नेपाल शान्त छ सोमवार। घरको सदस्य गुमाउँदा घरमा आउने शान्ति झै। कोलाहाल छैन। सबको मुहार मलिन। अब के होला? सबको मुहार रेखामा त्यही अन्यौलता झल्कीरहेझै देखियो। तर,छिमेकीको देहान्तमा खुसीले मात्तिएझै देखिए दलका नेताहरु। उनीहरुको मुहारमा निरासाको संकेत थिएन। पत्रकार सम्मेलनमा होस् कि सार्वजनिक समारोहमा दाँत देखाएर खित्का छाडिरहेका थिए उनीहरु। संविधान सभाको मृत्युवरणको शोकले छोएनछ उनीहरुलाई। आइतवार बेलुका देखिएको उनीहरुको मुहार नाटकको पात्रको अभिनय मात्रै रहेछ।
अवस्था अनुसारको वास्तविक गम्भिरता। जुन गम्भिरताले आत्तिएकाहरुको मनमा केही मल्हम लगाउन सक्थ्यो। तर, आइतवार बेलुका सम्भावना देखिएको तर, कल्पना नगरिएको अठात् दुघर्टनावाट चिन्तित भएका आम नेपालीले सोमवार नेताहरुको जुन व्यवहार देखे त्यसले झन् चिन्ता थपिदियो। यस्तो अवस्थामा पनि उनीहरुमा ग्लानी छैन, पश्चाताप छैन।
उता, कांग्रेस, एमालेका नेताको चरित्रपनि सत्तामोह भन्दा फरक देखिएन। संविधान सभाको मलामी गएपनी उनीहरुको मुहारमा शोकको क्लेश समेत देखिएन। बाबुरामलाई जत्तिसक्दो चाँडो कुर्सीवाट कसरी खसाल्ने अनी त्यो कुर्सीमा आफु निकटलाई कसरी बसाल्ने? यही कपटी रणनीतिमा व्यस्त देखिए दिनभर उनीहरु।
गिरिजाप्रसाद कोइरालाको अवसानसँगै धेरैले पुष्पकमल दाहाललाई नेपाली राजनीतिमा अभिभावकको भुमिकामा रुपान्तरित हुने आशा राखेका थिए। चट्पटे व्यवहार र पार्टीगत स्वार्थमा मात्रै अब अल्मलिने छैनन दाहाल, धेरैको आशा थियो। तर, उनी आशामा खरो उत्रन भने सकेनन्। उनी त्यही चटके भुमिकामै रमाए।
नेता केवल उम्मेदवार मात्रै रहेछन्। पार्टी केवल चुनावका लागी मात्रै खोलिएको क्लव। यस्तै देखियो उता माओवादीको पत्रकार सम्मेलनमा। हाँसो, ठट्टामा राम्ररी जमे पुष्पकमल दाहाल। तर, उनको ठट्टामा खित्का छाड्नेहरुको संख्या ज्यादै न्युन थियो। दाहाललाई लाग्यो होला ठट्टाले अशान्त नेपालीको मुहारमा हल्का हाँसो ल्यायो पक्कै। तर, उनको ठट्टा किरियापुत्रीलाई भेटेर रासलिलाको गफ चुटेझै भद्धा थियो।
संविधान सभाको मृत्युवरण रोक्न पुष्पकमलको भुमिका निर्णायक हुन सक्थ्यो। उनले चाहेको भए संघियताको संख्या तोकेर सिमाङकन र नामाङकनको निर्णय पछि गर्ने सर्तमा संविधान सभाको अन्त्य अगाडि उनले संविधानको ड्राफ्ट पारित गराएर अहिलेको यो संबैधानीक संकटवाट पार लगाउन सक्थे। यो निर्णयवाट तत्काल जातिय राजनीतिलाई रापिलो बनाएर हात सक्न पल्किएका सामाजिक सद्भाव विरोधीहरुको निशाना उनीतिर सोझिन सक्थ्यो। तर, त्यो दिर्घकालीन हुने थिएन। दाहालले अवस्था अनुसार सही निर्णय गरेका रहेछन् भन्ने पुष्टी हुन्थ्यो।
तर, उनी पार्टीको नाफाघाटाले यसरी थिचिए कि उनी नाफा/घाटाको राजनीतिभन्दा माथि उठ्नै सकेनन्। उनले केवल निर्णयका शब्दहरुलाई पार्टीको आँखाले मात्रै हेरे। उनको चश्माले राष्ट्रहित देख्नै सकेन। ब्यक्तिहित र पार्टीहितभन्दा उनी माथि उठ्नै नसक्ने नेता रहेछन्।
