लौ पढ्नोस ब्लगरका नालीबेली

समाचार सकियो । के गर्ने के गर्ने मन चंचल भइरहेको बेलामा कतावाट आइडिया आयो हैन हिन्दीब्लगको दुनिया कस्तो छ हं ? जिज्ञासा मेट्न लेखे हिन्दीब्लग अनी गुगलमा लगेर शब्द खसालीदिए । गुगलको बानी न हो । यसले थोरै दिन जानेपो । दियो टनाटन । कुन चाखलाग्दो कुन बोरिगं कसरी पत्ता पाउनु । हावातालमा क्लिक गर्दै गएको तेस्रो िलंकमा भेटिएको एउटा साइट बढो रमाइलो लाग्यो । अझ त्यसमा भेटिएको तपाई कस्तो खालको ब्लगर हौं भन्ने शिर्षकको सामागि् पढ्दा यस्तो रमाइलो लाग्यो कि कुरै नगर्नोस । खाली राजनीति मात्र लेख्यो भनेर गुनासो आइरहेको बेलामा किन छुटाउंथे यत्ति राम्रो सामागि् । त्यसैले भटाभट टाइप गरे अनी हालीदिए । ल पढ्नुस है त ब्लगरका प्रकार अनी अनुमान गर्नुस तपाई छिर्न भ्याउनुभएका ब्लगका ब्लगर कुन कोटीमा पर्छन ।

कुनै ब्लगर झिसमिसे विहानीमा उठेर शौचालयभित्र छिरेपछि ब्लगमा राख्ने सामागि्रको बारेमा विचार गर्छन । यस्ता ब्लगरहरु कुनै विषय ड्राफ्टनै नगरी लेख्छन । यता आडियो फुर्या छैन उता पोष्ट गर्न हतार । यस्ता ब्यक्तिका लागि ब्लग लेख्नका लागि कुनै निश्चित समयको प्रतिक्षा हुन्न । शनिवार होस या आइतवार विहान दिउस बेलुका सबै समय समान । अरुले आएर पढुन या नपढुन खुराक पस्कने मुड चलेपछि हाल्नैपर् यो नी । सामागि्का लागि जत्ति बढि आतुरता हुन्छ त्यत्ति चाडै सामागि् जुर्छ । यस्ता ब्लगरको अर्को रोगपनि हुन्छ जुन सबै ब्लगरमा हुन्छ आफ्नो नयां सामागि्रको िलंक टिकाउने । कोही च्याटमा आवोस या नआओस यि महोदय च्याटबोर्डमा िलंक हालेर कुरीरहन्छन ।

कोही मौसमी टाइपका ब्लगर हुन्छन । खाली यता यता हेरिरहन्छन । यस्ता ब्लगर आफ्नो वरिपरीको अवस्था समाचार घटनामाथि ध्यान दिएर बसेका हुन्छन । कतै केही हुनुहुन्न लेख्यो ठेलीहाल्यो । प्रचण्ड नुहाउन गयो लेख्यो । नुहाएर बाहिर आए लेख्यो । नुहाउन मानिरहेका छैनन भने फेरी अर्को लेख पेलिदियो । यस्ता ब्लगरका लागि समयको बढो महत्व हुन्छ । कतै नुहाउन गएका प्रचण्ड बाहिर ननिस्कुन भनेर हतार हतार ब्लग तयार गर्छन र पोष्ट गरिहाल्छन । यिनिहरुका लागि लेख सटिक हुनपनि आवश्यक छैन । यस्ता सामागि् लेख्ने ब्लगरहरु प्राय धेरै समाचार साइडहरु घुमिरहेको पाइन्छ । (मुल लेखमा मुर्शरफ थियो समसामयिक बनाउन प्रचण्ड लेखेको छु ।)

