सञ्चारमन्त्रीको ‘गृहयुद्ध घोषणा’

सेनामा १० हजार मधेसी भर्ना नगरे अहिलेको सरकारवाट बाहिरिने चेतावनी दिने पहिलो पक्तिमा वर्तमान सरकारका सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्तानै थिए। माओवादीभित्रको मोहन बैद्य समुह, कांग्रेस र एमालेले समेत राष्ट्रघाती भनेको चारबुँदे सहमती पालनामा प्रधानमन्त्री गम्भिर नभएको भन्दै उनै गुप्ताको नेतृत्वमा केही दिन अगाडि मधेसी मोर्चाका नेताहरु गएर बाबुराम भट्टराईलाई थर्काएका थिए। उनै गुप्ताले बुधवार आफ्नो फेसबुक एकाउन्टमा सत्ता समिकरणमा अल्भि्कए बाँकी ६ महिनामा संविधान बन्न नसक्ने र संविधान नबने मुलुक गृहयुद्धमा जाने घोषणा गरे।

यत्ति मात्रै हैन, उनले आफ्नो स्टेटसमा देश गृहयुद्धमा फसे काँग्रेस,एमाले र माओवादीलाई फरक नपर्ने तर, मधेसी दल लगायतका साना दललाई भने ठुलो नोक्सानी हुने दावी गरे। तर,त्यो क्षती के हो भन्ने चै उनले खुलाएनन्।

यिनै गुप्ता लगायतका नेताहरु हुन जो मधेसवादीको आवरणमा एक मधेस एक प्रदेशको राग अलापेर त्यसैको आडमा राजनीतिको केन्द्रमा घुमिरहेका छन्। क्षेत्रिय दल भन्दै जातिय द्धन्द्ध बढाउन उनीहरु सबैभन्दा अगाडि हुन्छन्। उनीहरु नेपाल र नेपाली भन्दा पनि खाली मधेस र मधेसी भन्दै अन्य क्षेत्रका नेपाली नागरिकविरुद्ध तराइमा आक्रोशको विजारोपणमा बढी सक्रिय छन्। यो तथ्य लुकेको विषय हैन।

सरकार बनाउने र गिराउनेमा यिनै मधेसी दलका नेताको भुमिकाले प्रमुखता पाउँदै आएको छ। माओवादी नेतृत्वको सरकार होस् कि एमालेको नेतृत्वको यि सबैमा समर्थनका लागी मालदार मन्त्रालयको वार्गेनिङमा उनीहरुनै अगाडि छन्।

उनीहरुको यि सबै चर्तिकला छरपष्टै हुँदा समेत आफुमा जत्तिको राष्ट्रभक्ती अन्य कुनै दलका नेतामा छैन झै गरेर साखुल्य बन्नुको तुक के हो बुझ्न सकिएन।

बाबुराम नेतृत्वको सरकार असफल हुने,यसले शान्ती प्रकृया र संविधान निर्माणमा बाबुराम नेतृत्वको सरकार असफल हुने भन्दै सार्वजनिक भाषण गर्दै हिड्का जेपीमा आखिर कसरी एकाएक बाबुराम नेतृत्वको सरकारप्रतिनै मोह जाग्यो त्यो भने अनौठो छ।

विर्सनु भएको छैन होला यिनै तीनै नेता हुन, जो विरुद्ध अदालतमा भ्रष्टाचारको मुद्धा विचाराधिन छ। जथाभावी मोवाईलको फ्रिक्वेन्सी बाँडेको भन्दै उनको निर्णयबारे सार्वजनिक लेखा समितिले छानवीनको दायरामा राखेको छ।

सार्वजनिक लेखा समितिले अनुसन्धान गर्दै थप फ्रिक्वेन्सी नदिन दिएको निर्देशन उलंघन गर्दै उनले मेरो मोवाइल र नेपाल टेलिकमलाई फोरजीको फि्रक्वेन्सी दिने निर्णय गरेपछी उनी शंकामा परे।

यो विषयमा लेखा समितिले आपत्ति जनाउँदै गुप्ता विरुद्ध अध्ययन शुरु गर्नु अनी त्यही बेला एक्कासी उनको बोली फेरिनु पक्कै बाघ पनि कराउनु बाख्रा पनि हराउनु झै पक्कै हैन।

त्यसमा थप मुलुक द्धन्द्धमा फसे मधेसी र साना दललाई मात्र प्रभाव पर्ने अन्य ठुला दललाई केही नहुने उनको तर्क केवल कुतर्क बाहेक केही हैन भन्ने प्रष्ट छ। हो, ठुला दल एकै थलोमा मिल्न सकेका छैनन। जस कारण गुप्ता लगाएतका सभासद्को सानो झुन्ड बोकेर हिडेका नेताले फाइदा लुट्न पाईरहेका छन्।

तर, मुलुकलाई संकटवाट पार लगाउने यिनै प्रमुख दल हुन। न कि जातिय रुपमा विद्वेश फैलाउँदै हिडेका क्षेत्रिय दलहरु। त्यसैले गुप्ताले मुलुक द्धन्द्धमा फस्ने भयो भनेर आँसु चुहाउनु नाटक बाहेक अरु केही हैन।

प्रतिकृया लेख्नुहोस्

(अनिवार्य)

अभिलेख

ताजा ब्लगहरू

मेरो सिफारिस

ताजा प्रतिकृयाहरू

सर्वाधिकार हाम्रो ब्लग डट कममा सुरक्षित
eXTReMe Tracker