राजनीतिका तीन दृष्य

अनमिनको म्याद थप गर्ने कि नगर्ने भन्ने विवाद संयुक्त राष्ट्रसंघसम्म पुग्दा सरकार र राष्ट्रसंघका महासचिव वानकि मुनविच दोहोरी शुरु भएको छ।

खै के भयो के? तीन दिन भयो ब्लगको एडमिनले काम नगरेको। जसका कारण विचार आदानप्रदाननै अवरुद्ध भयो। एक प्राविधिकमित्रलाई विहिवार बेलुका गुहारेको थिए। उनले काम गरिरहेको जानकारी गराएपछि लगईन गरेको बल्ल खुल्यो। के विग्रिएर ब्लगमा समस्या आएको पत्तै भएन। बांकी सामाग्री »

Share This Post

छैठौ चरण पनि जोक्करमै सिमित

प्रधानमन्त्री चयनका लागी भएको छैठौं चरणको निर्वाचन पनि जोक्कर सावीत भयो। रामचन्द्र पौडेलको त आशै थिएन। लोकतान्त्रीक मधेसी मोर्चाको साथ पाएर प्रधानमन्त्री बन्नेमा ढुक्क रहेका पुष्पकमल दाहालको हालत पनि उस्तै भयो। पहिल त मोर्चा तटस्थ बस्दै आएको थियो। आईतवार त बहिष्कारै पो गर्‍यो। सायद निर्वाचनको एक दिन अगाडि आएको ५० करोड डिलको हल्लाले असर परेजस्तो छ। प्रधानमन्त्रीका दुबै उम्मेदवार पराजीत भएपछि झलनाथ खनाल आफैं विजयी भएझै गमक्क परेर संविधान सभा भवनवाट बाहिरिएका थिए। उनको मुहार हेर्दा लाग्थ्यो उनी मात्र विजेता हुन बांकी सब हरुवा। उनी कुर्ली कुर्ली भन्दै थिए, दुबै उम्मेदवारले उम्मेदवारी फिर्ता लिनुपर्छ। बरु त्यसको लागी अन्तरिम संविधान शंसोधन गर्नुपरेपनि गर्नुपर्छ रे। बांकी सामाग्री »

Share This Post

प्रहरी फन्दामा सुजित विक

माओवादीका भित्री कृयाकलापका बारे राम्रो जानकार भएकाले माओवादीले विकलाई भगाएको त्यो बेला खुबै चर्चा भएको थियो। अब प्रहरीसमक्ष विकले के चै पोल खोल्लान् त?

खवर आयो–बुटवलमा एमाले नेता प्रचन्ड थैवको हत्या गरी फरार रहेका वाईसिएल इन्चार्ज सुजित विक पक्राउ परे। खवर पाएलगत्तै अनलाईनलाई समाचार टिपाएर थप समाचारका विहिवार बेलुका सांढे सात वजे लागी लागे महानगरिय प्रहरी परिसरको कार्यालय हनुमानढोकातिर। प्रहरी कार्यालयमा सामान्य चहलपहल थियो। सरासर माथिल्लो तलामा पुगे। एसपी रमेश खरेलको सचिवालयका कर्मचारी संचारकर्मीलाई पत्रकार सम्मेलनको जानकारी दिन व्यस्त थिए। बांकी सामाग्री »

Share This Post

तनाव छल्न दाहाल धुलिखेलमा

यसो प्रधानमन्त्री बनिपोहालीन्छ कि भनेर उम्मेदवारी दिएका पौडेलका लागी प्रधानमन्त्री पद आए आंप गए झटारो समान भएर होला उनी दाहालजस्तो आत्तिएका देखिंदैनन्।

तनाव छल्न कहिले सिन्धुपाल्चोकको लप्सीफेदीको रिर्सोट त कहिले धुलिखेल पुग्ने माओवादी अध्यक्ष पुष्पकमल दाहाल शनिवार स–परिवार धुलिखेल पुगेछन्। प्रधानमन्त्रीको चारौ चरणको निर्वाचन पनि निर्णयहिन भएपछि भुमिगत समान बनेका दाहाल शनिवार मध्यान्ह तनाव छल्न धुलिखेलको मिरावेल रिर्सोट पुगेका छन्। उनको साथमा श्रीमती सिता र छोरा प्रकाश पनिसंगै धुलिखेल पुगेका छन्। उनी एक रात त्यतै बस्छन् रे। उनको बसाईको चांजोपांजोचै सिन्धुपाल्चोकका सभासद अग्नी सापकोटाले मिलाईदिएका हुन रे। बांकी सामाग्री »

Share This Post

केभी राजन सुटुक्क काठमाडौंमा

कति र दलहरुविच सहमती गराउंछु भनेर आएका श्यामशरण उल्टो दलहरुविच दुरी बढाएर गए। अब श्यामशरणले के गर्ने हुन कुन्नि ?

कुनै औपचारिकताविना आफुले आफैंलाई विशेष दुतको पगरीदिंदै आएका श्यामशरणको नेपाल भ्रमणले निम्त्याएको विवाद साम्य बन्न नपाउंदै फेरी अर्का पूर्व राजदुत केभि राजन नेपाल आएका छन्। उनी कुन हैसियतमा नेपाल भ्रमणमा आएका हुन त्यो भने खुल्न सकेको छैन। र खुल्न पनि के आवश्यक। यसो हावा छल्न आएको भएपनि भगवान आएझै गरी राष्ट्रपतिदेखी प्रमुख सबै दलका नेताहरु उनको दर्शनगर्न लाइन लागीहाल्छन्। बांकी सामाग्री »

Share This Post

हेरोइन व्यापारमा पनि माओवादी !

