मधेसी दलको घातक चाल

राष्ट्रको सबैभन्दा महत्वपूर्ण पाटो भनेको भुमी, शुरक्षा र नागरिकनै हो। मधेसी केन्द्रित यि चार दल योजनावद्ध रुपमै यही तीन महत्वपूर्ण अगंमाथी कब्जाको रणनीतिमा सक्रिय छन् ।

मधेस आन्दोलन चर्काएर आफ्ना काला उद्धेश्य पुरा गर्न सरकारलाई घुंडा टेकाउने प्रयास असफल भएर रन्थनिएका मधेस केन्द्रित दलहरु असफल भएका आफ्ना पुराना माग पुरा गराउन प्रधानमन्त्री निर्वाचनलाई हतियार बनाउन सक्रिय भएका छन् । अन्य राष्ट्रिय मुद्धामा कहिल्यै एक ठाउंमा नआउने जव स्वार्थ मिल्छ अनी मधेसी मोर्चा भन्दै एकै ठाउंमा भेला हुदैं राष्ट्रघाती मुद्धालाई सर्तका रुपमा अगाडि सार्ने गरेका मधेस केन्द्रित चार दलका नेता कांग्रेस र माओवादीलाई प्रधानमन्त्रीको कुर्सीको लोभ देखाएर आफ्ना कुत्सीत मनसाय पुरा गराउने रणनीतिमा पुन सक्रिए भएका छन् । बांकी सामाग्री »

Share This Post

यस्तो भए कस्तो हुन्थ्यो ?

एकैवादमा विश्वास गर्ने नेताहरु एकै दलमा सहभागी हुने हो भने राष्ट्रका लागी पनि राम्रै हुने थियो। राजनीतिक प्रतिष्पर्धामा पनि निखारता आउने थियो। अस्वस्थ र विकारयुक्त चलखेल पनि कम हुने थियो।

वास्तवमा २ वटा मात्र पार्टी हुने हो भने गज्जप हुनेथियो। एउटा कम्युनिष्ट विचारधाराको अर्को प्रजातान्त्रीक विचारधाराको। यसो भयो भने आम नागरिक पनि २ कित्तामा हुन्थे। कि लेफ्ट कि डेमोक्रेट। आखिरमा जति दल भएपनि विचारधारा यहीविचका हुने हुन। कोही कोही अराजकवादका पनि पार्टी होलान् तर, अहिलेको विश्वमा मुल प्रतिष्पर्धा यि दुबैवादका विचमा देखिन्छ। अहिले नेपालमा रहेका दलहरुविचपनि विस्तारै धु्रविकरण भएर २ विचारधाराका २ दल निर्माण भए राजनीतिले असल बाटो समात्थ्यो कि? बांकी सामाग्री »

Share This Post

माओवादी एमालेको उस्तै कथा–व्यथा

आम नागरिक र पार्टीभित्रको एक पक्तिंमाझ बाबुराम विस्तारै लोकप्रिय नेता बन्दैछन्। अर्थमन्त्रीको रुपमा उनले गरेको कामको आधारमा पनि उनलाई प्रधानमन्त्रीको रुपमा हेर्न चाहने शुभचिन्तकको संख्या बढ्दैछ। यसले पार्टीबाहिर र पार्टीभित्र बाबुराम बलियो बन्दै जाने देखिएको छ। जसको संकेत हो अहिले देखिएको विवाद र संघर्ष बढ्दै जाने। यो हिजोका विवाद र संघर्ष झै संगै नाचेर या रोएर समाधान हुने देखिएको छैन।