कुनै चै खवरिया जस्ता ब्लगर हुन्छन । जो धेरै मेहनत गर्दैनन सिधा कुनै समाचार साइटमा गयो कपि गर् यो आफ्नो लग्यो जस्ताको तस्तै पोष्ट गर् यो । उनीहरु सोच्छन त्यो साइटको बारेमा उसलाई मात्र जानकारी छ । अरु ब्लगरहरु त यहां भैसी चराउन आउने हुन । कहिलेकांही ब्यक्ति हो-हल्ला पनि गर्छन । अरुको प्रतिकृया त झन सुन्नै चाहंदैनन । धेरै हल्ला भयो भने कपि गरेको समाचारको पुछारमा एक दुई लाइन आफ्नो विचार थप्छन । यस्ता ब्लगर कपिराइटको बारेमा जानकार हुन्नन । थाहा पाएका भएपनि थाहा नपाएजस्तो गर्छन । यस्ता ब्लगर कुकुरमुत्ते जसरी जन्मछन र हावाले धुलो उडाएजसरी जान्छन । यस्को विश्वसनियता कम हुन्छ ।

कोही चै इन्टरनेट संसारमा घुमेको घुम्यै गर्ने बानी भएका हुन्छन । कुनै कुरा राम्रो लाग्यो कि सोचविचारनै नगरी आफ्नो ब्लगमा हालीहाल्छन । यस्ता ब्यक्ति िलंक दिएर सामाजिक धर्म गरेको सोच्छन । यस्तालाई आफ्नो सामागि् पुरा गर्ने हतार हुन्छ ।  जहांवाट सामागि् लिएको हो त्यसको िलंक राखिदियो । ल भाइ भइगयो काम । समाजसेवा पनि भयो सामािग्र पनि मिल्यो । पाठकले पढुन या टाउको फुटाउन उसलाई के चासो । उसको काम त सामागि् हाल्ने हो हालिगयो भयो ।

कुनै कुनै ब्लगर गम्भिर खालका पनि हुन्छन । कुनै सामागि् तयार पर्नु भन्दा त्यसलाई पढ्न धेरै समय लगाउंछन । पढ्दा सरल लाग्ने शब्दहरु हटाएर अर्मुत र नबुझिने शब्दहरु राख्न थाल्छन । जति अमुर्त लेख्ने क्षमता छ त्यत्ति नै लेख्छन । एक एक श्बदको पांच पांच अर्थ निकाल्छन । मतलव पांच खालका पाठकले सम्झुन । यस्ताका लागि लेख एक पुरा सरकारी प्रोजेक्ट हुन्छ आइडिया आउनदेदेखी तयार गरेर राख्नेसम्म विभिन्न चरण हुन्छन ।

कुनै ब्लगर भने बढो ठुलै सोच्छन । ठुलो मान्छे ठुलै सोच । ठुलो सोचको मतलव लामो लेख अनी गहिरो सोच । उनीहरु लामो लेख्न मन पराउंछन । यिनिहरुको सोच हुन्छ पाठक पहिला नै विचार गरेर समय निकालेर पढ्न आउंछन । पहिलो दिन आउंछन थोरै पढ्छन जान्छन दोस्रो दिन तेस्रो दिन गर्दै पढेर सक्छन । यस्ता ब्लगरलाई कति हिट्स मिल्ला आफैं विचार गर्नुस । दुइ चार पटक पढेपछि लेख र बुझिहाल्छ । पाठक आएनन भने च्याटमा लेखिहाल्छन-अरे मित्र तिमिले मेरो नयां लेख पढ्यौं तिमिलाई मनपर्ने छ ल यो लिकमा जाउं ।

कुनै ब्लगर हुन्छन कवि खालका । ब्लग लेख्नु यिनीहरुको रहर ?  हैन हैन, बानी ?  त्यो पनि हैन, मजवुरी ? हो । यिनिहरुको दिमागमा कविता अड्किरहेको हुन्छ । दिमागमा राम्ररी कविता फुर्या छैन यिनिहरु कम्प्युटरको किवोर्ड अगाडि बसिहाल्छन । त्यसपछि शुरु हुन्छ अनुच्छेद मिलाउने प्रकृया । यिनिहरु प्राय च्याटमा भेटिन्छन । पहिलो कारण : कविताका लागि उचित शब्द सोध्नका लागि दोस्रो आफ्नो गम्भिर पाठक खोज्नका लागि ।

