अहिले फेरी सञ्चारमाध्यमहरु देशलाई कुन दलले कतिवटा टुक्रा बनाउन चाहिरहेका छन् भन्ने समाचारले भरिन थालेका छन्। संघियताको आवरणमा आएको यो टुक्र्याउने प्रतिष्पर्धामा सब एकसे एक प्रतिष्पर्धी निस्किइरहेका छन्। माओवादी १० टुक्रा बनाउने अडानमा छ। कांग्रेस सात टुक्रा बनाउन लविङमा सक्रिय छ। एमाले आफ्नो पार्टीगत चरित्रझै सातदेखीमाथीको संख्यामा टुक्राउनुपर्नेपक्षमा देखिएको छ।
संघियताको मागसंगै यसको पक्ष/विपक्षमा मतहरु आइरहेका छन्नै। आफुलाई भुमिपुत्र भएको दावी गर्नेहरु देश टुक्राउनेपक्षमा सबैभन्दा बढी सक्रिय छन्। जातिय संघको माथगलाई एनजिओकर्मीका साथै जनजातीको ट्याग बोकेका सभासद्हरु पनि सक्रिय छन्। उनीहरु जातको आधारमै संघ चाहियो भनिरहेका छन। अझ जातिय रुपमा संघको माग गरिरहेका छन्। मौन बसेका अन्य जातिहरु पनि उनीहरुको सिको गर्दै आफ्नो जातको राज्यको माग गरिरहेका छन्।
जातिय रुपमा राज्य टुक्राउने घातक मागलाई मलजल गर्ने माओवादीले जातिय आधारमा संघको निर्माणको मागमा केही सुस्त देखिएपनी त्यागनै गरिसकेको छैन। उ मौका अनुसार मागमा अडिग हुने कि लचिलो हुने भन्ने रणनीतिमा लागेको देखिन्छ। कांग्रेसले भने जातिय आधारमा भन्दा पनि पहिचान र सामर्थ्यको आधारमा संघको निर्माण गर्नुपर्ने माग राखिरहेको छ।
उता सुदुरपश्चिमलाई विभाजीत गरेर संघ बनाउने प्रयाससँगै सुदुरपश्चिमका सबै नेताहरु एक ठाउँमा उभिएर अखन्ड सुदुरपश्चिमको माग गरिरहेका छन्। चीतवन जिल्लालाई टुक्राएर विभिन्न संघमा गाभ्ने प्रस्ताव चीतवनवासीलाई पनि मन परेको छैन। उनीहरु पनि अखन्ड चीतवनकोपक्षमा छन्। चीतवन टुक्राउनु हुन्न रे।
विडम्बना,
अखन्ड नेपालको पक्षमा भने मौन छन् उनीहरु।
अहिलेको शासकिय स्वरुपले भिन्न–भिन्न जातिहरुको सिंगो पहिचान पाउन नसकेकाले सबै जातिको आत्मस्वाभिमानका लागी संघात्मक शासन व्यवस्थाको वकालत गर्दा अहिले मुलुक यो भुमरीमा फस्न पुगेको यर्थाथ कतैवाट लुकेको छैन।
केन्द्रिकृत शासन प्रणालीमा सबैले समान हक अधिकार नपाएको र केन्द्रसँग सबको समान पहुँच बन्न नसकेकाले संघको अवधारणामा राज्यलाई लैजानुपर्ने तर्क गरिरहेका छन् संघका पक्षधर। संघका विपक्षधारीहरु यसले राज्यलाई कमजोर बनाउने तर्क गरिरहेका छन्।
अहिलेकै वातावरण हेर्ने हो भने संघिय संरचनामा गएपनी नगएपनी दुबै अवस्थामा तिब्र विरोध हुने पक्का छ। अहिलेको अवस्थामा संघमा नजाँदा भन्दा जाँदा थप बढी जोखिम देखिन्छ। यस्तो अवस्थामा संघको पक्ष/विपक्षमा रहेका दुबै विरोधमा उत्रिने पक्का छ।
त्यसैले अहिलेको अवस्थामा दलहरु संघ निर्माणको बहसमा बढी केन्द्रित झै देखिएर भावी संघको संख्यामा सहमत भएपनी संघको नाम र सिमाङकन भने पछी गर्नेगरी संविधान बन्ने सम्भावना बढी देखिन्छ।
त्यसैले अखन्ड सुदुरपश्चिम वा अखन्ड चीतवनको साटो अखन्ड नेपालको पक्षमा आवाज बुलन्द गर्नु राष्ट्रहितको पक्षमा होल।
सबैले भन्नैपर्ने बेला आएको छ, हामीलाई टुक्रा टुक्रा देश हैन, अखन्ड नेपालनै चाहिन्छ।

फेसबुक, टि्वटरजस्ता सामाजिक सञ्जालमा अर्काको तस्बिर बिगारेर राख्ने गर्नुभएको छ भने अब कारबाहीमा पर्नुहोला। यस्ता कारबाही नियन्त्रण गर्न प्रहरीले विद्युतीय कारोबार ऐनलाई कडाइ साथ कार्यान्वयन गर्ने भएको छ। सूचना प्रविधिको दुरुपयोग गर्दै व्यक्तिको मानहानी–चरित्रहत्या हुने गरी तस्बिर बिगार्ने, अर्र्कैको तस्बिरका विभिन्न अंगहरू जोडेर प्रकाशित सामग्रीलाई आधार बनाएर त्यस्ता काममा संलग्न व्यक्तिलाई प्रहरी प्रधान कार्यालयले कारबाही [...]
सबैले भन्नैपर्ने बेला आएको छ, हामीलाई टुक्रा टुक्रा देश हैन, अखन्ड नेपालनै चाहिन्छ।