तीन वर्षपछि तोडिएको ज्ञानेन्द्रको मौनता

EXCLUSIVE

पूर्व राजा ज्ञानेन्द्र शाहले राजतन्त्र समाप्तीको तीन वर्षपछि पहिलो पटक औपचारिक रुपमा एभिन्युज टेलिभिजनलाई  दिएको अन्र्तवार्ता जस्ताको तस्तै



यहांलाई स्वागत छ । देश र जनता जुन मोडवाट गुज्रिरहेका छन । तपाईले के महसुस भईरहेको छ ?

जनताले जे खोजेको छ त्यही हाम्रो चाहना हो । मेरोपनि त्यही हो । अहिले देशमा सर्वसाधारणको जिउधनको शुरक्षाको खांचो छ जस्तो लागेको छ मलाई । र, त्यसैमा नै हाम्रो प्रार्थना त्यही छ । देशमा शान्ती होस । नेपाली दाजुभाई र जनताले जे खोजेका छन त्यही होस । सकेसम्म चाडो होस सबैलाई अटाउने ठाउं होस । हाम्रो पुर्खाले जसरी यो देशलदाई एकताको सुत्रमा बाधेका थिए त्यो माला नचुडोस

देश कुन मोडमा छ ?

यो कुरा चै मैले भन्नुभन्दापनि सर्वसाधारणलाई सोध्नु र उहांवाट जवाफ लिनु तपाईहरुका लागि पनि फाईदाजनक हुन्छ जस्तो लाग्छ ।

तपाई राजतन्त्र फर्काउन सक्रिय हुनुहुन्छ ?

यो हाइफोथेटिकल कुरा भयो । तर राजसंस्थाको विषयमा होस या अरु राष्ट्रिय सावलको विषय होस । जनताको विचार भनाई नै सर्वोपरी हुन्छ । जनता जर्नादन हुन । उनीहरुले जे फैसला गर्छन त्यसलाई सबैले मान्नुपर्छ ।

शक्तिको राजनीति गर्नुहुन्छ रे नी ?

हैन,त्यसो भए त धेरै अगाडि कुरा गरिसक्थे होला । त्यस्तो विचार छैन । केही नमानेर छोडेका हौं । जतताले त्यसको मुल्य मान्यता बुझेका छन जस्तो लाग्छ ।[smartads]

कसरी दिन वितेको छ ?

जंगलमा बस्दा फाइदा हुने रहेछ । शान्ती र विचार गर्ने मौका पाइने चिन्ता राष्ट्रको छ । राष्ट्रिय एकताको छ । सर्वसाधारण सुखी र राम्रोसंग बस्न पाओस भन्ने चिन्ता ।

नारायणहिटी भित्र भएको जटिल कान्ड र राजनीतिक कु पछि जनताले राजस.स्थालाई कम माया गरेको त हो नी ?

२ वटा कुरा छ त्यसमा एउटा, पाठ जनताले सिकाउछ पनि । र नेतावालाहरु जो भन्छ कहलन्छ उनीहरुले सिक्नुपर्ने पनि छ । जनताले हामीलाई पनि केही शन्देस दिएको हो कि ? राजाहरु बरु सक्रिय नभएकै जनताले खोज्या हो कि ? त्यही एउटा पाठ मैले सिकेको छु । तर जनातले विर्सनु हुन्न । राजा भनेको अभिभावको रुप पनि लिनुपर्छ । देशका लागि जे गर्नुपर्छ त्यो कदम उठाउंनै पर्छ । सर्वसाधारणको शुरक्षा, रक्षा गर्नुपर्ने अवस्था आउंछ । त्यो समयको विचार गर्दा परिस्थिती अर्कै थियो । अहिले परिस्थीती र मोड अर्कै छ । समय गई सकेको छ । अगाडि देश कस्तो हुन्छ सम्बृद्ध, सफल देश चाहिएको छ । त्यतातिर हामी सबै जुटेर जानुपर्छ ।

राजा भगवान हुन भन्ने मानिनथ्यो अहिले नागरिकको रुपमा जीवन कस्तो छ ?[SMARTADS]

सर्वप्रथम भ्रम मेटाउनुपर्छ राजाले शक्ति खोजेको छैन । राजाले म देउता हो भनेर भनेको छैन । जनताको माया र विश्वासले भएको कुरा हो जस्तो लाग्छ । कहिलेपनि मलाई जनताको माझमा जानलाई कहिल्यै अप्ठ्यारो थिएन । हिजो पनि थिएन । आजपनि छैन । जानकीको नगरीमा रामनवमिको दिनमा जनाकीको दर्शन गर्न पाउंदा जुन माया सर्वसाधारणले देखाए त्यसको म जवाफ दिन सक्दिन । जनालाई धन्यवाद दिनुपर्छ । अरु के भनौं ।

दरवार हत्याकान्ड अझै खुलेको छैन नी ? त्यसमा केही भन्न चाहनुहुन्छ ?

घटनाहुंदा म काठमाडौंमा थिइन । जे जति हाम्रो परिवार छन त्यो र्दुघटनामा बांचेर आएका उहांहरुको र उनीहरुले भनेको सुन्दाखेरी सत्य तथ्य आयोगहरुवाट पनि निस्किसकेको छ । यि कारणहरु हुन राजसंस्थालाई केही न केही अप्ठ्यारो पारेको हो भनेदेखी । माघ १९ को कदमका बारेमा पनि पनि भन्छु म । अलिकति पछाडि फर्केर हेर्दा त्यो सही हो हैन भन्ने अझै विचारणिय कुरा हो । त्यसको फैसला जनतालाई नै छोडौ ।

राजसंस्थाको समाप्तीमा कहां कमजोरी भयो ?

पहिलो कुरा राजसंस्था समाप्त भईसकेको छ जस्तो लाग्दैन । त्यो हाइपोथेटिकल प्रश्न जस्तो लाग्यो । देशको इतिहासको पानाहरु पल्टाएर हेर्दा यो माथि जाने तल जाने भित्रीने बाहिरिने भईराखेको छ । यसैले फेरी म दोहो¥याउंछु जनताले नै यो कुरालाई गहन र जिम्मेवारीसाथ विचार गरेर जे निधो गर्छ त्यो सबैले मान्नुपर्छ ।

अहिलेको शासन प्रणाली कस्तो लागेको छ ?
जनताले यही चाहन्छ भनेदेखी ठिक छ भन्नुपर्छ । तर देशलाई सर्वसाधारणलाई यही ठिक छ यही बाटो हिड्नुपर्छ भने लागेको छ भने हामीले केही भन्नुहुन्न । तर केही कुरामा चित्त बुझेको छैन भने जसले अहिले शासन गरिहनुभएको छ उहांहरुले विचार गरेर जनताको कुरालाई मान्यता दिनुपर्छ र जनताको हितमा काम गर्नुपर्छ ।

तपाईको भावि लक्ष के छ ?
नेपालमा बस्ने, नेपालीको सेवा गर्ने । पहिला पनि अहिले पनि र भावी पनि त्यही छ ।

प्रतिकृया लेख्नुहोस्

(अनिवार्य)

अभिलेख

ताजा ब्लगहरू

मेरो सिफारिस

ताजा प्रतिकृयाहरू

सर्वाधिकार हाम्रो ब्लग डट कममा सुरक्षित
eXTReMe Tracker