कोही चै होमवर्क गर्ने खालका ब्लगर पनि हुन्छन । यिनिहरु थोरै लेख्छन । तर जव लेख्छन सबै जानकारी संकलन गरेर मात्र लेख्छन । यस्ताको सामागि् पढ्नका लागि ब्यक्ति कुरेर बसिरहेका हुन्छन । यिनिहरुका लेख साच्चिकै तारिफयोग्य हुन्छ नै । तर यस्ता ब्लगर छन नै कति यस्ता ब्लगर खोज्नु त भुसमा सियो खोज्नु बराबर हो ।

कुनै ब्लगरको चै बजारमा कुन नयां सामागि् आउंछ भनेर कुरेर बसेका हुन्छन ।
बजारमा नयां सामािगं आउन पाएको हुन्न यता उनको सामागि् तयार । जव यिनलाई भनिन्छ अमेरिकामा ते यो सामागि् भोलि आउंछ बांकी दुनियामा एक पहिना पछि आउंछ । तिमी अफि्कामा बसेर आज यसको समिक्षा कसरी लेख्न सक्छौं ? तव यि ब्लगर आफ्नो सामागि्मा जान्छन र पुर्वावलोकन(preview) गर्छन ।

१० कुनै ब्लगर चै आत्मकथा  हुन्छन । विहान सबैभन्दा पहिला जो ब्यक्ति भेटियो त्यसैवाट शुरु गरेर लेख्न बसिहाल्छन । यिनिहरुसंग लेख्नका लागि कहिल्यै सामागि्को कमि हुन्न । यस्ता ब्यक्ति सानो ठुलो जस्तो सुकै विषयमा लेख्छन । विहानै घुम्न जांदा तरकारी बेच्न हिडेको ब्यक्ति भेट्यो भने त्योसंग गफ गर् यो आयो लेखिहाल्यो । यिनीहरुका लागि जुनसुकै विषय पनि ब्लग लेख्न उत्तम नै हुन्छन ।

११ कुनै चै हंगामा मच्याउन रुचाउने खालका ब्लगर हुन्छन । यिनको उद्धेश्य नै सनसनी फैलाउने हुन्छ ।
१२ कुनै ब्लगर बढो ठुला ब्लगर हुन्छन । ब्लग लेख्नका लागि होली या तिहार नै आउनुपर्ने जस्तो । यस्ता ब्लगर कुनै पुरस्कार जितिसकेको हुनसक्छन । जसले उत्कृष्ठ ब्लगरको पुरस्कार जितेको हुन्छ सम्झनोस अब उसको काम सकियो । किनकी अब उसले ब्लग गर्नेवाला छैन । दिनकै ब्लग गर्नु यिनिहरु आफ्नो अपमान सम्झन्छन । यिनिहरु कहिलेकांही च्याटमा देखिन्छन त्यो पनि उनैलाइ काम पर् यो भने मात्र । कुरा शुरु गर्न पहिला यिनिहरु तपाईको कुनै ब्लग पढ्छन अनी नमस्कार आदानप्रदान भएपछि तपाईको प्रशंसा शुरु गर्छन । अनी जे काम लिनुपर्ने हो लिन्छन भाग्छन । यस्ता ब्लगरलाई भुतप्रेत ऐ हैन सरी भुतपूर्व ब्लगर भनिन्छ ।

१३ कुनै ब्लगर यस्ता हुन्छन जो सधै पाठकले मलाई सिरियसली लिएनन भन्ने भय हुन्छ । यिनिहरु पाठकको आफ्नो ब्लगप्रतिको चासोको परिक्षण गर्न बेला बेला ब्लगवाट सन्यासको घोषणा गर्न पनि पछि पर्दैनन ।

