यस्तो भए कस्तो हुन्थ्यो ?

एकैवादमा विश्वास गर्ने नेताहरु एकै दलमा सहभागी हुने हो भने राष्ट्रका लागी पनि राम्रै हुने थियो। राजनीतिक प्रतिष्पर्धामा पनि निखारता आउने थियो। अस्वस्थ र विकारयुक्त चलखेल पनि कम हुने थियो।

वास्तवमा २ वटा मात्र पार्टी हुने हो भने गज्जप हुनेथियो। एउटा कम्युनिष्ट विचारधाराको अर्को प्रजातान्त्रीक विचारधाराको। यसो भयो भने आम नागरिक पनि २ कित्तामा हुन्थे। कि लेफ्ट कि डेमोक्रेट। आखिरमा जति दल भएपनि विचारधारा यहीविचका हुने हुन। कोही कोही अराजकवादका पनि पार्टी होलान् तर, अहिलेको विश्वमा मुल प्रतिष्पर्धा यि दुबैवादका विचमा देखिन्छ। अहिले नेपालमा रहेका दलहरुविचपनि विस्तारै धु्रविकरण भएर २ विचारधाराका २ दल निर्माण भए राजनीतिले असल बाटो समात्थ्यो कि?

नेपालमा विभिन्न नाम र पुच्छर झुन्ड्याएका जत्ति दल भएपनि उनीहरुको उदेश्य र लक्षको आधारमा वर्गिकरण गर्ने हो भने यही २ धारामा विभाजीत देखिन्छ। अनी प्रतिष्पर्धापनि यि दुबै दलविच हुने त हो। बांकी तेस्रो लिगंी जस्तै हुन। न यता न उताका। एकैदलका नेताहरुविच विवाद हुनुको कारणपनि यही वादकाविचमा देखिएको छ । अहिले नेपालको राजनीतिमा मुख्य प्रतिष्पर्धा नेपाली कांग्रेस र एकिकृत माओवादीकाविचमा देखिएको छ। अन्य दल यि दुई दलमध्ये कसलाई समर्थन गर्ने विषयमा विवादमा तानिएका हुन।

एमालेमा केपी ओली, माधव नेपाल समुह कांग्रेसकोपक्षमा छन्। अनी झलनाथ खनाल र बामदेव गौतम माओवादीको पक्षमा। अर्थात एक प्रजातन्त्रवादीको पक्षमा अर्को कट्टर कम्युनिष्टको पक्षमा। विचारका आधारमा भन्दा पनि यो विवाद निकटताको आधारमा भएपनि चुरोकुरो वादमै देखिन्छ। माओवादीलाई समर्थन गरे कम्युनिष्ट तानाशाहको जन्म हुन्छ भन्ने ओली समुहको धारणा हो। खनाल समुह चै माओवादीसंग मिलेर परिर्वतन गर्नुपर्छ भन्ने पक्षमा देखिएका छन्।

माओवादीभित्र बाबुराम भट्टराई र पुष्पकमल दाहालविचको विवादको मुख्य तत्व पनि राजनीतिकवादनै देखिन्छ। भलै माओवादीभित्रको कुनैपनि समुह कांग्रेसप्रति समर्थक देखिएको छैन खुल्ला रुपमा। तर,आफ्ना विचार र धारणामा हल्काफुल्का कम्युनिष्ट शब्दको प्रयोग गरेपनि माओवादीभित्र कट्टर कम्युनिष्ट पार्टी बन्ने कि समय अनुकुलका प्रजातान्त्रीक संस्कार सहितको पार्टी बनाउने भन्ने विवाद नै हो।

बाबुराम भट्टराई पार्टीभित्र युग सुहाउंदो विचारधाराको प्रतिनिधित्व गरिरहेका छन्। उनी पार्टीलाई बहुदलिय प्रतिष्पर्धाको आधारमा निर्वाचनमार्फत सत्तामा पुर्‍याएर संसद मार्फत परिर्वतन गर्नुपर्नेपक्षधर हुन। जनयुद्ध त्याग्दै सात दलको जअनान्दोलनमा सहभागी भएर शान्तीपूर्ण राजनीतिमा आउने माओवादी लाईनका सुत्रधार पनि उनी नै हुन। जुन बाटोमार्फत बन्दुकको नालवाट सत्ता पाउन सकिन्छ भन्ने माओवादी निर्वाचनमा सहभागी भएर संविधान सभाको सबैभन्दा ठुलो दल बनेको छ।

