राष्ट्रपतिको पुनः निर्वाचन सोमवार
राष्ट्रपतिका दुबै उम्मेदवारले आवश्यक मत ल्याउन नसकेपछि सोमवार विहान पुन राष्ट्रपतिको निर्वाचन हुने भएको छ । सोमवार विहान आठ वजे मतदान कार्यक्रम तोकिएको छ । शनिवार बेलुका र आइतवार दिनभर अब राजनीतिक दौडधुप खुब बढ्ने भएको छ । अनौपचारिक मतपरिणाम अनुसार कांग्रेसका उम्मेदवार रामवरण यादवका लागि शनिवार पाएको मत जोगाउंदै थप चार मत बढाउने चुनौति छ भने रामराजालाइ कांध थापेको माओवादीले शनिवार पाएको मत जोगाउंदै थप १४ मत बटुल्ने चुनौति छ । के हुने हो पत्तो छैन ।
अहिलेको बेलामा बहिष्कार गरेका दलहरु चुनावमा सहभागि नहुने हो भने १४ मत बटुल्नु माओवादीका लागि सबैभन्दा ठुलो चुनौति हो । कांग्रेसका लागि चार मत पनि सहज हैन । सोमवारसम्मको समय भएकाले विदेश गएकी आरजु राणलाई सोमवारभित्रमा नेपाल बोलाएर एक भोटको जोहो गर्न सक्छन । तर तीन भोट तान्ने चुनौति छदैंछ । राष्ट्रपतिको उम्मेदवारलाइ भोट नै नहाली उपराष्ट्रपतिमा मात्र हालेको चुरे भावरलाइ मनाएर अर्को भोटको पनि जोहो गर्न सक्छ । बांकी त चोर चार नै हो ।
माओवादीले १४ भोट रामराजालाइ कतावाट खोज्ने मुल चुनौति यही हो । चोरचार गरेर १४ भोट पुग्दैन । यसका लागि मधेसी जनअधिकार फोरमभित्र नै खेल्नुपर्छ । तर फोरमको कत्ति नै भोट चोर्न सक्लान र ।
© 2008, हाम्रो ब्लग. All rights reserved.
























Prajwol said
am July 19 2008 @ 11:48 PM
अहिलेको स्तिथिलाइ हेर्दा त पहिला कांग्रेस र एमाले ले पालै पिलो सुर्यबहादुर र लोकेन्द्रबहादुर लाई बोक्दै हिंडेको जस्तै हुने भयो। हाम्रा यि नेता हरुले काम मिलाउने भन्दा काम बिगार्ने बढी गर्ने हुनाले किन चाहियो र सरकार जस्तो पनि लाग्छ, संबिधान नबने सम्म देश सचिवहरुलाई चलाऊन दिएर यि ६०१ ले यदी मिलेर संबिधान बनाउन सके बल्ल आम चुनाव गरी सत्ता सुम्पे राम्रो हुन्थ्यो । के गर्नु त्यसो गर्न मिल्दैन, फेरी सहनु पर्ने जस्तो छ अस्थिरता ।
सेरेमोनियल पद त हो राष्ट्रपती, आफ्नै पार्टी को किन बनाउनु पर्ने हो कुन्नी? के नेपालमा सबै ले सम्मान गर्ने कोही राष्ट्रिय ब्यक्तित्व नै छैन ? के ठुलो काम पो गर्नु पर्ने छ र राष्ट्रपती ले? प्रोटोकल अनुसार चल्नु पर्ने त हो नि। दलित कि मधिशे कि जनजाती कि माहिला राष्ट्रपती बनाउने भनेर दिमाग खियाउनु भन्दा को नेपाली योग्य होला भनेर सोचे राम्रो हुन्थ्यो। बरु सबै मिलेर खुरुक्क अनुराधा कोइराला (माइती नेपाल) वा सो सरहकै राष्ट्रिय – अन्तराष्ट्रिय ब्यक्तित्व लाई बनाए हुन्थ्यो । बरु नागरिक समाज एकाबद्ढ हुन सकेर एउटा ब्यक्त्तिको नाम सिफारिस गर्न सकेको भए जनताले सिधै Ultimatum दिन मिल्थ्यो ” जुन पार्टी ले यो उमेद्बबार लाई समर्थन गर्दैन, उसले कहिले हाम्रो भोट पाउंदैन भनेर” । यसो नगरि नहुने भयो। के गर्ने सोझो आउंलाले घिउ नआए आउंला बङाउनै पर्यो नि। पार्टी र नेता हरु भेंडा भए पछी उनिहरुको काम को जिम्बेबारी पनि नागरिक समाजले नै लिनु पर्ने भयो। यसरी लुछाचुंडी गर्दै जाने हो भने त १० बर्षमा पनि बन्दैन नयाँ संबिधान।
Bhinaju said
am July 20 2008 @ 12:19 AM
Prajwol,you are absolutely right.
Basanta said
am July 20 2008 @ 2:13 PM
Permanand Jha won the lottery due to the Maoist decision. Maiost has done blunder mistake supporting Ram Raja for the President. They played game with CPN-UML They doesn’t have long term political vision at all. They are very vulnerable and untrustworthy. Their JUNGALI attitude is still remaining same. It takes many more years to be civilised.
They never think about people desire and expectation. They have killed thousands of poor and needy people. Of course, they got votes better than NC & UML in the election by intimidating innocent people and casting fake votes with threats of bullet.
Remember, MAIOST comrade,,,,, ,, blasting bombs haphazardly …. Killing innocent people without mercy,,,,, making chaotic environment hiding shades of the Jungle……. is not similar to guide Nepal into the prosperity. Anyone can destroy the things within minute but it takes many years to build. Delivering speech in the Mass is quite simple but the implementation would always be tougher.
To be honest, Maoist is not eligible to handle the Government of NEPAL with their existing arrogant behaviour.
ali said
am July 20 2008 @ 4:14 PM
wtf!…another koirala.someone still thinks nepal to be handed on koiralas