‘आखिर न्यायधिष रणबहादुर बमलाई कसले किन मार्यो होला? को–को छन् हत्या योजनामा? कसले गोली हान्यो? अनी को थियो हत्याको योजानकार?’ मध्यरात फोन गर्दापनी अनुसन्धानको जिम्मेवारी पाएका अनुसन्धान टोली र अनुसनधान समितिमा रहेका उच्चतहका प्रहरी अधिकारी यही प्रश्नमा घोत्लीरहेका भेटिए।
हत्याको कारण ब्यक्तिगत देखिएपनी हत्याको प्रकृती संगठित भएकाले होला सायद तत्काल हत्या अनुसन्धान निचोडको निकटपनि पुग्न सकेको देखिएन प्रहरी अधिकृत। जसरी सर्वसाधारण बम हत्याको घटनालाई विभिन्न कोणवाट विष्लेशणमा व्यस्त देखिए, प्रहरी अधिकृतको अवस्था त्यो भन्दा भिन्न देखिएन शनिवारबेलुकासम्म पनि। फरक यत्ति हो। आम–नागरिक आफ्नो जिज्ञासा मेटाउन प्रश्नको मन्थनमा केन्द्रित छन्। प्रहरी अपराधी पहिचानको सुत्रको खोजीमा।
के बम हत्यामा संलग्नहरु पक्राउ पलान्? आम नागरिकको प्रश्नमा यो जिज्ञासा पनि उत्तिकै पेचिलो रहेछ। तर, मेरो अनुभवमा राष्ट्रिय अपराध अनुसन्धानमा अपवादका घटनाबाहेक प्रहरी अनुसन्धान निष्कर्षमा पुगेको देखिन्छ। आफ्नै मुलुकभित्रका गम्भिर भन्दा गम्भिर अपराधको अनुसन्धानलाई पनि सफल बनाएका धेरै घटना देखिएकाले ढिलोचाँडो हत्याको रहस्य सार्वजनिक हुनेछन्नै। घटना प्रकृतीले अनुसन्धान निचोडमा पुग्न केही ढिला हुनसक्ने भने देखिन्छ।
गम्भिर प्रकृतीका हत्या बम हत्याकान्डनै पहिलो हैन। यसअगाडिपनि बमकै शैलीमा धेरै गोलीका सिकार भएका छन् नै। सञ्चारउद्यमी जमिम साह, इस्लामिक संघका महासचिव फैजान अहमद यस्तै हत्याका सिकार भएका थिए।
न्यायधिष बमको इहलिला जसरी समाप्त पारिएको छ त्यस्तै प्रकृतीको हत्यामा प्राय अन्तराष्ट्रिय अपराधीको संलग्नता खुलेको छ। योजना निर्माण छिमेकीतिरै भएको र योजना सफल बनाउन आउने सहयोगी पनि उतैतिरका देखिएका थिए अनुसन्धानमा।
तर, अहिलेसम्मको संकेतमा बमको हत्यामा अन्तराष्ट्रिय आयामहरु देखिएका छैनन्। हाम्रै मुलुकभित्रका आपराधिक तत्वको अपराधी दिमागको उपज देखिएको छ बम हत्या। तर, यसमा छिमेकतिरका कन्ट्रयाक्ट किलरको प्रयोग भएको छैननै भन्न सकिने अवस्था भने छैन हत्या प्रकृतीले।
हत्याको स्थान छनौट र हत्याको प्रकृतीले सामान्य आवेगका आधारमा हत्या भएको हैन भन्ने निष्कर्ष सहजै निस्कन्छ। अनी जुन प्रकृती र आत्मविश्वासका साथ उनको हत्या भएको छ त्यसले हत्यामा हतियार चलाउने अनुभवी र हतियारमैत्री ब्यक्तिको संलग्नताको निष्कर्षका लागी पनि कुनै प्रमाण कुरेर बस्नुपर्ने देखिन्न।
जुन प्रकृतीले गोली हानिएको छ, त्यसका लागी हतियार चलाउने तालिम पाएका र ज्यान हत्केलामा राखेर रिक्स लिनसक्ने ब्यक्तिलेनै गोली हानेका थिए भन्ने देखिन्छ।
