संविधान सभा ४ जात ३६ वर्णको प्रतिनिधित्व
महिला ३३.०४ प्रतिशत,मधेसी समुदाय ३४.०९ प्रतिशत, दलित समुदाय ८.१७, आदिवासी जनजाति ३७ प्रतिशत, पिछडिएको क्षेत्र ३.८३ प्रतिशत, बाहुन क्षेत्री र अन्य जातजाति ३४.०९ प्रतिशत
हुन त अहिले पृथ्वीनारायण शाहको नाम अपच भइसकेको छ । उनको शालिक ढालिएको छ अनी उनलाइ राष्ट्रनिर्माता भनेर सम्मा दिने प्रयास गरे कुटाइ खाने अवस्था समेत ज्युकात्यु रहेको छ । तैपनि अहिलेको संविधान सभामा प्रतिनिधि गर्नेहरुको जातिय अवस्था हेर्दा उनै शाहको एक भनाइको याद आयो-नेपाल ४ जात ३६ वर्णको फुलवारी हो । यसको याद आउनुको कारण पनि छ । अहिलेसम्म आधिकारिक रुपमा घोषित ५७५ स्थानमध्ये जनसङ्ख्याका आधारमा वर्षौंदेखि पिछडिएका जातजाति महिला र अन्य समूहको संविधानसभामा उल्लेखनीय उपस्थिति छ । निर्वाचन आयोगका अनुसार प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट सबैभन्दा बढी लाभान्वित महिलाहरु भएका छन् । बांकी सामाग्री »