अन्य दल समर्थनका लागी सकारात्मकहुंदाहुंदै एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पार्टीका उपाध्यक्ष बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन राजी भएनन्। भट्टराईप्रति सकारात्मक तर पुष्पकमल दहालप्रति नकारात्मक दलहरुको संख्या धेरै रहेछन् भन्ने तथ्य त बुधवारको निर्वाचनले पनि पुष्टी गर्‍यो नै। माओवादीलाई मधेसवादी दलले मात्र समर्थन गरेको भए दाहाल प्रधानमन्त्री हुने रहेछन्। प्रधानमन्त्रीको उम्मेदवारी दर्ता अगाडिसम्म अन्य साना दल र मधेसवादी दलहरु बाबुरामप्रति सकारात्मक देखिएका थिए। भट्टराई उम्मेदवार भएका भए माओवादीलाई चाहिने मत पुग्ने बुधवारको मतपरिणामवाट पुष्टी नै भयो। यसवाट आफु प्रधानमन्त्री नहुने भएपछि दाहालले भट्टराईलाई पनि प्रधानमन्त्री बन्न दिएनन् भन्ने प्रष्ट देखियो नै। बांकी सामाग्री »

Share This Post

अजव नेपालको गजव निर्वाचन

कांग्रेस, माओवादी दुबैको पक्षमा बहुमत नहुनु, एमालेले २ तिहाई समर्थनको पार्टीलाई मात्र साथ दिन्छु भनेर कुर्लनु र मधेसवादी दल माओवादीपक्षमा जाने सम्भावना नदेखिनुले कतै शुक्रवारको निर्वाचन परिणाम पनि बुधवारको झै हुने त हैन?

प्रधानमन्त्री बन्ने राजनीतिक मैदानमा उत्रिएका एमाले अध्यक्ष झलनाथ खनालले लक्ष अनुसारको दुई तिहाई मत ४०१ ल्याउन नसकेपछि मैदान छोडेपछि सबैको अनुमान अनुसारनै प्रधानमन्त्रीका प्रतिष्पर्धी कांग्रेस उपसभापति रामचन्द्र पौडेल र माओवादी अध्यक्ष पुष्पकमल दाहालले बहुमत ल्याउन सकेनन्। निर्वाचन प्रकृयावाट बहुमत ल्याउने दावी गरेका यि दुबै नेताले आफ्नो दलको मतबाहेक अन्य दलको न्युन मत मात्र पाए। दाहालले माओवादीको २३७ मतसंगै अन्य पांच मत मात्र पाए अनी पौडेलले पार्टीका ११० मा थप १० मत मात्र पाएपछि प्रधानमन्त्रीको पहिलो चरणको निर्वाचनमा बहुमत जुटाउन नसकेर दुबैको प्रस्ताव पराजीत भयो। दोस्रो चरणको निर्वाचन शुक्रवार तोकिएको छ। मैदानमा अब दाहाल र पौडेल मात्र छन्। तर, परिणामको अन्यौलता हटेको छैन। बांकी सामाग्री »

Share This Post

पौडेल, खनाल र दाहालको कठिन रात

तीनै जना उम्मेदवार मात्र हैनन् सभासद समेत रातभर सुत्ने भएनन् । रातभरमा को-को रित्तिने हुन कस्को गोजी भरिने हो ?

प्रमुख दावेदार माओवादी, एमाले र कांग्रेसका प्रमुख नेता प्रधानमन्त्रीको मैदानमा उत्रिएपछि बढो रोचक मोडमा पुगेको छ नेपालको राजनीति। यस अगाडि भएका प्रधानमन्त्री चयनको प्रकृया केवल औपचारिकतामा मात्र सिमित भएकाले होला मंगलवार निर्माण भएको राजनीतिक परिदृष्यले अगग्गै तरगं ल्याएको छ नेपाली राजनीतिमा। रोचक यस कारण पनि कि प्रधानमन्त्रीको प्रतिष्पर्धामा उत्रिएका कसैको पक्षमा बहुमत देखिएको छैन। यस्तो बेला रातभरमा विकसीत हुने राजनीतिक घटनाक्रमले ल्याउने परिणाम पक्कै स्वभावीक हुने छैन नै। कस्तो सिक्वेन्स बनेको छ भने अनुमान गर्नै हम्मे पर्ने। पौडेललाई माओवादी बाहेक सबैले साथ दिनुपर्ने अवस्था छ। त्यो सम्भव छैन। एमालेलाई माओवादी सहित सबैको साथ चाहिने यो पनि सम्भव छैन। माओवादीलाई कि एमाले हैन भने मधेसवादी दलको दर्हो साथ चाहिने जुन बाटो सहज छैन। बांकी सामाग्री »

