्षा योजना प्रत्युत्पादक बन्नसक्छ। उसै पनि नियान्त्रणात्मक कदम स्वभावैले नकारात्मक हुन्छन्। झन् सरकारको स्वीकार्यता समाप्त भएको समुदायमा त निषेधात्मक गतिविधिले प्रतिरोध एवं प्रतिशोधको वातावरणमात्र बनाउँछ। पियरीयामाईस्थान कि गृहणीको आक्रोश मिश्रित वितृष्णा मत्थर गर्न सकारात्मक सामाजिक, आर्थिक, संस्कृतिक, राजनीतिक एवं प्रशासनिक उपायहरू पहिल्याउन ढिलो हुन लागिसकेको छ। आत्मीय शान्तिको तीर्थस्थल जनकपुरमासमेत डर मानेर हिँड्नुपर्ने अवस्था शासनमात्र नभएर सभ्यताकै सामुन्नेको ठूलो चुनौती हो। समाधानको प्रयास पनि सरकारमात्रले गरेर पुग्दैन, समग्र समाज क्रियाशील हुनुपर्छ।

  3. Eklavya Sharma, said

    am March 1 2010 @ 8:15 PM

    The above article is real analysis of Nepalese affair by CK Lal.

  4. Anti YCL said

    am March 2 2010 @ 4:18 AM

    Could you please paste the link too. I m requesting on the behalf of R Democrat. He loves copy and pasting links, especially the one by CK Lal.

  5. radicalDemocrat said

    am March 2 2010 @ 10:22 AM

    आजको नेपाली राजनितिमा तलका यी बिद्वानहरुले राजनितिक टिपण्णी गर्छन र कुनै ब्यक्ति वा पार्टी वा समूह बिशेषको “आलोचना” गर्छन वा “प्रसंशा” गर्छन भने त्यों एकदम मनन योग्य छन ! किनकी यी बिद्वानहरुले कसैलाई आलोचना वा प्रसंशा गर्ने “नैतिक हैसियेतलाइ” नेपाली राजनीति र समाजको ठाडो-भिरालो कठोर यात्राको बिचपनि बचायेर राखेका छन ! छोटो बाक्यमा भन्दा यी बिद्वानहरुले आजसम्म “मुख” र “हातलाइ” समकालीन (synchronize) बनाएर राखेका छन !

    इतिहासले धमिरो लगाएको हाम्रो जस्तो देशको जर्जर अवस्थामा, राजनीतिको नाममा सत्ता (कुर्सी) बाहेक कुनै “समाज परिवर्तनको” कार्यक्रम नै छैन र प्राजातान्त्रिक आचरण नै छैन तर कुनै एक समूह वा ब्यक्ति वा पार्टीलाई गाली वा abuse मात्र गरेर येक्कलकाठे कार्यकर्ताहरुलाई मात्र रोमान्चित गर्न सकिन्छ !

    कुनै ब्यक्तिलाइ बुझ्दा समग्र (whole) मा बुझ्नु जरुरी हुन्छ ! पूर्ण (whole) सी के लालको थेसिस (thesis) के हो भने — नेपाली राज्य सत्तामा हिन्दू, गोरखाली र ब्यापारी-सैनिक गठ्बंदनको अभिमान (hubris ) को अंत गरि समाबेशी चरित्र सहितको प्रजातांत्रिक समाजको निर्माणले नै आजको राजनैतिक समस्याहरुको हल हुन्छ भन्ने हो !

    नेपालका केही राजनितिक र सामाजिक टिपण्णीकार र बिचारकहरु जो मनन योग्य छन !

    १) प्रा लोक राज बराल
    २) सी के लाल
    3) किशोर नेपाल
    ४) प्रा अभी सुबेदी
    ५) श्याम श्रेष्ठ
    ६) हरी रोक्का

  6. Eklavya Sharma, said

    am March 2 2010 @ 7:00 PM

    First four names are OK. I agree on that. Shyam Shrestha and Hari Rokha has bargained their soul with Maoist. You forget to add name of Pro. Krishna Khanal.

    इतिहासले धमिरो लगाएको हाम्रो जस्तो देशको जर्जर अवस्थामा, राजनीतिको नाममा सत्ता (कुर्सी) बाहेक कुनै “समाज परिवर्तनको” कार्यक्रम नै छैन र प्राजातान्त्रिक आचरण नै छैन तर कुनै एक समूह वा ब्यक्ति वा पार्टीलाई गाली वा abuse मात्र गरेर येक्कलकाठे कार्यकर्ताहरुलाई मात्र रोमान्चित गर्न सकिन्छ !

    How good it would be if people who writes comments had understood the above lines ? Tben why Prachanda’s Hanuman Bhakti ?

  7. Anti YCL said

    am March 2 2010 @ 10:49 PM

    How good it would be if people who writes comments had understood the above lines ? Then why Prachanda’s Hanuman Bhakti ?

    That was good question. Lets see what would be the answer. I believe its gonna long one accompnied by unneccessary background.

