प्रचन्डजी, बाबुराम प्रधानमन्त्री भए के हुन्छ?

प्रचन्डले उदार दिलका साथ एक वर्षका लागि नलडौं, संविधान बनाएर शान्ती प्रकृयालाई निष्कर्षमा पुर्‍याउन बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउ भनेर एमाले, कांग्रेस लगायतका दललाई प्रस्ताव गर्ने हो भने माहौल परिर्वतन हुनसक्थ्यो कि?

बाबुरामलाई प्रधानमन्त्रीपदको उम्मेदवार बनाउने हो भने विरोधी दलका सभासदहरुले पनि उनलाई समर्थन गर्ने सम्भावना बलियो छ। कांग्रेसका नेताहरुले सार्वजनिक रुपमै बाबुराम प्रधानमन्त्रीका उम्मेदवार हुने हो भने पार्टीले सहयोग गर्ने सार्वजनिक कार्यक्रमहरुमा बोलेका छन्। एमालेभित्र पनि बाबुरामलाई प्रधानमन्त्रीमा समर्थन गर्नेहरुको संख्या उल्लेख्य छ। माधवकुमार नेपाल समेत बाबुरामको पक्षमा उभिइसकेका हुन। तर, किन प्रचन्ड आफु नै प्रधानमन्त्री बन्नुपर्ने लिडेढिपीमा छन्? शान्ती र नयां संविधान निर्माण मुख्य एजेन्डा हो भने पार्टीवाट प्रचन्डको साटो बाबुरामले प्रतिनिधित्व गर्दा के चै हुने रहेछ?

नयां प्रधानमन्त्रीको चयनका लागी तोकिएको कार्यविधि अनुसार निर्वाचनपद्धतीमार्फत नयां प्रधानमन्त्रीको चयन गर्न पांच दिनमात्र बांकी छ। यदी दलहरुविच सहमती भएर प्रधानमन्त्रीको एकल उम्मेदवारको चयन भएन भने साउन पांच गर्ने निर्वाचन पद्धतीमार्फत प्रधानमन्त्रीको चयन हुनेछ। तर,माओवादीभित्र रहेको प्रधानमन्त्रीको विवादको टुंगो लाग्न सकेको छैन। प्रधानमन्त्रीको उम्मेदवार प्रचन्ड हुने हो भने उनी अल्पमतमा पर्ने प्रष्ट देखिईसकेको छ। बाबुराम उम्मेदवार भएमा बहुमतको सम्भावना बलियो छ। तर,को त प्रधानमन्त्रीको उम्मेदवार? माओवादीका नेता अलमलमा देखिएका छन्।

यता,सहयोगी दलहरु प्रचन्डको हल्का व्यवहार र डलवरोलका कारण उनलाई समर्थन गर्नेपक्षमा देखिएका छैनन। उता, प्रचन्ड सहितका माओवादीका हार्डलाईनर बाबुराम प्रधानमन्त्री भए भने पार्टी फुट्छ है भन्ने हल्ला गर्दै उनलाई कुनै हालतमा प्रधानमन्त्रीको उम्मेदवार बन्न नदिने पक्षमा छन्। प्रचन्डको पक्षमा सहमती हुने संकेत देखिएको छैन। कारण,बाहिर एक कुरा गर्ने भित्र अर्कै खेल खेल्ने उनका धेरै प्रमाणहरु सार्वजनिक भएकाले होला उनलाई अन्य दलका नेता विश्वास गर्दैनन्। उनी लोकतान्त्रीक शासनव्यवस्थाप्रतिको आस्थानै नभएको नेताका रुपमा समेत परिभाषित हुने गरेका छन्।

शान्तीपूर्ण राजनीतिमा आउने र निर्वाचन र बहुदलिय शासन पद्धतीमा प्रतिष्पर्धा गरी सत्तामा पुगेर पार्टीको नीति अनुसार काम गर्ने बाबुरामको लाइन अनुसारनै माओवादी जनयुद्धवाट शान्ती प्रकृया, संविधान सभाको निर्वाचन र अहिलेसम्मको अवस्थामा आईपुगेको हो भन्ने प्रष्ट छ। उनमा जे भएपनि लोकतान्त्रीक शासनपद्धतीप्रतिको आस्था झल्कीन्छ र उनी तथानाम भन्दै र गर्दै हिडेको देखिएको पनि छैन। जसका कारण विरोधी दल समेत बाबुरामका लागि माओवादीलाई समर्थन गर्ने मुडमा देखिएका हुन। तर,के गर्ने? आफ्नै पार्टीका नेताहरु त हुने कि म हुने भन्ने विषयलाई प्रतिष्ठाको विषय बनाएर उनलाई अगाडि बढ्न दिएका छैनन।

एमालेभित्र प्रधानमन्त्रीको विषयमा सहमती हुन सकेको छैन। कांग्रेसमा पनि उस्तै रडाको छ प्रधानमन्त्रीको विषयमा। यो बेलामा माओवादी अध्यक्ष प्रचन्डले उदार दिलका साथ जावो एक वर्षका लागि नलडौं, संविधान बनाएर शान्ती प्रकृयालाई निष्कर्षमा पुर्‍याउन मेरो दलको नेता बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउ भनेर एमाले, कांग्रेस लगायतका दललाई प्रस्ताव गर्ने हो भने माहौल परिर्वतन हुनसक्थ्यो कि? तर के गर्ने? उनी बरु रामचन्द्र पौडेल र झलनाथ खनाललाई प्रधानमन्त्री बनाउंछु बाबुरामलाई बन्न दिन्न भन्दै हिडेको सुनिन्छ। विनासकाले विपरित बुद्धी जस्तो।

© 2010, हाम्रो ब्लग. All rights reserved.

