ओपन सेक्रेटको झस्काई

पुस्तक लेखन आफैंमा रोचक र घोचक संस्मरणको संगम रहेछ। करिव तीन वर्ष पुस्तक लेखनमा विताएका समयहरु यस्तै संस्मरणका संग्रह बनेर बसेका छन् मेरा मस्तिष्कमा। जो समयक्रमसँगै क्रमश तपाईहरुसँग बाड्नेनै छु। पुस्तक लेखनकोक्रम सकिएर छपाई भइ बजारमा जाने तयारीमा पनि यस्तै तितामिठा अनुभवहरु संगाल्ने अवसर मिल्यो। यर्थाथ तथ्यहरुको प्रस्तुती भएपनी पुस्तक देखेर झस्कनेहरुको संख्या बढ्दै गयो। बढ्दो संख्यापछी फेरी पुस्तक पढे, हैन के लेखेछु मैले यस्तो? तर, अस्वाभाविक त्यस्तो विवरण केही थिएन। म घोत्लीए झस्काईको कारण बुझ्न। तर फेला परेको छैन अहिलेसम्म कारण।
पुस्तक साउन ११ गते सार्वजनिकहुँदैछ। सार्वजनिकसँगै नेपालभर सहजै पुस्तक उपलब्ध हुनेछ। विदेशमा रहेका सुभेच्छुक र पुस्तकप्रेमीका लागी समेत अनलाइन खरिदको सुविधा उपलब्ध गराएको छ प्रकाशक फाइनप्रिन्टले।
नेपाल बाहिर भाटभटेनीवाट अनलाइन सपिङ गर्न सकिन्छ ओपन सेक्रेटको। पुस्तक पसलमा नगई नेपालभित्र अनलाइनवाटै किन्ने हो भने फाइन प्रिन्टको बुकवर्म साइटमा गएर अर्डन गर्न सकिन्छ। अनलाइन अर्डरपछी पुस्तक घरमै ल्याइदिन्छन् फाइनप्रिन्टले।  पहिलो पुस्तकवाट आएको प्रतिकृयाले उत्साहित छु। तर, परिक्षा अझै बाँकी छ। वास्तवमा मेरो शन्तुष्टी आत्मपरक हो या वास्तवीक त्यो तपाइहरुवाट आउने प्रतिकृयावाट मात्र पुष्टी हुनसक्छ। म त्यसैको प्रतिक्षामा छु ।

नेपाल बाहिरका लागी

http://www.bhatbhatenionline.com/Product/open-secret.html&id=27266e1511&cid=102/

नेपालभित्रका लागी

http://www.bookwormonthenet.com/top-books/open-secret.html

3 responses to "ओपन सेक्रेटको झस्काई"

  1. Pradumna says:

    I just bought it online. Hope it’s good. Good luck. Cheers

  2. Postak Shrestha says:

    केपीजी, पुस्तक प्रकाशन गर्नु भएकोमा बधाइ तथा शुभकामना। तर तंपाईलाई पनि आफ्नो पुस्तकको बिमोचन देशका बहालवाला प्रधानमन्त्रीवाट नै गराएर प्रचार गर्ने धोको भने रहेछ। तंपाईलाई लाग्दैन नेपालका प्रम, मन्त्री र नेताहरुको अधिकतम समय यस्तै पुस्तक बिमोचन, उद्घाटन, शिलान्यासमा बितिरेकोछ? मन्त्री, प्रमको काम त देशको दैनिक प्रशासन चलाउने हो नि। नेपालको समाचार पढ्ने हो भने मन्त्रीहरु कुन कार्यक्रममा गए र के भाषण ठोके भन्ने कुराहरुले मात्र भरिएको हुन्छ। तर यिनै प्रधानमन्त्री, मन्त्रीहरु जनताको सरोकारका, संबिधानैतिक समितीका र राजनैतिक बैठकहरुमा भने “ब्यस्तताको कारण” ले अनुपश्थित भइरहेका हुन्छन्। सचिवले निर्णयार्थ पेश गरेको फाइलहरु अध्यन गर्ने फुर्सद हुदैन यिनलाई। मन्त्रालयको फाईलहरु बोकेर सचिवहरु मन्त्रीलाई भेटन दौडधुप गरिरहेका हुन्छन्। नेपालका मन्त्रीहरुको काम बेमतलवका कार्यक्रमहरु उदघाटन गर्दैमा बितिरहेको छ। यस्ता कुराहरुलाई निरुत्साहित गर्न पर्नेमा तंपाईहरु जस्ता चेतनशील वर्ग पनि त्यहि लहैलहैमा लाग्न सुहाएन नि। विकसित देश अमेरिका, यूरोपतिरका पत्रपत्रिकाहरु कतिको हेर्नु हुन्छ कुनि, तंपाईले देख्नु भएको छ, सुन्नु राष्ट्रपति, मन्त्रीहरु पुस्तक बिमोचन गर्दे हिंडेको? उद्घाटन गर्दै हिंडेको? विकसित देशमा वहालवाला मन्त्री, प्रम, रा्ष्ट्रपतिको त कुरै नगर्नुस, भुपूहरुले समेत कुनै कार्यक्रममा उपश्थिति जनाएर भाषण दिएको शुल्क लिन्छन।

  3. rajiv Shahi says:

    I couldn’t get it on Ekata Books Store Thapathali

प्रतिकृया लेख्नुहोस्

(अनिवार्य)

अभिलेख

ताजा ब्लगहरू

मेरो सिफारिस

ताजा प्रतिकृयाहरू

सर्वाधिकार हाम्रो ब्लग डट कममा सुरक्षित
eXTReMe Tracker