  8. radicalDemocrat said

    am March 3 2010 @ 12:54 AM

    कसैको घर “आगोले” डढायेर नष्ट पारेको छ भने उ आगो प्रति यती पूर्वाग्रही हुन्छ की त्यही आगोले भोक मेटन रोटीपनि पकाउछ र चिसोमा न्यानो तापपनि दिन्छ भन्ने स्विकार्न उ तैयार हुन्न !

    मान्छे दुई किसिमको हुन्छ: १) एउटा मान्छे घरमा आगो लाग्नुको कारण आफ्नो कमी-कमजोरी पहिल्यायेर भबिश्यमा नदोहोरिने समाधानको (कार्यक्रमको) खोजी तिर लाग्छ २) अर्को मान्छे जिंदगी भरी आगोलाइ दोषी मान्दै हिडछ – आगोलाइ abuse गर्दै हिडछ ! २ नम्बरको मनोबृतिमा आफ्नो बर्गीय स्वार्थसंग बढ़ी attachment हुन्छ !

    प्रजातंत्रको मान्यतानुसार भिन्न क्याम्पको wholesale अस्तित्व नै नमान्नु भन्नु घोर दक्षिणपंथी वा अतिबादी वा युद्धबादी सोचाई हो ! हरी रोका र श्याम श्रेष्ठहरुको लेख पढ्दा सधै शान्तिपूर्ण परिवर्तनकोलागी priority दिएको भेटिंछ ! सी के लालले त्यसैले भनेका रहेछन नेपालका पढ़े लेखेका मान्छेहरु सामाजिक न्याय र समाबेशी सहितको परिवर्तनको साटो बढ़ी दक्षिणपंथी र येथास्थितिबादतिर बढ़ी झुकाव राख्छंन !

    नेपालमा radical परिवर्तन चाहनेले माओबादीको हनुमान बिल्ला भिर्नु पर्ने हुन्छ – त्यों बिल्ला भारती नागरिकता बोकेको प्रोफेस्सर एस डी मुनिसम्मले पाईसके भने, म जस्तो भारे भूरेको के कुरा ?
    अस्ति एउटाले यो पनि भन्दै थियो त्यों मुला लोकराज बराल पुरै माओबादीको एजेन्ट हो ! हाती लम्कैदै गर्छ !

  9. Anti YCL said

    am March 3 2010 @ 3:06 AM

    First three paragraphs as I mentioned earilier are unneccessary long background. Regarding your last para, all I could say is justifying one’s wrong deed too with one sided (il)logic is condiserd as blind faith. No one is stopping you to support for radical change but when one is following maoist doctrine and activity with blanket on his brain then he should be definitely labelled as Maist. Be a Nepali first. Try to see through transparent glass. Dont lick feet of the party you support , have courage and brain too to spit when they goes wrong.

  10. Eklavya Sharma, said

    am March 3 2010 @ 4:20 AM

    When a person is young he has dichotomous way of thinking which is to perceive things as either bad or good (black or white ). As one goes older one realizes that things, ideas, views, beliefs, person, political or social ideology are not as simple as bad or good ( black or white) but consists of grey which is mixture of both black and white.

    No personal offence but the world is also full of people who never grow emotionally or intellectually to see grey aspect of life, society and politics.

    One western politician rightly said which goes something like this – “If you are not radically liberal when you are younger you have no heart but if you not conservative when you grow old you have no head.” In context to Nepal, it is appropriate to say if you are not motivated by some aspect of leftist (Bampanthi) ideology as a young person you are a heartless person. It’s completely normal to be motivated by simplicity of Baburam when you could see him walking with worn out jeans and slipper in the galli of Naradevi and Raktakali during early 1990′s, or being carried away by articles of Shyam Shrestha, Rajendra Maharjan, Hari Rokha or other leftist guys, or being impressed by the rebellious adventure of Che Guevara, or in context to Nepal story of Mohan Chandra Adhikari or Mohan Bikram Singh when you are very young. If you still cling to those ideologies when you grow older either you have no head or you do not used them at all or you used them and even know the truth but love to remain a hypocrite.

    Sad but true, some person cease to grow emotionally and intellectually or feel comfortable in being hypocrite.

  11. radicalDemocrat said

    am March 3 2010 @ 11:32 AM

    No personal contumely to anyone, but I’d better stop mooting political stuffs with the super regressive minds.
    .
    मैले सोचेको थिए कम्युनिष्ट, र फासिसीस्टहरुको मात्र घोर अधिनायेकबादी सोच हुन्छ तर अन्य झुण्डमा भित्र लुकेको दक्षिणपंथी सोंचहरु झन डरलाग्दो हुन्दो रहेछ !

    नेपाली जनताले radical परिवर्तन खोजेको छ भन्ने राजनितिक बिचार “म young” ले जान्नु भन्दा पहिले “बुढा” लोक राज बराल र “बुढा” सी के लाल र “बुढा” कृष्ण खनालको लेखहरुबाट मैले सुनेको हुं ! यी सबैले गुभेराको शायेद टोपी लगाएर हिदेंका थिए होला कुनै जमाना !

