आङकाजीवादको विपक्षमा

एकल जातिय प्रदेश बाहेक अरुको विकल्पै छैन भन्दै भद्धा जातिय राग अलाप्दै आएका आङकाजी शेर्पालाई आखिरमा एमालेले धेरै धान्न सकेन। र, पार्टीको साधारण सदस्य समेत नरहनेगरी कार्वाही गर्‍यो। सभासद् पद खारेज भए लगत्तै पासाङ शेर्पाले एमाले छाडिसकेका छन्। एकल जातिय प्रदेश नमाने ठिक हुन्न भन्दै आएका अशोक राइहरु भने अझै एमालेमै छन्।
पहिचानको राग अलाप्दै एकल जातिय राज्यको आगो बाल्नेहरु एमालेमा मात्रै हैन अन्य दलमा पनि प्रशसस्तै छन्। माओवादीले बालेको यो आगो विस्तारै कांग्रेस र एमालेभित्र भित्रियो। माओवादी भटाभट जातिय राजनीतिक संगठन विस्तारमा लाग्यो।
सुझबुझविनानै माओवादीको सिको गर्दै एमाले र कांग्रेसले पनि जातिय संगठन खोले। त्यसको परिणाम हो अहिले यि दुबै पार्टीमा सल्किएको आगोको। एमालेले चालेको कदमले एकतहसम्म एमालेका नेता दलमा लागेको आगो निभाउन सक्रिय भएको संकेत दियो।
धर्म र जातको राजनीति विष हो। यसले न कुनै समुदायको हित गर्छ न राष्ट्रलाई। एल जातको आधारमा संघहरुको निर्माणको पक्षधरहरु अनन्तकालसम्म नेपालमा अस्थिरता निम्त्याएर आफ्नो स्वार्थको रोटी सेक्नेमात्रै हुन्। त्यसले न समाजलाई अगाडि बढाउँछ न राष्ट्रलाई नै। यसो हेर्दा यस्ता संघले सबै जातजातीको पहिचान मिल्छ र राष्ट्रीय भावना एक हुन्छ भनेपनी यर्थाथमा भने छिन्नभिन्न बाहेकको अर्को परिणाम पक्कै आउने छैन।
यदी जातिय आधारमा संघको निर्माण उत्तम हो भने मधेसमा किन यादव स्वायत्त प्रदेश,झा स्वायत्त प्रदेश, थारु स्वायत्त प्रदेश, चौधरी स्वायत्त प्रदेशको माग उठेको छैन? किन मधेसमा २ वटा मात्रै प्रदेश? अनी प्रदेशको नाम पनि जातिय आधारमा भन्दा भौगोलिक आधारमा? अनी पहाडमा चै किन जातिय नामका प्रदेश? आखिर यो जातिय प्रदेशका मागकर्ताहरुको लक्ष के हो यही तथ्यले नै पुष्टी गर्छनै।
उग्रवादी जनजाती नेतालाई निकाल्ने हो भने एमाले र कांग्रेस बाहुन र क्षत्रीहरुको मात्रै पार्टी हुने धम्की पनि सुनिन्छ। तर,त्यो भ्रम सिवाय केही हैन। अहिले देखिएका एकल जातिय पहिचान सहितको संघका मागकर्ताको तुलनामा जातिय राज्यको विपक्षमा रहेका जनजातीको संख्या उल्लेख्य छ।
जातभात र वर्गको कुरा सुन्न आनन्द लागेपनी यसले कालान्तरमा दिने पिडा बुझेका शिक्षित वर्ग आदीवासी र जनजातीभित्र पनि उत्तिकै छन्। अनी मुलधारको पार्टीको ब्यानमा कुर्लिने जातीवादीहरु कुनै जात विशेषको पार्टी खोलेर राजनीतिको मैदानमा उत्रिने ह्याउ बोकेका पनि छैनन्। किनकी आखिर राजनीति भनेको भोट हो भन्ने उनीहरु जानकार छन्।
नेपालको कुनै यस्तो क्षेत्र छैन जहाँ कुनै एक जातिविशेषको भोटको आधारमा केन्द्रिय राजनीतिमा स्थापित हुन सकिन्छ। नेपाली समाज भड्काउन विकासे र अधिकारवादी संस्थाको आवरणमा नेपालमा घुसेका केही डलरको व्यानरमा उनीहरु केही सक्रिय देखिएपनि आखिरमा उनीहरुको हैसियत प्रष्टीने छ पक्का।
जातको आधारमा संघको निर्माणहुँदैमा कुनै जातीको स्तरोन्नती हुने पनि हैन। यसका लागी राष्ट्रिय नीति आवश्यक छ। शिक्षा, स्वास्थ्य,सुरक्षा र विकास निर्माणको अभावमा जातले मात्र कुनै चमत्कार गर्न सक्दैन।
संकटमा पर्दै गउका भाषा, संस्कृतीको संरक्षण र प्रवद्धनका लागी राज्यले केन्द्रिय नीति बनाउनुपर्छ। यो मुलुक मेरो पनि हो भन्ने स्वाभिमानी वातावरणको निर्माण आवश्यक छ। नकी कुनै जात विशेषको नामको राज्य।
जातिय राज्यले चमत्कार गर्छ भन्नु नेपाल रातारात सिंगापुर बन्छ भने जस्तै बकम्फुसे तर्कमात्रै हो। त्यो केवल आत्मतुष्टी बाहेक केही हैन। नामलेनै हुने भए नेपालको नाम फेरेर अमेरिका राख्दैमा के नेपाल अमेरिका बन्न सक्छ?
त्यसैले मुलधारका पार्टीको आवरणमा सक्रिय रहेका आङकाजीवादीहरुलाई मुलधारको राजनीतिवाट पाखा लगाएकै सही। अन्य दलले पनि भोटको राजनीति छाडेर दलभित्र सुद्धीकरण शुरु गर्नु उपयुर्क्त हुन्छ।

4 responses to "आङकाजीवादको विपक्षमा"

  1. Dharam Raj says:

    पत्रकार ज्यु तपाइले उठाएको कुराहरु धेरै नै सान्दर्भिक लाग्यो |एकल जातीय भन्दा बहुजातीयलाई सम्बोधन हुने गरि प्रदेश बनाएमा मात्रै नेपालमा दिगो शान्ति कायम रहिरहनेछ नत्रभने अहिले सम्बोधन नभएका जातिहरुले भविष्यमा आ-आफ्नो जातीय पहिचान सहितको राज्य माग गर्ने सुनिस्चित छ |

  2. milan dhakal birtamod jhapa says:

    yasta jatiyatako namma des tukrauna haru lai cpnuml le je garyo sabai party le yastai garnu parchha .

    • Rajesh says:

      ठिक कुरा हो । अशोक र्राईलाई पनि आउट गर्नु पर्छ

  3. khagen suhang says:

    chetri bahun haruko nepalma kehichhaina chetri bahun haru india bata akoharu hun ani keko jtiya rajya chahin6 ra aru janajati haru yo desko dgunga mato sangai utpati vaka hun tini harulai rajya chahin6ni

प्रतिकृया लेख्नुहोस्

(अनिवार्य)

अभिलेख

ताजा ब्लगहरू

मेरो सिफारिस

ताजा प्रतिकृयाहरू

सर्वाधिकार हाम्रो ब्लग डट कममा सुरक्षित
eXTReMe Tracker