माओवादी एमालेको उस्तै कथा–व्यथा
आम नागरिक र पार्टीभित्रको एक पक्तिंमाझ बाबुराम विस्तारै लोकप्रिय नेता बन्दैछन्। अर्थमन्त्रीको रुपमा उनले गरेको कामको आधारमा पनि उनलाई प्रधानमन्त्रीको रुपमा हेर्न चाहने शुभचिन्तकको संख्या बढ्दैछ। यसले पार्टीबाहिर र पार्टीभित्र बाबुराम बलियो बन्दै जाने देखिएको छ। जसको संकेत हो अहिले देखिएको विवाद र संघर्ष बढ्दै जाने। यो हिजोका विवाद र संघर्ष झै संगै नाचेर या रोएर समाधान हुने देखिएको छैन।
अन्य दल समर्थनका लागी सकारात्मकहुंदाहुंदै एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पार्टीका उपाध्यक्ष बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन राजी भएनन्। भट्टराईप्रति सकारात्मक तर पुष्पकमल दहालप्रति नकारात्मक दलहरुको संख्या धेरै रहेछन् भन्ने तथ्य त बुधवारको निर्वाचनले पनि पुष्टी गर्यो नै। माओवादीलाई मधेसवादी दलले मात्र समर्थन गरेको भए दाहाल प्रधानमन्त्री हुने रहेछन्। प्रधानमन्त्रीको उम्मेदवारी दर्ता अगाडिसम्म अन्य साना दल र मधेसवादी दलहरु बाबुरामप्रति सकारात्मक देखिएका थिए। भट्टराई उम्मेदवार भएका भए माओवादीलाई चाहिने मत पुग्ने बुधवारको मतपरिणामवाट पुष्टी नै भयो। यसवाट आफु प्रधानमन्त्री नहुने भएपछि दाहालले भट्टराईलाई पनि प्रधानमन्त्री बन्न दिएनन् भन्ने प्रष्ट देखियो नै।
एमालेको कथा पनि उस्तै नै देखियो। बहुमतीय सरकारमा जाने निर्णय सहित एमालेवाट झलनाथ खनाल प्रधानमन्त्रीका उम्मेदवार बनेका भए माओवादीले समर्थन गरी उनलाई बहुमतीय सरकारको प्रधानमन्त्री बनाउने पक्का रहेछ। सायद यही बुझेर होला माधवकुमार नेपाल र केपी ओलीले बहुमतको हैन २ तिहाई सरकारको मात्र नेतृत्व गर्ने निर्णय गराएर मुखैमा आएको प्रधानमन्त्रीपदवाट खनाललाई विमुख गराए। बहुमत भन्दा करिव ९० मत बढीको समर्थन पाउंदा पनि खनालले बाध्य भएर प्रधानमन्त्रीको मैदानै छोड्नुपर्यो। क्या विडम्बना। पदका लागी आफ्नै पार्टीभित्र भएको खेलवाट बाबुराम र खनाल दुबै पिडित बनाईए। माओवादीमा दाहालको ब्यक्तिगत स्वार्थका कारण बाबुराम पिडित बने उता एमालेमा भने अरुको स्वार्थ पुरा गर्न लाग्दा खनाल पिडित भए।
अब व्यथा मात्र हैन माओवादी र एमालेको अर्न्तसंघर्षको कथा पनि समान हुने संकेत देखिएका छन्। प्राय मौन बस्न रुचाउने बाबुरामले प्रधानमन्त्री उम्मेदवारी अगाडि नै दाहालको स्वार्थीखेल विरुद्ध घोषित रुपमा प्रतिरोध शुरु गरिसकेका थिए नै। प्रधानमन्त्रीको निर्वाचनमा पार्टीको भन्दा पांच मत बढी आउनु अनी भोलीका निर्वाचनमा पनि बहुमत आउन मुस्किल देखिएपछि बाबुराम लगायत मोहन बैद्य किरण,पोष्टबहादुर बोगटी लगायतका नेताहरुले दाहाल विरुद्ध मोर्चा कस्ने देखियो। जसले माओवादीभित्र अर्न्तसंघर्षले चरमरुप लिने पक्का छ। त्यो बेला दाहाल र उनका समर्थक बाक्यविहिन हुने पक्का छ।
आम नागरिक र पार्टीभित्रको एक पक्तिंमाझ बाबुराम विस्तारै लोकप्रिय नेता बन्दैछन्। अर्थमन्त्रीको रुपमा उनले गरेको कामको आधारमा पनि उनलाई प्रधानमन्त्रीको रुपमा हेर्न चाहने शुभचिन्तकको संख्या बढ्दैछ। यसले पार्टीबाहिर र पार्टीभित्र बाबुराम बलियो बन्दै जाने देखिएको छ। जसको संकेत हो अहिले देखिएको विवाद र संघर्ष बढ्दै जाने। यो हिजोका विवाद र संघर्ष झै संगै नाचेर या रोएर समाधान हुने देखिएको छैन।
