उफ् यो बढ्दो अपराध

आखिर किन बढीरहेका छन त यि गम्भिर अपराधहरु ? प्रहरी निष्कृय भएर हो कि अपराधी बढी सक्रिय भएर हो ? उत्तर दिने कोही छैनन ।

समाज, राजनीति, विकास, उन्नत, प्रगती सबौ सुस्त छ । मौलाएको छ त अपराध मात्र । गोली नचलेको, मान्छे नमारिएको दिन नै नहुने भयो । कहिले कता, कहिले कता कोही न केही मारिईरहेका छन । माघ २४ गते संचार उद्यमी जमिम शाह मारिए दिनदहाडैविच सडकमा । पानीपोखरीमा रहेको घर हिडिरहेका उनीमाथि लाजीम्पाटको व्यस्त सकडमा मोटरसाइकलमा आएका आक्रमणकारीले गोली हानेर मारे । गौरीघाटमा रहेको प्रणवानन्द आश्रममा एक ६ वर्षिय बालकको कुटी कुटी हत्या भयो । हिजो फागुन १७ गते जनकपुरमा अरुण सिंहानियाको हत्या भयो गोली हानेर । जनकपुरमा सिंहानियाको अन्त्यष्टी हुंदै गर्दा यता काठमाडौंमा अर्का व्यापारी नागेन्द्र पम्पाटीलाई गोली हानियो । तर, धन्य पम्पाटी भने जोगिए । त्यत्तिले मात्र अपराध प्रकरण रोकिएको भने छैन । व्यापारी, संचारकर्मीलाई ज्यानै लिने धम्कीहरु आईरहेका छन मंगलवार पनि निरन्तर ।

तर,अचम्म प्रहरी प्रशासन पुरै असफल देखिएको छ अपराध नियन्त्रणमा । जमिम हत्याको ९ दिनपछि प्रतिवेदन सार्वजनिक गरेर हत्याको जिम्मा भारतिय जेलमा रहेका भारतिय अपराधीलाई दिएर प्रहरी पन्छीने काम ग¥यो । कसरी र केका लागि भारतको जेलमा रहेका बब्लु श्रीवास्तवले जमिमको हत्या गराए ? प्रहरीसंग कुनै उत्तर छैन । उ बब्लुले बब्बु भनिने दिपक शाहीलाई काठमाडौं पठाएर हत्या गराएको, हत्यामा ६ जना नेपाली र ६ जनानै भारितय संलग्न रहेको दावी त गर्छ, तर विश्वसनिय भने देखिएको छैन अनुशन्धान । हत्यामा सहयोग गरेको अभियोगमा सई प्रकाश क्षेत्रिलाई पक्राउ गरेको छ । त्यो भन्दा बढी उपलब्धी केही छैन ।

प्रहरी अनुशन्धान गरिरहेका छौं चांडै रिजल्ट आउंछ अनी अपराधी पक्राउ पर्छन भनेर झारा टार्छ । प्रहरीले एउटा घटनाको निष्कर्ष निकाल्न भ्याएको हुन्न अर्को घटना भईहाल्छ । अनी दोस्रो घटनामाथिको उत्तर समान हुन्छ । उही सुगा रटाईको । जे सोधेपछि गोपीकृष्णको भने झै अनुशन्धान जारी छ,चाडै अपराधी पक्राउ पर्छन भनिरहन्छ प्रहरी । अली बढी कडा प्रश्न सोध्यो भने उल्टै रिसाउंदै जिम्मेवार प्रहरी अधिकारीहरु अपराध समाजको अभिन्न अगं हो । अपराध रहित समाज निर्माण गर्न सम्भव छैन । कहां हुन्न अपराध ? कुन चै देशमा मारिएका छैनन ब्यक्तिहरु ? इन्दीरा गान्धी मारिइनन्, बेनजिर मारिइनन ? भन्दै उल्टै हप्काउने शैलीमा कुरा गर्छन । आखिर किन बढीरहेका छन त यि गम्भिर अपराधहरु ? प्रहरी निष्कृय भएर हो कि अपराधी बढी सक्रिय भएर हो ? उत्तर दिने कोही छैनन ।

यो मारियो त्यो मारियो यसरी मारिए त्यसरी मारिए भनेर लेख्दा लेख्दै आफु कतिखेर मारिने हो थाहा छैन ।  उफ् यो बढ्दो अपराध । उफ् उफ् उफ्

© 2010, हाम्रो ब्लग. All rights reserved.

Share This Post

4 Comments so far »

  1. Eklavya Sharma, said

    am March 3 2010 @ 12:26 AM

    “Nim ko bue charera Aap ko asha garera ni huncha kahi”

  2. sagar said

    am March 3 2010 @ 2:02 AM

    part of Editorial of NAYAPATRIKA
    THIS IS THE REAL PICTURE ..

