ओझेल पर्दै गएका मनमोहनलाइ चियाउंदा

२०५६ मा नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको देहान्त भएको थियो । एमालेको विभाजनसंगै थपिएको चुनौतिको सामना गर्नेक्रममा थपिएको धपेडिका कारण चुनावी सभालाइ सम्बोधन गर्दागर्दै बोहोस भएका अधिकारी उपचारको क्रममा मृत्यु भएको थियो । आज उनै अधिकारीको नवौं स्मृती दिवस हो । तर,कत्तिले सम्भिएका छन अधिकारीलाइ ? माले हुंदै नेकपा एमालेको उदयसंगै मनमोहन अधिकारी त्यसको अध्यक्षको रुपमा उदाएका थिए । अनी त्यसको महासचिव थिए मदन भण्डारी । यि दुबैको योगदानले नेपालमा कम्युनिष्टको परिभाषामा परिर्वतन मात्र भएन जनतामाझ लोकप्रिय समेत बनेको थियो । एकाएक दासढुंगा हत्याकाण्ड भयो । लोकप्रिय नेता मदन भण्डारीको हत्या भयो । त्यसपछि एमालेको बागडोर सम्हाल्ने सबै जिम्मेवारी अधिकारीको हातमा आएको थियो । अनी महासचिवको रुपमा उदाय माधवकुमार नेपाल । बांकी सामाग्री »

Share This Post

कांग्रेस बैठकमा कसले के भने

संविधान सभा सदस्यका लागि भएको चुनावको परिणामको समिक्षाका लागि बसेको कांग्रेसको केन्द्रिय समितिको बैठकमा हारको सुक्ष्म विष्लेशणमा भन्दापनि आपसि आरोप प्रत्यारोपका साथ ४ दिनका लागि स्थगीत भएको छ । सधै झै यो केन्द्रिय समितिको बैठकमा पनि गृहमन्त्री कृष्णप्रसाद सिटौला सबैको तारो बने र सहकर्मीवाट व्ंग्यात्मक रुपमा माओवादीलाइ जिताउनमा सहयोग गरेकोमा बधाइ पाए । बालुवाटारमा चलेको बैठकमा कसले के भनेछन त विष्तृत भित्र

बांकी सामाग्री »

Share This Post

हारको कारण खोज्दै कांग्रेस नेता

शन्देस स्पष्ट छ-अब सुध्र । कांग्रेसले संविधान सभामा मतदातावाट पाएको पाठ यही हो । अनी संविधान सभामा हारको कारण पनि यही हो । यदी कांग्रेसको विहिवार विहान ९ वजेवाट शुरु भएको केन्द्रिय समितिको बैठकले यही निष्कर्ष निकाल्न सक्यो भने कांग्रेसको भविष्य उज्वल छ । हैन भने उसको पथ भनेकै प्रजापरिषद हो ।

पार्टीको बैठक भएपनि प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा संविधान सभा चुनावको परिणामको समिक्षा शुरु भइसकेको छ । हारवाट आत्तिएका,जीतवाट मात्तिएका र वागीको नाममा कार्वाहीमा परेका सबैको उपस्थिती रहेको छ बैठकमा । संविधान सभाको प्रत्यक्षमा उठेका २ सय ४० सांसद र ७५ जिल्लाका जिल्ला कार्य समितिले पठाएको प्रतिवेदनको समिक्षाका साथ भावि नेतृत्व र रणनीति निर्माणमा बैठक केन्द्रित हुने आशा सबैको छ । बांकी सामाग्री »

Share This Post

विद्रोहीलाइ तह लगाउने जिम्मा विद्रोहीकै

संविधान सभा चुनावसंगै दिगो शान्ति स्थापना हुने आशा गरिएको थियो । तर संविधान सभा सदस्यको चुनावमा नतिजा सकिएर मुलुक शान्तिको बाटोमा हिड्न नपाउंदै चुनवाताका मौन बसेका तराइका सशस्त्र समुह पुन सकि्य हुन थालेका छन । अहिले एकाएक जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन समूह सबैभन्दा अगाडि देखिएको छ । सो समुहले बुधवार एक प्रहरी हवल्दारको अपहरण गरेर प्रहरी हिरासतमा रहेका आफ्ना नेताको रिहाइको माग गरेको छ । बांकी सामाग्री »