कांग्रेस माओवादीको नेतृत्वमा सरकार जानु भनेको पार्टीले उ समक्ष आत्मसर्मपण गर्नु बराबर हो भन्ने निष्कर्ष निकालेर बसेको छ। जस कारण उ सके आफ्नै नेतृत्वमा सरकार गठन गर्न चाहन्छ नभएपनि उ माओवादीलाई सत्ताको नेतृत्व सुम्पने मनस्थितीमा देखिएको छैन।
उता, एमालेमा बहुमतीय र २ तिहाई भन्ने विवादले आखिरमा कतै पार्टी नै २ टुक्रा बनाउने त हैन भन्ने खतरा बढेर गएको छ। ओली नेपाल समुहले खनाललाई प्रधानमन्त्री बन्नवाट रोक्न २ तिहाईको च्याखे थापेको खनाल समुहले निष्कर्ष निकालीसकेको विहिवार खनालको पत्रकार सम्मेलन र उनका समर्थक नेताको बोलीवाट प्रष्ट भईसक्यो नै। अब एमालेको खनाल समुह कुनै हालतमा पनि न माओवादी न कांग्रेस कसैलाई पनि बहुमतीय सरकार गठनमा सहयोग नगर्ने मुडमा अडिग छ। जसको परिणाम सरकार बन्नै सक्दैन। ओली र नेपाल भने कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई एमालेको भोट खसाएर विजयी बनाउने दाउमा देखिएका छन्। जो खनाल समुहका लागी पाच्य हुने कुरै भएन। यो अर्न्तसंघर्ष बढ्दै गएमा पार्टी विभाजन हुने खतरा छ नै। सायद विहिवारको पत्रकार सम्मेलनमा खनालले संकेत गरेको दुर्घटना यही हो कि?
कतै यि दलहरु मिली पो हाल्छन् कि भन्ने आशा पनि देखिएन हैन अहिले त। माओवादी र एमाले खनाल समुहको परिभाषामा रामचन्द्र पौडेल भारतिय स्वार्थमा उभ्भीएका प्रधानमन्त्रीका उम्मेदवार हुन। यदी पौडेल प्रधानमन्त्री बनेमा समस्या सुल्झनुको साटो बल्झने छ र शान्ती प्रकृया, सेना समायोजन र नयां संविधान भारतको योजना अनुसारनै गर्न दवावको निर्माण हुने माओवादीको ठम्याई छ। त्यसमा थप उ भारतको रणनीतिलाई पुन एकपटक असफल प्रमाणित गर्दै भारतीय खेमा विरोधी नेतालाई प्रधानमन्त्री बनाएर भारतलाई चुक्चुकाउन प्रयत्नशिल छ। त्यसैले उ कुनैपनि हालतमा पौडेललाई प्रधानमन्त्री बन्नवाट रोक्ने प्रयासमा छ र लाग्ने छ। यसमा उसलाई एमाले खनाल समुहको समर्थन पक्का छ।
कांग्रेस माओवादीको नेतृत्वमा सरकार जानु भनेको पार्टीले उ समक्ष आत्मसर्मपण गर्नु बराबर हो भन्ने निष्कर्ष निकालेर बसेको छ। जस कारण उ सके आफ्नै नेतृत्वमा सरकार गठन गर्न चाहन्छ नभएपनि उ माओवादीलाई सत्ताको नेतृत्व सुम्पने मनस्थितीमा देखिएको छैन। एमालेको खनाल समुह कांग्रेसलाई साथ दिने पक्षमा छैन। यो खेल कायम रहेसम्म जति निर्वाचन भएपनि न कांग्रेसले बहुमत ल्याउंछ न माओवादीले। जसको परिणाम हो प्रधानमन्त्रीको चयन अनिश्चित। अनिश्चितता तोड्ने उपाय भनेको प्रष्ट रुपमा भारतीयपक्ष र माओवादीविचको मिलन हो। जो तत्काल सम्भव देखिएको छैन। त्यसैले देख्नलाई हाम्रै देशका हाम्रै पार्टीविचको लडाई झै देखिएपनि विस्तारै प्रधानमन्त्रीको निर्वाचन भारत र माओवादीको प्रतिष्ठाको लडाई बन्दै गएको देखिंदैछ। यदी यो तत्काल अन्त नभए विजेता को हुन्छ भन्न सकिन्छ। तर, राष्ट्र र नागरिकको भागमा हार नै पर्नेछ।
© 2010, हाम्रो ब्लग. All rights reserved.
























