बाबुराम, संविधान सभाको लास बोक्यौं तिमिले

टुप्लुक्क काँचको पर्दामा उदाए, निचोरेको कागतीको अनुहार भएपनी ध्वाँस लगाउने असफल प्रयास गरे। म जिवितै छु, भनेपनी उनको स्वरले त्यसको पुष्टी गरिरहेको थिएन। बैधानिकरुपमा उनी प्रधानमन्त्री हैनन्। तर, प्रधानमन्त्रीको हैसियतमा बालुवाटार पुगे। राष्ट्रको नाममा सम्बोधन भन्थे पत्रकार सम्मेलन गरे हतास मुडमा। शान्ति र संविधान दिन्छु भन्थे आखिरमा संविधान सभाको हत्या भयो। तर,पनि माफि समेत मागेनन् बाबुराम भट्टराईले।
अचम्म, प्रधानमन्त्रीको हैसियतमा गरिएको पत्रकार सम्मेलनमा माओवादीका लागी भोट दिनुस् मात्र भनेनन्। तर, बाँकी केही राखेनन्। अरुलाई शड्यन्त्रकारी भनेर औला तेर्‍स्याउँदा चार वटा औला उनीतिरै सोझिएको थियो। अर्थमन्त्रीको रुपमा उनले केही साख कमाएका थिए। तर, प्रधानमन्त्रीको यात्रा जसरी मुस्ताङको हौवावाट शुरु गरेका थिए। उनको अनत्यपनी उही मुस्ताङकै गतिमा भयो। केवल दुर्नाम मात्र कमाए उनले प्रधानमन्त्रीको रुपमा। उनी प्रधानमन्त्री भएको बेला संविधान सभाको हत्या भएको कलंक बोके।
आर्दशवादी नेताको उनको छवी धुमिल भयो। संविधान सभाको हत्याहुँदा उनले त्यसको नैतिक जिम्मेवारी लिएर राजीनामा दिने हिम्मत गरेनन्। उल्टो म फेरी संविधान सभाको निर्वाचन गर्छु, भोट हाल्न आउँ है भने। वास्तवमै एक हिरोको भिलेनमा रुपान्तरणको उत्कृष्ठ उदाहरणमा दरिए बाबुराम।
गल्ती कुनै ब्यक्ति विशेषको हैन, समग्र संविधान सभाका सदस्यको हो। अझ विशेष टाउके दलका टाउके नेताको भागिदारीको प्रतिशत बढीनै छ संविधान सभाको हत्यामा। तर,संविधान सभाको हत्यामा सरकार सञ्चालकको हैसियतमा रहेकाले माओवादी र मधेसी मोर्चाको भागेदारीको प्रतिशत केही गर्हुगोंनै छ। उनीहरुले त्यो भारी कांग्रेस र एमालेको टाउकोमा बोकाउने प्रयास गरेपनी सफल भने हुनेछैनन्।
यो भन्दैमा यो अपराधवाट काँग्रेस र एमाले लगायतका विपक्षमा रहेका दलका नेता दोषमुक्त भए भन्ने हैन। उनीहरुपनि उत्तिकै भागिदार छन् यसमा। उनीहरु आज आशावादी नेपालीको नजरमा अपराधी नै हुन्। संविधान सभाको मृत्युवरणमा उनीहरुको भागिदार पनि उत्तिकै छ जति माओवादी र मधेसी मोर्चाका नेताको। फरक यत्ति हो, माओवादी र मधेसी मोर्चाले संविधान सभाको लाशै बोके। काँग्रेस र एमाले लगायतका दल सँगै मलामी गए।
दृष्य प्रष्ट छ। भोलीका दिनवाट अब कसले गर्दा संविधान सभाले मृत्युवरण गर्‍यो भनेर एकले अर्कालाई गाली गर्ने दोहोरीहरु शुरु हुनेछन्। नैतिक रुपमा संविधान सभाको स पनि उल्लेख गर्ने हैसियत नभएकाहरु भोलीका दिनवाटै संविधान सभाको देहान्तप्रति दुखी हुँदै नक्कली आँशु खसाल्नेछन्। मेरो संविधान सभा भन्दै विलाप गर्नेछन्। एक झुन्ड उनीहरुलाई संविधान सभाका उत्कृष्ठ हितैसीको पुष्टी गर्ने प्रयास गर्नेछन्। भोलीवाटै यो नाटक शुरु हुने पक्का छ।
अब माओवादीका नेताहरुले संविधान सभा आफ्नो एजेन्डा भएको र यो पाउन महान जनयुद्ध प्रारम्भ गरी प्राप्त गरेकाले माओवादीको उपलब्धी काँग्रेस र एमालेले स्विकार नगरी भाँचो हालेर असफल बनाएको दावी गर्नेछन्। पुष्पकमल दाहाल फेरी खुल्लामञ्चहरुमा रौद्र रुपमा लिएर कुर्लिनेछन्। शुसिल कोइराला, माधवकुमार नेपाल अनी राष्ट्रपती डा रामवरण यादवलाई समेत तल्लोस्तरका शब्द प्रयोग गर्नेछन्। प्रधानमन्त्रीका रुपमा गाली गर्न नपाएको सबै झोक अब बाबुरामले पोख्ने छन्।
तर, आम नागरिकले भुलेका छैनन्। माओवादीका दुई नेता यो विचमा प्रधानमन्त्रीमा चुनिएका छन्। उनीहरुले जे बहाना बनाएपनी आफ्नो प्रधानमन्त्रीत्वकालमा उनीहरु संविधान लेखनमा गम्भिर भएका थिएनन्। त्यसैले माओवादीले काँग्रेस र एमालेको टाउकोमा दोष थोपर्ने प्रयास गरेपनी काला दागहरु बढी उनीहरुकै शरिरमा टाँसिएका छन्। संविधान सभाको हत्यावाट उछिट्टीएका आला रगतको टाटोवाट कांग्रेस, एमाले लगायतका दल चोखिने प्रश्नै छैन, तर माओवादी नेताका मुहारमा बढी छ्यापिएका छन्।
दुख यही हो, २००७ सालदेखी उठाइएको संविधान सभा पाउँदा पनि बाँदरको हातमा नरिवल समान प्रमाणित भयो। निर्वाचनको मिति त तोके बाबुरामले। तर, निश्चित कोही छैन फेरी संविधान सभा बन्नेमा।
हार्दिक श्रद्धाञ्जली संविधान सभा। तिमिलाई आफ्नै सन्तानले मृत्युवरण गराए। निर्लज्ज पारामा।