यदी बमको हत्यामा छिमेकका भाडाका अपराधीको उपयोग गरिएको छैन भने अवकासप्राप्त सुरक्षाकर्मी, वा माओवादी द्धन्द्धताका हतियार चलाउन पोख्तता पाएकाहरुको संलग्नताका संकेत देखिन्छ। अनुसन्धान अधिकारीसँगको अनौपचारिक छलफलमा पनि उनीहरुपनि त्यतैतिर बढी केन्द्रित भएको देखियो।
अपराधको सिकार हुनु नेपालीको नीयतिनै हो। तर, न्यायकर्मी अहिलेसम्म अपराधीको सिकारवाट जोगिएका थिए। तर, यो घटनाले अब न्यायलय पनि अछुतो भने रहेन। यसले एक प्रकृतीको मानसिक त्रास पक्कै जन्माएको छ न्यायकर्मीमाझ।
संविधान सभाको म्यादबारे सर्वोच्च अदालतले लिएको बोल्ड डिसिजनवाट उसँग रिसाएका समुह यो समाजमा नभएका हैनन्। निर्वाचनको नयाँ मिति तोक्ने सरकारको निर्णयपनी अदालतमा विचाराधिन अवस्थामा छ। प्रधानमन्त्री र कानुनमन्त्रीमाथी अदालतको मानहानीको मुद्धा पनि चलिरहेको छ।
यस्तो अवस्थामा भएको बमको हत्यालाई कसै–कसैले अदालतले कानुनी दायरामा टेकेर गरेको राजनीतिक निर्णयतिर पनि जोडेर विष्लेशण गरिएको देखियो। र, नेपालमा जसरी हिंसाको जन्म भएको छ। नेतृत्वदायी दलहरुले जसरी हिंसालाई स्विकार गरेका विगत छन्, त्यसको आधारमा यो असम्भव र अतिरञ्जनापूर्ण भन्न सकिने अवस्था पनि छैन।
संविधान सभाको विघटनसँगै किनारामा पारिएका शक्ति पुन राज्य सञ्चालनको केन्द्रमा फर्कने प्रयासमा सक्रिय देखिएका छन्। अहिलेको अवस्थामा जति अस्थिरता र अन्यौलता बढाउन सक्यो वातावरण उनीहरुका लागी त्यत्ति सहज हुनेमा कुनै दुइमत छैन। हिजोका दिनमा उनीहरुले यस्तै अस्थिरताको आगोमा ध्यु थप्न हिंसाको सहायता नलिएको पनि हैन।
त्यसैले, बमको हत्यालाई ब्यक्तिगत कारणवाट छुट्टयाएर राजनीतिक आँखाले हेर्ने हो भने ति शक्तिको संलग्नतालाई पनि अस्विकार गर्नसकिने आधार भने छैन।
अझै केही संकेत छैन। छ त , केवल अनुमानका भन्डार। प्रहरी त्यही अनुमान र शंकाको भन्डारवाट अपराधीसम्म पुग्ने मियोको खोजी गरिरहेको छ। अहिलेको अवस्थामा त्यही मियोको प्रतिक्षा गरेर बस्नुको अर्को विकल्प पनि छैन।
आशा गरौं चाँडै पर्दा खुल्नेछ न्यायधिष बम हत्याको।

फेसबुक, टि्वटरजस्ता सामाजिक सञ्जालमा अर्काको तस्बिर बिगारेर राख्ने गर्नुभएको छ भने अब कारबाहीमा पर्नुहोला। यस्ता कारबाही नियन्त्रण गर्न प्रहरीले विद्युतीय कारोबार ऐनलाई कडाइ साथ कार्यान्वयन गर्ने भएको छ। सूचना प्रविधिको दुरुपयोग गर्दै व्यक्तिको मानहानी–चरित्रहत्या हुने गरी तस्बिर बिगार्ने, अर्र्कैको तस्बिरका विभिन्न अंगहरू जोडेर प्रकाशित सामग्रीलाई आधार बनाएर त्यस्ता काममा संलग्न व्यक्तिलाई प्रहरी प्रधान कार्यालयले कारबाही [...]
Catch them and put them in jail.