अजव नेपालको गजव निर्वाचन

कांग्रेस, माओवादी दुबैको पक्षमा बहुमत नहुनु, एमालेले २ तिहाई समर्थनको पार्टीलाई मात्र साथ दिन्छु भनेर कुर्लनु र मधेसवादी दल माओवादीपक्षमा जाने सम्भावना नदेखिनुले कतै शुक्रवारको निर्वाचन परिणाम पनि बुधवारको झै हुने त हैन?

प्रधानमन्त्री बन्ने राजनीतिक मैदानमा उत्रिएका एमाले अध्यक्ष झलनाथ खनालले लक्ष अनुसारको दुई तिहाई मत ४०१ ल्याउन नसकेपछि मैदान छोडेपछि सबैको अनुमान अनुसारनै प्रधानमन्त्रीका प्रतिष्पर्धी कांग्रेस उपसभापति रामचन्द्र पौडेल र माओवादी अध्यक्ष पुष्पकमल दाहालले बहुमत ल्याउन सकेनन्। निर्वाचन प्रकृयावाट बहुमत ल्याउने दावी गरेका यि दुबै नेताले आफ्नो दलको मतबाहेक अन्य दलको न्युन मत मात्र पाए। दाहालले माओवादीको २३७ मतसंगै अन्य पांच मत मात्र पाए अनी पौडेलले पार्टीका ११० मा थप १० मत मात्र पाएपछि प्रधानमन्त्रीको पहिलो चरणको निर्वाचनमा बहुमत जुटाउन नसकेर दुबैको प्रस्ताव पराजीत भयो। दोस्रो चरणको निर्वाचन शुक्रवार तोकिएको छ। मैदानमा अब दाहाल र पौडेल मात्र छन्। तर, परिणामको अन्यौलता हटेको छैन।

कांग्रेस, माओवादी दुबैको पक्षमा बहुमत नहुनु, एमालेले २ तिहाई समर्थनको पार्टीलाई मात्र साथ दिन्छु भनेर कुर्लनु र मधेसवादी दल माओवादीपक्षमा जाने सम्भावना नदेखिनुले कतै शुक्रवारको निर्वाचन परिणाम पनि बुधवारको झै हुने त हैन? शंका कायम छ।

खनालले मैदान छोडेपछि अबको सरकारको नेतृत्व कि माओवादीकोतर्फवाट दाहालले कि कांग्रेसको तर्फवाद पौडेलले गर्ने पक्का भयो। अब जतिपटक निर्वाचन भएपनि यि दुबै नेताविच हुने हो। नयां उम्मेदवार थपिने छैनन। यि दुई उम्मेदवारका विचमा के चै हुनसक्छ त?

पौडेलको सम्भावना

पहिलो चरणको निर्वाचनमा पराजीत भएलगत्तै पौडेलले दोस्रो चरणको निर्वाचनमा आफ्ना विजय सुनिश्चित भएको दावी गर्दै संविधान सभा भवनवाट बाहिरिए। उनको विजयी हुने तर्क थियो आजको निर्वाचनमा तटस्थ बसेका २२८ भोट शुक्रवार उनले पाउनेछन्। अब बन्नसक्ने सम्भावीत समिकरण हेर्दा पौडेलको दावी सत्य हुने सम्भावना बलियो छ। नेपालको राजनीतिक समिकरण जसरी बन्छ र जसरी भत्कन्छ त्यसको प्रभाव क्षेत्रको आधारमा विष्लेशण गर्ने हो भने बुधवारको निर्वाचन परिणाम पौडेलका लागी अभयदान बन्नसक्छ।

मधेसवादी दलका लागी माओवादी नेतृत्वको सरकार स्विकार्य छैन भन्ने तथ्य बुधवारको निर्वाचन परिणामले पुष्टी गर्‍यो नै। यदी मधेसवादी दल माओवादी नेतृत्वप्रति सकारात्मकहुंदो हो त प्रधानमन्त्री पदका उम्मेदवार दाहाल बुधवारनै विजयी हुन्थे,नकि उनलाई प्रधानमन्त्री बनाउने प्रस्तावमा केवल पांच मत मात्र आउथ्यो। शुक्रवार हुने निर्वाचनमा पनि मधेसवादी दल यो या त्यो बहानामा माओवादीको पक्षमा जाने छैनन।

