ज्ञानेन्द्रको गर्जनका रहस्य

 ज्ञानेन्द्रले अन्र्तवार्ता मार्फत के शन्देस दिन खोजेका हुन ? एक विष्लेशण

पूर्व राजा ज्ञानेन्द्र शाह बुधवार राम नवमीको अवसरमा जानकारी मन्दीरमा दर्शन गर्न विहान बुद्ध एयरको ५०१ उडान नम्बरवाट जनकपुर उडेका थिए । पहिला पहिला उनी विशेष विमानवाटमात्र हवाई यात्रा गर्ने गरेका भएपनि बुधवार भने भिन्न रुपमा एक साधारण नागरिकको रुपमा हवाई यात्रामा थिए । उनको शुरक्षामा केही शुरक्षाकर्मी विमानमा रहेपनि उनी सामान्य उडानमा थिए । पूर्व राजालाई यात्रुको रुपमा देख्दा विमानमा रहेका अन्य यात्रु अचम्मीत भएका थिए । यात्रुहरु ट्वाल्ल परेर उनलाई हेरिरहे । उनी बोलेनन हांसीमात्र रहे । उनी जव जनकपुरमा उत्रिए उनको भब्य स्वागत भयो । अनी जयजयकार पनि । उनी विमानस्थलवाट सिधा मानकी होटल पुगे र उनले होटलमा १५ मिनेटसम्म आराम गरेका थिए । राष्ट्रप्रमुख डा रामवरण यादव समेत रामजानकी मन्दीरको दर्शन गर्न आउंदै थिए । पूर्व राजा आउने जानकारी पाएर हो वा अन्य कुनै कारण उनी निर्धारित समयभन्दा आधाघन्टा अगाडि मन्दीर आएर दर्शन गरी फर्किएका थिए । ज्ञानेन्द्र ११: १५ वजे जानकी मन्दीर पुगेका थिए । उनी मन्दीर पुग्दा भेला भएका सर्वसाधारणले जयजयकार गरेका थिए । उनले मन्दीरमा ४० मिनेट विताए अनी पुन मानकी होटल फर्किएका थिए । ज्ञानेन्द्रसंगै यात्रामा थिए एभिन्युज टेलिभिजनका संचारकर्मी सुमन गिरी । अनी केही समयमै गिरी र ज्ञानेन्द्रविच शुरु भयो विशेष अन्र्तवार्ता । बांकी सामाग्री »

Share This Post

ज्ञानेन्द्रले आठ करोड तिरेनन

पूर्व राजा ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासनका बेलामा तालनतुलसंग २२ दिनसम्म विमान लिएर अफि्रका भ्रमणमा गएवापतको आठ करोड ८३ लाख रकम नेपाल वायु सेवा निगमले पाएको छैन । तत्कालीन शाही नेपाल बायु सेवा निगम हुंदा ज्ञानेन्द्रले अफि्रकाको भ्रमणका लागि २२ दिनसम्म बोइङ्ग लगेका थिए । त्यो पैसा ज्ञानेन्द्रले तिर्ने हो कि सरकारले स्पष्ट हुन सकेको छैन । बांकी सामाग्री »

Share This Post

कमरेड ज्ञानेन्द्र


जेठ १५ गते मातृमुभिको सेवा गर्ने रहर ब्यक्त गर्दै ज्ञानेन्द्र शाह नारायणहिटीवाट बाहिरिएलगत्तै राजनीतिक बृतमा चर्चा शुरु भयो यसको मतलतव के हो के ज्ञानेन्द्र अव राजनीतिमा हाम फाल्छन त चर्चा यत्तिमै सकिन्थ्यो होला । माओवादी नेता डा बाबुराम भट्टराइ कड्किएँ–’राजनीतिमा आए कार्वाही हुन्छ ।’ विचरा भट्टराईको किन सात्तो गएको हो थाहा भएन । यो संगै केही पत्रिकाहरुमा राजावादीको लेवल लागेका नेताहरुको प्रतिकृया आयोँ –’राजाले खोलेको पार्टीमा जान्नौ’ भन्ने । तर कराई अझै सेलाएको छैन । ज्ञानेन्द्र कुनै पनि बेलामा राजनीतिमा आउनसक्छन । उनी कुनै समय यही शैलीमा खुल्लामंचमा प्रकट हुनसक्छन त ? तपाइलाइ के लाग्छ ? बांकी सामाग्री »