3 responses to "बाबुराम, संविधान सभाको लास बोक्यौं तिमिले"

  1. ramesh says:

    KP bahulayo.
    that’s all i can say reading your blog.

  2. प्रेम बहादुर पुन says:

    एउटा बाबुराम भट्टराई लाइ मात्र दोष दिएर पनि भएन, दोषि सबै नेता हरु छन । अव जति आरोप प्रत्यारोप गरेपनि सम्बिधान बन्ने हैन ! त्यसैले अव सबै भन्दा पहिला नेताहरुको सम्बिधान बनाउनु पर्छ त्यसपछि बल्ल अरु बन्दै जान्छन । नत्रभने त फेरी उस्तै हालत हुन्छ ।

  3. sonam says:

    sambidhan pradhanmantrile banaune ho ki sambidhan sabhale banaune ho..?..lekhaklai pani thaha nabhayara ho ki thaha bhayara pani bahulayako?.sambidhan nabannuma pradhanmantri ra maobadiko matrai dosh kina dekhauchhan patrakar haru?..aruko kunai bhumika chhaina ra?..sambidhan nabannuma sabai bhanda doshi ta kangres haia ra?..usle sambidhan banaunako lagi kunai pahal ra samajdari gareko kahi katai dekhinna ta..kangresh ra emale ta jasari pani maobadilai eklyaune kunai pani kurama sahamati nagarne gareko sabailai thaha chha..tyo kura lekhakle chahi thaha payana6..

प्रतिकृया लेख्नुहोस्

(अनिवार्य)

अभिलेख

ताजा ब्लगहरू

मेरो सिफारिस

ताजा प्रतिकृयाहरू

सर्वाधिकार हाम्रो ब्लग डट कममा सुरक्षित
eXTReMe Tracker