अनुमानै त हो

अपडेट : आखिरमा अनुमान सहि सावित भएको छ । मेरो अनुमानमा बांकी रहेका मतहरु रामराजातिर गएमा राष्ट्रपतिको निर्वाचन पुन हुने थियो । भयो त्यस्तै । तलको अनुमानमा २९३ पुग्छ भनेको एक मत बढेर २९४ पुग्यो । अनी उता रामराजा २८४ मत ल्याएका छन ।
कुल मतदाता-५९४
खसेको कुल मत पांच सय ७८
बहिष्कार- राप्रपा नेपाल- चार नेमकिपा-५राष्ट्रिय जनमोर्चा-४नेकपा एकिकृत-२ । जम्मा-१५
अनुपस्थित-आरजु राणा कांग्रेस
२ जनाले सपथ नै नखाएका कारण मतदानमा सहभािग हुन पाएनन ।
आजको मतदानको निर्णायक मत भनेको २ सय ९८ नै हो । पांच वजे पछि त परिणाम आइहाल्छ । अहिले अनुमान गरौ न कसको पल्ला भारी छ होला ५७८ मा ?  यसो अनुमान गरौं न । के छ र अनुमानै त हो । मिल्नपनि त सक्छ नी ।
पांच सय ७८ मध्ये रामराजाको पक्षमा २ सय २६ माओवादी,तमलोपा २१, सद्भावना ९, जनमोर्चा ८ रहेका छन । यसरी हेर्दा कुल २६४ रामराजाको पक्षमा एकमत पर्ने देखिन्छ ।
उता, डा रामवरणको पक्षमा कांग्रेस ११३,एमाले १०८ ,फोरम ५२, माले ९, जनशक्ति ३ र राप्रपा ८ गरी जम्मा २९३ एकमत देखिएको छ ।
सद्भावना आनन्दीदेवी र साना दलहरुको १० मत नै यि दुबैको विचमा निर्णायक हुने देखिन्छ । आनन्दीदेवीको एक मत रामवरणको पक्षमा जानसक्छ भने २ मत रामराजाको पक्षमा । यसरी अनुमान गर्दा रामवरण २९४ र रामराजा २६६ मत देखिएको छ । अब यसमा साना दलका १० मत नै निर्णायक हो । १० मतमध्ये चार मत मात्र पनि रामवरणको पक्षमा आएमा उनी राष्ट्रपति पक्का । तर १० मध्ये १० मत नै रामराजाको पक्षमा गएपनि उनले जित्दैनन । पुन निर्वाचन हुनेछ । तीन दलका नेताहरु आफ्नो पक्षमा तीन सय १० मत भएको दावी गर्दै आएका छन । बांकी मत कतावाट ल्याउने हो पत्तो छैन ।

मतदान गोप्य नै हो । त्यसैले २,४ मत त पक्कै यताउति भइहाल्छ नै । मत बाडिने सबैभन्दा धेरै सम्भावना रहेको फोरमको नै हो । फोरमको केही मतहरु रामराजाको पक्षमा पक्कै जानसक्छ नै । उता तमलोपा र सद्भावनाको केही मत डा रामवरणको पक्षमा पनि आउछ नै । अब माओवादीको मत चै कसैले चोर्छ या चोर्दैन भन्न सकिन्न । विहिवार बेलुका डा रामवरणसंग टेलिफोनमा कुरा हुंदा माओवादीको पांच मत त चोरिहाल्छु भन्दै थिए । यसरी उनले माओवादीतिर मिलेका तमलोपा सद्भावनामध्ये कसैवाट पांच भोट जत्ति चोर्न सकेभने त उनले बाजी जितिहाले । नत्र पुन निर्वाचन हुन्छ नै । पुन निर्वाचन भयो भने फेरी अर्को खेल नहोला भन्न सकिन्न ।

© 2008, हाम्रो ब्लग. All rights reserved.

Share This Post

1 Comment so far »

  1. mingso,midle east. said

    am July 19 2008 @ 7:31 PM

    Jasle jite pani nepali nai hun rastrapati …congratulation…to be winer of PRESIDNT.

Comment RSS · TrackBack URI

Leave a comment

Name: (Required)

eMail: (Required)

Website:

Comment:

प्रतिकृया नीति

प्रतिकृया दिनु अगाडि ध्यान दिनुहोस

  • ब्लग मार्फत उठान गरिएका विषय केन्द्रित प्रतिकृया दिएर सार्थक बहसको अभ्यास गरौं ।
  • प्रतिकृया राख्दा आफ्नो वास्तविक नाम र इमेल राख्नुहोला । इमेल गोप्य रहने छ ।
  • सबैको विचारको सम्मान गर्दै प्रतिकृया खुल्ला गरिएको छ । तर, अश्लिल,असभ्य र विषय केन्द्रित नभएका प्रतिकृया हटाइने छ ।

प्रत्यक्ष अन्तर्कियानै ब्लगको शौन्दर्य हो । तर त्यसलाइ कायम राख्न रचनात्मक प्रतिकृयाले महत्वपुर्ण भुमिका खेल्छ । त्यसैले हाम्रोब्लग तपाईवाट रचनात्मक विषयकेन्द्रित र शभ्य भाषा प्रयोग गरेको प्रतिकृयाको आशा गर्दछ ।

 

Anti-Spam Protection by WP-SpamFree