पौडेलको सपना उड्ला जस्तो छ
प्रधानमन्त्रीको निर्वाचनहुन २ दिन बांकी रहंदासम्मको गठबन्धन पौडेलको पक्षमा देखिएको छैन। चमत्कार भएन भने प्रधानमन्त्रीको रुपमा सिंहदरवार बालुवाटार प्रवेश गर्ने पौडेलको सपना यो पाली पुरा हुने छांट देखिएको छैन।
सरकार नेतृत्वका लागि मरिहत्ते गरेका कांग्रेस उपसभापति रामचन्द्र पौडेलको प्रधानमन्त्री बन्ने प्रयास केवल सपनामा मात्र हुने सम्भावना बढेर गएको छ। माधव नेपाल जुन सुत्रवाट प्रधानमन्त्री भएका थिए पौडेलले पनि त्यही सुत्रको प्रयोग गर्ने प्रयास गरेका थिए। सुत्र सफल बनाउन पौडेल दौडेका दौडेई छन्। तर, एमाले आफ्नै नेतृत्वमा सरकार गठनमा केन्द्रित भएको र मधेसवादी दल जता दुध त्यत्तै विरालो झै जता बहुमत पुग्ला जस्तो हुन्छ त्यतै समर्थन गर्न दौडिने तयारीमा रहेकाले पौडेलको दौडधुप खेर जाने संकेत देखिएको छ।
माओवादीको योजना सकेसम्म आफ्नै नेतृत्वमा सरकार गठन नभए कांग्रेस एमाले गठबन्धन तोड्ने नै हो। उ कुनैपनि हालतमा कांग्रेसलाई सत्ताको नेतृत्व गर्न दिने पक्षमा छैन। यदी एमालेले मानेन भने मधेसवादी दलतिर पनि लाग्न बेर छैन उ। तर कांग्रेसलाई सहज रुपमा सरकारको नेतृत्व गर्नदिने पक्षमा माओवादीका नेता छैनन। त्यसैको प्रतिकृयास्वरुप सोमवार बसेको माओवादी पदाधिकारीहरुको बैठकले आफ्नो नेतृत्वमा सरकार नबने एमाले नेता झलनाथ खनाललाई समर्थन गर्ने निर्णय गरीसकेको छ।
माओवादीको निर्णय हेनुस त उसले एमालेलाई समर्थन गर्ने भनेर भनेको हैन,एमाले अध्यक्ष झलनाथ खनाललाई समर्थन गर्ने भनेको छ। अर्थात पार्टीलाई हैन ब्यक्तिलाई। यदी खनालको साटो एमालेले प्रधानमन्त्रीका रुपमा अरुलाई प्रस्ताव गरेमा माओवादीले समर्थन गर्ने छांट छैन। उसको निर्णयवाट प्रष्टै देखिन्छ माओवादी एमालेलाई सत्ता नेतृत्व गर्न हैन खनाललाई सत्ताको नेतृत्व गर्न एमालेका अन्य नेतालाई दवाव दिईरहेको छ।
तर, माओवादीको निर्णय विवादमुक्त भने छैन है। प्रधानमन्त्रीका उम्मेदवारको रुपमा धेरैले हेर्न चालेका माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले आफ्नो पक्षमा समर्थन जुटाउन राजनीतिक दौडाहा शुरु गरिसकेका छन्। पार्टीले प्रधानमन्त्रीको उम्मेदवार कसलाई बनाउने भनेर निर्णय नगरेपनि बाबुरामले मधेसवादी दलका नेताहरु, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष र साना दलका नेताहरुसंग भेटेर आफुलाई समर्थन गर्न आग्रह गरेकाले माओवादीको निर्णय पनि विभाजीत देखिईसकेको छ।
तर केपी ओली, माधवकुमार नेपाल समुह खनाललाई सर्त सहित प्रधानमन्त्रीको उम्मेदवार बनाउने मुडमा देखिएका छन्। बाहिर चर्चा भएझै ओली र नेपाल समुहले केपी ओलीलाई पार्टीको कार्यबाहक अध्यक्ष बनाउनुपर्ने सर्त अगाडि सारेका छन् रे। त्यो नभएसम्म खनाललाई प्रधानमन्त्रीको उम्मेदवार बन्न नदिने रणनीतिमा ओली र नेपाल लागेको देखिन्छ। त्यसमा पनि सोमवार विहान भारतिय राजदुत राकेश सुद लुसुक्क बालुवाटार पुगेर कामचलाउ प्रधानमन्त्री नेपालसंग भेटेका छन्। पक्कै सुद नेपालको न्यास्रो लागेर बालुवाटार गएका हैनन। पक्कै प्रधानमन्त्री उम्मेदवारकै बारेमा छलफल गर्न गएका हुन। चर्चा अनुसार अहिले प्रधानमन्त्रीको उम्मेदवारका रुपमा भारतले पौडेललाई समर्थन गरेको चर्चा छ।
भावी प्रधानमन्त्रीको चयनको विवाद कांग्रेसमा सकिएपनि अन्य दलमा भने कायम रहेपनि प्रधानमन्त्रीको निर्वाचनहुन २ दिन बांकी रहंदासम्मको गठबन्धन पौडेलको पक्षमा देखिएको छैन। चमत्कार भएन भने प्रधानमन्त्रीको रुपमा सिंहदरवार बालुवाटार प्रवेश गर्ने पौडेलको सपना यो पाली पुरा हुने छांट देखिएको छैन।
© 2010, हाम्रो ब्लग. All rights reserved.
























Raj said
am July 19 2010 @ 11:10 PM
Bigat 1 year ko sarkar herda maobadi lai sath naliye sambidhan bannewala chhaina. teasaile yedi jhalanath lai maobadile samarthan garchha bhane Jhalanath pradhanmantri bhayeko ramro.Maobadilai bahira rakhera sambidhan bandaina.
Ekalavya Sharma said
am July 19 2010 @ 11:39 PM
Honestly speaking, the general publics do not care if Paudel or Khanal becomes PM. They are not interested in Mahanta Thakur either, whose present political pillar lies on drawing lines between the people of same country into two groups – Madeshi and Pahadi.
Most of laypersons see some tint of hope only in Baburam Bhattarai. Let him be PM.