Share This Post

पौडेलको सपना उड्ला जस्तो छ

प्रधानमन्त्रीको निर्वाचनहुन २ दिन बांकी रहंदासम्मको गठबन्धन पौडेलको पक्षमा देखिएको छैन। चमत्कार भएन भने प्रधानमन्त्रीको रुपमा सिंहदरवार बालुवाटार प्रवेश गर्ने पौडेलको सपना यो पाली पुरा हुने छांट देखिएको छैन।

सरकार नेतृत्वका लागि मरिहत्ते गरेका कांग्रेस उपसभापति रामचन्द्र पौडेलको प्रधानमन्त्री बन्ने प्रयास केवल सपनामा मात्र हुने सम्भावना बढेर गएको छ। माधव नेपाल जुन सुत्रवाट प्रधानमन्त्री भएका थिए पौडेलले पनि त्यही सुत्रको प्रयोग गर्ने प्रयास गरेका थिए। सुत्र सफल बनाउन पौडेल दौडेका दौडेई छन्। तर, एमाले आफ्नै नेतृत्वमा सरकार गठनमा केन्द्रित भएको र मधेसवादी दल जता दुध त्यत्तै विरालो झै जता बहुमत पुग्ला जस्तो हुन्छ त्यतै समर्थन गर्न दौडिने तयारीमा रहेकाले पौडेलको दौडधुप खेर जाने संकेत देखिएको छ। बांकी सामाग्री »

Share This Post

वेबसाईटवाट चन्दा माग्दैछन् रामचन्द्र

प्रधानमन्त्री नियुक्त भएपछि पुष्पकमल दाहालले आफ्नो ब्यक्तिगत वेबसाईट बनाए। माधवकुमार नेपालले पनि प्रधानमन्त्री भएपछि नै आफ्नो व्यक्तिगत वेबसाईटको निर्माण गराए। प्रधानमन्त्री बन्न ब्यक्तिगत वेबसाईट नै चाहिने ठानेर होकि के हो कुन्नि पार्टीका तर्फवाट प्रधानमन्त्रीका उम्मेदवार बनेका रामचन्द्र पौडेलले नेपालले प्रधानमन्त्री पदवाट राजीनामा दिएको तेस्रो दिन ब्यक्तिगत वेबसाईट सार्वजनिक गरेका थिए। ब्यक्तिगत विवरण, दैनीकी,तस्विर लगायतका सामाग्रिहरु रहेका उनको साईट प्रधानमन्त्रीका लागि उनको दौडधुपसंगै सक्रिय बनेको छ। बांकी सामाग्री »

Share This Post

प्रधानमन्त्री पथमा पौडेल

पार्टीभित्र बढेको विवाद साम्य बनाउंदै आश्चर्यजनक रुपमा कांग्रेसको तर्फवाट प्रधानमन्त्रीको उम्मेदवार बन्न सफल भएका छन् रामचन्द्र पौडेल। कुलबहादुर गुरुगंलाई गोविन्दराज जोशि समुहले च्याखे थापेका मात्र थिए। कुनै हालतमा पनि पौडेललाई प्रधानमन्त्री बन्न नदिन पूजापाठ अनी आफु निकटका नेताहरुसंग निरन्तर छलफलमा रहेका शेरबहादुर देउवाले पौडेललाई नै समर्थन गरेर अचम्मै गरे। शनिवार बसेको पार्टीको केन्द्रिय समितिको बैठकमा प्रधानमन्त्रीको उम्मेदवारको विषयमा चर्काचर्की हुने सबैको पूर्वानुमानलाई गलत प्रमाणित गर्दै पौडेललाई प्रधानमन्त्री बनाउने प्रस्तावक देउवा बनेछन् अनी समर्थक गुरुगं। सायद आजैवाट बोहोराटारको बंगालोमा बसेर पौडेल सिंहदरवारमा रहेको प्रधानमन्त्रीको तातोकुर्सीमा हल्लीरहेको सपनामा मग्न भईसके होला। बांकी सामाग्री »

Share This Post

प्रचन्डजी, बाबुराम प्रधानमन्त्री भए के हुन्छ?

