मुलुक राजनीतिक संकटमा फस्दै थियो। प्रधानमन्त्री बाबुराम भट्टराई भने ब्यक्तिगत चर्चाका लागी नाटकमञ्चनमा व्यस्त थिए। पत्रिकामा छापिएको पाठक पत्रको आधारमा विद्यालय हेर्न लावारस्कर लगाएर हिडे। प्रधानमन्त्रीका सहयोगीले यो त महान काम भन्दै मिडियालाई पछि लगाए। उनले शुरु गरेका सबै मिडिया स्टन्ट निकम्मा भएपछी अहिले फेरी नयाँ स्टन्ट शुरु गरेका छन् गाउँ घुम्ने।
अहो, केही गर्छन कि क्या हो , नेपालमै बनेको मुस्ताङ चढे प्रधानमन्त्रीले। क्या राष्ट्रप्रेमी रहेछन् उनी। अर्थमन्त्रीका रुपमा राम्रो प्रभाव जमाएका बाबुराम भट्टराईले प्रधानमन्त्रीको रुपमा पनि अचम्मै गर्ने निष्कर्ष निकाल्नेहरुका लागी पहिलो प्रमाण त्यही मुस्ताङ बनेको थियो। मुस्ताङ चढेका प्रधानमन्त्रीले चोपट्टै गर्ने भए भन्नेहरुको जुलुशै देखिएको थियो। धेरै स्तुतीगान गाइए। प्रधानमन्त्री सुपरम्यान बने केही समय। तर, लामो समय उनको साख धान्न सकेन मुस्ताङले। तर, मुस्ताङको सुस्तगतीझै भयो उनको गती पनि।
अनी उनी लागे अब जनतासँग प्रत्यक्ष कुराकानी गर्नेतिर। अनी रेडियो नेपालमा जनतासंग प्रधानमन्त्री कार्यक्रम शुरु गरे। केही समय उनको यो कामको पनि प्रशंसै भयो। विश्वमा कुनै प्रधानमन्त्रीले नगरेको काम झै प्रशंसा शुरु भयो। तहल्कै हुने भो भने फेरी उही टाइपका विष्लेशकहरुले। तर, क्रेज घट्दै गयो उनको। कुहिएको बन्दा झै।
तर, उनी स्टन्ट गर्न थाकेका थिएनन्। हेलो सरकार शुरु गराए। हेलो सरकारमा कुन दिन कति कल फोन आयो भन्ने समाचारहरु छाउन थाले। अहिले हलो सरकार छ कि छैन पत्तो छैन।
शान्ति र संविधान आफ्नो कार्यकालको लक्ष रहेको र यि दुबैमा असफल भए राजीनामा दिन्छु पनि भनेका थिए। पहिलो पटक विद्धान प्रधानमन्त्री पाएका नेपालीले पत्याएपनी। शान्ति अनकन्टार भिरमा गएर अड्कियो। संविधान सभाको हत्या भयो। तर। उनको दिमागमा एकसे एक स्टन्ट फुर्न छाडेको छैन। बाबुराम अहिले गाउँमा बास बस्न हिडिरहेका छन्। गाउँ–गाउँमा गएर जनतासँग भलाकुसारी गर्ने रे। सुख दुखका गन्थन गर्ने रे ठुलो भिड अगाडि पछाडि लगाएर। तर, पहिलाको स्टन्ट जस्तो भाउ पाएको छैन यो स्टन्टले। सायद धेरैका आँखा खुलेजस्तो छ अब चै।
देश सामान्य अवस्थामा रहेको समय यस्ता सस्ता कार्यक्रमहरुको पनि प्रभाव सकारात्मक हुन्छ नै। तर, काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझै देश संकटको दलदलभित्र फस्दै गएको बेला यस्ता सस्ता प्रचारवाजीले केही समय वाहवाही गराएपनी आखिरमा प्रभावहिन बन्छन् भन्ने जानकार हुनुपर्ने हो उनी जस्ता विद्धान।
अहिले प्रधानमन्त्रीले जे काम गरेका छन्, त्यो संविधान सभाको हत्यामा केन्द्रित सर्वसाधारणको मन र मस्तिष्क अन्त मोड्ने प्रयास मात्रै हो। जुन शान्दर्भिक पक्कै हैन। उनी आम नागरिकको सुखदुख बुझ्न भन्दा पनि अहिलेको यो चरण राजनीतिक संकटवाट ध्यान हटाउन पर्यटकको रुपमा फ्रेस हुन गाउँ डुल्न हिडेका हुन्।
संविधान सभाको हत्यामा उनले कांग्रेस एमाले र आफ्नै पार्टीमा मोहन बैद्य खेमालाई दोष लगाएपनी उनी संविधान सभाको हत्याको रगतको छिटावाट मुक्त छैनन। संविधान सभाको ठुलो दलको उपाध्यक्ष र सरकारको प्रमुखको रुपमा संविधान सभामार्फत नयाँ संविधान जारी गराउन उनले चाल्नुपर्ने सकारात्मक कदम नचालेर निर्वाचनको घाँडो हतियार फालेकै हुन्।
तर, उनको व्यवहार हेर्दा लाग्छ उनलाई यस्ता गम्भिर विषयले कुनै असर गर्दैन। उनलाई केवल मोह छ त तिकडमवाजीको।
यो नयाँ तिकडमवाजी कति दिन चल्ने हो कुन्नि। त्यसपछी के फुर्ने हो फेरी? उनको दिमागमा नफुरे, बसले ठक्करदिँदा लौ झन्डै हाम्रा नेतालाई मदन भण्डारी जसरीनै हत्या गर्न खोजेका भनेर तिकडम गर्न माहिर उनका सहयोगी छँदैछन्। उनीहरुले पक्कै फुराउनेछन्, नयाँ तिकडम।

फेसबुक, टि्वटरजस्ता सामाजिक सञ्जालमा अर्काको तस्बिर बिगारेर राख्ने गर्नुभएको छ भने अब कारबाहीमा पर्नुहोला। यस्ता कारबाही नियन्त्रण गर्न प्रहरीले विद्युतीय कारोबार ऐनलाई कडाइ साथ कार्यान्वयन गर्ने भएको छ। सूचना प्रविधिको दुरुपयोग गर्दै व्यक्तिको मानहानी–चरित्रहत्या हुने गरी तस्बिर बिगार्ने, अर्र्कैको तस्बिरका विभिन्न अंगहरू जोडेर प्रकाशित सामग्रीलाई आधार बनाएर त्यस्ता काममा संलग्न व्यक्तिलाई प्रहरी प्रधान कार्यालयले कारबाही [...]
Ahile padhan matri karyalaya maa rakheko karmachari almost sabai hatyara chhan re….hijo yek jana Gorkha kai manchhe jasle hatya garera pani PM karyalaya maa basera unmukti payeko chha jagir pani payeko chha…yasta lai ke PM bhannu…go to hell bhattarai…chorera lyayeko ho kya ho PHD ko degree pani !!
pradhanmantri karyalayama ko hatyara chhan thaha hune le name chahi kina nalekheko ni?..hachuwama padkine bani ramro haina ni sathi…ani sambidhan ta samsadle banaune ho baburam eklaile banaune haina..sambidhan sabha kina ra kasari samapta bhayo bhanera ekchoti sabai kura ko bislesan aabasyak chha..ani baburamko PHD kahabata lyayako ho bhanera yo sansarko kunai pani thauma gayara sodhnu vayo bhane thaha hunchha…bishwalai thaha chha baburamko barema….