    ——-

    घोर दक्षिणपंथीहरुको हावी भएको नेपाली कांग्रेसमा प्रदीप पौड्यालको लेखले केही तरंग ल्याउने छ !

    http://www.kantipuronline.com/np/news/news-detail.php?news_id=307759

  12. Eklavya Sharma, said

    am March 3 2010 @ 7:05 PM

    Pradip Poudel article reflects the truth. Look at Congress of those days ; BP, Parsu Narayan Chaudary, Ram Narayan Mishhra, Mahendra Narayan Nidhi, Ganesman, Subarna Shamsher, Yogedra Man Sherchan, Bhattarai, etc . Congress had people belonging to all caste and creed at the top. Maoists galvanize the mistake made by Congress and UML in excluding people from all spectrum of Nepalese society.

    Nowadays its best policy to let the political apple cart be driven by a person from minority woman or person with socially unprivileged background keeping one’s principle intact. In US Republicans are doing the same either promoting Sarah Palin or giving Bobby Jindal a chance to develop counter personality of Obama. Beside Obama’s charismatic personality, oratory and rhetoric, his plan regarding health care, his position on Iraq war, it was also his biracial heritage that played some role in his win.

    In that sense it’s better to have people like Bhim Bdr Tamang, Susil Man Shechan, K B Gurung, Bimalendra Nidhi, Aftab Alam or any other person except hilly Bahun, Chettri, or Newar in Nepali Congress too at the driving seat.

    Could Pracanda/Baburam do that letting Pampa Busal or Badal be in driving seat ?

  13. Eklavya Sharma, said

    am March 3 2010 @ 7:26 PM

    “No personal contumely to anyone, but I’d better stop mooting political stuffs with the super regressive minds”.

    If not supporting ultra liberal social policy already failed in developed countries one becomes regressive then let us be regressive. After all what is in name or labeling?

    Why do not people talk about being progressive in economic policy? In US, which Maoist blame to be Capitalist, property inheritance tax (PIT) is as high as 48% which definitely helps in redistribution of wealth, thus helps promoting social justice. Above 85% children still go to government and public tax funded school. Why do not people talk about even make PIT at even least let say 25% in Nepal and used that huge sum in social programs like health care and education.

    No matter all the rich person whether they belong to Bahun, Chettri, Newar, Magar, Rai, Limbu, Madeshi, Muslim …….etc do not want this. Rather they prefer to remain elite within their class. All cunning janajatis, madeshi, muslim, female etc who already have resources to go upward are the ones who want to create undisputed status quo for themselves making the rest of people of their own cast and creed miserable by demanding quotas showing them and using those quotas for their own small circle.

  14. radicalDemocrat said

    am March 4 2010 @ 1:06 PM

    प्रा लोक राज बरालको बिचारहरुमा प्रजातन्त्रको अप-व्याख्याको रुपमा न उग्र दक्षिणपन्थी भड्काव छ, न त् उग्र बामपन्थी भड्काव छ ! छ त् नेपालको मूल समस्याहरुको पहिचान र त्यसलाई समाधान गर्ने बाटोकोलागि संकेत छ !

    बाइसे-चौबिसे राज्यमा देश टुक्रा हुने, क्लासिकल कम्युनिजम नेपालबाट फेरी शुरु हुने, र जातिय भिषण युद्ध हुने आदि इत्यादि सबै नेपालको बेरोजगार, अल्प दृष्टि र कुर्सि बेगर बाच्न नसक्ने नेता र कार्यकर्ताहरुले शुरु गरेको प्रपन्चहरु हुन् !

    आजको बिस्व राजनतिक र आर्थिक व्यवस्थाको दबाब (pressure)मा सबैलाइ प्रजातन्त्रको फ्रेमवोर्कमा बस्नु बाहेक कुनै अरु उपाए छैन !

    ———-
    लोकतन्त्रको सबल पक्ष
    (प्रा. लोकराज बराल )
    http://www.ekantipur.com/np/2066/11/20/full-news/307821/

Comment RSS · TrackBack URI

Leave a comment

Name: (Required)

eMail: (Required)

Website:

Comment:

प्रतिकृया नीति

प्रतिकृया दिनु अगाडि ध्यान दिनुहोस

  • ब्लग मार्फत उठान गरिएका विषय केन्द्रित प्रतिकृया दिएर सार्थक बहसको अभ्यास गरौं ।
  • प्रतिकृया राख्दा आफ्नो वास्तविक नाम र इमेल राख्नुहोला । इमेल गोप्य रहने छ ।
  • सबैको विचारको सम्मान गर्दै प्रतिकृया खुल्ला गरिएको छ । तर, अश्लिल,असभ्य र विषय केन्द्रित नभएका प्रतिकृया हटाइने छ ।

प्रत्यक्ष अन्तर्कियानै ब्लगको शौन्दर्य हो । तर त्यसलाइ कायम राख्न रचनात्मक प्रतिकृयाले महत्वपुर्ण भुमिका खेल्छ । त्यसैले हाम्रोब्लग तपाईवाट रचनात्मक विषयकेन्द्रित र शभ्य भाषा प्रयोग गरेको प्रतिकृयाको आशा गर्दछ ।

 

Anti-Spam Protection by WP-SpamFree