
दिउँस १२ वजे बन्दको समाचार संकलनका लागी मोटरसाइकल चुच्चेपाटी चोकमा निकालेको मात्रै थिए, एक प्रहरी अगाडि आएर रोके। प्रेस लेखिएको कागज मोटरसाइकलको दुबैतिर टाँसेको थिए। त्यो देखाउँदै भने…समाचार संकलनमा हिडेको हुँ।’ उनले मतिर हेर्दै भने…तर, आज पत्रकार भनेर पनि छाड्दैनन्, धेरै सवारीसाधन फुटाइसकेका छन्। त्यसमा पनि तपाईको नाक त चुच्चो छ,पक्कै छाड्दैनन।’ बाइक मोडेर घरतिर गए, थन्काए, र लागे बाटो नाप्न। तर, मनमा त्यो प्रहरीले अली बढीनै भनेको हो झै लाग्यो। लाग्यो मेरो नाकको उचाई त्यसको बहाना मात्रै हो।
चावहिल चोकमा पुग्दा थाहा भयो त्यहाँ जातिय समुहमध्ये लामाहरुलाई खटाएको रहेछ बन्दका आव्हानकर्ताहरुले। उनीहरु चर्का नारावाजी गरिरहेका थिए। कानमा शब्द पर्यो। हैन……के नारा लगाइरहेका छन् यिनीहरु?
केही नजिक पुगेपछी नारा केही प्रष्ट भयो। छक्क परे। अली असुरक्षितझै पनि लाग्यो। सडकमा उभिएका सबै नेपालीनै थिए। तर, उनीहरुले उरालीरहेका नाराले उनीहरुवाट आफुलाई असुरक्षित महसुस गर्न म बाध्य भए।
वाल्ल परे। १२ वर्षिय पत्रकारीताको यात्रामा धेरै बन्द झेलियो। माओवादीको बन्दुक र अनी राज्यको बन्दुककै घेराको विचमा बसेर पत्रकारीता गर्दाको समयमा पनि त्यस्तो महसुस भएको थिएन। तर, आफ्नै मुलुकभित्र, आफ्नै समुदायका ब्यक्तिको आक्रोशमा पोखिएका शब्दहरुले झस्कायो मलाई। नराम्ररी।
चुच्चेपाटीदेखी सुन्धारासम्मको सडक नाप्नेक्रममा सडकमा देखिने दृष्य उदेक लाग्दो थियो। साच्चिकै उदेकलाग्दा दृष्यहरु। छक्क पार्ने शब्दहरु। पत्याउनै गार्हो, म नेपालमै छु भनेर।
के यत्ति चाँडै एक नेपालीले अर्को नेपालीलाई हेर्ने दृष्टीकोण यसरी बदलिन सक्छ र? हिजो मिलेर सँगै बसेका एक जातीको मनमा रातारात यत्रो विष भरिन सक्छ र? प्रश्नै प्रश्न मनमा। तर उत्तर आइरहेको थिएन।
काठमाडौंको महाँकालको नेवार बस्तीमा बाल्यकाल विताए, पशुपतिमा नेवार साथीहरुको माझमा आत्मियताकासाथ माध्यामिक शिक्षा पुरा गर्ने। साथीभाईको सूचीमा राई, लामा, तामाङ, नेपाली,विश्वकर्मा,देउवा, सप्पै छन्। सबैकोमाझमा सुरक्षित महसुस हुन्थ्यो। तर, आज………………..? के साच्चिकै नेपाली फेरिएकै हुन् त?
हैन कतै व्यवस्था व्यवस्था भन्दाभन्दै नेपालीको मनपनि फेरियो कि क्या हो? नेताले हामीलाई हिडाउन जुन बाटो बनाइरहेका छन्, त्यो भिरमा गएर टुंगिन्छ। त्यसको टुंगिने निश्चित विन्दु दुघर्टना मात्रै हो। न त्यसले विकास ल्याउँछ, न व्यक्तिगत पहिचान। ब्यक्तिकै पहिचान नल्याउने बाटोले समुदाय र जातिको पहिचान ल्याउने के कल्पना गर्नु?
सत्य यही हो। अनी यो सत्यबोध नभएको पनि हैन।
तरपनि केले लट्ठ्याइरहेको छ हामीलाई? किन हामी त्यो दुघर्टनाको बाटोमा दौडिरहेका छौं? के हाम्रो विवेकलेनै हामीलाई त्यत्तै जान आदेश दिएको हो त? कि कसैको जाल हो?
खै कसले खुट्टयाउने?
खै कसले ल्याउने होला होसमा? कसले च्यात्ते त्यो भ्रमको जालो?
केवल प्रश्नै मात्र आइरहेको छ मनमा। उत्तरको नामोनिसान छैन।
फेसबुक, टि्वटरजस्ता सामाजिक सञ्जालमा अर्काको तस्बिर बिगारेर राख्ने गर्नुभएको छ भने अब कारबाहीमा पर्नुहोला। यस्ता कारबाही नियन्त्रण गर्न प्रहरीले विद्युतीय कारोबार ऐनलाई कडाइ साथ कार्यान्वयन गर्ने भएको छ। सूचना प्रविधिको दुरुपयोग गर्दै व्यक्तिको मानहानी–चरित्रहत्या हुने गरी तस्बिर बिगार्ने, अर्र्कैको तस्बिरका विभिन्न अंगहरू जोडेर प्रकाशित सामग्रीलाई आधार बनाएर त्यस्ता काममा संलग्न व्यक्तिलाई प्रहरी प्रधान कार्यालयले कारबाही [...]
Desh bhadkhalo maa jakne kaam garirachhan Prachanda ra uska bharaute haru le INGO ko paiso maa..Jaati yeta ko nara lagayera sojha sajha janta ko bicha maa fato lyayera..
This is how holy Hindu scripture discriminated hindu Women and others. This is where discrimination started.
Please read all- one by one.
http://jaisudhir.blogspot.com/2011/07/blog-post_17.html