ब्राजिल जाँदा केही न्याउरिएका बाबुराम भट्टराई ब्राजिलवाट फर्कदा भिन्न देखिए। मुड फ्रेस थियो उनको, आत्मविश्वासले भरिएको। परिआए पेल्ने मुडको साँढे झै। त्यही शैलीमा डुक्रिदै उनले जवसम्म चुनाव हुन्न तवसम्मको प्रधानमन्त्री आफुनै भएको घोषणा गरिदिए।
आफ्नो राजीनामा माग्नेलाई उनले बालकको संज्ञा दिए अनी बालहठ त्याग्न अहंकारपूर्ण रुपमा आदेश दिए। उनको त्यो शैली देखेर दङ थिए सञ्चारकर्मी। उनीहरु खासखुस गर्दै थिए–हैन हो मनमोहन सिंहले के ओखती दिएछन् यिनलाई?
उनी परिआए अब पेलेर जाने मुडमा छन् भन्ने तथ्य त उनी फर्कदा राजशाही प्रकृतीको सुरक्षा प्रवन्धले पनि देखायो नै। गणतान्त्रिक प्रधानमन्त्रीले कहिल्यै नलिएको सुरक्षा प्रवन्ध गरिएको थियो उनको फिर्ती सवारीमा। सडकका दुबै किनारमा हिड्न बटुवालाई प्रतिबन्ध लगाइयो। उनको रुटमा पर्ने सडक किनाराका पसल समेत बन्द गर्नुपर्यो।
कालो झन्डा देखाउन पुगेका विपक्षी दलका कार्यकर्ताले प्रहरीको धुलाई भेटे। उनीहरुले बोकेको कालो कपडालाई सुरक्षाकर्मीले मिसाइलभै व्यवहार गरे, अनी झम्टिए। विचराहरु गणतान्त्रिक नेपालको शान्त र विद्धान प्रधानमन्त्रीको सुरक्षा व्यवस्था देखेरै चकित थिए।
उनको आगमनपछि भने रहस्य खुलाए उनलेनै किन उनी पार्टीले समेत नजाउ भन्दाभन्दै ब्राजिलमा आयोजित राष्ट्रसंघिय कार्यक्रममा भाग लिन हुत्तिएका थिए भन्ने।
पक्कै पनि सम्मेलनप्रतिको उनको मोह हैन रहेछ। उनी भारतीय प्रधानमन्त्रीसँगको भलाकुसारीको अवसरप्रति लोभिएका थिए। अहिलेको अवस्थामा भारत भ्रमण जानसक्ने अवस्था थिएन। भारतले पनि अहिले बाबुरामलाई बोलाएर अरु शक्तिलाई चिढ्याउने सम्भावना थिएन। यस्तो बेलामा दर्शनभेटका लागी मिलेको अवसर बाबुरामले के छाड्थे र। त्यसैले राष्ट्रपतिका लागी आएको निमन्त्रणामा आफ्नै नाम अनुमोदन गराए र, हुत्तिदै गए रियो सम्मेलनमा। जहाँ उनले मनमोहनसँग कुर्सी जोगाउन अनुनय गर्ने अवसरको रुपमा भ्रमणलाई प्रशस्तै उपयोग गरेछन् र राम्रै आर्शिवाद पनि पाएछन्। त्यो शन्देस उनको मुहारमा छल्कीएको चमकले देखाइरहेको थियो नै। त्यसैले आफ्नै दलका अध्यक्षले सहमती भए राजीनामा दिन्छन् भन्दै आएको तर्कको खन्डन गर्दै कुनै हालतमा राजीनामा नदिने उद्घोष गरेर सबैलाई झस्काए।
बाबुराम भट्टराईले आफ्नो राजीनामाले संबैधानिक र राजनीतिक संकट निम्त्याउने दावी गर्दै तत्कालीन राजा ज्ञानेन्द्रले चालेको राजनीतिक कदम माघ १९ लाई सम्झाएर राजनीतिक खेलको प्रारम्भ गरे।
तर, त्यत्ति ठुलो हलचल नदेखिएपनी संविधान सभाको अवसानपछि नेपाल राजनीतिक र सबैधानिक संकटमा फसिसकेको छ। नेपालको अन्तरिम संविधान २०६३ को बलमा टेकेपनी त्यो कमजोर भइसकेको छ। त्यसले परिकल्पना गरेको नेपाल संबैधानिक रुपमा अस्तित्वमा छैन। मुलुक २०६३ कै हाराहारीमा फर्किसकेको छ। अर्थात यो विचमा जे जस्ता उपलब्धीहरु भएका थिए त्यसको बैधानिकता सुन्य हो अहिलेको अवस्था।
उनले निर्वाचनको पत्ता फ्याकेपनि तोकिएको मितिमा निर्वाचन हुनेमा उनीनै विश्वस्त छैनन भन्ने तथ्य निर्वाचनको तयारीमा रहेका अवरोध हटाउन निर्वाचन आयोगले कानुनी बाधा अड्काउ फुकाउन गरेको बेवास्थावाटै पुष्टी हुन्छ नै।
त्यसैले उनी सत्तामा बसेपनि हटेपनी संकट टर्ने सम्भावना छैन।
राजनीतिक संकट टार्ने एक मात्र बाटो भनेको राजनीतिक सहमतीको आधारमा राष्ट्रिय सरकारको निर्माण गरी संबैधानीक र कानुनी संकटकालको अन्त्य गर्ने सहमतीको राजनीतिको प्रारम्भनै हो। त्यो संविधान सभाको दोस्रो निर्वाचन, जनमत संग्रह वा संसदको निर्वाचन जे पनि हुनसक्छ। तर, ति सबै सहमतीविना सम्भव छैन भन्नेमा बाबुराम आफैपनि सहमत छन् र हुनुपर्छ।
बाबुराम सत्तामा रहेसम्म कसिलो बन्दै गएको राजनीतिक गाँठो फुक्न सक्दैन भन्ने दृष्य प्रष्टीसकेको छ। बाबुरामले जति गुट्की हाँकेपनि उनकै दलका अध्यक्ष पुष्पकमल दाहालपनि यो ममिलामा कन्भिन्स देखिएका छन्। त्यसैले माघ १९ मात्रै हैन, कोतपर्व र भन्डारखाल पर्वकै उदाहरण दिएर मानसिक त्रास फैलाउने प्रयास गरेपनी बालुवाटारवाट बाबुराम बाहिरिनुको अर्को विकल्प देखिन्न। तत्काल मनमोहनको ह्याक छ उनमा। बालुवाटारको हावाले ह्याक हटाएपछी पक्कै उनलाई पनि यो सत्यको बोध हुनेछ। चाहेपनि नचाहेपनी। यसको अर्को विकल्प देखिन्न अहिले।

फेसबुक, टि्वटरजस्ता सामाजिक सञ्जालमा अर्काको तस्बिर बिगारेर राख्ने गर्नुभएको छ भने अब कारबाहीमा पर्नुहोला। यस्ता कारबाही नियन्त्रण गर्न प्रहरीले विद्युतीय कारोबार ऐनलाई कडाइ साथ कार्यान्वयन गर्ने भएको छ। सूचना प्रविधिको दुरुपयोग गर्दै व्यक्तिको मानहानी–चरित्रहत्या हुने गरी तस्बिर बिगार्ने, अर्र्कैको तस्बिरका विभिन्न अंगहरू जोडेर प्रकाशित सामग्रीलाई आधार बनाएर त्यस्ता काममा संलग्न व्यक्तिलाई प्रहरी प्रधान कार्यालयले कारबाही [...]