Gemmi said
am July 23 2010 @ 10:01 AM
This can be an eye-opener for those who support parliamentary system with mixed (FPTP + proportional) form of elections. Such a system will put Nepal in perennial crisis with several prime-ministers in a year. We should rather risk dictatorship with a directly elected prime minister than allow political parties to become PM ‘hatcheries’.
prkash said
am July 23 2010 @ 11:46 AM
ramro bisleshan kp ji
sagar said
am July 24 2010 @ 1:02 AM
कांग्रेस र एमालेले चाहेको बहुमतीय लोकतान्त्रिक पद्दतिको पराकाष्ठा | यस्तै गरेर देसलाई बन्दि बनाउनका लागि यिनीहरुले बहुमतीय प्रणाली को पक्षपोषण गरेका हुन् |कम्तिमा दुइतिहाइको सहमतीय पद्दति अन्तरिम संबिधानमा ब्यबस्था भैसक्दा पनि चुनावमा मावोबादी ठुलो दल देखिएपछि बिसेस कुहेको कांग्रेस र एमालेको दुष्ट र सडयांत्रकारी हठी अडानले गर्दा बहुमतीय प्रणाली स्वीकार्न मावोबादी बाध्य भएको थियो नत्र गणतन्त्र घोषणा नै नगर्ने कांग्रेसको अडान ( यहि रामचंद्रेले तत्कालिन बैठकबाट निस्केपछि पत्रकारहरुलाई सो कुरा भनेको थियो ) थियो | यस सन्दर्भमा मावोबादिले सहमतीय पद्दतिको मुल्यमा गणतन्त्र किनेका हुन् | यहि किचलोले गर्दा गणतन्त्र घोषणा गर्ने संबिधानसभाको पहिलो बैठक रातको नौ बजे पुगेको थियो| त्यसपछिका परिणामहरु तपाइँ हामि सबैलाई थाहै छ नि | देस कहा पुग्यो , जनताले के पाए र एमाले र कांग्रेसले के के गरे र अहिले पनि के गर्दै छन् | मधेशी हरुको त झन् के कुरा गर्नु र ” बाप नम्बरी बेटा दस नम्बरी” | एमाले कांग्रेसले त प्रजातन्त्र नामको कम्मल ओडेर घिउ खानु बाहेक खै के नै पो गर्लान र पन्ध्रौ बर्सदेखी यिनीहरुको चर्तिकाला देखिएको र भोगियेकै हो| यिनीहरु देस र जनता प्रति उत्तरदायी हुन्थे भने न त माओ बादी जन्मन्थे न त यसरिआफै नांगेझार नै हुन्थे | बिगत एक बर्सको अभ्यासमा त यिनीहरुले देशलाई त डुबाए डुबाए आफुलाई स्वदेसी मालिक हुनुभन्दा बिदेसी नोकर हुन नै रुचाए| हेरौ यिनीहरुले सकुनी पासाको सहारा कतिन्जेलसम्म लिदारहेछंन| घर भित्रै सकुनी र कंस भएपछी कसको के लाग्छ र ? अन्तमा , हामीहरुको सडेको दुर्गन्धित खराब बस्तुलाई हटाउनु भन्दा ढोका थुनेर होस् या नाक थुनेरभएपनि दुर्गन्ध सहने बानि मा सुधार नभएसम्म हामीले नै दुख नपाए अरु कसले पाउछ त ?
Ekalavya Sharma said
am July 24 2010 @ 1:59 AM
घर भित्रै सकुनी र कंस भएपछी कसको के लाग्छ र ?
ma ta सकुनी र कंस ko rup haru Congress ra UML ma bhanda pani dharaya Maoistma badi chan jasto lagcha.
panetro said
am July 24 2010 @ 6:58 AM
three people here can not resist if somebody says something to the wellknown nepali corrupt parties NC, UML…you know who that trio are….two of them live in the foreign soil, but they are hardcore files….