माओवादीभित्र अर्को समुहपनि छ जो विद्रोह मार्फतनै सत्ता निर्माण गरी आफु अनुकुलको शासनव्यवस्था लागु गर्नुपर्छ भन्ने मतमा विश्वास राख्छ। उनीहरु कम्युनिष्ट जडवादी सुत्रलाई आदर्श मानेर आफ्नो विपरितका राजनीतिकवादलाई प्रवेश निधेषै गर्नुपर्ने तर्कमा विश्वास समेत गर्छन। त्यसको प्रतिनिधित्व माओवादीभित्र प्रचन्डले गरिरहेको देखिन्छ। प्रचन्ड कहिलेकांही बाबुरामतिर आएझै देखिएपनि उनले माओवादीको त्यही जडसुत्रवादी समुहको प्रतिनिधित्व गर्ने गरेका छन्। कांग्रेसभित्र पनि कम्युनिष्ट विचारधारा भित्र्याउने नेताहरु छन् नै। कट्टर कम्युनिष्ट नेताझै बनिसकेका थिए नरहरी आचार्य।

त्यसैले एकैवादमा विश्वास गर्ने नेताहरु एकै दलमा सहभागी हुने हो भने राष्ट्रका लागी पनि राम्रै हुने थियो। राजनीतिक प्रतिष्पर्धामा पनि निखारता आउने थियो। अस्वस्थ र विकारयुक्त चलखेल पनि कम हुने थियो। अर्थव्यवस्था,शैक्षिकपद्धती, कृषि क्षेत्र लगायतका राष्ट्रिय चासोको विषयमा २ वादका विचमा बहस केन्द्रित हुने थियो। व्यापारीहरु पनि विभिन्न दललाई चन्दा दिने झन्झटवाट मुक्त हुने थिए। नागरिकका लागी पनि दल चयनमा सहज हुने थियो।

त्यसका लागी अहिले भएका दलहरु विभाजीत हुनुपर्छ। तेस्रोलिगीं जस्ता दलका कुरा छोडौं , राष्ट्रिय राजनीतिको केन्द्रमा रहेका कांग्रेस,एमाले, माओवादी फुट्नुपर्छ। विभाजीत भएर बादको आधारमा पार्टीको निर्माण हुनुपर्छ।

पार्टीको नाम ठुलो कुरो रहेन मुख्य कुरो वाद र विचारनै हो। यसका लागी प्रजातान्त्रीक विचारधाराहरु भएकाहरु नेपाली कांग्रेस नाम भएको पार्टीमै जानुपर्छ भन्ने छैन। प्रजातान्त्रीक विचारधारालाई अंगिकार गर्नेहरु राष्ट्रिय प्रजातान्त्रीक लिग नाम जुराएर संगठीत हुनसक्ने छन्। कम्युनिष्ट विचारधारामा विश्वास गर्नेहरु एमाले वा, माओवादी वा मालेमै जानुपर्छ भन्ने छैन। सबै मिलेर पुच्छर विनाको नेपाल कम्युनिष्ट पार्टीको निर्माण गरे भईहाल्छ।

तर के यो सम्भव होला?

© 2010, हाम्रो ब्लग. All rights reserved.

Share This Post

Leave a comment

Name: (Required)

eMail: (Required)

Website:

Comment:

प्रतिकृया नीति

प्रतिकृया दिनु अगाडि ध्यान दिनुहोस

  • ब्लग मार्फत उठान गरिएका विषय केन्द्रित प्रतिकृया दिएर सार्थक बहसको अभ्यास गरौं ।
  • प्रतिकृया राख्दा आफ्नो वास्तविक नाम र इमेल राख्नुहोला । इमेल गोप्य रहने छ ।
  • सबैको विचारको सम्मान गर्दै प्रतिकृया खुल्ला गरिएको छ । तर, अश्लिल,असभ्य र विषय केन्द्रित नभएका प्रतिकृया हटाइने छ ।

प्रत्यक्ष अन्तर्कियानै ब्लगको शौन्दर्य हो । तर त्यसलाइ कायम राख्न रचनात्मक प्रतिकृयाले महत्वपुर्ण भुमिका खेल्छ । त्यसैले हाम्रोब्लग तपाईवाट रचनात्मक विषयकेन्द्रित र शभ्य भाषा प्रयोग गरेको प्रतिकृयाको आशा गर्दछ ।

 

Anti-Spam Protection by WP-SpamFree