पौडेल, खनाल र दाहालको कठिन रात

तीनै जना उम्मेदवार मात्र हैनन् सभासद समेत रातभर सुत्ने भएनन् । रातभरमा को-को रित्तिने हुन कस्को गोजी भरिने हो ?

प्रमुख दावेदार माओवादी, एमाले र कांग्रेसका प्रमुख नेता प्रधानमन्त्रीको मैदानमा उत्रिएपछि बढो रोचक मोडमा पुगेको छ नेपालको राजनीति। यस अगाडि भएका प्रधानमन्त्री चयनको प्रकृया केवल औपचारिकतामा मात्र सिमित भएकाले होला मंगलवार निर्माण भएको राजनीतिक परिदृष्यले अगग्गै तरगं ल्याएको छ नेपाली राजनीतिमा। रोचक यस कारण पनि कि प्रधानमन्त्रीको प्रतिष्पर्धामा उत्रिएका कसैको पक्षमा बहुमत देखिएको छैन। यस्तो बेला रातभरमा विकसीत हुने राजनीतिक घटनाक्रमले ल्याउने परिणाम पक्कै स्वभावीक हुने छैन नै। कस्तो सिक्वेन्स बनेको छ भने अनुमान गर्नै हम्मे पर्ने। पौडेललाई माओवादी बाहेक सबैले साथ दिनुपर्ने अवस्था छ। त्यो सम्भव छैन। एमालेलाई माओवादी सहित सबैको साथ चाहिने यो पनि सम्भव छैन। माओवादीलाई कि एमाले हैन भने मधेसवादी दलको दर्हो साथ चाहिने जुन बाटो सहज छैन।

मंगलवार बेलुकासम्मको घटनाक्रम अनुसार प्रधानमन्त्रीका तीन प्रतिष्पर्धीमध्ये सबैभन्दा निरिह देखिएका छन् कांग्रेस उपसभापति रामचन्द्र पौडेल। रातभरमा कुनै आश्चर्यजन चमत्कार भएन भने पौडेलको उम्मेदवारी केवल औपचारिकतामा मात्र सिमित हुने पक्का छ। उनको पक्षमा ठुला दलको त के कुरा गर्नु एक सिट मात्र रहेको साना दलले समेत समर्थन गरेको देखिएको छैन। उनी केवल कांग्रेसको भोटमा मात्र सिमित हुने पक्कापक्की झै देखियो।

दुई तिहाई मत नआए प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिने सर्त सहित उम्मेदवार बनेका एमाले अध्यक्ष झलनाथ खनालको भाग्य फैसला के हुन्छ अझै एकिन हुन सकेको छैन। उनलाई माओवादीले समर्थन गरेर मात्र हुन्न, मधेसवादी दलको समेत समर्थन चाहिन्छ दुई तिहाईको चार सय एक मत पाउन। खनालको पक्षमा २ तिहाई पुग्ला जस्तो छांट देखिएको छैन। यदी २ तिहाई मतको समर्थन नआए मतदान प्रकृयामा भागै नलिने एमालेको निर्णयका कारण उसको मत न कांग्रेसतिर जाने भयो न माओवादीतिर नै। उसको एक सय ९ मत खेर जान्छ। तर, बहुमत भएपनि पुग्छ भनेर एमाले लाग्यो भने चै माओवादीले समर्थन गर्न सक्छ। त्यो बेला प्रधानमन्त्री खनाल हुने पक्का।

कांग्रेस र एमाले बाहेकका अन्य दलले मात्र पनि समर्थन गर्ने हो भने प्रधानमन्त्रीमा चयन हुनेछन् माओवादी अध्यक्ष प्रचन्ड। माओवादीको २ सय ३७ मत छ नै। त्यसमा कांग्रेस एमाले बाहेकका अन्य दलसंग रहेको एक सय ४१ मतमध्ये ६३ मत आयो भनेपनि दाहाललाई प्रधानमन्त्री बन्नवाट कसैले रोक्न सक्दैन। मधेसी जनअधिकार फोरमको २५, तराई मधेस लोकतान्त्रीक पार्टीको २०, सद्भावना पार्टी ९ र मधेसी जनअधिकार फोरम लोकतान्त्रीकको २८ जोड्दा ९० पुग्छ। मधेसी दलमध्ये सद्भावना बाहेकका अन्य दलले समर्थन नगरेमा बहुमत पुर्‍याउन गार्हो हुन्छ दाहाललाई। दाहालको मंगलवार रातभरको कसरत यही मत ल्याउनेमा हुनसक्छ।