    “…राज्य झन्डैझन्डै प्रभावहीन भइसकेको छ र थुप्रै कमजोरीका बीच पनि अहिले मुलुकमा समाजसँग सोझो संवाद गरिरहेको शक्ति केवल मिडिया मात्रै छ । त्यसैले मिडिया किन अपराधीको तारो बनिरहेको छ भन्ने सजिलै बुझ्न सकिन्छ । त्यसै पनि जमिम साहदेखि अरुणकुमार सिंहानियासम्मको सिलसिलालाई केवल संयोग मान्न सक्ने अवस्था छैन । सञ्चारगृहहरूलाई सिलसिलाबद्ध ढंगले धम्क्याइएको छ, तर धम्की दिनेहरूलाई पक्राउ गर्नु त परको कुरा, तिनका बारे राज्यले गम्भीर छानबिनसम्म गरेको छैन । जमिम साहको हत्याप्रकरणका एक अभियुक्त सइ प्रकाश क्षेत्रीको बयान उतार्ने नयाँ पत्रिकाकर्मी मनोज घर्तीमगरलाई समेत खुला नम्बरबाटै ज्यान मार्ने धम्की दिइएको छ । अपराधीको मनोबल कति बढेको छ र मुलुकमा सञ्चारजगत् कति असुरक्षित भएको छ, यसले देखाउँछ ।
    सञ्चारगृह मात्र होइन, व्यापारिक जगत् पनि आतंकको कालो छायामुनि बाँचिरहेको छ । मंगलबार साँझ मात्र चितवन मेडिकल कलेजका अध्यक्षमाथि गोली प्रहार भएको छ । मंगलबार मात्रै व्यापारीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले या शान्ति-सुरक्षाको प्रत्याभूति दिन या सबै उद्योगको तालाचाबी बुझ्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिएको छ । यी सबै तस्बिरले मुलुक पूर्ण अराजकतातिर गइरहेको र राज्य निष्प्रभावी भइरहेको प्रमाण पेस गरिरहेका छन् ।
    एकपछि अर्को हत्याको शृंखला जति डरलाग्दो छ, त्योभन्दा डरलाग्दो छ, अपराधीहरूलाई कानुनको परिधिमा ल्याउन गृहप्रशासनको असफलता । प्रहरीसँग सीमित स्रोत र जनशक्ति छ भन्नेमा शंका छैन । अपराधको आयतन जुन ढंगले र जुन दुस्साहसिक गतिमा बढिरहेको छ, त्यो नियन्त्रणका लागि प्रहरीसँग भएको स्रोत निश्चय नै पर्याप्त छैन । तर, पछिल्ला दिनमा गृहप्रशासन पूर्णतः पक्षघातग्रस्त भइसकेको छ । तथापि, न प्रधानमन्त्रीले कवितासंग्रहको विमोचन गर्न छाडेका छन्, न शिलान्यास । न गृहमन्त्रीले विदेशभ्रमण नै घटाएका छन् । सरकारको अक्षमताभन्दा पनि संवेदनहीनता अहिले सबैभन्दा बिझाउने विषय भएको छ ।..”

  3. Nepalean said

    am March 3 2010 @ 10:40 AM

    सुरक्षा त खै के को केमा पुग्यो,अरु कुरो के गर्नु खै?

  4. aman said

    am March 6 2010 @ 1:06 AM

    Maobaile Budhi Maryo. Kaal Palkyo.

Comment RSS · TrackBack URI

Leave a comment

Name: (Required)

eMail: (Required)

Website:

Comment:

प्रतिकृया नीति

प्रतिकृया दिनु अगाडि ध्यान दिनुहोस

  • ब्लग मार्फत उठान गरिएका विषय केन्द्रित प्रतिकृया दिएर सार्थक बहसको अभ्यास गरौं ।
  • प्रतिकृया राख्दा आफ्नो वास्तविक नाम र इमेल राख्नुहोला । इमेल गोप्य रहने छ ।
  • सबैको विचारको सम्मान गर्दै प्रतिकृया खुल्ला गरिएको छ । तर, अश्लिल,असभ्य र विषय केन्द्रित नभएका प्रतिकृया हटाइने छ ।

प्रत्यक्ष अन्तर्कियानै ब्लगको शौन्दर्य हो । तर त्यसलाइ कायम राख्न रचनात्मक प्रतिकृयाले महत्वपुर्ण भुमिका खेल्छ । त्यसैले हाम्रोब्लग तपाईवाट रचनात्मक विषयकेन्द्रित र शभ्य भाषा प्रयोग गरेको प्रतिकृयाको आशा गर्दछ ।

 

Anti-Spam Protection by WP-SpamFree