छोरी गाडीमा सरर आमा बृद्धाश्रममा धरर

यो आमाको काधमा बन्दुक राखी छोरी मार्ने षडयन्त्र हो | विद्याले ती गरिब दीन-दुखिका माझमा धुलो उडाउदै “चिल्लो” गाडी र सुरक्षाकर्मी लिएर गएकी भए कस्तो समाचार आउथ्यो होला ? 

केही समय अगाडि रक्षामन्त्री विद्या भन्डारीकी आमा र बहीनी एक बृद्धाश्रममा रहेको समाचार प्रकाशित भएको थियो । छोरी चै चिल्लो गाडिमा सरर आमा र बहिनी चै बृद्धाश्रममा आंसु धरर भन्ने टाईपको समाचार प्रकाशित भएको लामो समयपछि उनका आफन्तले इमेल मार्फत विद्याको प्रतिरक्षा गर्ने प्रयास गरेका छन ।

आमाको काँधमा बन्दुक राखी छोरी मर्ने षडयन्त्र

रक्षा मन्त्रि बिद्या भण्डारी र उनकी आमा मिथिला पाण्डे का बारेमा हालैका दिनमा आएका भ्रामक समाचार र पाठकहरुले लेखेका प्रतिक्रिया पढे पछी उक्त समाचारका बारेमा केहि प्रस्ट पारिनु जरूरि देखि यो लेखनी गर्दै छु | म पंक्तिकार रबिन्द्र पाण्डे मिथिला पाण्डेको कान्छो देवर हुँ | मेरा महिला दाजु राम बहादुर पाण्डेको २०२८ सालमा निधन भए पछी बिधवा भाउजुले धर्मकर्मको मार्ग लिनु भएको हो | बैष्णव धर्ममा लाग्नु भएकी भाउजु मिथिला पाण्डेलाई हाम्रा स्वो. पिताजी तिलक बहादुर पाण्डेले धर्म कर्ममा लाग्न  प्रोत्साहन गर्नु भएको थियो |

छोरा छोरीलाई बढाउनु पढाउनु पर्ने जिम्मेवारी पुरा गरि सके पछी र बुढेसकालले लामो तिर्थाटन गर्न पनि कठिन हुदै गएपछि हरेक वर्ष विभिन्न तिर्थाटन मा निस्कनु हुने भाउजु ले आफ्नो निजि प्रयाश र सम्पति बाट स्वो. पति का नाममा “श्री राम शान्ति कुन्ज अनाथ महिला सेवा आश्रम” को स्थापना गर्न सुरु गर्नु भएको हो (मोरंगको बाहुनीमा वहाको घर तथा प्रसस्त जग्गा जमिन छ )| भाउजु मिथिला पाण्डे आफ्नो धार्मिक उदेस्य प्राप्तिका लागि आफैले उक्त आश्रमको स्थापना गरि अनाथ दीन-दुखि महिलाहरुको सेवा तथा आश्रमको ब्यबस्थापन गर्दै त्यहाँ बस्नु भएको हो | वहा आश्रमको आश्रीत वा पाहुना हैन , संस्थापक र संचालक हो | वहाको यस अभियानमा आफ्नो गक्ष र सक अनुसार परिवार, नाता, इस्- मित्र र स्थानीय दाताहरु बाट पनि साथ सहयोग हुने गरेको छ |

