ड्याडु ठिक छ ?

आमाले सिकाइन आयो हैन आउनुभयो भन्नुपर्छ । तर उनी उर्फिरहेकी थिइन् आफ्नै सुरमा । म  बसेपछी नजिकै आएर लपक्क टासिइन् । त्यसै त्यसै मेरा आँखा रसाए । यो माया भन्ने चिज पनि कस्तो यो भावना भन्ने चिज पनि कस्तो । अचम्मै लाग्छ । 

………………………………………………….

समाचार संकलनका लागी प्रहरी प्रधान कार्यालय पुगेको थिए । डिआइजी विनोद िसंहसँग कुराकानीहुँदाहुँदै मोवाईल भाइब्रेट भयो । यसो नम्बर हेरेको सावीको थियो । उनी माइतमा थिइन २ सातादेखी परिक्षाका लागी । मैले उठाईन ।

६ वजेतिर मोवाइलको स्क्रिनमा मिस भएको कल देखियो । हेरे उनैको रहेछ । चिया खाँदै थिए । अफिसमा छिरेर कल गर्छु भन्दै फोन गरिन ।

नक्कली असर्फी देखाएर ठगी गरेकोपाकिस्तानको कराँचीवाट काठमाडौं आएका एक पाकिस्तानी नक्कली डलर सहित समातिएका समाचारबारे जानकारी संकलन गर्नै बाँकी थियो । त्यसमा थप आफु दिनभर हिडेको सामागि्र त थियो नै । सरासर समाचार लेख्न शुरु गरे ।
ला फोन गर्छु भनेको त विसर्िएछु । घडी हेरेको नौ पो वजेछ । ल आज हल्का गाली खाइने भइयो ।

कुनै महत्वपूर्ण काम पो थियो कि ? अब गरेर के काम छोरी सुतीसकि उनले भनिन् । बर्बाद छोरीले कुरा गर्न खोजेकी रहिछिन् । अब भोली पनि रिसाएर बोल्दीनन् पक्कै ।

२ साताको विचमा प्रत्येक दि न २ देखी पाँच पटकसम्म ड्याडु भन्ने आवाज सुन्छु मोवाइलमा । मोवाइल स्क्रिनमा सावीको नम्बरवाट कल आए लगत्तै आँखामा दृष्य नाच्छ नजिकै उभिएकी छोरीको । उता साविसंग बोल्दा बोल्दै छोरीले पक्कै मोवाइल तान्छे अनी भन्छे- ड्याडु ठिक छ । मलाई ठिक छ अनी छोरीलाई नी ?
तोते बोलीमा उत्तर फर्किन्छ -मलाई पनि ठिक छ ।
अनी संवाद शुरु हुन्छ बाउ छोरीको ।

लामै जान्छ संवाद । संवादकाक्रममा विचमा सहयोगी चाहिन्छ मलाई उल्थाका लागी । उता सावि हुन्थे उल्थाका लागि तयार । २२ महिनाकी छोरीले उच्चारण गर्ने अधिकांश संवाद म बुझ्दिन । खै सावि कसरी पत्ता लगाउँछिन । म छक्क पर्छु । सायद आमा भनेको यही होला ।
……………………
उसको मुड ठिक हुँदा म उसको ड्याडु । रिस उठेको बेला पि ड्याड । ड्याडडुडु बाबा २ वर्ष नपुग्दै उसले मेरो धेरै नाम जुराइ सकेकी छिन् ।

