ज्ञानेन्द्र अकस्मात भक्तपुरमा

गणतन्त्र स्थापनापछि पूर्व राजा ज्ञानेन्द्र शाह नागरिकको रुपमा पहिलोपटक सार्वजनिक स्थलमा देखिए । उनी सर्वसाधारण नागरिकको रुपमा भक्तपुरमा रहेको श्यामाश्यामा धाममा आफैं गाडि चलाएर पुगेका थिए । धाममा पुगेर उनले भारतीय धर्मगुरु कृपालुजी महाराजसँग भेटवार्ता गरे । उनी भक्तपुर आएको चाल पाएपछि संचारकर्मीहरुको भिड लागेको थियो धाममा । तर उनले धेरै बोलेनन । धेरैले आशा गरेका थिए कतै राजनीतिक कुरा पनि गरिहाल्छन कि भन्ने । तर अहं गरेनन । उनले विजयदशमीको अवसरमा सबै राष्ट्रवादी नेपालीलाई शुभकामना दिए अनी शान्तिको कामना गरे ।
सेतो कमिज सुरुवाल र खैरो ज्वारीकोटका साथ टिलीक्क टल्कने पहेलो मोतिको लामो मालाका साथ देखा परेका ज्ञानेन्द्र निक्कै प्रफुल्ल देखिएका थिए । मलिन अनुहारका साथ नारायणहिटीवाट बाहिरिएर नागार्जुनतिर हान्नीका उनी बढो प्रशन्न मुद्रामा साचारकर्मीहरुसित बोलेका थिए ।
उनको मुहारको भाव हेर्दा नेपालमा गणतन्त्र स्थापना भएकोमा उनी प्रशन्ननै रहेको देखियो । तर त्यो भाव नक्कली हो या सक्कली त्यो त उनी नै जानुन ।

ज्ञानेन्द्र श्यामा-श्याम धाम पुगेपछि मात्रै सुरक्षाकर्मी पुगेका थिए । उनले त्यहाँ महादेव शालिग्राम र राधाकृष्णको पूजा गरे ।
अहिले ज्ञानेन्द्र श्रीमति कोमलका साथ नागार्जुनमा बस्दै आएका छन । उनले दशैको सबै तयारी नागार्जुनमै गरेका छन । अहिले उनका छोरा पारसर शाह िसंगापुरमा छन । बुहारी भने महाराजगंजमा रहेको निवासमा बस्दै आएकी छिन ।
तस्विर : रासस
© 2008, हाम्रो ब्लग. All rights reserved.
























sheetal said
am October 2 2008 @ 11:08 PM
चो र् माओवादी लाई भोट् दिएर ठुलो गल्ती गरेको महसुश हुँदैछ। राज्संस्था फ्यक्न को लागि धेरै आन्दोलन मा लहलहै मा लागियो। आज बीदेश अैसके पछी थाहा पाइयो कि नेपाल को लागि राज्संस्था को महत्वो। बीना राज्संस्था नेपाल जरुर तुक्रिन्छ। हाम्रो ईन्द्र जात्रा को सहयोग काट्ने हरुले हाम्राइ पैसा मा सपरिवार बीदेश घुम्दै मोज मस्ती गर्दैछ । अब त आँफैलाई धिक्कर्दै छु माओवादी हरुलाई भोट् दिएर आएकोमा।
Kamal said
am October 3 2008 @ 5:14 AM
Gyandera is better than this Prachanda. You know the resason He should not be the prime minister.
रमेस said
am October 3 2008 @ 6:15 PM
भुपु राजा हुन तर चर्चा बर्तमान राजा जस्तो भएको छ। दशैलाइ दर्शन गर्न निक्लेका हुन या जनता दर्शन गर्न निक्लेका हुन,समयले नै बताउला।
Arjun Bhandari said
am October 4 2008 @ 6:42 PM
bhu pu raja gyanendra lai kasari contact garne hola.
Mrigendra said
am November 24 2009 @ 8:24 PM
Sambidhan banaunako lagi jhagada garnai parchha ra?
Britainma sambidhan nabhayera ra Americama 200 yrs.purano sambidhanle pani kaam chalekai chha. Nepalma 2004B.S.dekhi nai 7-8 wata sambidhan banera pani kaam chalena.Main kura,aapasma melmilap ra understanding hunu paryo.Natra 1000 wata sambidhan banayepani kaam lagdaina.
Arko kura, ahile,Nepalka sabai thula sana partyka sabai netaharu marepani desh dubdaina.Tyesaile,kunaipani netale aaphulai tis-maar-khan na samjhe pani hunchha. Sambidhan ta euta NGO ko
bidhan lekhne maanchhele pani lekhidinchha.Mukhye kura,
eslai kasri jivanta banaune bhanne ho.