छोरी सुशिला ५/६ वर्षको उमेर देखि नै छारे रोग(मुर्छा पर्ने)कि बिमारी हुन ,त्यसो हुँदा उनको उचित शिक्षा दीक्षा वा बिबाह दान हुन नसकेको हो | स्वोभाबिक रुपमा रोगि अबिबाहित छोरी आमाकै साथमा रहने नै भईन | मेरी बिधवा भाउजुले छोरी बिद्या को नाम तथा शक्ति बाट कुनै पनि प्रकारको फाइदा लिनु भएको छैन र चाहना राख्नु भएको पनि छैन | पाउँदा शक्तिको चरम दुरुपयोग गर्ने हाम्रो समाजमा वहा अनाथ महिलाहरुको सेवामा आफ्नो निजि सम्पति खर्च गरेर लाग्नु भएको छ |समस्त पाण्डे परिवार वहाको नि:स्वार्थ सेवा तथा धार्मिक कार्य बाट गौरवान्वित भएको छ | पत्रकारले यस्तो सेवामुलक र पबित्र कर्मको प्रसंशा गर्दै मिथिला पाण्डे जस्ता कर्मयोगीहरूलाइ प्रोत्साहित गर्दै यस्ता सेवामुलक संस्थाको उत्थानमा सहयोग पुग्ने समाचार सम्प्रेषण गर्नु को साटो बिद्यासंग राजनीतक दुस्मनी साध्न वा दलाली गर्न बिषय बस्तुलाई १८० डिग्रीमा मोडेर व्यक्तिगत रुपमा उनीहरुको हैसियत मात्र देखाएका छैनन,पत्रकारिताको बेईज्जती पनि गरेका छन् | यो आमाको काधमा बन्दुक राखी छोरी मार्ने षडयन्त्र हो | विद्याले ती गरिब दीन-दुखिका माझमा धुलो उडाउदै “चिल्लो” गाडी र सुरक्षाकर्मी लिएर गएकी भए कस्तो समाचार आउथ्यो होला ? 

राष्ट्रको चौथो अंग मानिने संचार जगतले यस्ता झुठ र भ्रमपूर्ण समाचार प्रसार गर्नु खेदजनक छ |जनताको सुचनाको हक र देस बिकासका लागि ज्यानको बाजी थापेर काम गर्ने सच्चा नागरिक पत्रकारहरुले यस्तो पिता पत्रकारिताको बिरुद्दमा आन्तरिक सुद्दिकरणको पहल गर्दै पत्रकारिताको गरिमा र बिस्वशनियतालाई बचाउनु हुने छ भन्ने आस गरेको छु |पत्रकारितामा संलग्न स्वोदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण पत्रकार मित्रहरुलाई यस समाचारको सत्यता जांच गरि आम मानिसहरुका बिचमा ल्याई दिन हुन अपिल गर्दछु |

रबिन्द्र पाण्डे    
Pandeyrabin22@hotmail.com

© 2010, हाम्रो ब्लग. All rights reserved.

Share This Post

2 Comments so far »

  1. Dolraj Paudyal said

    am March 14 2010 @ 6:55 PM

    Rabindra ji ko bachau ramro lagyo. Diyako tathyaharu yathartha jasto lagyo. sahi bachau garnu bhayekoma dhanyabad chha.

  2. Thaneshwar said

    am March 19 2010 @ 2:09 AM

    yes, Exactly I agree with Mr Rabindra Pandey. I already commented on the main article as well that the writer of the original news was completely biased and manupulating the people.

    God Job Rabindra jee

Comment RSS · TrackBack URI

Leave a comment

Name: (Required)

eMail: (Required)

Website:

Comment:

प्रतिकृया नीति

प्रतिकृया दिनु अगाडि ध्यान दिनुहोस

  • ब्लग मार्फत उठान गरिएका विषय केन्द्रित प्रतिकृया दिएर सार्थक बहसको अभ्यास गरौं ।
  • प्रतिकृया राख्दा आफ्नो वास्तविक नाम र इमेल राख्नुहोला । इमेल गोप्य रहने छ ।
  • सबैको विचारको सम्मान गर्दै प्रतिकृया खुल्ला गरिएको छ । तर, अश्लिल,असभ्य र विषय केन्द्रित नभएका प्रतिकृया हटाइने छ ।

प्रत्यक्ष अन्तर्कियानै ब्लगको शौन्दर्य हो । तर त्यसलाइ कायम राख्न रचनात्मक प्रतिकृयाले महत्वपुर्ण भुमिका खेल्छ । त्यसैले हाम्रोब्लग तपाईवाट रचनात्मक विषयकेन्द्रित र शभ्य भाषा प्रयोग गरेको प्रतिकृयाको आशा गर्दछ ।

 

Anti-Spam Protection by WP-SpamFree