म गृहमन्त्री भएको भए
गृहराज्यमन्त्री रिजवन अन्सारीले आफु गृहमन्त्री भएको भए के-के गर्थे भनेर बाड्दै हिडेको सपना
आखिर कसका कारण गृहमन्त्रालय असफल भयो ? अहिले गृहमन्त्रालयमा झगडाको विषय यही प्रश्न भएको छ । गृहमन्त्री गृहमन्त्रालय असफल नै भएको छैन भन्ने दावी गरिरहेका छन । तर, उनकै पार्टीका जुनियर नेता अनी जुनियर मन्त्रीले भने खुल्लम खुल्ला रुपमा गृहमन्त्री भिम रावलको कारण गृहमन्त्रालय असफल भएको दावी सहित हिन्दी चलचित्र नायकमा अनिल कपुरले एक दिनको मुख्यमन्त्री बनेर चमत्कार गरेझै गृहराज्यमन्त्री रिजवन अन्सारी तीन महिना गृहमन्त्रीको रुपमा काम गर्न पाए कार्या पलट गर्ने दावी गर्दै हिडिरहेका छन । उनी हिजोआज हरेक कार्यक्रममा आफु गृहमन्त्री भए के–के चमत्कार गर्छु भन्दै दावाका लिष्टहरु सुनाउंदै हिड्ने गरेका छन । यसले एमालेमा राम्रै घर झगडा समेत शुरु भएको छ ।
उनले शनिवार बढो रमाइलो पारामा आफु गृहमन्त्री भएको भए अहिलेको अवस्थामा एक मिनेट पनि पदमा नबस्ने राजीनामा दिइहाल्ने दावी गरे । राज्यमन्त्रीको पनि त दायित्व र जिम्मेवारी हो नी भन्दा चै उनी अलि मौन भए । तर एकै छिनमा भनिहाले–एकमनले लाग्छ गृहराज्यमन्त्रीवाट पनि अहिलेनै राजीनामा दिएर हिडौं । तर, फेरी अर्को मनमा लाग्छ, यो मैमाथि अन्य हुन्छ । राजीनामा दिनुहुन्न । मैले केही कामै गर्न पाएकै छैन । मलाई गृहराज्यमन्त्रीको पद दिएपनी काम गर्ने कुनै अधिकारै छैन । अधिकार नपाएकाले मैले केही कामै गरेको छैन भने मैले अहिलेको कमजोरीको जिम्मेवारी किन लिनु ?’
३० मिनेटको भाषणमा उनले प्रत्यक्ष रुपमा गृहमन्त्री भिम रावलको नाम भने लिएनन । तर अप्रत्यक्ष रुपमा उनले गृहमन्त्रीको उछित्तो नै का“ढे । वर्तमान अशुरक्षाको कारणका बारेमा उनले सञ्चारकर्मीमाझ एएटा उखान सुनाए –‘एउटा गाउमा रहेको इनारभित्र कुकुर झरेर म¥यो । इनारको पानीखा“दा भोलीपल्ट गाउ“का सबै विरामी भए । विरामीको कारण पत्ता लगाउन गाउ“लेहरु नजिकैको पण्डीतकोमा गए । गाउ“लेले पण्डीतलाई इनारको पानी खा“दा सबै गाउ“ले विरामी भएकाले सहयोग गर्न आग्रह गरे । पण्डीतले केही समय सोचेर गाउंलेको हातमा पानीदिंदै भने‘पहिला इनारको सबै पानी झिके अनी यो गंगाजल हालेर चोखो बनाउ । त्यसपछि पानी खाए हुन्छ ।’
गाउ“लेले पण्डीतको सुझाव अनुसारै इनारको सबै पानी झिकेर फाले अनी गंगाजल हाले । भोलीपल्ट पनि गाउ“ले विरामी भए । सबै गाउ“ले पण्डीतले धोका दिए भन्दै नारा लगाउ“दै पण्डीतको कुटी घेर्न गए । उनीहरुले पण्डीतलाई ‘तपाईले भनेझै सबै ग¥यौं, पानी झिक्यौं, र गंगाजल छ¥क्यौं, तर पनि सबै विरामी भए’ भने । अनी पण्डीतले सोधे‘ कुकुर नी ?’ उखान सकाएर अन्सारीले भने‘अब तपाईहरु आफैं बुझ्नुस समस्या के हो ?’
