19 Nov, 2009
ब्लगविचरणको क्रममा विताएका एकाध वर्षको अनुभव हो–ब्लगीङ्ग यात्रामा निस्केपछि यस्ता धेरै समस्याहरु आउनेगर्छन । जसको समाधान खोज्दा खोन्दै टाउको दुख्छ । यस्तो बेलामा केही साइटहरु घुम्ने गरेको छु, जहांवाट ब्लगगिङ्ग यात्राका लागि प्रशस्त खुराकहरु पाउने गरेको छु । तीमध्ये ५ का बारेमा केही लेखौ है त । बांकी सामाग्री »
Share on Facebook

3 Jan, 2009

सहभागिहरु : जो साच्चिकै पत्रकारीतामा प्रवेशका लागि प्रतिवद्ध देखिएका थिए ।
त्यस्तै ५४ जना । पुर्ण समानुपातिक सहभागिता थियो हलमा । अतिथिको रुपमा मंचमा बसेलगत्तै सरर सहभागिहरुको टाउको गने । २७ युवति २७ युवक । कम उमेरमा १८ जत्तिका बढिमा ३५ सम्मका सहभागि । समय तोकिएको थियो २ घन्टा । गफ गर्ने मेलो मिलाइदिएको थियो नेपाल प्रेस युनियन काभ्रे शाखाले । समय ठ्याक्कै एक साता अगाडि शनिवार । अर्थात १२ पुस । स्थान बनेपा बजारमा रहेको नेपाल परिवार नियोजन संघको कार्यकक्ष । जिम्मेवारी-पत्रकारीतामा प्रवेश गर्न चाहनेहरुका लागि अनलाइन पत्रकारीताको सुत्र घोकाउने ।
बांकी सामाग्री »
Share on Facebook

30 Dec, 2008
आरएसएफको प्रतिवेदनमा नेपाल कुनै सुचिमा परेको छैन । तर यसैको आधारमा शुरक्षित छौं भनेर ढुक्क हुने अवस्था भने पक्कै छैन । हुन त धेरै राजनीतिज्ञहरु अहिले आफ्नो धारणा सार्वजनिक गर्न इन्टरनेटको दुनियामा प्रवेश गरिरहेका छन । त्यसमा सबैभन्दा अगाडि देखिएका अर्थमन्त्री बाबुराम भट्टराइ त आफ्नो ब्लगको तयारीमा नै छन । यस मानेमा केही ढुक्क बन्न सकिन्छ । तर,इरानलाइ हेर्ने हो भने कसरी ढुक्क हुनु ?
सन २००८ को प्रेस फि्रडमको सुचिले सन २००९ ब्लगरहरुको लागि थप खतरा बोकेर आउने पुर्व संकेत गरेको छ । तथ्यांक भन्छ एक वर्षको अवधिमा एक जना ब्लगरको हत्या भयो ५९ जना ब्लगरलाई जेलमा कोचियो अनी ५४ जना ब्लगर सांघातिक आक्रमणको सिकारमा परे । १७४० वटा वेबसाइट ब्लकको सिकार बने । अहिले पनि ३७ देशले इन्टरनेटमा सेन्सरसिप लागु गरेर स्वतन्त्र ब्लगकारीतामाथि धावा बोलेको छ ।
रिर्पोटस्र विदआउड बोर्डरको तथ्यांक भन्छ-परम्परागत मिडियामाथिको आक्रमणको दिशा बदलिएर अब नयां मिडिया इन्टरनेटतिर सोझिएको छ । त्यसको मुख्य सिकार ब्लगरहरु बन्दै गएका छन । बांकी सामाग्री »
Share on Facebook

14 Nov, 2008
समाचार सकियो । के गर्ने के गर्ने मन चंचल भइरहेको बेलामा कतावाट आइडिया आयो हैन हिन्दीब्लगको दुनिया कस्तो छ हं ? जिज्ञासा मेट्न लेखे हिन्दीब्लग अनी गुगलमा लगेर शब्द खसालीदिए । गुगलको बानी न हो । यसले थोरै दिन जानेपो । दियो टनाटन । कुन चाखलाग्दो कुन बोरिगं कसरी पत्ता पाउनु । हावातालमा क्लिक गर्दै गएको तेस्रो िलंकमा भेटिएको एउटा साइट बढो रमाइलो लाग्यो । अझ त्यसमा भेटिएको तपाई कस्तो खालको ब्लगर हौं भन्ने शिर्षकको सामागि् पढ्दा यस्तो रमाइलो लाग्यो कि कुरै नगर्नोस । खाली राजनीति मात्र लेख्यो भनेर गुनासो आइरहेको बेलामा किन छुटाउंथे यत्ति राम्रो सामागि् । त्यसैले भटाभट टाइप गरे अनी हालीदिए । ल पढ्नुस है त ब्लगरका प्रकार अनी अनुमान गर्नुस तपाई छिर्न भ्याउनुभएका ब्लगका ब्लगर कुन कोटीमा पर्छन ।
बांकी सामाग्री »
Share on Facebook

12 Jun, 2008
राजतन्त्रको औपचारिक अन्त्य भएको जेठ १५ गते भएपनि यसको कार्यान्वयन भने बल्ल जेठ २९ गते भएको छ । सात वर्षअगाडि श्री ५ ज्ञानेन्द्रको रुपमा निर्मल निवासवाट नारायणहहिटी छिरेका ज्ञानेन्द्र नारायणहिटी त्यागेर हिडेपछि नै साच्चिकै गणतन्त्रको कार्यान्वयन भएको छ । योसंगै मेरो ब्लग यात्रा पनि बढो रोचक मोडमा आइपुगेको अनुभव गरेकोछु । प्रत्यक्ष शासनमा ज्ञानेन्द्रको आगमनसंगै मेरो ब्लग यात्रा शुरु भएको थियो । आज उनको नारायणहिटीवाट बर्हिगमनसंगै उनी नागरिक बनेका छन । त्यसैले सम्झना आयो हिजोका दिनहरु । अनी समिक्षा गर्न मन लाग्यो आफ्नै यात्रा । बांकी सामाग्री »
Share on Facebook