बढी बोल्छन्। तर कहिलेकाँही सत्यका नजिक पनि पुग्छन् पुष्पकमल दाहाल। तत्काल आफ्नो कमजोरी स्विकार नगरेपनी कालान्तरमा उनले आफ्ना गल्ती स्विकार गरेका घटनाहरु धेरै छन्। आफु प्रधानमन्त्री हुँदाताका उनले सेनासँग जोरी खोज्दा सत्ताच्युतै भए। प्रारम्भमा यि सबै प्रकरणमा उनले राष्ट्रपती डा रामवरण यादवको सत्तोसरापमा धेरै शब्द खर्चिए। तर, समयक्रम अनुसार उनले स्विकार गरे, आखिर गल्ती उनकै थियो। उनले सार्वजनिकरुपमा स्विकार गरेपनी।
कमलो मनका उनी। धेरै पटक मञ्चमै रोएका हुन् नै। संविधान सभाको मृत्युवरणले उनको कमलो मन छियाछिया भएको धेरैको अनुमान थियो। तर, सोमवारको पत्रकार सम्मेलनलने उनको हिजोको रुवाई नाटकसिवाय केही हैन रहेछ भन्ने पुष्टी गर्यो।
उनले चाहेकै संविधान सभाको मृत्युवरण रहेछ। संविधान सभाको मृत्युवरणमा उनी शोकमा हैन उत्सवको मुडमा रहेछन्। त्यसैले सोमवार हल्काफुल्का ठट्टा गदर्ैै पत्रकार सम्मेलनलाई चुनावी सभामा रुपान्तरण गर्दै अब दुई तिहाई आउने दावी गरे। पटक पटक।
एक मित्रले भनेको सम्भिए ‘व्यवसायिक बेश्याले ग्राहकको शन्तुष्टीसँगै आफुपनी शन्तुष्ट हुने प्रयास गरेपनी शरिरलाई सार्वजनिक सम्पत्ति बनाएकोमा पश्चाताप हुन्छ रे, ग्लानी हुन्छ रे। तर,नेताहरुको व्यवहारले उनीहरुको हैसियत बेश्याजतिको पनि देखिएन। उनीहरुले निर्लज्जताको सिमा पार गरिसकेका छन्।

फेसबुक, टि्वटरजस्ता सामाजिक सञ्जालमा अर्काको तस्बिर बिगारेर राख्ने गर्नुभएको छ भने अब कारबाहीमा पर्नुहोला। यस्ता कारबाही नियन्त्रण गर्न प्रहरीले विद्युतीय कारोबार ऐनलाई कडाइ साथ कार्यान्वयन गर्ने भएको छ। सूचना प्रविधिको दुरुपयोग गर्दै व्यक्तिको मानहानी–चरित्रहत्या हुने गरी तस्बिर बिगार्ने, अर्र्कैको तस्बिरका विभिन्न अंगहरू जोडेर प्रकाशित सामग्रीलाई आधार बनाएर त्यस्ता काममा संलग्न व्यक्तिलाई प्रहरी प्रधान कार्यालयले कारबाही [...]
‘व्यवसायिक बेश्याले ग्राहकको शन्तुष्टीसँगै आफुपनी शन्तुष्ट हुने प्रयास गरेपनी शरिरलाई सार्वजनिक सम्पत्ति बनाएकोमा पश्चाताप हुन्छ रे, ग्लानी हुन्छ रे। तर,नेताहरुको व्यवहारले उनीहरुको हैसियत बेश्याजतिको पनि देखिएन। उनीहरुले निर्लज्जताको सिमा पार गरिसकेका छन्।”
Like your last lines.
At the end what veteran Ganesh Prasad Sharma said turn out to be true. Those who did not show commitment to 2047 constitution did not show any commitment to CA assembly. CA assembly just became golden egg bearing chicken for Nepalese leaders. It just became face saving tools for terrorist and corrupt actions; former for Maoist and later for Congress and UML.
एक मित्रले भनेको सम्भिए ‘व्यवसायिक बेश्याले ग्राहकको शन्तुष्टीसँगै आफुपनी शन्तुष्ट हुने प्रयास गरेपनी शरिरलाई सार्वजनिक सम्पत्ति बनाएकोमा पश्चाताप हुन्छ
के हो व्यवसायिक वेश्या साथी रैछ तिम्रो त