प्रचन्डले उदार दिलका साथ एक वर्षका लागि नलडौं, संविधान बनाएर शान्ती प्रकृयालाई निष्कर्षमा पुर्‍याउन बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउ भनेर एमाले, कांग्रेस लगायतका दललाई प्रस्ताव गर्ने हो भने माहौल परिर्वतन हुनसक्थ्यो कि?

बाबुरामलाई प्रधानमन्त्रीपदको उम्मेदवार बनाउने हो भने विरोधी दलका सभासदहरुले पनि उनलाई समर्थन गर्ने सम्भावना बलियो छ। कांग्रेसका नेताहरुले सार्वजनिक रुपमै बाबुराम प्रधानमन्त्रीका उम्मेदवार हुने हो भने पार्टीले सहयोग गर्ने सार्वजनिक कार्यक्रमहरुमा बोलेका छन्। एमालेभित्र पनि बाबुरामलाई प्रधानमन्त्रीमा समर्थन गर्नेहरुको संख्या उल्लेख्य छ। माधवकुमार नेपाल समेत बाबुरामको पक्षमा उभिइसकेका हुन। तर, किन प्रचन्ड आफु नै प्रधानमन्त्री बन्नुपर्ने लिडेढिपीमा छन्? शान्ती र नयां संविधान निर्माण मुख्य एजेन्डा हो भने पार्टीवाट प्रचन्डको साटो बाबुरामले प्रतिनिधित्व गर्दा के चै हुने रहेछ? बांकी सामाग्री »

Share This Post

कति कालीबहादुरहरु जोगाउने कमरेड ?

अब हेर्नु छ माओवादीको नेतृत्व चेतेर खामलाइ कार्वाहीमा गराउन सहयोगी बन्छ कि रामहरी हत्यामा जोगाए झै जोगाएर पुन तेस्रो अपराधको प्रतिक्षामा बस्छ?

प्रधानमन्त्रीपदवाट माधव नेपालले राजीनामा दिएपछि बहुमतीय आधारमा भएपनि सरकारको नेतृत्व गर्ने प्रयासमा सक्रिय माओवादी अहिले पुन आफ्नै केन्द्रिय नेता तथा पांचौ डिभिजनका कमान्डर कालीबहादुर खामका कारण आपराधिक घटनामा मुछिएको छ। खाम तीनै ब्यक्ति हुन जसले १४ लाख र पेस्तोल विवादमा कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको अपहरण गरी कुटीकुटी मारेको अभियोग छ। खामको दोस्रो चरणपछि जिज्ञासा उब्जीयो मनमा। माओवादी जव जव सत्ता नेतृत्वको प्रयासमा रहन्छ तव उसका नेता तथा कार्यकताको अपराधीक व्यवहारवाट सधै विवादमा  किन तानिन्छ? के यो संयोग या माओवादी नेताहरुले दावी गरे झै शड्यन्त्र मात्र हो त? श्रेष्ठ हत्यामा राज्यले खामलाई पक्राउ गर्ने भरमग्दुर प्रयास गरेको नै थियो। तर, माओवादीको असहयोगी व्वबहारका कारण सरकारले एक्लै पक्राउ गर्ने हिम्मत गर्न सकेन। सरकारले चाहेको भए उनलाई पक्राउ गर्नु कुनै आईतवारको कुरो थिएन। तर, के कारणले हो राज्यले हिम्मत गरेन। बांकी सामाग्री »

Share This Post