सुनसान बबरमहल

वकिल,झगडिया, अदालतमा कुरो मिलाउने, नेपाल आयल निगम र सडक विभागका कर्मचारीको सधै भिड हुने गर्‍थ्यो यही सडकमा। बबरमहलवाट सिंहदरवार निस्कन सटकट बाटो यही भएकाले पैदलयात्रुको चाप पनि उस्तै हुन्थ्यो। सडक किनारमा जीविकोपार्जन गर्न चियाका दोधानधारी पनि उस्तै हुन्थे। यो सडक मंगलवार भने सुनसान थियो। फाट्टफुट्ट पैदलयात्रु अनी सवारीसाधनको आवागमन भइरहेपनी सबको मनमा त्रास थियो, कतै पड्किने पो हो की? किनकी हिजो त्यही सडकको मध्यभागमा पड्केको बमले तीन जनाको जीवन समाप्त पारेको थियो ।

सरकारी कार्यालयको बाक्लो उपस्थिती रहेको, मुलुकको प्रशासन संयन्त्रको मुख्य केन्द्र सिंहदरवारवाट मुस्किलले तीस मिटर पर बम पड्काउँदा चाल नपाउने प्रहरी मंगलवार भने सडकैभरी छरिएका थिए। पैदल हिड्ने यात्रुको झोलामा बम नै भएझै गरी खोतलखातल पारिरहेका थिए। सर्वसाधारण चै प्रहरीको नाटक भन्दै व्यंग्य गर्दै थिए ।

घटनास्थल हेर्ने जिज्ञासुहरुलाई के हेरेको भन्दै हप्काइरहेका प्रहरी आफैं भने घटनास्थलमा घोरिइरहेका थिए। कसरी पड्काएछ है, रगतको टाटा पनि रहेछ भन्दै कानेखुसी गर्दै थिए उनीहरु। तर फेरी कुनै जिज्ञासु नजिकै गएर घटनास्थलको अवलोकन गर्‍यो भने झम्टीहाल्थे उनीहरु। उदेक लाग्यो उनीहरुको त्यो ब्यबहार ।

अन्तमा, के के न गरेको झै देखाउन उनीहरुले त्यो सडक हिड्नै दिएनन्। सरकारी गाडि र सरकारी कर्मचारीका लागीमात्र खुल्ला भयो बाटो। दक्षिणमा बबरमहल अनी उत्तरमा जिल्ला अदालत काठमाडौंको नजिकै रहेको दुबैतिरको ढोका लगाइदिए उनीहरुले। विहान १० वजेदेखी १ वजेसम्म प्रहरीको रमिता हेर्दा लाग्यो कमसेकम मंगलवार यत्रो रमिता देखाउनुको साटो सोमवार अली सचेत भएको भए अनाहकमा तीन जनाको ज्यान जानेपो थिएनकी।

1 response to "सुनसान बबरमहल"

  1. bijay says:

    100% Agreed.

    Sadharan janata lai hapkaune, tharkaune bahek prahari ho aaru kaam chaina. Ghatana hunu bhanda agadi kahile pani kehi garna sakeko haina,,khali sabai kura bigrisakepachi chahi k k na gareko jasto garera batoma aarulai tarsayo,,johla check garyo,,tyai ho..

प्रतिकृया लेख्नुहोस्

(अनिवार्य)

अभिलेख

ताजा ब्लगहरू

मेरो सिफारिस

ताजा प्रतिकृयाहरू

सर्वाधिकार हाम्रो ब्लग डट कममा सुरक्षित
eXTReMe Tracker