तराई फेरी जांकिदैछ िहंशामा

स्वतन्त्र तराईको राजनीतिक मागका साथ हतियारको बलमा अपाराधिक काम गर्दै आएका तराईका विभिन्न आपराधिक समुहहरु लामो समय मौन बसेपछि अब उनीहरु समाप्त भए भन्ने चर्चा चलेको थियो । कोसीमा आएको बाढिको कहरमा उनीहरु सबै बगे भन्ने जस्ता टिप्पणिहरु पनि नसुनिएको हैन । हुनपनि यो विचमा ज्वाला िसंह र जयकृष्ण गोइतका नाममा विज्ञप्तीहरु आएनन । तराईमा अपहरण र हत्याको श्रृंखला न्युन बनिसकेको थियो । त्यही विचमा सरकारको नेतृत्व परिर्वतनसंगै गृहमन्त्री बनेका बामदेव गौतमले अब सबै आपराधिक समुहलाई तह लगाउने घोषणा गरे । त्यसको पनि कुनै प्रतिकृया नआएपछि लौ अब सबै सकिएछन तराइका विद्रोही भन्ने शन्देस गएको थियो । तरहैन रहेछ । उनीहरुको मौनता त आधि आउनु अगाडिको सुन्यता समान रहेछ । उनीहरु तराईलाइ पुन आतंकको घेरामा पार्न भारतको विहारमा संयुक्त योजना निर्माणमा पो सकि्रय रहेका छन ।
तराईमा रहेका करिव १४ वटा विद्रोही समुहहरु अहिले भारतको विहारमा संयुक्त बैठक बसेर संयुक्त मोर्चा र संयुक्त कार्यक्रम निर्माणका लागि छलफलमा जुटेको समाचार प्रकाशमा आएको छ । बैठकमा १४ वटै भुमिगत सशस्त्र समुहका नेताहरुको सहभागिता रहेको छ । बैठकस्थल विहारको कटिहारीमा बैठक बसिरहेको शनिवार नै सार्वजनिक भएको हो । तर उनीहरुलाई पक्राउ गर्न न नेपालवाट कुनै प्रयास भएको छ न भारतवाट नै ।
बैठकमा जनतान्त्रिक तराई मुक्तिमोर्चा ज्वालािसंह जनतान्त्रिक मुक्तिमोचा रणवीर मधेसी टाइर्गस तराई मधेस मुक्ति टाइगस्र तराई कोब्रा तराई लिबे्रसन फोस्र मधेसी भाइरस्र किलस्र जयकृष्ण गोइतको अखिल तराई मुक्तिमोर्चालगायत १४ भूमिगत संगठनका नेताको सहभागिता छ ।
उनीहरुको छलफलको विषय कार्यगत एकता रहेको छ । सबै समुह मिलेर एक मोर्चाको गठन गर्ने र संयुक्त रुपमा सशस्त्र आन्दोलन अगाडि बढाउने उनीहरुको छलफलको प्रमुख विषय हुन । तराईमा ब्यक्तिपिच्छेका विद्रोही संगठन छन । उनीहरुको संगठन बलियो छैन भन्ने तर्कहरु सुनिएका हुन । तर यि १४ वटै संगठन एकिकृत भए भने त संगठन र प्रभाव दुबै पक्कै बढ्छ नै । शुक्रबारबाट सुरु भएको बैठकमा सहभागीहरुले कार्यगत एकताका आधारमा अब सरकार केन्द्रित मोर्चाबन्दी गर्ने मुख्य रणनीति रहेको छ ।
गृहमन्त्री वामदेव गौतमले भूमिगत संगठनलाई वार्तामा आउन आह्वान गरी वार्तामा नआएमा पेलेर अघि बढ्ने बताइसकेका छन । सो विषयमा समेत बैठकमा छलफल भएको समाचारहरुमा उल्लेख छ । तर उनीहरुले त्यसलाई सकारात्मक रुपमा लिएका छन या नकारात्मक रुपमा त्यो भने सार्वजनिक हुन सकेको छैन ।
सानोतिनो समुहमा विभाजीत भएको अवस्थामा त सरकारका लागि उनीहरुको काम टाउको दुखाइको विषय बनेको थियो । पहाडे केन्द्रित आन्दोलनका कारण तराइमा बसोबास गर्ने गैर मधेसीमुलका ब्यक्तिहरु मात्र हैन सरकारी कर्मचारीहरु समेत तराइवाट विस्थापीत भएका थिए । त्यसैले सबै संगठन मोर्चाबद्ध रुपमा सरकार विरुद्ध उत्रिए भने त्यसको परिणाम भयानक हुनसक्ने सहजै अनुमान लगाउन सकिन्छ नै । यि सबै सशस्त्र समुहहरुले नक्कल गरेको मुक्तिको नारा माओवादीको नै हो । अहिले त्यही दल सरकारमा छ । चासो यो छ कि अब माओवादी वार्ताको बाटोमा जान्छ कि उनीहरुलाई दवाउनतिर लाग्छ त्यो उनीहरुको भोलिको ब्यबहारवाट प्रष्ट हुन्छ नै ।
© 2008, हाम्रो ब्लग. All rights reserved.
























Chandra Yadav said
am October 1 2008 @ 6:05 PM
Look at these terroriests. Nepal government must use force to wipe them off; they possess an old Mark 2 – 3 guns and some chinese pistols to threaten peoples. Government must mobalize armed forces to kill them. We need peace in the country not such cowards terroriest.