राष्ट्रपतिमा कुन चै राम ?
रामराजाप्रसाद िसंह या डा रामवरण यादव अहिलेको राजनीतिको मुल केन्द्रविन्दु भनेको यही दुइ राममा अड्किएको छ । शनिवार बेलुका पांच वजेपछि जव मुल खेलाडिको बारेमा विजय या पराजयको चिट्ठा खुल्ला हुनेछ तव थाहा हुनेछ दुई जना राम मध्ये कुन चै रामको विजय भयो । शुक्रवार बेलुका ९ वजेसम्मको नतिजाले भन्छ रामराजाको तुलनामा रामवरण यादव अगाडि छन । कारण मधेसी जनअधिकार फोरमले उठाएको उपराष्ट्रपतिको उम्मेदवार परमानन्द झा । कारण माओवादीले रामराजा स्वतन्त्र उम्मेदवार भएकाले आफुले समर्थन मात्र गरेको र आफ्नोतर्फवाट उपराष्ट्रपतिका उम्मेदवार शान्ता श्रेष्ठका बारेमा कुनै पुर्नविचार नहुने अडान लिएको छ । उता मधेसी जनअधिकार फोरम भने रामराजा माओवादीको उम्मेदवार भएकाले उपराष्ट्रपति लागु ओषध मुद्धामा दोषिलाइ सफाइ दिएर विवादमा परेका पुर्व न्यायधिषलाइ नै उपराष्ट्रपति बनाउनुपर्ने पक्षमा छ । तर माओवादी मानेको हैन । माओवादीले उपराष्ट्रपतिमा झालाइ अस्विकार गर्दा अहिले एमाले र कांग्रेस मिलेर मधेसी दल भनिने तीन दलसंग सहकार्यको लागि प्रयास गरेका छन ।
मुख्य मुद्धा यही तीन मधेसका दल हुन । जो अहिलेको समिकरणमा मुख्य हुन । यहां एमाले कांग्रेस र माओवादीको केही चल्दैन । एमाले र कांग्रेसको समिकरणमा उनीहरु आए यि दुइ दल बलिया हुन्छन अनी माओवादीले यिनीहरुको कुरा माने पनि यि नै दल बलिया हुन्छन । अहिले पुर्ण रुपमा नेपालको राजनीतिको गेम मधेसका यि तीन दलसंग मात्र छ ।
माओवादीले एमालेसंग राष्ट्रपतिका लागि सहकार्य गनेृ वचन दिएर अन्तिम अवस्थामा जुन गद्धार राजनीतिक लाइन समातेको छ यसका कारण कांग्रेस र एमाले कुनै हालतमा पनि माओवादीको गेम असफल बनाउने दाउमा लागेका छन । यसको मतलव रामराजा र शान्तालाइ हराउने केसमा एमाले र कांग्रेस जस्तोसुकै सम्झौता गर्न पनि तयार छन । अथवा उनीहरु रामवरण यादवलाई राष्ट्रपति बनाउनका लागि झालाई उपराष्ट्रपतिका रुपमा स्विकार गर्न तयार छन । फोरम पनि यही चाहन्छ । यसरी राजनीतिक समिकरण हेर्ने हो भने अहिले माओवादी विचार बन्न गएको छ । कारण यही हो गद्धारी ।
राजनीतिमा सबै गेम जायज हुन्छन । तर गद्धारी हैन । माओवादीले एमालेसंग साच्चिकै गद्धारी राजनीति गरेको छ । यसका कारण अब राष्ट्रको हितमा भनेर माओवादीले अगाडि सार्ने कुनै राजनीतिक ऐजेण्डा पनि काम गर्नेवाला छैन । राष्ट्रपतिका लागि जुन लाइनले काम गर्छ सरकार बनाउने त्यही लाइनले नै हो ।
जस्तो एमाले कांग्रेस र मधेसका दलहरुविचको सिक्वेन्स मिल्यो भने सरकार पनि यही सिक्वेन्स अनुसार बन्छ नै । किनकी संबैधानीक प्रवधान अनुसार तीन सय एक जसले पुर् याउंछ सरकारले त्यसैले बनाउंछ । अनी जसले तीन सय एक पुर् याउंछ राष्ट्रपति उसैको हुन्छ ।
यसैले अहिले माओवादीले खेलेको गलत गेमका कारण माओवादीले अठाएको उम्मेदवारको पक्षमा भन्दा कांग्रॆसले उठाएको डा रामवरण यादवको पक्षमा माहौल बन्दै गएको छ । भन्न सकिन्न कसले शनिवार बेलुका अविर लगाउने हो । तर दुष्य स्पष्ट भएको छ यदी माओवादीको उम्मेदवारले राष्ट्रपतिमा जितेमा अब बन्ने सरकारमा कांग्रेस एमाले रहन्नन । अनी कांग्रेस एमालेका उम्मेदवारले जितेमा त्यो सकरारमा माओवादी रहन्नन । हुने चै के हो राजनीति हो यसका लागि शनिवार बेलुका पांच वजे कुर्नु बाहेकको विकल्प छैन ।
© 2008, हाम्रो ब्लग. All rights reserved.
























