बामदेवको माओवादीलाइ चेतावनी : २ वर्षमा एमाले जस्तै बनाइदिन्छु

राष्ट्रपतिको गेममा धोका खाएको एमालेका बरिष्ठ नेता बामदेव गौतमले धोकाको राजनीति गर्ने माओवादीले गम्भिर परिणाम भोग्नुपर्ने चेतावनीका साथ २ वर्षभित्र एमाले र माओवादीको एकिकरण हुने भविष्यवाणि समेत गरेका छन ।

माओवादीको चलाखीवाट रन्थनिएको एमालेका नेताहरुको बोली बढो रमाइलो सुनिन थालेको छ । कोही नेता विश्वासघात भन्दै चिच्याउंदै हिडिरहेका छन । कोही धोका भन्दै हिडेका छन त कोही अब माओवादीलाइ ठिक पाछौं भन्दै हिडेका छन । माओवादी निकट रहेका एमाले नेता बामदेव गौतमको तर्क त अझ अगाडि छ । उनको निष्कर्ष रहेछ-माओवादीले गिरिजाप्रसाद कोइराला र माधवकुमार नेपाललाई रक्षानमा पुर् याए ।
उनको तर्क रहेछ माओवादीले एमालेलाइ थागंनामा सुताएर ऐतिहासिक गल्ती गरेको छ । शान्ति प्रकि्रया अगाडि बढाउन र लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण योगदान पुर् याएका नेताहरुको चरित्र हत्या गरेको माओवादीले गम्भीर परिणाम भोग्नुपर्ने उनको चेतावनी समेत रहेछ । तर त्यो गम्भिर परिणाम चै के रहेछ बामदेव कामरेडले खुलाएका छैनन । गौतमले चेतावनीको भाषामा भने-गिरिजाप्रसाद र माधव नेपालले नगरेको भए माओवादी अझै जंगलमै रहन्थ्यो ।’ माओवादीले झूट र धोकाधडीको राजनीति गरेको उनको आरोप थियो ।

गत बुधबार राति १० बजे प्रचण्डसंग भएको पछिल्लो छलफलमा माधवकुमार नेपाललाई राष्ट्रपति मान्ने सहमति बनेको तर भोलिपल्टै सहमति उल्टनुले शंका जन्माएको छ रे ।
मधेशवादीसंग मिलेर रामराजाप्रसाद िसंहलाई राष्ट्रपति बनाउन खोज्नुले आफूहरुलाई आश्चर्यचकित पारेको रहेछ । ‘राष्ट्र टुक्राउछु भनेर चेतावनी दिदै हिड्ने मधेशवादीसंग सहकार्य गर्नुको अर्थ के हो उनले मंचवाट प्रचण्डलाइ प्रश्न सोधे ।

उनले अन्तिमतिर माओवादीलाइ दिएको गम्भिर चुनौति पनि खुलाए । त्यो त एमाले र माओवादीको एकिकरण पो रहेछ । भनेपछि बामदेवले अब माओवादीलाइ पनि एमालेजस्तै बनाइदिने चेतावनी पो दिएका रहेछन ।

उनले झलनाथ समुहले माओवादीसंग र केपी शर्मा ओलीलगायतले कांग्रेससंग सहकार्य गर्नुपर्छ भनेको खुलाए । माओवादीले धोका दिएपनि आफूहरु ऊविरुद्ध प्रस्तुत नहुने उनले बताए । उनले अझ अगाडि बढेर भने-दुईवर्षभित्र नेकपा एमाले र माओवादीबीच एकीकरण गराइछाड्छु ।

© 2008, हाम्रो ब्लग. All rights reserved.

Share This Post

3 Comments so far »

  1. niraj said

    am July 18 2008 @ 7:24 PM

    Bamdev Gautam is a MAD fello.he needs to have proper treatment.He is the only leader in nepal ,who speaks 99% fictious.

  2. john thapa magar spain said

    am July 18 2008 @ 9:39 PM

    ………Bichara Baam dev chu..chu.chu..Akhir rajniti garna pani padhai chahinchha k,bichara kisan neta Baam dev halo banauna bahek k po jaaneka raichhan ra???na bolna jaaneka chan na ta raajniti garna nai..ajhai dhamki po dindai chhan ba..achamma

  3. hari, qatar said

    am July 20 2008 @ 10:00 PM

    राष्ट्र टुक्राउछु भनेर चेतावनी दिदै हिड्ने मधेशवादीसंग सहकार्य गर्नुको अर्थ के हो उनले मंचवाट प्रचण्डलाइ प्रश्न सोधे ।
    bamdev ji ahile pachhi aayara chai tehi forum sanga sahakarya garnu ko meanings ke ni

Comment RSS · TrackBack URI

Leave a comment

Name: (Required)

eMail: (Required)

Website:

Comment:

प्रतिकृया नीति

प्रतिकृया दिनु अगाडि ध्यान दिनुहोस

  • ब्लग मार्फत उठान गरिएका विषय केन्द्रित प्रतिकृया दिएर सार्थक बहसको अभ्यास गरौं ।
  • प्रतिकृया राख्दा आफ्नो वास्तविक नाम र इमेल राख्नुहोला । इमेल गोप्य रहने छ ।
  • सबैको विचारको सम्मान गर्दै प्रतिकृया खुल्ला गरिएको छ । तर, अश्लिल,असभ्य र विषय केन्द्रित नभएका प्रतिकृया हटाइने छ ।

प्रत्यक्ष अन्तर्कियानै ब्लगको शौन्दर्य हो । तर त्यसलाइ कायम राख्न रचनात्मक प्रतिकृयाले महत्वपुर्ण भुमिका खेल्छ । त्यसैले हाम्रोब्लग तपाईवाट रचनात्मक विषयकेन्द्रित र शभ्य भाषा प्रयोग गरेको प्रतिकृयाको आशा गर्दछ ।

 

Anti-Spam Protection by WP-SpamFree