बोले हस्तक्षेप गर्यो, कु गर्ने अभ्यास शुरु भयो भन्ने प्रतिकृया। नबोलौं देश अघोगतीतिर धकेलिएको कति सहेर बस्ने। यस्तै अन्यौलकाविच राष्ट्रपति डा रामवरण यादवले आफ्नो अधिकारक्षेत्रभित्रै बसेर ४० जना नेतालाई सितलनिवासमा भेला पारेर देशको वर्तमान अवस्थाको बारेमा सम्झाउने सरकारात्मक काम गरे आइतवार। तर, राष्ट्रपतिको परामर्शवाट आएको परिमाण हेर्दा नतिजाहिन नै देखियो।
सत्तामा रहेका दलका नेताहरु एक मिनेटपनि कुर्सीमा बस्दिन सहमती गरौं भन्ने गोपिकृष्णको झै सुगा रटाइमै अडिग देखिए। सत्ताबाहिर रहेका दलका नेतालेपनि उही पहिला राजीनामा अनी सहमतीको रटान दोहोर्याए। देशको दुर्गतीका साक्षी राष्ट्रपतिले तत्काल सहमती गर हैन भने आफगानिस्तानको हालतमा पुग्छ देश भन्दा पनि उनीहरुको मुटु चसक्क भएको आभास भने देखिएन।
हरेक घटनाक्रमलाई सत्ताको खेलसँग लगेर जोड्ने फोहोरी खेलनै प्रमुख कारण हो अहिलेको राजनीतिक अस्थिरता निम्त्याउनुमा। राष्ट्रहित भन्दा पार्टीगत र ब्यक्तिगत स्वार्थको खेलमा लडिबुडी गर्दानै संविधान सभाको हत्या भएको सत्य कसैको सामु छिपेको छैन। अहिले आएर एकतहका नेताहरु मरिसकेको त्यही संविधान सभालाई रामबुटी खुवाएर केही समयका लागी जिवित गराउने प्रयत्नमा छन्।
सहमतीको बाटो के हो? सत्ता नेतृत्वकर्ता दल माओवादीभित्रै एक मत, एक दृष्टीकोणको अभाव पुष्पकमल दाहाल अनी बाबुराम भट्टराईवाट आएका धारणावाटै प्रष्टीन्छ नै। कांग्रेस एमाले र अन्य दल अहिलेको समस्या चिर्न भन्दापनि यही समस्यालाई देखाएर सत्ताको कुर्सीमा पुग्न बढी सक्रिय भएको तथ्य बाबुरामको नजरवाट कसरी लूक्न सक्थ्यो र। लुकेन। त्यसैले सत्ताको मोहमा चुर्लुम्म डुबेपनि उनले महानता देखाउन कुर्सीमा बस्दिन सहमती गरेर त आउनुस् भन्ने तिर सफलताका साथ चलाइरहेका छन्।
सहमती सहमती भनेपनी कांग्रेस एमालेभित्रै समस्या रहेको कसैको सामु छिपेको छैन। अब सत्ताको नेतृत्व लिनुपर्छ भनेर कस्सिएको कांग्रेसभित्र त्यत्रो रडाको छ। उसले प्रधानमन्त्रीको एकल दावेदार समेत प्रस्तुत गर्न सकेको छैन। पार्टी सभापति शुसिल कोइराला संविधान सभा व्युताउने पक्षमा छैनन्। उनकै नेता रामचन्द्र पौडेल भने पक्षमा छन्।
सत्ता नेतृत्वको वातावरण बनाउनका लागी एमाले तातिसकेको छ। युवा संघलाई उसले सडकमा उतारेर बाबुरामले सत्ता छाडेमा त्यसको जस आफुले लिने वातावरण बनाइरहेको छ उसले। तर, उनीहरुले पनि मुख खोल्न सकेका छैनन्। भित्र सत्ताको खेलमा लमतन्न परेपनी सार्वजनिक मञ्चमा भने पहिला कांग्रेस नत्र हामी भनिरहेका छन्।
अनी यि सबै खेल हेर्दै मुसुक्क मुस्कुराउँदै बाबुरामले भनिरहेका छन्… मैले कसलाई छोड्ने? ‘ सहमती गरौं छोड्न तयार छु।’
पुष्पकमल दाहाल सरकार बाँदरको पुच्छर जस्तो भएको प्रतिकृया दिइरहेका छन्। बाँदरको पुच्छर लौरो न हतियार भने झै न सरकार नै छाड्न सकियो न सरकार चै चलाउन सकियो भन्दै हल्का गम्भिर बनिदिए।
मिलेर आउनुस्, नत्र विदेशी हस्तक्षेप बढ्छ, राष्ट्र संघ आउनसक्छ। राष्ट्र संघ आयो भने फर्कन गार्हो हुन्छ। अनी नेपाल उही अफगानिस्तानको हालतमा पुग्छ। सुध्रनुस् त भने राष्ट्रपतिले तर, नेताहरुको म त सुधि्रएको छु अर्को सुधि्रनुपर्छ मात्र भने। उनीहरु गम्भिर देखिएनन्।
देशै गूम्ला भन्दा पनि उनीहरुको मन चस्किएन। उनीहरुको व्यवहार हेर्दा कंकालै कंकालको पहाडमा बसेर भएपनी सत्ता नै प्रमुख हो भन्ने प्रष्टीयो। यो भन्दा अर्को विडम्बना अरु के होला?
फेसबुक, टि्वटरजस्ता सामाजिक सञ्जालमा अर्काको तस्बिर बिगारेर राख्ने गर्नुभएको छ भने अब कारबाहीमा पर्नुहोला। यस्ता कारबाही नियन्त्रण गर्न प्रहरीले विद्युतीय कारोबार ऐनलाई कडाइ साथ कार्यान्वयन गर्ने भएको छ। सूचना प्रविधिको दुरुपयोग गर्दै व्यक्तिको मानहानी–चरित्रहत्या हुने गरी तस्बिर बिगार्ने, अर्र्कैको तस्बिरका विभिन्न अंगहरू जोडेर प्रकाशित सामग्रीलाई आधार बनाएर त्यस्ता काममा संलग्न व्यक्तिलाई प्रहरी प्रधान कार्यालयले कारबाही [...]
बादरले आफुले पनि घर बनाउदैन र अर्काले बनाएको पनि भत्काईदिन्छ भने जस्तै यी नेताहरुले देश बनाउन हैन यिनीहरुले निजी स्वार्थमा देशको ढुकुटी लुट्नसम्म लुटी देशलाई खोक्रो बनाईसक्यो ६०१ जनाले २ बर्षमा बनाउन पर्ने संबिधान ४ बर्ष लगाएर पनि बनाउन सकेन कामै नगरी तलब भत्ता झ्वाम गरेर पनि अझ बोनस खाने सम्मको मिलोमतो गर्छ / खालि सहमति सहमतिको मन्त्र जपी जपी देशलाई यस्तो गतिमा पुराईसक्यो भने यिनीहरुलाई देशको माया छैन भन्ने कुरा सत्य भैसक्यो / अब देशलाई कहाँ पुरयाउनेहो भगवान पशुपति नाथलेनै जानुन /
To reduce the instability due to power struggle, Nepal need to follow US style Presidential/parliamentary election. The direct elect president will be responsible for runnning government.