मतदान सकियो : रामवरण र झा बलिया

शनिवार के हुनसक्छ भन्ने पुर्वअनुमान गर्दै कुन चै राम राष्ट्रपति हुने हो भनेर गरिएको ब्लग धेरैलाइ पचेनछ । तर अहिले त पच्यो होला । आखिर कांग्रेस एमाले र फोरमको समिकरण बन्यो नै । अनी राष्ट्रपतिमा कमजोर ठानिएका डा रामवरण यादव अहिले सबैभन्दा बलिया राष्ट्रपतिका उम्मेदवार बनेका छन । वार्गेनिङ्ग पोलटिक्सको फाइदा उठाउंदै फोरमले उपराष्ट्रपति पद पड्काउने सम्भावना बलियो बन्यो नै । मदतान सकियो । मतदान सिकंदासम्मको राजनीतिक समिकरणमा केही गडबड भएको छ । नेपाल मजदुर किसान पार्टी राष्ट्रीय जनमोर्चा र राप्रपा नेपालले मतदान प्रकृयामा सहभागि नै भएनन । यसले कतै दुबै प्रतिष्पर्धिले बहुमत नल्याउने हो कि भन्ने आशंका पनि बढेको छ ।
मतदान शुरु हुनुभन्दा अगाडिसम्मको समिकरणमा तिनदलको समिकरणमा तीन सय १० मतको दावा गरिरहेका छन । उता माओवादी पक्षले सभासदहरुले विवेक प्रयोग गरेर रामराजाप्रादलाई मत दिने दावा गरिरहेका छन । यसले मतदान निक्कै कौतुहलपुर्ण बनाएको छ ।
फोरम एमाले र कांग्रेसतिर आएपनि तमलोपा र सद्भावना पार्टी रामराजाकै पक्षमा देखिएको छ । यसले पनि समिकरणलाइ कौतुहलपुर्ण बनाएको छ । चर्चा छ डा रामवरण यादवले जिते भन्ने । तर हुने चै के हो त्यसका लागि पांच वजेसम्म कुर्नुनै पर्छ ।
विहान सांढे एघार वजे आएर बल्ल बल्ल तीन दलको समिकरण बनेको हो । समिकरण बढो गज्जवको छ । हांसो लाग्यो जुन विषय राजनीतिक सहमतिको आधारमा तय हुनसक्थ्यो त्यसलाई दलहरु विभाजीत भएर मतदानमा पुगे । कांग्रेसलाइ राष्ट्रपति मधेसको उपराष्ट्रपति एमालेलाइ संविधान सभा अध्यक्ष अनी माओवादीले सरकारको नेतृत्व गर्ने प्रारम्भीक सहमतिका लागि सबै राजी भएपनि ब्यक्तिको विषयमा आएर कुरा विगि्एको थियो ।
माओवादी गिरिजाप्रसाद कोइरालाको नामै सुन्न नचाहने मधेसी दलहरु निहु खोजेको खेज्यै गर्ने अनी एमाले सधै अवसर छोप्ने । यही राजनीतक प्रबृतिका कारण राजनीतिक अन्यौलता बढायो । तर अन्तमा शान्ति स्थापनाका लागि योगदान दिने दलहरु विभाजीत भएर राष्ट्रपतिको निर्वाचनमा गए । तर सहमति भने उही पुरानै बोकेर ।

© 2008, हाम्रो ब्लग. All rights reserved.

Share This Post

3 Comments so far »

  1. Des said

    am July 19 2008 @ 3:38 PM

    Haina KP Ji

    K Ko Pachane ra napachne kuraa garnu bha, Kuro teti sojho bhaye k ko laagi tauko dukhaai hunthyo ra Rastra ko rajnitik absthaa nikai sochniya bhayeko absthaamaa tapaai jasle santulanko bhumika nakheler tapaai aafai ti dui madhaye 1 bhayer kuraa garya jasto laagyo.

    Tapaai laai kuraa bujhna gaaro bhaye jasto laagyo.

  2. Niraj said

    am July 19 2008 @ 3:38 PM

    Raja Ram Singh will be the First President of Nepal even Three other paries have joined their hand. just wait till 1700 pm.

  3. madheshi said

    am July 19 2008 @ 4:46 PM

    whoever becomes PZ,no prob. but FORUM bagged both PZ and V_PZ as madheshi.this is the politics :mrgreen:

Comment RSS · TrackBack URI

Leave a comment

Name: (Required)

eMail: (Required)

Website:

Comment:

प्रतिकृया नीति

प्रतिकृया दिनु अगाडि ध्यान दिनुहोस

  • ब्लग मार्फत उठान गरिएका विषय केन्द्रित प्रतिकृया दिएर सार्थक बहसको अभ्यास गरौं ।
  • प्रतिकृया राख्दा आफ्नो वास्तविक नाम र इमेल राख्नुहोला । इमेल गोप्य रहने छ ।
  • सबैको विचारको सम्मान गर्दै प्रतिकृया खुल्ला गरिएको छ । तर, अश्लिल,असभ्य र विषय केन्द्रित नभएका प्रतिकृया हटाइने छ ।

प्रत्यक्ष अन्तर्कियानै ब्लगको शौन्दर्य हो । तर त्यसलाइ कायम राख्न रचनात्मक प्रतिकृयाले महत्वपुर्ण भुमिका खेल्छ । त्यसैले हाम्रोब्लग तपाईवाट रचनात्मक विषयकेन्द्रित र शभ्य भाषा प्रयोग गरेको प्रतिकृयाको आशा गर्दछ ।

 

Anti-Spam Protection by WP-SpamFree