Share This Post

बधाई ! नागरिक ज्ञानेन्द्र शाह

निश्चय नै ज्ञानेन्द्रले स्वेच्छाले गद्धी छाडेका होइनन्, नेपाली जनताले यसका लागि बलिदानको कीर्तिमान कायम गरेको छ, अनन्त त्याग र संघर्ष गरेको छ । तर,मूर्खता र दुःसाहसलाई परिचय बनाएका पूर्वराजा शान्तिपूर्वक गणतन्त्र कार्यान्वयन गर्न सहयोगी बनेको पक्ष सकारात्मक मान्नुपर्छ ।

तत्सम शब्दहरूको बाहुल्य रहेको लगभग सत्र मिनट लामो लिखित मन्तव्य अलि अप्ठ्यारोसँग पढिसकेर पूर्वराजा ज्ञानेन्द्रले बुधबार अपराह्न पौने छ बजे पत्रकारलाई ँथ्याङ्क्यु’ दिँदै गर्दा नेपालमात्र होइन संसारकै इतिहासको एउटा मौलिक अध्याय पूरा भइसकेको थियो । विश्व इतिहासका केही अपवादबाहेक गणतन्त्रको सूत्रपात तबमात्र भयो, जब राजाहरू मारिए या देश छाडेर गए । तर, हामीकहाँ पूर्वराजाले पूर्वराजदरबारबाटै आफ्नो लिखित मन्तव्यसमेत पढ्न पाए र त्यसलाई मुलुकका टेलिभिजन च्यानलहरूले प्रत्यक्ष प्रसारण पनि गरे । संविधानसभाको निर्णय स्वीकार गर्ने पूर्वराजाको विज्ञप्तिसँगै गणतन्त्र कार्यान्वयनबारेे यावत् आशंका समाप्त भएका छन् र गणतन्त्रले अब सर्वसम्मति प्राप्त गरेको छ । बांकी सामाग्री »

Share This Post

ज्ञानेन्द्रले नारायणहिटी छोडे

ज्ञानेन्द्रको पत्रकार सम्मेलनको भिडियो
ज्ञानेन्द्रको पत्रकार सम्मेलनको अडियो
पुर्व राजा ज्ञानेन्द्र शाह आखिर आठ वजेर ३१ मिनेटमा नारायणहिटी दरवार त्यागेर नागार्जुनतिर लागेका छन । उनी आफ्नी श्रीमति कोमलका साथ नारायणहिटी त्यागेर नागाजुर्नतिर लागेका हुन । सधै आफैं कार हाक्ने ज्ञानेन्द्र कारको पछाडि सिटमा बसेका थिए । उनीसंगै थिइन कोमल शाह । पत्रकार सम्मेलनमा हसिलो देखिएका उनी कारमा पनि हसिलो नै देखिएका थिए । कोमल पनि हसिलो मुहारका साथ नारायणहिटीवाट बाहिरिएकी थिइन । बांकी सामाग्री »

Share This Post

मेरी श्रीमतिको शरिरमा अझै गोलिका टुक्रा छन

प्रारम्भमा निक्कै हसिलो देखिएका ज्ञानेन्द्र शाह सम्बोधन गर्दै जानेक्रममा निक्कै गम्भिर देखिए । दौरा सुरुवाल र ढाका टोपी लगाएर रातो फ्रेम भएको चश्मा लगाएर सम्बोधन गर्न बसेका पुर्व राजा ज्ञानेन्द्र सम्बोधनको मध्यमा आइपुगेर आफु राजाको रुपमा रहेको सात वर्षमा आफुमाथि भएका ब्यक्तिगत आक्रमण र आरोपको खण्डनमा प्रवेश गरे । उनले यसलाई अन्र्तआत्मा भावना र हिजो पदमा बसेको पदिय दायित्वको कारण बोल्न नमिल्ने कुराहरु रहेको बताएर आफ्नो सम्बोधन शुरु गरेका थिए । उनले यसमा नारायणहिटी हत्याकाण्ड गराएको विदेशमा पैसा राखेको राजा भएपछि विरेन्द्र लगायत आफन्तको सम्पत्ति आफ्नो नाममा सारेको लगायतका आरोपको खण्डन गरेका थिए । बांकी सामाग्री »

Share This Post