Share This Post

6 Comments so far »

  1. Ekalavya Sharma said

    am July 16 2010 @ 1:27 AM

    If you want to find the dynamics of Maoist party and to find why Prachanda did not allow Baburam to be next PM, I would like you to suggest reading a small novel “The Animal Farm” by George Orwell. It’s a great book and it really helps to understand the Maoist party (Communist Party and its ideology in general) and the present scenario of Nepal.

    Also put the Maoist cadres and other major players in the shoes of below novel characters.

    1. Napoleon alias Prachanda
    2. Snowball alias Baburam
    3. Jessie alias Ganesh Pun
    4. Blueball alias Badal
    5. Squealer alias Baidya
    6. Boxer, Clover, Muriel, sheeps, hens, cows and cats: most of ignorant, misguided and soon to be disillusioned Maoist cadres and commoners who have my innermost sympathy.
    7. Mr. Jones : former king Gyanendra
    8. Frederick / Pilkington : India and other foreign powers
    9. Whymper : so called progressive writers and intellectuals like Hari Rokha, Shyam Shrestha, Padma Ratna, Rajendra Maharjan and bunch of other many left oriented ultra liberals.

    Also don’t forget the great line from the novel “All animals are equal but some animals (Prachanda and his ashe-pashe- hukhe-baithake) are more equal than others.

  2. Munna said

    am July 16 2010 @ 10:45 PM

    सहि कुरो गर्दा पनि India को शंका ? कस्तो मनसिकता ?

  3. dpkpoudel@yahoo.com said

    am July 17 2010 @ 6:55 AM

    अहिले भने धेरै राम्रो कुरा गरे कृष्ण ब्रो ले . अनि जे गर्दा पनि भारत लै गाली गर्ने मानसिकता अरु केहि हैन, inferiority complex भन्छन नि, हो तेही हो .

  4. Anti YCL said

    am July 17 2010 @ 12:03 PM

    @Munna
    yeslai bhachha prachanda bhakti manasikata. Yo rog dherai padhe lekheka dekhi auntha chhap haru lai lageko chha.

  5. sanu jange said

    am July 17 2010 @ 2:23 PM

    haina sathi haru ho baburam lai p m banauna parchande le kasai dinna baru prachanda putra mahan kamiret prakash lai banauda hunthiyo ki… kamse kam daru ta ali sasto hunthiyo hola ni…. haha haha haha

  6. Ekalavya Sharma said

    am July 17 2010 @ 5:50 PM

    Prachanda, Deuba and Nepal have more things in common than they publicly admit. These common things play a vital role when they make private deals and these private deals are the core of Nepalese politics as we have seen that in Oli –Prachanda deal on the last hour of CA terminating night which helped CA keep alive for another one year. All of them have a special position in their party by the virtue of being former PM. Not only that, more than two lacs rupee goes to each of these individuals monthly as a facility of being former PM, their vehicles, fuel and driver expense, their security etc which of course is tax-payers money – our money

    Nepalese politics, as once veteran TV anchor Bijaya Kumar Pandey wrote is driven more by personal ego, greed and ambition than by policy and its implementation or public outcry. In that sense, Prachanda, Deuba and Nepal stand on the same ground of their personal interest. Deuba stops Paudel because Paudel is bad for Deuba’s ego, greed and ambition. Similarity applies in the case of Prachanda-Baburam or Nepal-Khanal. It has nothing to do with what Nepalese people want and what public outcry is – otherwise Baburam would have become Prime Minister by now.

    Baburam as PM is the toady’s public outcry and let not Prachanda’s personal interests come its way.

Comment RSS · TrackBack URI

Leave a comment

Name: (Required)

eMail: (Required)

Website:

Comment:

प्रतिकृया नीति

प्रतिकृया दिनु अगाडि ध्यान दिनुहोस

  • ब्लग मार्फत उठान गरिएका विषय केन्द्रित प्रतिकृया दिएर सार्थक बहसको अभ्यास गरौं ।
  • प्रतिकृया राख्दा आफ्नो वास्तविक नाम र इमेल राख्नुहोला । इमेल गोप्य रहने छ ।
  • सबैको विचारको सम्मान गर्दै प्रतिकृया खुल्ला गरिएको छ । तर, अश्लिल,असभ्य र विषय केन्द्रित नभएका प्रतिकृया हटाइने छ ।

प्रत्यक्ष अन्तर्कियानै ब्लगको शौन्दर्य हो । तर त्यसलाइ कायम राख्न रचनात्मक प्रतिकृयाले महत्वपुर्ण भुमिका खेल्छ । त्यसैले हाम्रोब्लग तपाईवाट रचनात्मक विषयकेन्द्रित र शभ्य भाषा प्रयोग गरेको प्रतिकृयाको आशा गर्दछ ।

 

Anti-Spam Protection by WP-SpamFree