वेबसाईटवाट चन्दा माग्दैछन् रामचन्द्र

प्रधानमन्त्री नियुक्त भएपछि पुष्पकमल दाहालले आफ्नो ब्यक्तिगत वेबसाईट बनाए। माधवकुमार नेपालले पनि प्रधानमन्त्री भएपछि नै आफ्नो व्यक्तिगत वेबसाईटको निर्माण गराए। प्रधानमन्त्री बन्न ब्यक्तिगत वेबसाईट नै चाहिने ठानेर होकि के हो कुन्नि पार्टीका तर्फवाट प्रधानमन्त्रीका उम्मेदवार बनेका रामचन्द्र पौडेलले नेपालले प्रधानमन्त्री पदवाट राजीनामा दिएको तेस्रो दिन ब्यक्तिगत वेबसाईट सार्वजनिक गरेका थिए। ब्यक्तिगत विवरण, दैनीकी,तस्विर लगायतका सामाग्रिहरु रहेका उनको साईट प्रधानमन्त्रीका लागि उनको दौडधुपसंगै सक्रिय बनेको छ।

प्राय कार्यक्रमहरुमा संचारकर्मी देखिएपनि बोल्न आफैं अगाडि सर्ने पौडेलेको बानी नै हो। तर, नेपालले राजीनामा दिएको घोषणापछि भने पौडेल बोलेनन् रे संचारकर्मीहरुसित। उनका पर्सनल एसिस्टेन्टले पहिलानै आएर संचारकर्मीहरुलाई उहां आज बोल्नु हुन्न भनेछन्। समाचार संकलन गर्न गएका संचारकर्मीले पौडेलले आफुलाई प्रधानमन्त्री बनिसकेको सम्झेकि क्या हो भनेर टिप्पणि गरेको सुनियो। उनको वेबसाईट सार्वजनिक भएपछि पनि यस्तै टिप्पणि सुनियो।

महत्वपूर्ण पदमा रहेका ब्यक्तिले ब्यक्तिगत वेबसाईटको निर्माण गरी सूचना प्रविधिमार्फत अर्न्तक्रियाको प्रारम्भ गर्ने जस डा बाबुराम भट्टराईलाई जान्छ। फेसबुक प्रयोग मार्फत जिज्ञासु र शुभचिन्तकसंग प्रभावकारी अर्न्तक्रियामा सहभागी भट्टराई अर्थमन्त्री भएपछि आफ्नो ब्यक्तिगत वेबसाईट निर्माण गराएका थिए। जो चर्चा र प्रभावकारीताको हिसावले राम्रै स्थान पायो।

त्यसको केही समयपछि दाहालले वेबसाईट बनाए र आफ्नै वेबसाईट हुने नेपालको पहिलो प्रधानमन्त्रीको रुपमा दरिय। तर, उनले वेबसाईट बनाउने नक्कल मात्र गरे। उनले प्रभावकारी उपयोग भने गरेनन्। उनको वेबसाईटमा ब्यक्तिगत विवरण,भाषण, तस्विरहरु कै बाहुल्यता छ।

दाहालको वेबसाईट त्यत्ति प्रभावकारी भएको देखिएको छैन। दाहालको तुलनामा नेपालको वेबसाईट केही प्रभावकारी देखिएको थियो। दैनिक कार्यक्रम, सम्बोधन लगायतका सामाग्रिहरु तत्काल उपलब्ध हुन्छ उनको साईटमा। अहिले पौडेलको साईटमा पनि प्राय उस्तै शिर्षहरु रहेका छन्। उनले दिनभर के गरे त्यसको विवरण समेत राखिएको छ। फरक शिर्षक भनेको उनले साईट मार्फत चन्दा मागेका छन्। तर, चन्दा कसरी दिने? किन दिने? त्यो उल्लेख छैन। न प्रधानमन्त्रीका लागी आवश्यक पर्ने सभासद किन्न पो हो की :)

प्रधानमन्त्रीका दावेदार मात्र हैन, प्रधानमन्त्रीको प्रतिष्पर्धामा नरहेका नेताहरु पनि ब्यक्तिगत वेबतिर आर्कशित भएका थिए। कांग्रेस नेता नरहरी आचार्यले संविधान सभा निर्वाचन ताका आफ्नो नाममा वेब खोलेका थिए। निर्वाचनताका उनको वेब सक्रिय नै थियो। तर, अहिले खुल्दा पनि खुल्दैन। अर्थमन्त्रीवाट राजीनामा दिएपछि पनि डा बाबुराम भट्टराईको वेब भने सक्रिय नै छ। माओवादी प्रवक्ता दिनानाथ शर्माले आफ्नै नाममा सञ्चालन गरेको वेबसाईट सक्रिय नै छ।

© 2010, हाम्रो ब्लग. All rights reserved.

Share This Post

4 Comments so far »

  1. aashish said

    am July 19 2010 @ 8:04 AM

    hahahaha…
    Tyo page ma ta ” Donate
    Coming Soon ”

    cha ta. Tara pani Donate bhanne page rakhi sake pa6i ta bengya garna pai haliyo ni .. Nice Post Keep it up..

  2. dpkpoudel@yahoo.com said

    am July 19 2010 @ 8:46 AM

    बिदेसमा हरेक सांसद को वेबसाइट मा डोनेट भन्ने लिंक हुन्छ सायद त्यहिँ कपी होला. अब भास्ताचार को सट्टा डोनेसन लिनु राम्रै हो . उदाहरणको लागि यो लिंक. https://donate.barackobama.com/page/contribute/dnc08main

  3. kanika said

    am July 19 2010 @ 6:32 PM

    शास्त्रीमा डिप्लोमा गरेको यस्तो पुरातनबादि भ्रष्ट प्रधान मंत्री भयपनि के नभयपनि के ? बाराक ओबामाले भ्रष्टचार गर्दैनन चंदा माग्न सक्छन नेपालका यी भ्रष्टाचारले गनायेका चोरहरुलाइ चंदा माग्न लाज हुनु पर्ने हो ! चुनाबपनि हारेको भ्रष्ट प्रधान मंत्री हुनु भन्दा चुनाब जितेको भ्रष्ट प्रधान मंत्री हुनु अली बेहतर नै हुन्छ !

  4. Anti YCL said

    am July 20 2010 @ 1:56 AM

    Sadak ma basera katora liyer mage bhai halyo ni. Dui char mohar ma pani diunla.

Comment RSS · TrackBack URI

Leave a comment

Name: (Required)

eMail: (Required)

Website:

Comment:

प्रतिकृया नीति

प्रतिकृया दिनु अगाडि ध्यान दिनुहोस

  • ब्लग मार्फत उठान गरिएका विषय केन्द्रित प्रतिकृया दिएर सार्थक बहसको अभ्यास गरौं ।
  • प्रतिकृया राख्दा आफ्नो वास्तविक नाम र इमेल राख्नुहोला । इमेल गोप्य रहने छ ।
  • सबैको विचारको सम्मान गर्दै प्रतिकृया खुल्ला गरिएको छ । तर, अश्लिल,असभ्य र विषय केन्द्रित नभएका प्रतिकृया हटाइने छ ।

प्रत्यक्ष अन्तर्कियानै ब्लगको शौन्दर्य हो । तर त्यसलाइ कायम राख्न रचनात्मक प्रतिकृयाले महत्वपुर्ण भुमिका खेल्छ । त्यसैले हाम्रोब्लग तपाईवाट रचनात्मक विषयकेन्द्रित र शभ्य भाषा प्रयोग गरेको प्रतिकृयाको आशा गर्दछ ।

 

Anti-Spam Protection by WP-SpamFree