अब तपाई ब्लगर हो भने कुन श्रेणिको ब्लगरमा पर्नुभयो अथवा ब्लगको पाठक मात्र पर्नुभयो भने तपाईले पढ्ने गरेका ब्लगका ब्लगरहरु कुन कुन श्रेणिमा पर्ने रहेछन । प्रतिकृया लेख्नुहोला । तपाईलाई लाग्छ कि तपाईको श्रेणि त उल्लेख नै भएन । त्यसो हो भने त्यो श्रेणि पनि उल्लेख गरिदिनुहोला ।

© 2008, हाम्रो ब्लग. All rights reserved.

Share This Post

16 Comments so far »

  1. Dipak said

    am November 15 2008 @ 6:35 AM

    Great classification; more than that they all are giving you not taking a penny………….wonderful men wonderful blog world

  2. आकार said

    am November 15 2008 @ 8:33 AM

    म त १ नम्बर मै पर्छु ।
    मलाई जे जस्तो भनेपनि, कुनै टपिक जुर्ने बित्तिकै या आइडिया फुर्ने बित्तिकै लेखिहाल्छु ।
    अब शौचालय मा मात्रै आइडिया आउँछ भन्ने पनि हैन नि फेरि, हेहेहे !
    जेहोस्, १ नम्बर मा लेखेको कुरा प्राय: मिल्दो रहेछ । अब जहाँसम्म च्याट को कुरा भो, मेरो स्टाटस मा हरदम मेरो ब्लगको लिंक भन्दा केही हुँदैन ।

  3. आकार said

    am November 15 2008 @ 8:44 AM

    एकपटक यो लिंक हेर्ने कि; हिन्दि ब्लगरहरुले कति प्रगति गरेका रहेछन् !

  4. Deepak Jadit said

    am November 17 2008 @ 4:58 AM

    खै , म चैं तपाईंको बर्गिकरण हेर्दा कवि प्रकारको ब्लगरमा परेँ क्यार । हरहमेशा म कविता , कथा , गीत , गजल ईत्यादीको बारेमा सोचिरहेको र ब्लगमा पनि मुलत त्यस्तै सामाग्री ठेलीरहेको हुन्छु तर म च्याटमा पाठक खोजेर बस्दिंन र शब्द संसोधनको निंती पनि च्याटलाई प्रयोगमा ल्याउंदिंन ।
    मुख्य कुरा मैले नेपाली भाषाका धेरै ब्लगहरु हेरेको छैन होला , तपाईंले त बर्गिकरण नै गर्न भ्याईसक्नुभएको रहेछ ।

  5. Rajendra Bishwkarma said

    am November 18 2008 @ 12:40 PM

    ला मत ४ नम्बरमा परे परे जस्तो लाग्यो नि । ल ल बधाई छ केपी जि वर्गिकरण गर्नु भएको मा ।

  6. दामोदर नेपाल said

    am December 30 2008 @ 12:25 PM

    तपाइ चाहि चार नम्बरको ब्लगर पर्नुभएछ । यो लेख पनि हिन्दी ब्लगर जितुको मेरा पन्नाबाट साभार गारेको हो । जस्ताको तस्तै अनुवाद गर्नुभएछ तर स्रोत खुलाउनु पर्छ  नि यस्तो पनि गर्ने हो ?

