हाम्रोबारेमा

  •  २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहद्धारा विविध विषयसंगै संचारमा उब्जाइएको चरम अप्ठ्यारो अवस्था ब्लगमा प्रवेश गर्ने प्रमुख कारण बन्यो । ज्ञानेन्द्रको कदम अगाडि देखेको कुरा लेखिरहेको बानी उनको राजनीतिक चालसंगै कलमको अक्षर बन्दुकको कुन्दावाट किचिने सकसका विच देखेको कुरा लेख्न पाउने मैदानको खोजीक्रममा अनायसै यो मैदानसंग भेट भएको थियो जो, अहिलेसम्म जारी छ । तत्कालीन अवस्था अनुसार राजनीतिलाइ केन्द्रविन्दुमा राखेर शुरु भएको ब्लगयात्रा राजनीतिककोणमै केन्द्रित छ । रुची अनी राजनीतिक संकट समाधानको साटो थप गहिरिनु यसको कारण हुनसक्छ । तर,दैनिकीका क्रममा देखेका भोगेका र अनुभव गरेका विविध विषयको शुक्ष्म विष्लेशण गरी म पात्रको कोणवाट पस्कने अभियान जारी छ र, रहने छ ।
  •  ब्यक्तिपिच्छे  दृष्टीकोण फरक हुनु नौलो विषय पक्कै हैन । यो स्वभावीक नै हो । त्यसैले हरेक घटनाक्रमको तटस्थता दहिचिउरो प्रबृत्तीमा मात्र हुनसक्छ भन्ने मेरो दृष्टीकोण हो । एउटालाई सत्य लागेको विषय अर्कोको नजरमा निकृष्ट लाग्नु स्वभावीक नै हो । तर,यसको मतलव कालोलाइ सेतो र सेतोलाइ कालो भनेर विष्लेशण गरी भ्रम फैलाउने उद्धेश्य पक्कै पनि हैन । विषयगत रुपमा सहित तथ्यको आधारमा विचार पस्कन सदैब सजग रहनेछु ।
  • राष्ट्र, समाज र ब्यक्तिगत विकासका लागि पहिलो र अन्तीम अनिवार्य सर्त लोकतन्त्र नै हो भन्ने मेरो मान्यता छ । दलविशेष निरंकुशता होस या संस्था विशेष जे भएपनि त्यो निरंकुशता नै हो । जुन रुप र सारमा भएपनि निरंकुशता जन्माउने अभ्यास भयो भने त्यसको विरोध स्वभावीक हो । ब्यक्ति रहनु या नरहुन,कुनै दल विशेष रहोस या नरहोस, तर, बहुदलिय प्रतिष्पर्धामा आधारित लोकतान्त्रीक शासनपद्धती सधै कायम रहनुपर्छ यही हो मेरो राजनीतिक दृष्टीकोण ।
  • हाम्रोब्लगलाई सबैको साझा विचार मन्थनको चौतारीको रुपमा विकास गर्ने प्रयास जारी छ र रहनेछ । तर तपाईको सहभागिताविना यो अभियानले पक्कै सार्थकता पाउन सक्दैननै । हाम्रोब्लग सधै तपाईको विचार,अन्र्तक्रिया ताली, गाली मार्गदर्शन र सद्भावको प्रतिक्षमा रहनेछ । यि हाम्रोब्लगको निरन्तरताको खंदिलो खुराक हो ।
  • अन्तमा अहिलेसम्म तपाईले दिनुभएको साथका लागि धन्यवाद, सधै यसरीनै साथ पाउने विश्वास लिएको छु ।

KP DHUNGANA
E-mail : kpdhungana@gmail.com
Mobile : 9841368677
Postal Address : Navasudhargalli,Chabhil, Chuchepati, Ward Number-7, kathmandu,Nepal,