मधेसी दलहरु भारत प्रभावीत रहेकाले उनीहरुले माओवादीलाई समर्थन नगर्ने राजनीतिक अड्कलवाजी छन्। मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले त माओवादी नेतृत्वको सरकार हुन्न भनिसकेका छन्। विजयकुमार गच्छद्धारले पनि सहज रुपमा माओवादीलाई समर्थन गर्दैनन कि भन्ने आशंका छ।

दुबै फोरमको ५३ मत बाहिरियो भने त्यो जुटाउन माओवादीले सबै साना दलको समर्थन चाहिन्छ। जनमोर्चा नेपाल, राप्रपा नेपाल, राप्रपा, नेकपा मालेले माओवादीलाई समर्थन गर्नु चमत्कारै हो। त्यसैले दाहाल पनि विजयी उम्मेदवार हुन भनेर ठोकुवा गर्ने कसरी?

चमत्कार भएन भने तीनै जना उम्मेदवारले बहुमत ल्याउनसक्ने छैनन। र पुन निर्वाचनको मिति सर्ने छ । चमत्कारका लागी मंगलवार रातभर खेल हुने छ नै । त्यसैले तीनै जना उम्मेदवार मात्र हैनन् सभासद समेत रातभर सुत्ने भएनन् है। रातभरमा कस्तो खेल हुने हो ? रातभरमा को को रित्तिने हुन कस्को गोजी भरिने हो ? ५ गते बेलुकाको रिजल्टले बताईहाल्छ।

© 2010, हाम्रो ब्लग. All rights reserved.

Share This Post

2 Comments so far »

  1. sagar sharma said

    am July 21 2010 @ 12:01 AM

    हैन यो एमाले भन्ने पार्टी कस्तो हो आफ्नो उम्मेदवार लाइ दुइ तिहाइ नै चाहिने नभए चुनावमा भाग नै नलिने | बहुमतीय चुनाव प्रक्रियामा भाग लिएर मलाइ दुइ तिहाइ नदिए बहिस्कार गर्ने र चुनाव नै भाड्ने भन्ने | यो एमालेको सस्थागत निर्णय हो | आजसम्म त व्यक्ति बोलेको सुनिन्थ्यो अब त पार्टीको औपचारिक निर्णय भयो| अब एमालेलाई बुज्न गाहारो भएन | एमाले भांड पार्टी भन्दा अरु केहि पो होइन रहेछ | थुइक्क गतिछाडाहरु !

  2. Ekalavya Sharma said

    am July 21 2010 @ 3:19 AM

    The country benefits more if Congress stays in opposition and focus on its grassroot organisation no matter if Khanal or Prachanda leads.

    Congress outside government can play more of a positive role than the goverment lead by Congress.

Comment RSS · TrackBack URI

Leave a comment

Name: (Required)

eMail: (Required)

Website:

Comment:

प्रतिकृया नीति

प्रतिकृया दिनु अगाडि ध्यान दिनुहोस

  • ब्लग मार्फत उठान गरिएका विषय केन्द्रित प्रतिकृया दिएर सार्थक बहसको अभ्यास गरौं ।
  • प्रतिकृया राख्दा आफ्नो वास्तविक नाम र इमेल राख्नुहोला । इमेल गोप्य रहने छ ।
  • सबैको विचारको सम्मान गर्दै प्रतिकृया खुल्ला गरिएको छ । तर, अश्लिल,असभ्य र विषय केन्द्रित नभएका प्रतिकृया हटाइने छ ।

प्रत्यक्ष अन्तर्कियानै ब्लगको शौन्दर्य हो । तर त्यसलाइ कायम राख्न रचनात्मक प्रतिकृयाले महत्वपुर्ण भुमिका खेल्छ । त्यसैले हाम्रोब्लग तपाईवाट रचनात्मक विषयकेन्द्रित र शभ्य भाषा प्रयोग गरेको प्रतिकृयाको आशा गर्दछ ।

 

Anti-Spam Protection by WP-SpamFree