Share This Post

प्रजातन्त्र,लोकतन्त्र र गणतन्त्र दिवसको नाममा

राजा ज्ञानेन्द्र शाहले जनताका अगाडि घुंडा टेकेको स्मरणमा आज लोकतन्त्र दिवस मनाइदैछ । २०६३ बैशाख ११ गते ज्ञानेन्द्रले जनताको नासो जनतलाइ नै फिर्ता दिने घोषणाका साथ विघठित प्रतिनिधि सभा पुर्नस्थापन गरेका थिए । फागुन ७ गतेलाइ फर्किएर याद गर्नुभयो भने त्यो दिन हामीले प्रजातन्त्र दिवस मनाएका थियौं । त्यो चाही २००७ मा आएको प्रजातन्त्रको स्मरणमा । अहिले मुलुक गणतन्त्रको ढोकामै छौं । दिवसमा अर्को दिन पनि थपिने पक्का छ । तर के त्यो बेलामा पनि यि तीनवटै दिवस मनाउने ? बांकी सामाग्री »

Share This Post

एमाले फुटाउने दाउमा छ माओवादी

एमाले फुटेर जव मालेको जन्म भयो । अनी जव मालेका प्रभावशाली नेताहरु पुन एमालेमा फर्किए त्यो अवसर माओवादीका लागि सुनौलो थियो । र उनीहरुले त्यसको सदुपयोग पनि गरेका नै हुन । कृष्ण केसी, हिमाल शर्मा,हरी रोक्का लगायतका प्रभावशाली ब्यक्तिहरु मालेवाट एमालेमा फर्कन चाहेनन र उनीहरु बरु माओवादीतिर लागे । केशव स्थापीत राधाकुष्ण मैनाली जस्ता क्रान्तीकारी नेताहरु न एमाले न माओवादी राजावादीका रुपमा उदाए । साधारण कार्यकर्ता त कति गए मालेवाट माओवपादीमा गणनै हुन सकेन । त्यसको प्रभाव के त ? अहिले देखिएको छ । बांकी सामाग्री »

Share This Post

किन हारे कांग्रेस एमाले ?

संविधान सभा सदस्य निर्वाचनमा सबैभन्दा ठुलो दलको रुपमा स्थापीत हुन पुगेको माओवादी सरकार निर्माणका लागि सबै पक्षको चित्त बुझाउन क्रियशिल भइरहेको बेलामा एमाले र कांग्रेस भने चुनावमा हारको कारणको समिक्षामा लागेका छन । बहुमतको दावी गर्दै बसेका दुबै ठुला दल साना दलमा खुम्चीएपछि जिल्ला समिति प्रतिवेदन लेखनमा व्यस्त बनेको छ भने जिल्लाका नेताहरु समक्षामा व्यस्त छन । हारको समिक्षाका लागि कांग्रेसले १२ गते केन्द्रिय समितिको बैठक डाकिसकेको छ भने एमालेको केन्द्रिय समितिको बैठक १५ गतेवाट शुरु हुंदैछ । यि दुबै दलको बैठक मुख्य रुपमा हारको कारण र सरकारमा सहभागिताको विषयमा केन्द्रित हुने देखिएको छ । किन हारे कांग्रेस एमाले सबैले आ-आफ्नो पारामा विष्लेशण गरिरहेका छन नै । ति समिक्षा र टिप्पणिहरु पढ्दा। सुन्दा र हेर्दा अहिलेसम्म यस्ता कारण देखिएका छन । बांकी सामाग्री »

Share This Post

ज्ञानेन्द्रलाइ ह्दयघात !