घरमा संगैहुँदा त्यत्ति कुराकानी हुन्न । म मध्यरात जाँदा छोरी भुसुभुसु । विहान छोरी उठ्दा म भुसुभुसु । उ हजुरबा हजुरआमातिर लागेपछी मलाई वास्तै गर्ने हैन । तर सावी भनिरहेकी थिइन मामा घर गएपछी सधै मलाई सोध्छे रे छोरी । मध्यरात घर आएर कहिलेकाँही उठाइदिन्थे म । आँखा मिच्दै उठेर म संगै भान्छातिर दौडदै सोध्थिन् ड्याडु माम पकाउन लागेको हो म पनि मामा खाने है । तर उठेपछी सुताउनै हम्मे । म त यसो उसो सुतिहाल्थे आपत पथ्र्यो आमाचैलाई । त्यसको रिस भोलीपल्ट मैले खेप्नु पथ्र्यो ।
………………।
परिक्षा चलिरहेकाले सावी कलंकीमा रहेको माइती गएपछी छोरी र मेरो संवादकोक्रम बढेको छ । साबी भन्दै थिइन् मध्यरातमा उठेर सोध्छिन् रे ड्याडु खोइ भनेर । अफिस गएको छ भन्दा मान्दै नमान्ने । अनी मोवाइलमा फोटो देखाएपछी मक्ख पर्दै सुत्छिन् रे ।

छोरी धेरै न्यास्री भनेपछी शुक्रवार ससुराली गएको थिए । म जाँदा छतमा थिइन छोरी । म पुगे लगत्तै नाच्न थालिन् -ड्याडु आयो ड्याडु आयो ।

आमाले सिकाइन आयो हैन आउनु भयो भन्नुपर्छ । तर उनी उर्फिरहेकी थिइन् आफ्नै सुरमा । म  बसेपछी नजिकै आएर लपक्क टासिइन् । त्यसै त्यसै मेरा आँखा रसाए । यो माया भन्ने चिज पनि कस्तो यो भावना भन्ने चिज पनि कस्तो । अचम्मै लाग्छ ।

मलाई थाहा छ । छोरी न्यास्रीएकी छिन ड्याडुको अनुहार हेर्न । हो म पनि न्यासि्रएको छु । तर म न्यासि्रएको उसकी आमाले पत्यादिनन् । उसका लागी म निष्ठुरीको कोटीमा छु । तर छोरी पत्याछिन् पक्कै उसको ड्याडु पनि न्यास्रीन्छन् । तर कामको चापले मात्र हो न्यास्रो मेट्न नपाएको ।

त्यसैले बुधवार पक्कै पुग्नेछु कलंकी । छोरीलाई सरप्राइज दिन । अनी आफ्नो न्यास्रो मेट्न ।

5 responses to "ड्याडु ठिक छ ?"

  1. Preetam khadka says:

    ys touching and seems real.

  2. prakasD says:

    बडा मज्जा लाग्यो पढ्दा ….. कता कता मेरो आफ्नै कथा जस्तो ……………… / तपाइ त त्यहि केटीएम मा हुनुहुन्छ फुर्सद निकालेर भेट्न सक्नु हुनेछ तर म सात समुन्द्र पारि…. ब्लग हेरेर मलाइ पो झन न्यास्रो लाग्यो त छोरिको सम्झनामा …./

  3. prakash dhungana says:

    padda ramro laggooo dadaaaa

  4. Eklavaya Sharma says:

    chori thuli bhichin / “उ हजुरबा हजुरआमातिर लागेपछी मलाई वास्तै गर्ने हैन । तर सावी भनिरहेकी थिइन मामा घर गएपछी सधै मलाई सोध्छे रे छोरी”/ mera chora chori pani yesto garthe tapiko choriko umerma / yenlie afno babu-ama ko ramro thyal huncha yo umerma jasto lagcha / Happy New Year 2012 .

  5. padambahadur says:

    ओ हो…मेरी छोरी कत्ती ठुली भई सक्या रै छ ! अंकललाई चिनने हो की होइन ! Lovely!

प्रतिकृया लेख्नुहोस्

(अनिवार्य)

अभिलेख

ताजा ब्लगहरू

मेरो सिफारिस

ताजा प्रतिकृयाहरू

सर्वाधिकार हाम्रो ब्लग डट कममा सुरक्षित
eXTReMe Tracker