sankancho said
am July 18 2008 @ 11:25 PM
K ho KP jee,
Y male lai fakayeko ho ki k ho?
Ymale le k pauchha Congress, FORUM ko umedbar lai saghayera baru Mao sanga milyo bhane rastrapati ta pauchha. UML mao ajhai milna sakchan
Bhinaju said
am July 19 2008 @ 1:45 AM
Just cross your fingers and wait till Saturday.
Krishna said
am July 19 2008 @ 2:03 AM
sarai ramro sochai kp ji ko.desh bechuwa haru lai sagaune hone UML le tara Madhav ko seat ma aru kohi vanda MAOISt sanga tada hone. Maoist lai satta ko kunai moha chaina, rastrapti nahudaima kehi honewala chaina, struggle garnu parcha, rato lai kalo vanera kati time chalcha ra,
puja_Priya said
am July 19 2008 @ 2:28 AM
It is just a hypothetical game Kp jee,I think in long run,nepal is going to be ground of dirty politics because of Maoist.
do not always think UML a filthy.JN Khanal will not be going to be GSecretary next.KP oli will run UML and make the one we wanted.
Milan said
am July 19 2008 @ 6:27 AM
Dhokebaj maobadi lai aba biswas garnu hunna. USE and THROW ko politics garne lai aba sabak sikaunu parcha.
आकार said
am July 19 2008 @ 6:39 AM
अरु भन्दा त रामवरण नै ठिक छ, के खोट छ र उनमा ????
उनी देश नटुक्य्राउने पक्षमा छन्, थाहा भएकै हो, डाक्टर उपाधी पाएका मान्छे र अरुमा कत्ति धेरै फरक हुन्छ । तर यहाँ रामराजाको कुनै भर छैन । हेरौँ के हुन्छ ?
Des said
am July 19 2008 @ 8:44 AM
Haaaa Haaaa
K P Ji maile ta socheko thiye tapaiko nispachya blog bhaner dhat ma pani k bhayeko hola.. NC ra A male aafno manchhe Prez Banaaun je pani garn tayar chhan bhaner gajable suppotive sabdamaa lekhnu bhayechh, Dhikkar chha Haami sabailaai aba kasko kuraa pattyaunu ra padhnu,
Gaddari ko kura gardaa alikatipani bichaar garnu bhayeko bhaye tapaai ko lekhan saileemaa …..
The observer said
am July 19 2008 @ 12:33 PM
There was a concern raised by above blooger some time ago: “why this blog could not be as popular as some others?”
Answer is your write up above as senseless and baseless as most others. The party with majority seats in CA deserves praise for not putting their pricniples at stake at the cost of other parties “horse-trading” mentality. You may say it is your personal opinion. But, unless your personal opinion is what majority’s, the blog will not be able to attract the readers.
Indeed, Ram Raja, has one-single and most important contribution in the process, i.e., sowing the seeds of Republicanism and he is among some others who deserves the position. Why not to support the vice- president is the one proposed by above party if she has the quality and the purpose of inclusiveness serves by doing that.
I hope, one day “Hamro blog will really become ours” if you change your attitude.
रबिन्द्र said
am July 19 2008 @ 1:18 PM
जित रामाराजाको सुनिश्चित छ । तर बामतालमेलको माला मात्र जप्ने माओवादीले यँहा आएर एमालेलाइ जुन गद्दार गरेका छन त्यो एमालेका नेताहरुले बिर्सनु हुदैन । यदी अब बन्ने सरकारमा एमाले जानु भनेको शेरबहादरको सरकारमा गएको भन्दा पनि निच काम हुनेछ । बामतालमेलको कुरा उठाउने अनि सहकार्य चाही भारतीय एजेण्टहरु सँग गर्ने । छि छि छि ………. माओवादीको फोहोरी राजनिति ………………. जति गाली गरे पनि नपुग्ने ।