  7. Yogesh Khapangi said

    am January 10 2009 @ 6:18 PM

    म चै अल्छे ब्लगर परे । खुबै वेबसाईट घुम्नु पर्ने । भरसक नयाँ दिन खोज्ने । ब्यक्ती चित्रण गर्न मननपराउने । तर आफ्नो बारेमा कसैले लेखेको छ भने आफ्नो ब्लगमा तु राख्ने । कहिलेकाही ब्लगको बालमतलब नगरने । कहिले चै बिहानदेखी नेटमा बस्या छ बस्या छ । अच्चमको मनुवा हो म । कुनै काम अरुले सुरु गरिसकेपछी म चै के काम भनेर लागिपर्ने र अरुभन्दा अब्बल गर्न खोज्ने । 

  8. पुष्प said

    am February 9 2009 @ 1:25 PM

    आकारजी तपाईं हिन्दी ब्लगको ताँतीमा ? कुरो बुझिएन नि ।

  9. bipicha said

    am March 7 2009 @ 10:50 PM

    I am just reader. I read only Nepali blog and sometimes English as well but in Nepali subject. I think most of the Nepali bloger are # 4 as you mentioned.
    Anyway I found interesting reading your blog keep continue. All the best.
    Bipicha from Israel
     

  10. ramesh kumar said

    am March 28 2009 @ 7:48 PM

    hello everybody  There in New zealand  & Australia? I am looking job  do contact me at 
    gdetoxify@yahoo.com
    thank you

  11. Kishor said

    am April 20 2009 @ 9:27 PM

    Classification ta thikai ho… Tara ma jasta blogger ko chai khyal rakheko rahena jasto lagyo… Koi koi Photo blogger pani hunchan… Dherai lekhdainan, dekheko kura Khichera post garchan… :)

  12. prakash said

    am May 6 2009 @ 4:22 AM

    i fall in none of above..iam a bhutanese refugee fellow..i used my brain a little(as i thought),i just opened the blog and wrote some articles,but i didnot get time to continue even then i wrote two sentences a day and published..i got some visitors .My blog attracted newly resettled bhutanese in USA and some Bhutanese bro showed their willingness to join with me which  i think it is great..These days i dont write but i have name still there as blogger..all think that iam writting(though the writers name is published below post)and i get the credits for all.All says thanks to me..seems funny right?but that is true..iam doing same..so anyone tell me where do i fall in above catogory?i appreciate your catogorization.thanks

  13. Lochan Acharya said

    am August 5 2009 @ 2:15 PM

    I am no.1 blogger becoz I am a student also that so

  14. pravu said

    am November 19 2009 @ 5:46 PM

    n u r no.3 type of blogger !

  15. bhim Prasad said

    am March 30 2010 @ 6:12 PM

    गजबको विश्लेषण । पढ्न मज्जा आयो । धन्यवाद । अब सोच्दैछु म चाहि कता पर्ने रहेछु ?

  16. Deepika said

    am August 3 2010 @ 8:10 PM

    Thanks for a nice report on classification of blog! We hope for other news related to development and social value of Nepal in future with the help of blog news.

Comment RSS · TrackBack URI

Leave a comment

Name: (Required)

eMail: (Required)

Website:

Comment:

प्रतिकृया नीति

प्रतिकृया दिनु अगाडि ध्यान दिनुहोस

  • ब्लग मार्फत उठान गरिएका विषय केन्द्रित प्रतिकृया दिएर सार्थक बहसको अभ्यास गरौं ।
  • प्रतिकृया राख्दा आफ्नो वास्तविक नाम र इमेल राख्नुहोला । इमेल गोप्य रहने छ ।
  • सबैको विचारको सम्मान गर्दै प्रतिकृया खुल्ला गरिएको छ । तर, अश्लिल,असभ्य र विषय केन्द्रित नभएका प्रतिकृया हटाइने छ ।

प्रत्यक्ष अन्तर्कियानै ब्लगको शौन्दर्य हो । तर त्यसलाइ कायम राख्न रचनात्मक प्रतिकृयाले महत्वपुर्ण भुमिका खेल्छ । त्यसैले हाम्रोब्लग तपाईवाट रचनात्मक विषयकेन्द्रित र शभ्य भाषा प्रयोग गरेको प्रतिकृयाको आशा गर्दछ ।

 

Anti-Spam Protection by WP-SpamFree