आईतवार माओवादी बारा जिल्ला सदस्य राधेश्याम प्रसाद साह एक किलो खैरो हेरोइन सहित पक्राउ परे। उनी मोटरसाईकलमा एक किलो चरेस बोकेर हेटौडावाट दक्षिणकालीको बाटोहुंदै काठमाडौं छिर्नेक्रममा फर्पिगंवाट पक्राउ परे। खवर सुने लगत्तै मनमा जिज्ञासा उठ्यो–अब हेरोइनको व्यापारमा पनि माओवादी? आखिर कुन कुन अपराधको अभियोग खेप्छन् माओवादीका नेता तथा कार्यकर्ता? उनीहरु मात्र विभिन्न अपराधमा संलग्न रहेको अभियोगमा किन पक्राउ पर्छन्?

बांकी सामाग्री »

Share This Post

प्रचन्डले आफ्नै पार्टीको भोट पाएनन्

प्रधानमन्त्री चयनका लागी भएका निर्वाचन परिणामविहिन हुनेक्रमको निरन्तरतासंगै विभिन्न चर्तिकला सार्वजनिक भईरहेकाछन् । मधेसी दलका सभासद्ले आफ्नै पार्टीको निर्णय विपरित क्रस भोट गरे । मधेसी जनअधिकार फोरमका उपाध्यक्ष जेपी गुप्ताले सार्वजनिक रुपमा माओवादीले अन्य दलका सभासदहरुलाई पैसा बाडेर भोट किन्न थालेको आरोप लगाए । मधेसी दलका महिला सभासदलाई माओवादीले किन्न खोजेको भन्दै उनीहरुकै दलका कार्यकर्ताले होटल घेरे । माले विभाजीत भयो । चौथो चरणको निर्वाचनमा अर्को रोचकता थपियो माओवादीवाट प्रधानमन्त्री पदका उम्मेदवार बनेका पार्टी अध्यक्ष समेत रहेका पुष्पकमल दाहालले आफ्नै पार्टीका सभासदको समेत भोट पाएनन्। बांकी सामाग्री »

Share This Post

पौडेल र दाहालको हरुवा रेस जारी

दाहालले सोमवार पाएको मतलाई कायम राख्न सकेभने केवल ३१ मत भए पुग्छ। मधेसी मोर्चा सकारात्मक देखिएकाले चौथो चरणको निर्वाचनचै निष्कर्षमा पुग्ने आशा गर्न सकिन्छ।

एमाले र मधेसीमोर्चाको गतिहिन राजनीतिक व्यवहारका कारण प्रधानमन्त्री चयनका लागी भएको तेस्रो निर्वाचनपनि हारका साथ समापन भयो। प्रधानमन्त्री निर्वाचनको मैदानमा उत्रिएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस उपसभापति रामचन्द्र पौडेलले अन्तरिम संविधानको व्यवस्था अनुसार बहुमत ल्याउन सकेनन र हारमा ह्याटि्रक गरे। तटस्थ बस्ने दलको निर्णयको बेवास्था गर्दै मधेसी जनअधिकार फोरमका केही सभासदले तटस्थ बस्ने पार्टीको निर्णय विपरित माओवादीका प्रधानमन्त्री उम्मेदवार दाहाललाई भोट दिएछन्। तैपनि दाहालले जित्न सकेनन् । बांकी सामाग्री »

Share This Post

माओवादी र कांग्रेसलाई धन्यवाद

एमालेभित्र बहुमतको सरकारलाई मत दिने कि नदिने विवाद बढेर पार्टी नै फुट्ने अवस्थामा पुगिसक्यो।

संकटको फाईदा उठाएर एक मधेस एक प्रदेश र सेनामा मधेसी समुदायको सामुहिक प्रवेश गराउने कपटपूर्ण रणनीतिमा लागेको मधेसी मोर्चाले अगाडि सारेका मागका बारेमा कांग्रेस र माओवादीदुबैले नकारात्मक जवाफ दिएको समाचार सार्वजनिक भएका छन्। कांग्रेस र माओवादी दुबैले मोर्चाले उठाएका अन्य मागका विषयमा सकारात्मक प्रतिकृया दिएपनि घातक तीन माग सेना, भुगोल र नागरिकताकाबारे मोर्चाले उठाएको राष्ट्रघाती मागमा भने असहमती जनाएका छन्। जुन अत्यन्त सकारात्मक हो। धन्न दुबै दल कुर्सीको मोहमा फसेर मोर्चाले राखेका यस्ता राष्ट्रघाती मागपनि स्विकार गरेनन्। बांकी सामाग्री »

Share This Post

अर्थहिन दौडधुप जारी छ

विद्या भन्डारी र केपी ओलीले पौडेललाई भोट दिन्छु भनेर के गर्ने? उनीहरु संविधान सभाका सदस्य हैनन।

न कांग्रेस न माओवादी। अहिलेसम्मको अवस्था यस्तै छ। राजतन्त्रको अवशेष पनि नराख्ने दावी गरेपनि कमल थापासंग समर्थनको भिख माग्न पुगेपनि माओवादी अध्यक्ष पुष्पकमल दाहालको पक्षमा मत बढ्न सकेको छैन। कांग्रेसका उपसभापति रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउने कि नबनाउने भन्ने चावी बोकेर बसेको एमालेले निर्णय नगरेका कारण पौडेलले दौडधुप जारी छ। मंगलवार बल्ल बल्ल झलनाथ खनालले दर्शनभेट गर्न समय दिएछन्। तैपनि भेटसार्थक हुन सकेको छैन। बांकी सामाग्री »

Share This Post