बुधवारको निर्वाचनमा मधेसवादीका लागी एउटा बहाना थियो २ तिहाईको सरकार गठन गर्ने। त्यही बहानामा टेकेर उनीहरु पनि एमालेसंगै तटस्थ बसे। यदी उनीहरुको मतवाट पौडेल विजयी हुन्थे भने राजनीतिक समिकरण आजको परिणाम भन्दा अलग हुनसक्थ्यो।

एमालेले …आफ्नो पार्टीको नेतृत्वमा २ तिहाईको बहुमत सहितको सरकार गठन हुन नसकेको र माओवादीले एमाले नेतृत्वको बहुमतीय सरकारको विरोध गरेकाले संविधान सभाको दोस्रो ठुलो दल कांग्रेसको नेतृत्वमा बहुमतीय सरकार गठन गर्न सहयोग गर्ने’ निर्णय गर्दै पौडेललाई प्रधानमन्त्री बनाउन सक्छ।

तर, यसमा झलनाथ खनाल समुहले पक्कै अवरोध गर्नेछन् नै। खनाल समुहले खनालको पक्षमा प्रष्ट बहुमत आउंदा २ तिहाईको समर्थनमा मात्र सरकारको नेतृत्व गर्ने भन्दै उम्मेदवारी फिर्ता लिने अहिले नै बहुमतकोलाई साथ दिने भन्दै नेपाल र ओलीको विरोध हुनसक्छ। उनीहरुले बरु माओवादीलाई समर्थन गर्नुपर्ने धारणा अगाडि ल्याउने सम्भावना छ। तर, त्यो त्यत्ति बलियो हुने देखिएको छैन। त्यसपछि नेपाललाई प्रधानमन्त्री बनाउने समय जुन समिकरणको निर्माण भएको थियो, त्यही समिकरणलाई व्युताएर पौडेललाई प्रधानमन्त्री बनाउन एमाले नेताहरु सहमत हुनसक्छन्।

दाहालको सम्भावना

मधेसवादी दलको समर्थन नपाएपनि एमालेको समर्थनमा माओवादी नेतृत्वको सरकार गठन पनि हुनसक्छ। एमालेले २ तिहाई समर्थकको सरकारको पक्षमा रहेको र एमालेले माओवादीलाई साथदिंदा त्यसको सम्भावना बलियो हुने भन्दै खनाल समुह दाहाललाई प्रधानमन्त्री बनाउनतिर लाग्नसक्छ।

तर,बुधवारको परिणामले एमालेभित्र झलनाथ खनाललाई कमजोर बनाएको छ। केपी ओली र माधवकुमार नेपाललाई बलियो बनाएको छ। ओली र नेपालको पकड एमालेमा भएसम्म दाहाललाई केको प्रधानमन्त्रीमा समर्थन गर्थे र। त्यसैले,अब एमालेको साथ माओवादीलाई हुने सम्भावना त्यत्ति देखिएको छैन।मधेसवादी दल र माओवादीविच सत्ता बांडफांड लगायतका विषयमा नयां समिकरणको निर्माण भएर शुक्रवार मधेसवादी दलको समर्थनमा दाहाल प्रधानमन्त्रीमा निर्वाचीत हुनपनि सक्छन्।

तर,प्रष्टै देखिएको तथ्य के पनि हो भने बुधवारको निर्वाचनमा मधेसका दल माओवादीको पक्षमा आउननसक्नुको एक मात्र कारण भारत हो भन्ने छिपेको छैन। भारतले ग्रिन सिग्नल नदेखाएसम्म मधेसका दलले माओवादीलाई साथ दिने लक्षण देखिएको छैन।

कांग्रेस, एमालेले राष्ट्रिय सरकार गठनका लागी अगाडि सारेका सेना समायोजन,वाईसियलको विघठन लगायतका बुंदाहरु माओवादीले पुरा गरी भारतसंग चिसिएको सम्बन्धलाई तताउन सक्ने हो भने मात्र दाहाल दोस्रो पटक प्रधानमन्त्री बन्न सक्छन्। उनको सम्भावना यसमा मात्र देखिएको छ।