शान्ती शुरक्षाको अवस्था विग्रनुमा गृहमन्त्रीको शैली कारक रहेको दावी गर्दै उनले तीन महिना गृहमन्त्रालयको जिम्मेवारी पाए आफुले काम गरेर देखाईदिने दावी गर्दै गृहमन्त्री भएमा आफुले गर्ने योजनाको पोको यसरी फुकाए–
-
बोली अनुसारको काम : विशेष शुरक्षा योजना लागु गरेलगत्तै पांचवटै क्षेत्रको भ्रमण गरेर अन्र्तक्रिया गर्दै शुरक्षा निकायका अधिकारीहरु माझ राम्रो काम गर्नेलाई पुरस्कार र गलत काम गर्नेलाई दण्डको व्यवस्था गछौं भन्ने प्रतिवद्धता व्यक्त भएको थियो । गृहको प्रतिवद्धतापछि शुरक्षा निकायका अधिकारीहरुमा उत्साह पनि आएको थियो । केही समय सुरक्षाको अवस्थामा सुधार पनि भएको थियो । तर,जव सरुवा र बढुवा भयो । एकाएक शुरक्षा अधिकारीहरु सिथिल भए । यसको कारण थियो प्रतिवद्धता अनुसारको काम नहुनु । राम्रो काम गर्नेहरुले स्थान पाएनन । जसका कारण शुरक्षा व्यवस्था विथोलियो । म गृहमन्त्री भए भने पुरै प्रतिवद्धताका साथ बोलेको काम पुरा गरेरै छाड्छु ।
-
पुरस्कार र दण्डको पारदर्शीता : राम्रो काम गर्नेलाई पुरस्कार र गलत काम गर्नेलाई पुरस्कारको साटो उल्टो भयो । प्रहरीभित्र राम्रो काम गर्ने प्रहरी अधिकारी नै नभएको हैन । व्यक्ति असल भयो भने उसले कस्तो नतिजा दिनसक्छ भन्ने पुष्टीका लागि पोखरा र काठमाडौंलाई हेरे हुन्छ । मुलुकका अधिकांश क्षेत्र अपराधवाट अक्रान्त भएका छन । तर पोखरा शान्त छ । पोखराका नागरिक ढुक्कस“ग बस्न सकेका छन । पारदर्शीताका साथ राम्रो काम गर्नेहरु पुरस्कृत हैन उल्टो दण्डीत भएका छन । यसले समस्त प्रहरीको मनोवलमा प्रभाव प¥यो । सबैको मोरल डाउन भयो । दण्ड र पुरस्कार पारदर्शी रुपमा कार्यक्षमताको आधार हुने छ । को आफ्नो निकट हो को हैन भन्ने आधारमा हैन । राम्रो काम गर्ने प्रहरी अधिकृतलाई पुरस्कृत र खराव आचरण भएकालाई दण्डीत गर्नेछु ।
-
जिल्लावासीलाई जिल्ला हैन : प्रहरी अधिकारी जुन जिल्लाको हो त्यही जिल्लामा राख्दा प्रहरीमा धेरै विकृती आएको मैले महसुस गरेको छु । आफ्नै जिल्लामा कार्यरत प्रहरीले कानुनको पालना गराउंदा विभिन्न समस्या आउनुको साथै अन्य विकृती पनि बढ्ने रहेछ । त्यसैले म गृहमन्त्री भएमा प्रहरीलाई आफ्नो गृहजिल्लामा सरुवा गर्दिन ।
ड्ड हस्तक्षेप बन्द ः प्रहरी संगठनको कार्यक्षमतामा हस आउनु र अपराधीक घटना मौलाउनुको कारक संगठनमा हुने गरेको अनावश्यक राजनीतिक हस्तक्षेप महत्वपुर्ण कारक हो । अनावश्यक हस्तक्षेपका कारण संगठनका प्रमुखहरुले आफ्नो योजना अनुसार काम गर्न पाउने वातावरण छैन । त्यसैले कानुनले गृहमन्त्रालयलाई भनेर तोकेको बाहेक अन्य विषयमा संगठनमा अनावश्यक हस्तक्षेप गर्दिन ।
ड्ड सरुवा, बढुवा र विदेश भ्रमणमा पारदर्शी ः स्पष्ट नीतिको अभावमा सरुवा बढुवा र विदेश भ्रमण जस्ता अवसरहरु संगठनका लागि दिलोज्यान दिने प्रहरी अधिकारीहरुले भन्दा पनि शक्तिका निकट रहेका ब्यक्तिहरुले पाउने गरेका छैनन । नातागोता,पहु“च र अन्य प्रभावले अवसरको निर्धारण हुने गरेको छ । पहु“च हुनेले अवसर पाएको पायै छ, अनी तर पहु“च नभएको तर, उत्कृष्ट काम गर्ने पेलिएको पेलियै छ । जसका कारण जत्ति काम गर्दापनि संगठनले केही नगरेको भन्दै असल काम गर्नेहरु फ्रष्टेड भएका छन । यो तत्काल बन्द गरी नातागोता र पहु“चको आधारमा हैन, व्यक्तिले संगठनका लागि पु¥याएको योगदान, व्यक्तिगत कार्यशैली र योग्यताको आधारमा सरुवा, बढुवा र विदेश भ्रमण जस्ता अवसरहरु प्रदान गर्ने स्पष्ट मेकानिजमको निर्माण गर्छु ।
© 2010, हाम्रो ब्लग. All rights reserved.
























ravey/ north sydney said
am March 7 2010 @ 7:29 PM
ansari jee, tapai le kalpana gereko kura sahi ho..malai pani bela bela ma kahile raja bhayeko kahile mantri bhayeko kalpana aaucha ani desh lai change garna sakchu jasto lagcha …aaa k garne ..sabai jana mantri banera trail n error method apply garne kura bhayena ..baru tapai film banaunu tapaile bhaneko kura lai include garnu..film ko minister ko role pani aafai garnu ..malai lagcha yo film super hit huncha..ani kina garna paryo rajniti ko natak…
alexsan said
am March 14 2010 @ 3:32 AM
म गृहमन्त्री भएको भए…
frist save the nepal after peoples and control who take profets out of nation in nepal and seva my colturs..
rajan said
am March 14 2010 @ 3:32 AM
म गृहमन्त्री भएको भए…
frist save the nepal after peoples and control who take profets out of nation in nepal and seva my colturs..