सोमवार बेलुका एकाएक राजगद्धी खोसिने अन्तीम अवस्थामा पुगेका राजा ज्ञानेन्द्र शाहको ह्दयघात भएको चर्चा चल्यो । नारयणहिटीमा रहेको बेलामा उनलाइ ह्दयघात भएको र उपचारका लागि थापाथलीमा रहेको नर्भिक अस्पतालमा लगेको चर्चाले राम्रै बजार पायो । धेरैले एसएमएसवाट जिज्ञासा राखेपछि सम्बन्धीत क्षेत्रमा बुझ्ने प्रयासमा जोडतोडका साथ शुरु भयो । ज्ञानेन्द्र मुटुका रोगि हुन भन्ने यस अगाडि नै सार्वजनिक भइसकेको विषय हो । अहिले उनी अत्यन्त तनावमा छन । लिगलिगकोटमा दौडिएर शाह बंशले शुरु गरेको बंशगत बर्चश्व अहिलेसम्म कायम छ । अब राजतन्त्र जोगाउनका लागि उनलाइ दौडने अनुमति समेत छैन । यस्तो बेलामा उनको मुटुले काम नगर्नुपनि सामान्य नै हो । त्यसैले चर्चा आधारहिन हो भन्न सकिएन । बांकी सामाग्री »

Share This Post

फसाद पार्ने भयो इन्धनले

माओवादीको नेतृत्वमा गठन हुने सरकारको पहिलो काम इन्धनको मुल्यबृद्धीवाट हुदैंछ । चुनावका लागि हारगुहार गरेर इन्धनको मुल्यबृद्धी रॊकिएपनि अहिले आयल निगम तेल विहीन अवस्थामा पुगिसकेको छ । निगमले इन्धनको आपुर्ति सहज बनाउन मुत्यबृद्धीको विकल्प नभएको बताउंदै आएको शन्र्दभमा अब बन्ने सरकारका अगाडि मुल्यबृद्धीको अर्को बाटो देखिएको छैन । बांकी सामाग्री »

Share This Post

आफ्नै सहकर्मीले खुट्टा तान्दा रोकिए महन्थ

संविधान सभामा सहभागि हुनैपर्ने अर्का एक हस्ती महन्थ ठाकुर पराजीत भएको समाचारले सन्चारमाध्ययममा बढो स्थान पायो । आफ्नो राजनीतिक यात्राको लामोकाल नेपाली कांग्रेसका विताएपनि संविधान सभाको मुखमा आएर उनी एकाएक तराइ मधेस लोकतान्त्रीक पार्टीको अध्यक्ष बन्न पुगेका थिए । उनको मुद्धा थियो अधिकारसम्पन्न मधेस । तर, आखिरमा उनी आफ्नै सहयात्रि दल मधेसी जनधिकार फोरमका उम्मेदवारसंग पराजीत भए । यसले क्षेत्रिय राजनीतिमा फोरमको दादागिरिलाइ थप बढाएको छ भने संविधान सभाले ठाकुर जस्ता नेता गुमाएको छ । जनताको निर्णय हो स्विकार गर्नैपर्यो । त्यही तराइका जनताले बबन सिंहलाइ संविधान सभा सदस्यका लागि योग्य ठहर गर्यो । अनी डिस्कोथेगमा बन्दुक पड्कएर आतंक मच्याउंदे हिड्ने खोभारी रायलाइ पनि जनताले संविधान लेख्ने स्थानमा पुर्याए । राजाको पक्षमा वकालत गर्ने केवि गुरुगंलाइ इलामका जनताले गणतन्त्रको घोषणा गर्ने सभामा पत्याए । तर, अचम्म आफ्नो सिंगै जिवन राजनीतिमा विताएर पनि एउटा सानो कालो दाग समेत नबोकेका महन्थ ठाकुरलाए सर्लाहीका जनताले पत्याएनन । बांकी सामाग्री »

Share This Post