शुक्रवार पनि उस्तै परिणाम

यसको सम्भावना बलियो छ। निर्वाचन परिणामलगत्तै संविधान सभा भवनवाट बाहिरिदै कामचलाउन सरकारका प्रधानमन्त्री माधवकुमार नेपालले एमालेले बहुमत हैन २ तिहाईको सरकारलाई मात्र समर्थन गर्ने दावी गरेका छन्। यदी यस्तै हुने हो भने शुक्रवारपनि दहाल र पौडेलको पक्षमा सरकार गठननै हुन्न। मधेसवादीले माओवादीलाई भोट नदिने, मधेसवादी लगायतका सबै दलले कांग्रेसलाई भोट दिए पनि एमालेविना कांग्रेसको बहुमत नपुग्ने? अनी कसरी पुग्छ ३०१? अनी कसरी बनोस नयां सरकार। यसरी नेपाल नेतृत्वको काम चलाउन सरकारले साउन महिना पनि धान्ने देखियो।

© 2010, हाम्रो ब्लग. All rights reserved.

Share This Post

4 Comments so far »

  1. SANAM said

    am July 22 2010 @ 5:07 AM

    के हो लेखक जी, तातो न छारो को अनुमान गरेको, सबै पैसा हो पैसा, जसले बढ़ी दियो उ नै हुन्छ P M ……..

  2. रबिन्द्र न्यौपाने said

    am July 22 2010 @ 11:25 AM

    अनी सर माथी लेखमा माओवादी पुष्पकमल अध्यक्ष दहाल हुनु पर्नेमा एमाले अध्यक्ष पुष्पकमल दहाल भएको छ है ।-
    (धन्यवाद गल्ती औल्याईदिनुभएकोमा। )

  3. D Pandey said

    am July 22 2010 @ 8:03 PM

    पौडेल र दाहाल बाहेक तेस्रो विकल्प हुन सक्दैन र ? नेपाल जे पनि हुन सक्ने देश । अब प्रधानमन्त्री निर्वाचन निर्देशिकामा आवश्यक संशोधन गरेर प्रमुख तिन दल मिलेर न दाहाल न पौडेल भन्दै तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीमा ल्याउनु आवश्यक देखिन्छ र यसो हुन पनि सक्दछ ।

  4. Ekalavya Sharma said

    am July 22 2010 @ 9:04 PM

    Pandeyjee,

    am with you.

    If Maoists want to go with public demand, they should choose Baburam Bhattarai as PM

    My other options without any order of preference are :

    1. Kul Bdr Gurung
    2. Bhim Bdr Tamang
    3. Suprava Ghimere
    4. Sahana Pradhan
    5. Narayanman Bijukche
    6. Chitra Bdr.K.C
    7. Ram Bdr.Thapa
    8. Pamfa Bhusal
    9. Ashok Rai

Comment RSS · TrackBack URI

Leave a comment

Name: (Required)

eMail: (Required)

Website:

Comment:

प्रतिकृया नीति

प्रतिकृया दिनु अगाडि ध्यान दिनुहोस

  • ब्लग मार्फत उठान गरिएका विषय केन्द्रित प्रतिकृया दिएर सार्थक बहसको अभ्यास गरौं ।
  • प्रतिकृया राख्दा आफ्नो वास्तविक नाम र इमेल राख्नुहोला । इमेल गोप्य रहने छ ।
  • सबैको विचारको सम्मान गर्दै प्रतिकृया खुल्ला गरिएको छ । तर, अश्लिल,असभ्य र विषय केन्द्रित नभएका प्रतिकृया हटाइने छ ।

प्रत्यक्ष अन्तर्कियानै ब्लगको शौन्दर्य हो । तर त्यसलाइ कायम राख्न रचनात्मक प्रतिकृयाले महत्वपुर्ण भुमिका खेल्छ । त्यसैले हाम्रोब्लग तपाईवाट रचनात्मक विषयकेन्द्रित र शभ्य भाषा प्रयोग गरेको प्रतिकृयाको आशा गर्दछ ।

 

Anti-Spam Protection by WP-SpamFree